२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं, १४ कात्तिक ।

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ४६ जना पक्राउ परेका छन् ।  काठमाडौं महानगरपालिका-२६ सामाखुसी टाउन प्लानिङ बस्ने अप्सरा मल्लको घरमा जुवातास खेलिरहेको अवस्थामा म्याग्दी घोरेपानी घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका नारायणथान बस्ने २६ वर्षीया यम कुमारी पुन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ९९ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

काठमाडौंकै  तारकेश्वर नगरपालिका-८ जरङ्खु बस्ने नुवाकोट किस्पाङ्ग गाउँपालिका-२ घर भएका ३९ वर्षीय पूर्ण बहादुर रानाको खाजा घरभित्र जुवातास खेलिरहेको अवस्थामा राना समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १९ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

बाँकेकाे कोहलपुर नगरपालिका-३ मदनचोक बस्ने बिष्णु खरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-४ बस्ने ४१ वर्षीय दिपक कुमार ढकाल समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३५ हजार ९ सय ५५ रूपैयाँ र २५ गड्डी ताससहित पक्राउ गरेको हो ।

 

धादिङकाे  निलकण्ठ नगरपालिका-३ एमाले चोक नजिक बस्ने आशिष श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय ईश्वर खतिवडा समेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४२ हजार ८ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

तेह्रथुमकाे लालिगुँरास नगरपालिका-२ प्रगती टोल बस्ने ३८ वर्षीय बीर बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ९५ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

कञ्चनपुरकाे  बेलौरी नगरपालिका-७ फगतपुरस्थित राजु चौधरीको नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत ७ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ११ हजार ५ सय ८० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

 

काठमाडौं, १४ कात्तिक ।

अवैध रूपमा भन्सार छलि सुनको कारोबार गरेको अभियोगमा ५ जनालाई काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गबाट प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा भोजपुर सालपासिलिछो गाउँपालिका-४ ठेगाना भएका २४ वर्षीय अमृतधन राई, सुनसरी ईनरूवा नगरपालिका-९ ठेगाना भएका ४४ वर्षीय नजिर मन्सुर, धनुषा हंसपुर नगरपालिका-८ ठेगाना भएका ४९ वर्षीय कारी ईसार केवट, खोटाङ रूपाकोट मजुवागढी नगरपालिका-१५ ठेगाना भएका २८ वर्षीय अर्जुन भट्टराई र गोरखा गण्डकी गाउँपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३० वर्षीय अनिष थापा रहेका छन् ।

 

कतारबाट आएका केही व्यक्तिहरूले भन्सार छलि अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई जम्मा २ सय १४ ग्राम ३६ मिलिग्राम तौल भएको सुनको ढिक्का ३ थान, जम्मा ५० ग्राम ०१ मिलिग्राम तौल भएको सिक्री ३ थान र नगद १ लाख १० हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

उनीहरूलाई भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा आवश्यक कारबाही तथा अनुसन्धानका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौं पठाइएको छ ।

 

काठमाडौं, १४ कात्तिक ।

नेपाल भ्रमणमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन नेपालसँग आग्रह गरेका छन् ।

मंगलबार संघीय संसदको संयुक्त दुवै सदनको बैठकलाई सम्बोधन गर्दै उनले पीडित पक्षको अधिकार रक्षा गर्दै शान्ति प्रक्रिया टुंग्याउन आग्रह गरेका हुन् ।

 

नेपालको शान्ति प्रक्रियामा संलग्न नेताहरुप्रति राष्ट्रसङ्घका तर्फबाट सम्मान व्यक्त गर्दै उनले नेपाल शान्ति प्रक्रियाको अन्तिम चरणको तयारी रहेको र सङ्क्रमणकालीन न्यायको माध्यमबाट शान्ति प्रक्रिया टुंग्याउन लागेको बताए ।

 

भक्तपुर, १४ कात्तिक ।

उद्योगी व्यवसायीहरुले बैंकले आफूखुशी जथाभावी बैंकको व्याजदर बृद्धि गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ–चितवनबीच मंगलबार भएको एक समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बैंकले आफूहरुसँंग कुनै सल्लाह नै नगरी मनमानी ढंगले ब्याजदर बृद्धि गरेकोले आफूहरु आन्दोलनको तयारीमा रहेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष सुरजकृष्ण वैद्यले बैंकहरुले नेपाल सरकार, नेपाल राष्ट बैंकलाई समेत वेवास्ता गरी जथाभाबी व्याजदर बृद्धि गरिरहेकोले आन्दोलनको तयारी थालेको सुनाए । हामी उद्योग वन्द गरेर आन्दोलन थाल्ने योजनामा छौं, उनले भने, सुरुमा काठमाडौंका ठूल्ठूला उद्योगहरु वन्द गर्न सुरु हुनेछन् ।

उनले महासंघको आन्दोलनलाई साथ दिन सवै उद्योगीव्यवसायीहरुसँंग अनुरोध गरे । सुरुमा काठमाडौंका ठूल्ठूला उद्योग व्यवसायीहरुले उद्योग वन्द गरेर विरोध हुन थालेपछि जिल्लास्तरमा पनि उद्योग वन्द गरेर सहयोग गर्न उनको अपिल थियो ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले बैकको व्याज तिर्न नसकेको भन्दै धितो लिलामी नगर्न बैंकहरुलाई चेतावनी दिए । बैंकले आफनो मात्रै नाफा हेरेर जथाभाबी व्याजदर बृद्धि गरेको आरोप उनको थियो ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले आन्तरिक तथा पर्यटकलाई चितवन घुम्न आउन आह्वान गरे । यही आह्वानलाई साकार रुप दिन भरतपुर भ्रमण वर्ष २०२४ गर्न लागेको जानकारी उनले गराए ।
कार्यक्रममा दुई संघवीच भाइचारा, समझदारी वृद्धि र सहयोग आदानप्रदानको लागि सहमति गरी हस्ताक्षर गरिएको थियो । समझदारीपत्रमा भक्तपुर शाखाकोतर्फबाट अध्यक्ष शिवप्रसाद मानन्धर र चितवन शाखाकोतर्फबाट अध्यक्ष चुननाारायण श्रेष्ठले हस्ताक्षर गरे ।

 

दुई संघवीच भ्रातृत्व सम्बन्ध कायम गर्ने सम्बन्धमा विभिन्न बुँंदाहरुमा लिखित सहमति भएको हो । उक्त उद्देश्य प्राप्तिका निमित्त भक्तपुर उद्योग वाणिज्य संघको सचिवालयमा समझदारीपत्रमा हस्ताक्षर गरी एकएकप्रति लिनेदिने कार्य सम्पन्न भयो ।

समझदारीपत्रमा पहिलो बुँंदामा भक्तपुर र चितवन क्षेत्रको व्यापार तथा उद्योग विकासका लागि एकआपसको अनुभव र विशषज्ञता आदानप्रदान गर्ने र सम्भव भएसम्म लगानी प्रवद्र्धनका लागि दुवै संघ सक्रिय रहनुका साथै सोसम्बन्धी स्रोतहरु खोजी गर्न क्रियाशील रहने रहेको छ ।     दुवै संघको सुदृढीकरण र आपसी सम्बन्ध बलियो बनाउन भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र सचिवालयका कर्मचारीहरुबीच भ्रमण आदानप्रदान गर्ने र दुवै संघले संस्थागत विकासको क्रममा आर्जन गरेको अनुभव र ज्ञान आदानप्रदान गर्नुका साथै अन्य संघहरुको संस्थागत विकासका लागि आवश्यकताअनुसार संयुक्त पहल गर्ने बुँंदा रहेको छ ।

साथै उद्योग वाणिज्य क्षेत्रको विकासका लागि राष्ट्रियस्तरमा आउने विभिन्न चुनौतिहरु सामना गर्ने क्रममा एकअर्कालाई हानीनोक्सानी नहुने गरी आपसी साझा दृष्टिकोण निर्माण गर्न प्रयत्न गर्ने र सम्बन्धित सूचना तथा प्रकाशनहरु आदानप्रदान गर्नुका साथै अवस्थाअनुसार आवश्यक भएमा उद्योग वाणिज्य क्षेत्रको विकासका लागि व्यावसायिक पैरवी गर्ने रहेको छ ।

दुवै संघहरुबाट उद्योग, व्यापार, कृषि, पर्यटन तथा सूचना प्रविधिको विषयमा विकसित नयाँनयाँ गतिविधिहरुको अनुभव र सूचना आदानप्रदान गर्ने र कार्यान्वयनमा सहकार्य गर्ने, दुवै संघले आयोजना गर्ने राष्ट्रियस्तरको औद्योगिक व्यापार मेलामा एकआपसमा सघाउने,     साना तथा मझौला व्यवसाय विकासलाई विशेष ध्यान दिई आआफ्नो अनुभव आदानप्रदान गर्ने बुँंदा समझदारीपत्रमा रहेको छ ।

 

समझदारीपत्रमा भक्तपुर र चितवनका व्यवसायीहरुले आआफ्नो क्षेत्रमा उत्पादन गरेका वस्तुहरुको बजारीकरण तथा व्यापार प्रवद्र्धनका लागि दुवै संघले एकआपसमा सहयोग गर्ने, दुवै संघका सदस्यहरु लाभान्वित हुने गरी संघहरुले पहिचान गरेका अन्य क्षेत्रहरुमा समेत आवश्यकताअनुसार नीति निर्माण तथा कार्यक्रम तय गरी सञ्चालन गर्ने, दुवै क्षेत्रका कला, साहित्य, संस्कृतिहरुको विकास तथा प्रवद्र्धनमा आपसी सहयोग अभिवृद्धि गर्ने र माथि उल्लेखित बुँदाहरुबाहेक दुवै संघले पहिचान गरेको अन्य क्षेत्रहरुमा समान विचार बनाउन र कार्यक्रमको पहिचान गर्न सकिने गरी दशवटा बुँदाहरु रहेका छन् ।

 

काठमाडौं, १४ कात्तिक ।

पूर्वबाल लडाकु लेलिन बिष्टले आफूलाई वीर अस्पतालमा ‘नजरबन्द’मा राखेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटेरेसलाई बाल लडाकुको समस्याबारे ज्ञापनपत्र बुझाएका बिष्ट र भोजराज तिमल्सिनालाई वीर अस्पतालबाट प्रहरीले बाहिर निस्किन नदिएको उनले बताएका छन् ।

छोराका हत्यारालाई कारबाहीको माग राखेर बर्षाैंदेखि अनशनमा बस्दै आएकी गंगामाया अधिकारीलाई भेटेर फर्किने क्रममाा उनीहरुलाई प्रहरले ‘माथिको आदेश’ भन्दै बाहिर निस्किन नदिएको हो ।

‘हामी वीर अस्पतालबाट गंगामाया अधिकारीलाई भेटेर निस्किन खोज्दा पौने ३ बजेदेखि म र भोजराज तिमल्सिनालाई प्रहरीले माथिको, प्रधानमन्त्रीको आदेश भन्दै निस्किन दिएको छैन,’ बिष्टले भने, ‘अहिले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि, इन्सेकका प्रतिनिधिहरु आएका छन् ।’

 

काठमाडौं, १४ कात्तिक ।

काठमाडौंमा जारी टी–२० विश्वकप छनोट खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्दै मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरको समाप्तिमा ४ विकेट गुमाउँदै भेट्टाएको हो ।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३४ बलमा ७ छक्का र २ चौकासहित ६५ रन जोड्दा  कुशल भुर्तेलले २५ बलमा ४ छक्का र ४ चौकासहित ४३ रन बनाएका थिए ।

यो जितसँगै नेपाल समूह ए बाट सेमिफाइनल पुगेको छ । यसअघि मंगलबार बिहान सिंगापुरलाई हराउँदै समेफाइनल पुगेको ओमानसँग बुधबार नेपालले समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा गर्नेछ ।

 

काठमाडाैं, १४ कात्तिक ।

संघीय संसदकाे संयुक्त बैठक सुरू भएकाे छ । नयाँबानेश्वरस्थित स‌सद भवनमा प्रतिनिधिसभा र राष्ट्रिय सभाकाे संयुक्त बैठक सुरु भएकाे हाे ।

उक्त बैठकलाई संंयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेसले सम्बाेधन गरिरहेका छन् ।

 

काठमाडौं, १४ कात्तिक ।

काठमाडौंमा जाारी टी–२० विश्वकप छनोट खेलमा नेपालले मलेसियाविरुद्ध दुई विकेट लिएको छ ।

टस जितेर आक्रामक ब्याटिङ गरिरहेको मलेसियाविरुद्ध अबिनाश बोहराले पाँचौं ओभरमा नेपालका लागि पहिलो विकेट लिएका हुन् ।

ओपनर जुबैदी जुलकिफलाई बोहराले कुशल मल्लबाट क्याच आउट गराए ।

यस्तै मलेसियाले ७ ओभरमा दोस्रो विकेट गुमायो ।  सातौँ ओभरको छैटौँ बलमा दोस्रो रन लिने क्रममा कप्तान अहमद फैज रनआउट भए ।

 

सन्दीप जोराको शानदार फिल्डिङबीच विकेटकिपर आसिफ शेखले रनआउट गरेका थिए।

यो समाचार तयार पर्दासम्म मलेसियाले ९.३ ओभरको समाप्तिमा २ विकेट गुमाएर ८३ रन जोडेको छ ।

काठमाडौं, १४ कात्तिक ।

इजरायल–हमाासबीच युद्ध विरामको आह्वानलाई अमेरिकाले पनि अस्वीकार गरेको छ ।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धविरामको आह्वानलाई अस्वीकार गरेका बेला अमेरिकाले पनि अस्वीकार गर्दै इजरायललाई साथ दिएको हो ।

तीन साताअघि ७ अक्टोबरमा इजरायलमाथि प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण गरेपछि अहिले दुवैतर्फबाट बमबारी भइरहेका छन् ।

यही बेला अमेरिकाले इजरायल र हमासबीच युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेको हो ।
अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले युद्धविरामको लागि विश्वव्यापी आह्वानलाई अस्वीकार गरेका हुन् ।
हाल, गाजाका २.२ मिलियन बासिन्दाहरूको लागि खाना, पानी, इन्धन र औषधि चरम अभाव भएको छ । तर, इजरायलले पनि हमास ध्वस्त नभएसम्म युद्धविराम नहुने घोषणा  गरिसकेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने, ‘युद्धविरामको आह्वानभनेको इजरायललाई हमासलाई आत्मसमर्पण गर्न, आतंकवादलाई आत्मसमर्पण गर्नको लागि आह्वान हो । यो हुने छैन ।’

तर, एक पत्रकार सम्मेलनमा अमेरिकाको राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले इजिप्ट हुँदै गाजामा थप सहायता ट्रकहरू प्रवेश गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

 

उनले भने कि अमेरिकाले इजरायली सरकारसँग सीमा पार गर्ने ट्रकहरूको संख्या हरेक दिन करिब १०० पु¥याउने बारे कुरा गरेको थियो।

 

‘आइतबार करिब ४५ ट्रक इजिप्टको रफाह क्रसिङ हुँदै गाजा प्रवेश गरेका थिए,’ किर्बीले भने ।

माेहम्मद हबिब,भैरहवा, १४ कात्तिक ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी आइपुगेका छन्। मंगलबार बिहान अन्नपूर्ण बेसक्याम्प पुगेका गुटरेस विशेष विमानबाट गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन्।

महासचिव गुटेरेस गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थलबाट लुम्बिनी भने हेलिकप्टरबाट आएका हुन्। महासचिव गुटरेसको स्वागतको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लुम्बिनी पहिलै आइसकेका थिए। महासचिव गुटेरेस पोखराबाट सिधै लुम्बिनी आएका थिए भने प्रधानमन्त्री प्रचण्ड काठमाडौंबाट लुम्बिनी आएका हुन्।

बुद्ध जन्मस्थल लुम्बिनीमा पहिलो पटक भ्रमणमा आएका महासचिव गुटेरेसलाई प्रधानमन्त्री प्रचण्डसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्यन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याला लामा लगायतले स्वागत गरे

महासचिव गुटरेस डेढ घण्टा लुम्बिनीमा रहे । गुटरेसले शान्ति दीप हुँदै मायादेवी मन्दिरको दर्शन र प्रार्थना गरेका छन। शान्ति दीपबाट मायादेवी मन्दिरसम्म उनी पैदल गए ।

गुटरेसले लुम्बिनीको अवलोकनपछि पत्रकारहरुमार्फत शान्तिभूमिबाट शान्तिको सन्देशसहितको सम्बोधन गरे  । करिब १५ वर्षपछि भएको राष्ट्रसंघका महासचिवको लुम्बिनी भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। यसअघि सन् २००८ नोभेम्बरमा वान की मुनले संयुक्त राष्ट्रसंघको महासचिवको रुपमा लुम्बिनीको भ्रमण गरेका थिए।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।