
राैतहट,कार्तिक १७ गते ।
राैतहटमा करेन्ट लागेर महिलाकाे मृत्युु भएको छ । कटहरिया नगरपालिका–५ बहादुरपुर टाेल बस्ने बिजय साहकाे श्रीमती अन्दाजी ४० वर्षीया अनिता देवीको करेन्ट लागेर शुक्रबार अपरान्ह मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी प्रमुख ओमप्रकाश खनालले दिएको जानकारी अनुसार उक्त महिलाले आफ्नै घरको चापाकलमा जाेडिएकाे पानी तान्ने माेटरमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतककाे शवलाई पोस्मार्टमका लागी प्रदेशिक अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
कार्तिक १८ गतेके ,रौतहट ।
रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीका कारण ६ चौपायाको जलेर मृत्यु भएको छ।स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो। आगलागी बाट घर, ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन्। आगलागीको कारण भन्ने खुल्न सकेको छैन। राताेपाटी
जनकपुरधाम, १७ असोज ।
मिटरब्याज धन्दा चलाएको आरोपमा महोत्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका- ३ महदैयाका सियाराम यादव रहेको प्रहरीले जनाएको छ।
यादवलाई इलाका प्रहरी कार्यालय लोहरपट्टीको टोलीले घरबाटै पक्राउ गरेको हो। उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय लगिएको छ।
काठमाडौं, १७ असोज ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ।
राष्ट्रिय युवा संघ नेपालले शुक्रबार बानेश्वरमा सरकारको विरोध गर्दै प्रदर्शन गरेको हो। सर्वोच्च अदालतले बाँकेका रिगल ढकाललाई सरकारले गरेको आममाफी दिने निर्णय बदर गरेसँगै प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने युवासंघको माग छ।
बिजुलिबजार देखि बानेश्वरसम्म उनीहरूले प्रदर्शन गरेका हुन्।
नेपालगञ्ज, १७ असोज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा नेपालगञ्ज पुगेका छन्। राप्रपा नेपाल बाँकेले शनिबार नेपालगञ्जमा गर्ने विरोध सभालाई सम्बोधन गर्न थापा आज बेलुकी त्यहाँ पुगेका हुन्।
राजसंस्थाको एजेन्डालाई पार्टीले कार्यनीति बनाएपछि राप्रपा नेपालले सडक केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदै आएको छ।
संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट व्यवस्थाको अन्त्य सडक आन्दोलनबाट गर्ने उद्घोषका साथ पार्टी जनआन्दोलनको आधारभूमि निर्माण गर्न जिल्ला केन्द्रित कार्यक्रममा लागेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
२०६२/६३ को मार्गचित्र असफल भएकोले अब गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्पमा राजासहितको प्रजातन्त्र, सनातन हिन्दु अधिराज्य र संघीयता खारेज गर्दै सुदृढ स्थानीय शासन प्रणाली लागू हुनुपर्ने राप्रपा नेपालको मान्यता रहेको छ।
सभालाई अध्यक्ष थापासहित उपाध्यक्ष तारानाथ लुइँटेल, महामन्त्री राजाराम बर्तौला, सह-महामन्त्री रमेश अर्याल, हिक्मत ढकाल, दिपु सिंहलगायतले सम्बोधन गर्ने र विभिन्न व्यक्तिहरू पार्टी प्रवेस गर्नेसमेत पार्टीले जनाएको छ।
दार्चुला, १७ असोज ।
दार्चुलामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मुत्यु भएको छ।
नौगाड गाउँपालिका–६ थालिगडा की २५ वर्षीया हिरा धामीको आज शुक्रबार मृत्यु भएको हो।
धामी बिहीबार थालिगडाको नजिकैको रातापड भिरमा लडेकी थिइन्। उनलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
झापा, १७ कार्तिक ।
झापाबाट एक हजारको नक्कली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत विहार राज्य किसनगञ्ज जिल्लाका २४ वर्षीय अन्जर आलम, दिघलबैंक मंगोराका १९ वर्षीय अजरत अलि, १८ वर्षीय महबुल हक, पुर्णिया जिल्लाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
झापा गाउँपालिका–१ स्थित सितापुरीमा भारतीय नम्बर प्लट भएका दुईवटा मोटरसाइकलमा नेपाल प्रवेश गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा आलमको साथबाट एक हजार दरको तीन थान नेपाली नक्कली नोट बरामद गरेको हो।
नक्कली नोटसहित पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरीको भनाइ छ।
काठमाडौं, १७ कात्तिक ।
प्रधानमन्त्री पुष्पकमल प्रचण्डले नेपाल टी–२० विश्वकप एसिया छनोट भएको खेलाडीलाई बधाई दिएका छन् ।
काठमाडौंको मुलपानीस्थित क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।
प्रधानमन्त्री प्रचण्डलाई बधाई दिँदै फेसबुकमा लेखेका छन्, “टी-२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।पछिल्लोसमय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु। साथै नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै यहाँहरूको साथमा रहने प्रतिवद्धता व्यक्त गर्दछु।”
टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।
फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।
नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे ।
यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।
काठमाडौं, १७ कात्तिक ।
काठमाडौंमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।
फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमााएर भेट्टाएको हो ।
नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नटआउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नटआउट रहे ।
यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेलले २ र सोमपाल कार्मी र रोहित पौडेलले समान एक एक विकेट लिए ।