२०८३ भाद्र ४
२०८३ भाद्र ४

महोत्तरी, १३ कात्तिक ।

महोत्तरीबाट स्रोत नखुलेको १३ लाख रुपैयाँभन्दा बढी रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।  जलेश्वरबाट स्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित भारत विहारका ४० वर्षीय अरुण पंजियार पक्राउ परेका छन् ।

जलेश्वर नगरपालिका–७ वखरी चोकस्थित सम्सीबाट जलेश्वर तर्फ आउँदै गरेको ना३ख २८७८ नम्बरको बस चेकजाँच गर्दा पंजियारको साथबाट स्रोत उक्त रकम बरामद गरिएको हो ।

विशाल बस्नेत ,महाेत्तरी,  १२ असोज ।

बर्दिबास नगरपालिकामा अवैध मापदण्डविपरित उत्तखनन गरेर सम्झौता भन्दा बढी नदि उत्तखनन गरेका भनिएका ४ क्रसर उद्योगको मुद्दा अझै अदालतमा लम्बिदै गएको छ ।

 

 

प्रक्रियाअनुसार नै ठेक्का पाएका पन्चधुरामाई सप्लायर्स, शिवम् कन्स्ट्रक्सन प्रा.लि. र दिव्यांशु प्रा.लि. जनकपुरले करिब चार गुना बढी उत्खनन् गरेको निष्कर्ष निकालेपछि बर्दिबास नगरपालिकाले उक्त कम्पनीहरुसँग क्षतिपूर्ति माग गरेको थियो ।

नगरपालिकाले पटक-पटक ठेक्केदार कम्पनीहरुलाई राजस्व बुझाउन पत्राचार गरेपछि २०७८ मा  उत्प्रेषण मिश्रित परमादेश रिट दायर भयो । जुन अझैसम्म पनि विचाराधीन अवस्थामा छ ।

 

रातु नदी अन्तर्गत  किसाननगर खण्ड, जुरेटोल खण्ड, पतलैया खण्ड र फुलबारी खण्डबाट उत्खनन् गर्ने अनुमति पाएका उल्लेखित तीन कम्पनीले मापदण्ड र सम्झौताविपरित उत्खनन गरेको आरोप लागेको थियो ।

 

ढुंगा, गिटी, वालुवा बिक्री वितरण तथा व्यवस्थापन सबन्धी ऐन ०७७ विपरित उत्खनन भएको पाइए पछि २५ जेठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको थियो ।

 

त्यसपछि तत्कालिन नगरप्रमुख बिदुर कार्कीले  ठेक्का सम्झौता रद्द गरेर प्रावधिक नापजाँच उपसमिति बनाए । सोही प्रावधिक नापजाँच उपसमितिको रिर्पोटअनुसार नै १ साउन ०७८ वाट उक्त कम्पनीहरुलाई कारवाही प्रक्रिया सुरु भएको हो ।

उपसमितिको प्रतिवेदनअनुसार उत्खनन् गर्ने जिम्मा पाएका उद्योग पन्चधुरामाई सप्लायर्सले किसानगर खण्डबाट सम्झौता भएभन्दा एक लाख ३० हजार २० घनमिटर र जुरेटोल खण्डबाट एक लाख ६३ हजार नौ सय ६५ घनमिटर बढी उत्खनन् गरेको उल्लेख छ ।

 

पन्चधुरामाई सप्लायर्सले किसाननगर खण्डको दुई करोड ७५ लाखभन्दा बढी राजश्व दिन बाँकी छ भने जुरे टोल खण्डको दुई करोड ६१ लाख राजश्व नगरलाई दिन बाँकी छ ।

 

यसैगरी, शिवम् कन्स्ट्रक्सन प्रालिले सम्झौतामा उल्लेख गरे भन्दा फुलबारी खण्डबाट एक लाख ७२ हजार तीन सय ६० घनमिटर र दिव्यांशु विल्डर्स प्रालिले सम्झौता गरेभन्दा पथलैया खण्डबाट दुई लाख ९९ हजार आठ सय ४५ घनमिटर उत्खनन् गरेको प्रतिवेदनमा उल्लेख छ ।

 

 

शिवम् कन्स्ट्रक्सनले दुई करोड ७५ लाख र दिव्यांशु बिल्डर्सले चार करोड ७८ लाख दिन बाँकीे देखिएको छ । उक्त घनमिटरमा रेट भने हरेक खण्डवाट ४।५२ रुपैयाँ निर्धारण गरिएको थियो ।

 

नगरको तर्फबाट मुद्दा  हेरिरहेका अधिबक्ता खडका भन्छन : कागजात अपुरो भयो

 

बर्दिवास नगर कार्यापालिकाका कानुनी सल्लाहकार टिकाध्वज खडकाले जनकपुर उच्च अदालतमा उक्त मुद्दा  प्रक्रियामा नै रहेको बताएका छन  ।

 

क्रसर उधोगहरुका विरुद्ध केही कागजात अपुरो भएपछी उक्त कागजात वनाईरहेको पनि अधिबक्ता खडकाको भनाई छ ।

 

प्रावधिक नापजाँच उपसमिति वनाएर अध्ययन गर्दा प्रतिवादीहरुको हस्ताक्षर नलिएको, तत्कालिन समयमा आफु अनुकुल समिती बनाएको जस्ता कारणले मुद्दा  कमजोर भएको  कानुन व्यवसायीहरुले तर्क गरेका छन  ।

 

नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीसगँ यसअघि कुरा गर्दा  नगरको सम्झौताभन्दा बढी उत्तखन्न भएको राजस्व उठाउन आफू प्रतिबद्ध भएको बताए तर मुद्दा  हालेको २ बर्ष वितिसक्दा पनि यति ठूलो रकमको बिषयमा चासो नदिए जस्तो देखिनु दुखद भएको स्थानियहरुले बताउन थालेका छन । न्युज कारखाना

 

 

बारा, १२ कात्तिक :

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेशका अध्यक्ष जीतेन्द्र सोनलले सङ्घीयतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ । परवानीपुर गाउँपालिका–२ रामपुर टोकनी लोसपा वडा समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्घीयतालाई सबल तुल्याउनुपर्ने बताउनुभयो । सङ्घीयता लागु भएसँगै तीनै तहका सरकारले विकासका आयाम बढाएको उल्लेख गर्दै उपाध्यक्ष सोनलले विकास निर्माणका कामले गति लिएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँदेखि जिल्ला सदरमुकामसम्म जोड्ने पक्की बाटो निर्माण भएको छ । पुलपुलेसा, कलभर्ट, अस्पताल, विद्यालय, मठमन्दिर निर्माण भएका छन् । ठाउँठाउँमा सार्वजनिक शौचालय निर्माण भएका छन् ।” आमजनता सामु राज्यद्वारा प्रदान गरिने सेवा पुर्‍याउनुपर्नेमा जोड दिँदै नेता सोनलले बेथितिलाई न्यूनीकरण गर्ने काममा तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभयो । “सङ्घीयता नचाहने केही शक्ति सलबलाइ रहेका छन् । त्यस शक्तिलाई परास्त गर्नका लागि सङ्घीयता पक्षधर शक्ति एकजुट हुनुपर्छ ।” उहाँले भन्नुभयो । मधेस प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्रीसमेत रहेका सोनलले तराई–मधेसका जनताको मुक्ति गर्ने एक मात्र मधेसी पार्टी लोसपा भएको दाबी गर्दै लोसपा पार्टीले नै मधेसमा आमूल परिवर्तन गरेर ‘समृद्ध मधेस, सुखी मधेसी’को नारा सार्थक बनाउने विश्वास व्यक्त गर्नुभयो । रासस

महोत्तरी, १२ कात्तिक :

आफ्नो फसल (बाली) ले राम्रो बजार नपाएको आमकिसानको गुनासो बढिरहेका कारण महोत्तरीको गौशालामा कृषिउपज केन्द्र निर्माण गर्न थालिएपछि यस क्षेत्रका किसान उत्साहित भएका छन् । खेतीपातीका लागि आवश्यक वस्तुको अभावबीच दुःखले उब्जाइएको फसलले बजार नपाउँदा दिक्क बनेका किसानलाई केन्द्र निर्माण थालिएपछि ढाडस मिलेको हो । “न समयमा बीउ मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, त्यहीपनि हामी नङ्ग्रा खियाएर जेनतेन बाली उब्जाउँदैछौँ”, गौशाला–४ का ६५ वर्षीय चन्द्रमान तामाङ भन्नुहुन्छ, “यसरी उब्जाइएको फसलले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषिउपज केन्द्र बन्न थालेछ ।” कृषिउपज केन्द्रको भवन बनिसकेपछि आफ्नो उत्पादन बेच्न, भण्डारण गर्न सहज हुने भएकाले किसानलाई आश पलाएको छ । जिल्लामै फलपूmल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेटक्षेत्र’ मानिएको गौशाला नगरक्षेत्रमा उपज भण्डारण र सङ्कलन तथा बिक्री केन्द्र नहुँदा टिपेर साप्ताहिक हटिया (विभिन्न बार पारेर ठाउँठाउँमा लाग्ने साप्ताहिक हटिया) पु¥याएपछि कौडीकै दाममा बेचेर फर्कनुपर्ने अवस्था केन्द्र निर्माणले अन्त्य हुने किसानको विश्वास छ । किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर नै गौशाला–५ बजार छेउमै मडहा नदीको किनारको नदीउकास प्रती जग्गामा कृषिउपज केन्द्रको अत्याधुनिक भवन निर्माण सुरु गरिएको गौशालाका नगरप्रमुख डा दिपेन्द्र महतोले जानकारी दिनुभयो । “नेपाल सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, ठेक्का बन्दोबस्तबाट निर्माण कार्य थालिएको छ”, नगरप्रमुख डा महतोले भन्नुभयो, “अबको करिब एक वर्षभित्रै कृषिउपज केन्द्रको अत्याधुनिक भवन निर्माण सम्पन्न भइसक्नेछ ।” केन्द्र निर्माणका लागि नेपाल सरकारले रु सात करोड ८१ लाख ३४ हजार तीन सय ७६ को ठेक्का बन्दोबस्त गरेको नगरप्रमुख डा महतोले स्पष्ट पार्नुभयो । केन्द्र निर्माणका लागि ठेक्का पाएको काठमाडौँस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेशमा तोकिएको समय सीमाभित्रै निर्माण कार्य सम्पन्न गरिने प्रतिबद्धता जनाएको छ । केन्द्र निर्माण भएपछि किसानले उत्पादित फसल यहाँ ल्याएर बेच्ने र केही दिनका लागि भण्डारण गर्न सक्नेछन् । कृषि उपजको व्यापार गर्नेलाईसमेत केन्द्र निर्माणले सहज बनाउने नगरप्रमुख महतोको भनाइ छ । केन्द्र सञ्चालनमा आएपछि दैनिक २४सै घण्टा ताजा तरकारीको बजार रहने डा महतो बताउनुहुन्छ । जम्मा १२ वडाको नगरक्षेत्रका करिब ५० भन्दाबढी बस्ती विभिन्न मौसमी बेमौसमी तरकारी उत्पादनका लागि उर्वरक्षेत्र मानिन्छन् । त्यसैगरी आँप र लिचीसहितका फलपूmलको पनि गौशाला नगरक्षेत्र पकेटक्षेत्र रहँदै आएको छ । केन्द्र निर्माणले सबै फसलको बजार सहजीकरण गरे पनि तरकारी र फलपूmल किसान बढी लाभान्वित हुने कृषि ज्ञानकेन्द्र जलेश्वरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत डा रामचन्द्र यादव बताउनुहुन्छ । रासस

काठमाडौं, कात्तिक ।

काठमाडौं महानगरपालिका-२७ ठमेलस्थित वाल्डो होटलमा कात्तिक ९ गतेदेखि बस्दै आएका २ जना भारतीय नागरिकको नगद लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१६ माछापोखरीस्थित किङ्स अकबरे मम: रेष्टुरेन्टका संचालक नुवाकोट ककनी गाउँपालिका-७ घर भएका २७ वर्षीय उमेश लामासमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनीहरूलाई ग्रिन टि सस्तोमा मिलाईदिन्छु भन्दै ६ जनाको समूहले होटल अगाडिबाट ट्याक्सीमा सोही महानगरपालिका-१६ माछापोखरीस्थित रोयल लाउन्ज एण्ड बारमा पुर्‍याई कुटपिट गरी पीडितसँग रहेको ४९ हजार नेपाली र ५० हजार भारतीय रूपैयाँ ट्रान्सफर गरी लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई बालाजु चोकबाट बा.८६ प २१४२ नम्बरको मोटरसाइकल, नगद ५९ हजार ३ सय ५५ रूपैयाँ, मोवाईल ४ थान र एनटिसी तथा एनसिएलको  १२ थान सिमकार्डसहित पक्राउ गरेको हो ।

 

काठमाडौं, १२ कात्तिक ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् ।

आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा उनले इजरायलमा सम्पर्कविहीन भएका नेपाली नागरिक जोशी सकुशल फिर्ताको कामना गरेका हुन् ।

साथै उनले हमासको आक्रमणमा मृत्यु भएका नेपालीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

कैलाली, १२ कात्तिक ।

आफ्नै बुबा ४५ वर्षीय हिरा सिंह चौधरीको हत्या गरेको अभियोगमा जानकी गाउँपालिका-३ लाईकपुर चौधरी गाउँ बस्ने २४ वर्षीय गणेश चौधरीलाई  प्रहरीले पक्राउ गरेको छ ।

 

आफ्नै घरको आँगनमा घरायसी बिवादको क्रममा ढुङ्गाले प्रहार गर्दा हिरा सिंहको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले गणेशलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

काठमाडौं, १२ कात्तिक ।

दशैं बिदापछि खुलेको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । १० दिनपछि खुलेको पहिलो दिन आइतबार सेयर बजार २८.१८ अंकले ओरालो लागेको हो ।

यसदिन नेप्से परिसूचक २८.१८ अंकले घटेर १८७५.६५ बिन्दुमा पुगेर बन्द भएको छ । २७ लाख १२ हजार १२३ कित्ता सेयर किनबेच हुँदा ७४ करोड २९ लाख २५ हजार ३९२ रुपैयाँको कारोबार भएको छ ।

कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी ४ करोड ८ लाख ५६ हजार रुपैयाँको काराबारका साथ शीर्ष स्थानमा रहँदा कारोबारको पहिलो दिन नै सोनपुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरमा नकारात्मक सकिर्ट लगेको छ ।

काठमाडौं, १२ कात्तिक ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग महासचिव गुटेरेसले भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणका लागि राति १ बजे काठमाडौँ आएका हुन् ।

बाँके, १२ कात्तिक ।

डुडुवा गाउँपालिका-६ सिखनपुर्वा बस्ने २५ वर्षीय राहुल सिंह सरदारलाई भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

 

सरदारले मादक पदार्थ सेवन गरी भरुवा बन्दुक देखाई घरपरिवार तथा छरछिमेकीलाई डरत्रास तथा धम्की दिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हिरमिनियाट खटिएको प्रहरी टोलीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।