२०८३ भाद्र ४
२०८३ भाद्र ४

जेरुसेलम, ११ कार्तिक ।

इजरायल–हमास युद्ध जारी छ।

 

इजरायलद्वारा गाजामा लगातार बमबारी जारी छ। हिजो राति भएको यो युद्धमा इजरायली रक्षा बलले ठूलो सफलता हासिल गरेको समाचार छ ।

 

इजरायली सेनाका अनुसार आइडीएफका लडाकु विमानहरूले हमासका लडाकु विमानका प्रमुख एसेम अबु रकाबालाई आक्रमण गरेका थिए, जुन आक्रामणमा उनको मृत्यु भएको छ ।

 

हमासले गत अक्टोबर ७ मा इजरायलमा आक्रमण गर्ने डरलाग्दो योजना बनाउनमा अबु रकाबाको संलग्नता रहेको इजरायलले आरोप लगाउँदै आएको थियो ।

उसका अनुसार रकाबाले प्याराग्लाइडरमा इजरायलमा घुसपैठ गर्ने आतंककारीहरूलाई आदेश दिएका थिए र इजरायली सैन्य लक्ष्यहरूमा ड्रोन आक्रमणका लागि जिम्मेवार थिए। आइडिएफले ट्वीट गर्दै यो जानकारी दिएको हो।

 

‘रातभर आइडीएफका लडाकु विमानहरूले हमासको हवाई एरेका प्रमुख असाम अबू रकाबालाई आक्रमण गरे। अबु रकाबा हमासको ड्रोन, प्याराग्लाइडर, हवाई पत्ता लगाउने र रक्षाको लागि जिम्मेवार थिए। उनी अक्टोबर ८ मा भएको नरसंहारको योजना बनाउनमा संलग्न थिए र प्याराग्लाइडरहरूमा इजरायलमा घुसपैठ गर्ने र ड्रोन आक्रमण गर्ने आतंककारीहरूलाई आदेश उनैले दिएका थिए ।’

काठमाडौं, ११ कार्तिक ।

नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् ।

कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

दाङ, ११ कार्तिक ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनवाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् ।

 

वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।

 

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले  दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।

 

उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्बोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन ।

 

‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ उनले भने ।

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।

 

‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।

इस्तानबुल, ११ कार्तिक ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताएका छन् ।

 

हमास–इजरायल युद्दको २२ औं दिनमा रेसेप तैयप एर्डोगानले इजरायल पागलपनको अवस्थामा रहेको बताउँदै प्यालेस्टाइन माथी आक्रामण रोक्नु पर्ने जनाएका छन् ।

 

राष्ट्रपति एर्डोगानले इजरायललाई गाजा पट्टीबाट तत्काल बाहिर आउनु पर्ने र आफ्नो पागलपनको अवस्थाबाट बाहिर निस्कनु पर्ने उनको भनाई छ । उनले गाजापट्टीमा भएको आक्रमण बन्द गर्नका लागि आह्वानसमेत गरेका छन्।

 

‘गाजामा इजरायली बमबारी, जुन हिजो राती तीव्र भयो, फेरि महिला, बालबालिका र निर्दोष नागरिकहरूलाई लक्षित गरी मानवीय संकटलाई गहिरो बनाएको छ,’ उनले भने।

गाजा, ११ कार्तिक ।

इजरायली सेना उत्तरी गाजामा प्रवेश गरेका छन ।

उत्तरी गाजामा प्रवेश गरेका इजरायली सेनाले कारबाही सुरू गरेको जनाइएको छ ।

इजरायली सेनाका प्रवक्ताले गाजामा अझै पनि देशको सेना रहेको र युद्ध जारी रहेको बताएको अलजजिराले उल्लेख गरेको छ । उनले भने, ‘सेना युद्धको चरणहरू मार्फत अगाडि बढिरहेको छ।’

 

उनका अनुसार इजरायली सेना बलहरू उत्तरी गाजाका क्षेत्रहरूमा प्रवेश गरेर उनीहरूले अपरेशनको दायरा विस्तार गरेका छन् ।

 

‘सेनाहरू अझै पनि सोही क्षेत्रमा छन् र युद्ध जारी छ,’ उनले भने, ‘अहिलेसम्म कुनै हताहत भएको रिपोर्ट फेला परेको छैन् ।’

 

हमासलाइ निमिटयान्न पार्नका लागि इजरायली सेनाले निकै ठुलो मेहनत गरिरहेको उनको भनाइ छ ।

हेमन्त केसी सुर्खेत, ११ कार्तिक ।

मुगुको मुन्दु गाउँस्थित एकै परिवारका चार जनाको हत्या भएको घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको छ ।

 

जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ को मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो ।

 

जिल्ला  प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा कर्णाली प्रदेशको सुर्खेत कार्यालयबाट एक वटा तालिम प्राप्त कुकुरसहित तीन जना प्रहरी सायक निरीक्षकको टोलीसहित अनुसन्धानका लागि घटना स्थलमा आइपुगेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनामा संलग्न व्यक्ति नउम्किउन् भनेर प्रहरीले सतर्कता अपनाएको बताए । उनका अनुसार घटना संलग्नहरू भाग्न सक्ने सम्भावित नाकाहरूमा निगरानी बढाइएको छ ।

 

घटनाको जानकारी प्राप्त भएलगत्तै प्रदेश कार्यालयको समन्वयमा तालिम प्राप्त कुकुरसहितको टोली घटनास्थलमा कुकुरको सहयोगमा सूक्ष्म अनुसन्धान सहयोगमा घटनाको सूक्ष्म अनुसन्धान हुने उनको भनाइ छ ।

 

परिवारका सबै सदस्यको शव घर भित्रनै फेला परेको छ । उक्त परिवारका एक जना दीप बहादुर बोहरा भने जोगिएका छन । उनी वैदेशिक रोजगारीका लागि कतारमा गएकोले ज्यान जाेगिएकाे  प्रहरीले बताएको छ ।

 

आठ महिने नाबालक रहर बोहरासहित चार जनाको हत्या भएको हो । २७ वर्षीया आमा  श्रीदेवी बोहरा, छोरी ११ वर्षीया मनहरा बोहरा र सात वर्षीया अप्सरा बोहरा घरभित्रै  मृतक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

न्युयोर्क, ११ कार्तिक ।

हमास– इजरायलका बिच जारी युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।

 

संयुक्त राष्ट्र संघमा भएको मतदानमा बहुमत राष्ट्रले तत्काल युद्धबिराम गर्न र गाजामा मानवीय सहायता उपलब्ध गराउन आब्हान गरेलगत्तै क्रमशः अन्तर्राष्ट्रिय दबाब बढेको हो ।

 

यसैबिचमा, इन्टरनेशनल अर्गनाइजेसन फर माइग्रेसन (आईओएम) ले पनि हमास–इजरायली द्वन्द्वमा युद्धविरामका लागि आह्वान गरेको छ ।

 

संयुक्त राष्ट्र एजेन्सी आईओएमले सामाजिक सञ्जालमार्फत भनेको छ,  ‘नागरिकहरू सुरक्षित हुनुपर्छ। युद्धमा कुनै पनि विजेता हुँदैन। सबैभन्दा कमजोरले सबैभन्दा भारी टोल तिर्छन्।’

तेल अहिव, ११ कार्तिक ।

इजरायलले गाजा क्षेत्रवाट रिपोर्टिङ गर्ने पत्रकारको सुरूक्षाको ग्यारेन्टी गर्न नसकिने जनाएको छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले गाजाबाट रिपोर्टिङ गर्ने पत्रकारहरूको सुरक्षाको ग्यारेन्टी गर्न नसक्ने बताएको हो ।  अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई इजरायलले सो धारणा प्रस्ट रुपमा राखेको रोयटर्सले जानकारी दिएको छ ।

 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरू रोयटर्स र एजेन्सी फ्रान्स प्रेस (एएफपी) ले यस हप्ता इजरायली सेनालाई गाजाको युद्धभुमीमा रहेका उनीहरूका पत्रकारहरूलाई इजरायली हवाई हमलाले निशाना बनाइने छैन भन्ने आश्वासन दिएका थिए ।

तर, अहिले आईडीएफले दुबै एजेन्सीहरूलाई लेखेको पत्रको जवाफ दिदै भनेको छ उनीहरू गाजाभरि हमासका सबै सैन्य गतिविधिलाई लक्षित गर्दैछन् । यस परिस्थितिहरूमा पत्रकारको सुरक्षाको ग्यारेन्टी गर्न सक्दैनन् । उनीहरूलाईे हमास माथीको प्रतिवादलाई कडा रूपमा लिनसमेत इजरायलले आग्रह गरेको छ ।

 

उनीहरूको सुरक्षाको लागि आवश्यक सबै उपायहरू अपनाइने भए पनि अवस्था ठिक नभएको बुझिदिन इजरायलले आग्रह गरेको छ ।

 

इजरायलकाे साे पत्रमा हमासले जानाजानी सैन्य कारबाहीलाई पत्रकार र सर्वसाधारणको नजिकमा राखेको पनि रोयटर्सले जनाएको छ । तर, आईडीएफद्वारा लगाइएका यी आरोपहरू साँचो हो कि भनेर सोध्दा हमासले तुरुन्तै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएको छ ।

 

रोयटर्स र एएफपी दुबैले गाजामा पत्रकारहरूको सुरक्षामा चिन्ता व्यक्त गरेका छन् ।

काठमाडौं, ११ कार्तिक ।

आजको लाग्ने चन्द्रगहण नेपालभरीवाट देखिनेछ ।

 

चन्द्रमाको कुल ६ प्रतिशत भु भाग ओगटने चन्द्रग्रहण मध्यरातमा सुरु हुनेछ ।

 

नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईका अनुसार आज कोजाग्रत पूर्णिमाको रातमा सो चन्द्रग्रहण सुरु हुनेछ ।

 

उनका अनुसार उक्त खण्डग्रास चन्द्रग्रहण नेपालका जुनसुकैबाट देख्न सकिने छ  भने राती २ बजेमात्रै त्यसको अनुभव गर्न सकिनेछ ।

 

यस खण्डग्रास ग्रहणको सुरुवात आज अर्थात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ भने राति २ बजेर ३८ मिनेटमा सकिनेछ । जसको अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा देखिनेछ ।

खोटाङ, ११ कार्तिक ।

खोटाङमा चिर्पटले हानेर एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् ।

सामान्य घरायसी झगडा भइरहेको बेला अचानक श्रीमान दावाले ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेका थिए, उक्त चोटले श्रीमतीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

 

श्रीमान दावालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।