काठमाडौं, १९ कार्तिक ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भूकम्पमा परेका पीडित परिवारलाई आजबाट राहत सामग्री वितरण गर्ने भएको छ।
भूकम्पले घरबारविहीन भएका उनीहरुलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामाग्रीसहित अध्यक्ष डा. बद्री केसीको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा आज पुग्नेछ ।
अध्यक्ष केसीका अनुसार भूकम्प पीडित ४०० परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको हो।
अध्यक्ष डा. केसीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रविण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसीसी यूएईका अध्यक्ष विकास साहीलगायतको टोली राहत सामग्री जाजरकोट पुग्नेछन् ।
संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए।
‘हामी आइतबार सम्मा त्यहाँ पुग्न कोशिश गर्दैछौं। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौं,’ उपमहासचिव प्रविण गुरूङले भने।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको ६।४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौं घाइते भएका छन्।
यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।
संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवस्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरु तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह समेत गरेको छ।
काठमाडौं, १९ कार्तिक ।
भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।
शुक्रबार राती जाजरकोटलाइ केन्द्र बनाएर गएको भुकम्प परी हालसम्म १५७ जनाको ज्यान गएको हो भने घाइतेको संख्या १७० जना पुगेका छन ।
नेपाल प्रहरीका अनुसार जाजरकोटमा मात्रै १ सय ५ जनाले ज्यान गुमाएका छन भने ८१ जना घाइते भएका छन ।
साथै, रूकुम पश्चिममा ५२ जनाले ज्यान गुमाएका छन भने ७८ जना घाइते भएका छन ।
घाइतेहरूको स्थानिय अस्पताल, सुर्खेत अस्पताल, भेरी अस्पताल र काठमाडौंमा गरी उपचार भइरहेको छ ।

काठमाडौं, १९ कार्तिक ।
नेपाल क्रिकेट संघले आज हुने फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त ५० प्रतिशत रकम भुकम्प पीडितलाई दिने भएको छ ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राती गएको भुकम्प परी ज्यान गुमाएका तथा घाइते परिवारलाई उक्त रकम दिइने क्यानले जनाएको छ ।
‘आइसिसी टि २० विश्वकप २०२४ को एसिया छनौट अन्तर्गगत आइतबार हुने नेपाल र ओमान बिच फाइनल खेलको टिकट बिक्रिबाट प्राप्त हुने रकमको ५० प्रतिशत रकम भुकम्प पीडितको सहयोगार्थ प्रदान गरिने घोषणा गर्दछौं’ क्यानले भनेको छ ।
क्यानले मृतक प्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।
काठमाडौं, १९ कार्तिक ।
अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ ।
पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एकवटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ बसपार्कले जनाएको छ।
सो बस जटिबुटीबाट छुटेर नयाँ बसपार्कमा रहेका यात्रु लिएर जाजरकोट र रुकुमका लागि प्रस्थान गर्नेछन्। हिजाेसहित आज बिहानको लागि पनि निःशुल्क बसको व्यवस्था गरिएको छ।
जाजरकोट र रुकुम जान चाहने भूकम्प प्रभावित परिवारका सदस्यले मोबाइल नम्बर ९८४०२६६७९७ मा सम्पर्क गर्न सक्ने प्रहरीले जनाएको छ।
उता, पृथ्वी यातायातले पनि प्रभावित परिवारको लागि एउटा निःशुल्क बसको व्यवस्था गरेको छ।
काठमाडौं, १९ कार्तिक ।
मन्त्रीपरिषदको बैठक बस्दैँछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज बिहानका लागि मन्त्री परिषदको बैठक बोलाएका हुन् ।
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पमा परी धनजनको क्षति भए पछि त्यसमा आवाश्यक निर्णय लिनका लागि मन्त्रीपरिषदको बैठक बोलाईएको हो । बैठक बिहान ८ बजे बस्ने बताईएको छ ।
काठमाडौं, १९ कार्तिक ।
नेपाल र ओमानका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले आज ओमानसँग खेल्न लागेको हो ।
त्रिभुवन बिश्वबिद्यालय किर्तिपुरस्थित खेल मैदानमा सो प्रतिस्पर्धा हुनेछ । जसअनुसार सो खेल आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ ।
छनौट प्रतियोगिताको फाइनल पुगेका नेपाल र ओमानले टी–२० विश्वकपमा स्थान भने यसअघि नै पक्का गरिसकेका छन् ।
नेपालले संयुक्त अरब ईमिरेट्स (यूएई) लाई ८ विकेटले हराउँदै तथा ओमानले बहराइनलाई १० विकेटले हराएर आज हुने फाइनलका लागि स्थान बनाएर प्रतिस्पर्धामा उत्रन लागेका हुन् ।

काठमाडौं, १९ कार्तिक ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।
बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था अनुसार कार्य सम्पादन समितिकाे बैठक बस्न लागेकाे हाे ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्। बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।
काठमाडौं, १९ कार्तिक ।
हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
देशको पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न साथै दैनिक क्रमिक रुपमा तापक्रम घटिरहेको हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।
काठमाडौं, १८ कार्तिक ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ।
कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन्।
बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ।
धनगढी, १७ कार्तिक ।
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ६ तिलखामा सुदूरपश्चिम प्रदेश ०१–०१० प ४३०० नम्बरको मोटरसाइकलको ठक्करबाट ८४ वर्षीय मानसिँह रावतको मृत्यु भएको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शुक्रवार राति रावललाई मोटरसाइकलले ठक्कर दिएको थियो। उनको लम्कीकै लालरत्तन अस्पतालमा उपचार सम्भव नभएपछि नेपालगन्ज लगिएको थियो। नेपालगञ्ज मेडिकल कलेजमा शनिवार बिहान रावतको मृत्यु भएको हो। मोटरसाइकलसहित चालक शेरसिँह रावत प्रहरीको नियन्त्रणमा छन्। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।