बैतडी, १९ असोज ।
बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
खर काट्ने क्रममा भिरबाट लडेर जिल्लाको डिलाशैनी गाउँपालिका–१ खुम्ताकी २२ बर्षीया सुनकला बोहराको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
आइतबार बिहान खर काट्न घरभन्दा चार किलोमिटर टाढा रहेको जहिलेक जंगलमा गएकी बोहरा भिरबाट लडेर २ सय मिटर तल खसेकी थिइन्। उनलाई उपचारका लागि उनका श्रीमान कमलेश बोहराले गोकुलेश्वर अस्पताल पुगाए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए।
काठमाडौं, १९ कार्तिक ।
भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ।
समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन्।

‘जाजरकोट र रुकुम पश्चिममा गएको विनाशकारी भूकम्पमा परी ठूलो संख्यामा मानवीय क्षति भएको र सयौंको संख्यामा घाइते भएको घटनाप्रति नेपाली जनसम्पर्क समिति अमेरिका गहिरो दुःख व्यक्त गर्दछ। दैवी विपत्तिमा परी ज्यान गुमाउनु हुने दिवंगत नेपाली दाजुभाइ तथा दिदीबहिनीको आत्माको चीर शान्तिको कामना गर्दै समिति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उनले भूकम्पमा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै राहत,उद्धार र पुनर्स्थापनामा सबैले सक्दो सहयोग गर्नुपर्ने बताएका छन्।
‘देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीलाई यस दैवी विपत्तिको बेला एकापसमा हातेमालो गर्दै यथाशक्य राहत सहयोगका लागि अपील गर्दछौं। आउनुहोस् यो प्राकृतिक विपत्तिमा परेकाहरुको तत्काल राहत, उद्धार एवं पुनर्स्थापनाका लागि मानवीय धर्ममा जुटौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
काठमाडौं, १९ कात्तिक ।
गोकर्णेश्वतर नगरपालिका-६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय ५० रुपैयाँ र १ एक बुक ताससहित पक्राउ गरेको हो ।
भक्तपुरकाे भक्तपुर नगरपालिका-३ वंशगोपालस्थित काभ्रे तिमाल गाउँपालिका-९ घर भएका २४ वर्षीय बुद्ध लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ६ सय ५५ रुपैया र २ बुक ताससहित पक्राउ गरेको हो ।
कास्कीकाे पोखरा महानगरपालिका-४ मानवअधिकार चोकस्थित सोही महानगरपालिका-१५ रामजवार बस्ने स्याङ्जा वालिङ नगरपालिका-३ घर भएका ३२ वर्षीय यम बहादुर गुरुङले संचालन गरेको प्रिन्सीका किराना पसलमा जुवातास खेलिरहेको अवस्थमा यम बहादुरसमेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती ताससहित पक्राउ गरेको हो ।
काठमाडौं, १९ कात्तिक ।
जाजरकोटमा आइतबार फेरि ४ म्याग्निच्युडमाथिको दुईवटा भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको र आइतबारै बिहान १ बजेर २२ मिनेटमा रामीडाँडा आसपास नै केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
आइतबार बिहान ४ बजेर ५३ मिनेटमा जाजरकोटमै ३.८ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जानकारी गराएको छ । गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पका कारण ठूलो धनजनको क्षति भएको छ ।
काठमाडौं, १९ कात्तिक ।
दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बा.८८ प ४१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित दुवै जनालाई पक्राउ गरेको हो ।
पर्साकाे वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चौकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५० ग्रामसहित भारत राज्य विहार पुर्वी चम्पारण मोतिहारी बस्ने २७ वर्षीय भुलावन पटेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वा भन्सार पर्सा र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बस्तिपुर डेरा गरी बस्ने २१ वर्षीय सन्तेन लामालाई नियन्त्रित लागूऔषध स्टेगन ४ सय ८७ ट्याब्लेट, ट्रामाडोल १ सय ४२ ट्याब्लेट र नगद १५ हजार २ सय रुपैयाँसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसामाडी लेवर्टबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामाम नेपाली राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल उत्कृष्ट ब्याटर चुनिएका छन् ।
प्रतियोगितामा नेपाल उपविजेता हुँदा ओपनर भुर्तेलले १८५ रन बनाएका थिए । उनले पाँच खेलमा एक अर्धशतकसहित १८५ रन बनाएका थिए ।
बेस्ट नेपाली प्लेयर अफ दि सिरिज गुल्सन झा बने । उनले मोटरसाइकल पुरस्कार पाएका छन् ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट बलर ओमानका बिलाल खान चुनिए । ओमानलाई छनोटको उपाधि दिलाउने क्रममा बिलालले ११ विकेट लिएका थिए ।
ओमानकै अलराउन्डर अकिब इल्यास प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । इल्यासले बलिङतर्फ १० विकेट लिँदा १०६ रन जोडे ।
मुकेश कुमार यादव,सिरहा, १९ कात्तिक ।
सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्।

बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए।

रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्ने ठानेर खोजी नगरेको बताइएको छ। केहीबेरमा कैँचीगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको कार्यरत एक शिक्षकले बताए।

घटना थाहा पाउन साथ प्रहरीलाई खबर गरेका थिए। प्रहरुले आफन्तलाई बोलएर शव मुचुल्का उठाउन भने पनि परिवारले घटना शंकास्पद रहेको भन्दै पासो काट्न दिएको छैनन्।
कैलाली, १९ कात्तिक ।
टिकापुर नगरपालिका-२ बिकासपुर बस्ने बिकाश बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रूपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १९ कात्तिक ।
काठमाडौंमा भएको आईसीसी टी–२० विश्वकप एसिया छनोटको उपाधि हात पार्न नेपाल चुकेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपाल सुपर ओभरमा पराजित भएको हो ।
नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुपर ओभरमा ओमानले दिएको २२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १० रनमात्र बनाउन सक्यो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको ओमानले २१ रन बनाएको थियो ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १८४ रन बनाएको थियो । नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले पनि ९ विकेटको क्षतिमा १८४ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।
काठमाडौं, १९ कात्तिक ।
नेपाल राष्ट्र बैंङ्कले तिहारलाई लक्षित गरेर आइतबारबाट सुनका असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको छ ।
चाँदीको ५, १० र २५ ग्रामको सिक्का र सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।
सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ ।