२०८३ भाद्र ४
२०८३ भाद्र ४

 

काठमाडौं, २० कात्तिक ।

अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका-५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको  छ ।

 

कतार एयरलाईन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका उनलाई अवैध रूपमा लुकाई छिपाई भन्सार छलि गरी लैजान लागेको मोबाइल लगायतका सामानसहित फेला पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट उक्त रूपैयाँ बराबरको आइफोन लगायत विभिन्न कम्पनीका मोबाइल ७ थान, स्मार्ट वाच ५ थान, वायरलेस एयर पड्स २ थान, एयरफोन १ थान बरामद भएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएकाे छ ।

 

कैलाली, २० कात्तिक ।

धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हहार ६ सय ५६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

 

बाँके, नेपालगंज उपमहानगरपालिका-१० भृकुटिनगर बस्ने निर्मल थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय आकाश सिंह ठकुरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

मकवानपुर, २० कात्तिक ।

हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश घर भएका २४ वर्षीय रजनिस सिङ रहेका छन् । प्रहरी चौकी रातोमाटे समेतबाट खटिएको प्रहरीले वीरगंजतर्फ जाँदै गरेको ना.६ ख ६७५४ नम्बरको बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

 

उता कास्कीकाे पोखरा महानगरपालिका-२१ कश्यारघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १२ ग्राम ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय आशिष सुनार समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले सुनारको कोठाबाट उक्त परिमाणको लागूऔषध फेला परी तीनै जनालाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

काठमाडौं, २० कात्तिक । 

भिजिट भिसामा विदेश पठाई दिने भनी नक्कली कागजातहरू बनाएको अभियोगमा ४ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका-५ घर भई काठमाडौं बालाजु बस्ने ४५ वर्षीय जयराम श्रेष्ठ, गोरखा सानचोक गाउँपालिका-८ घर भई काठमाडौं बसुन्धारा बस्ने ३४ वर्षीय भक्त बहादुर थापा, काठमाडौं  महानगरपालिका-१ नक्साल बस्ने ३८ वर्षीय दिपक केसी र सल्यान कालीमाटी रामपुर गाउँपालिका-३ घर भई काठमाडौं नागार्जुन बस्ने ४२ वर्षीय बल बहादुर रावत रहेका छन् ।

 

भिजिट भिषामा विदेश जाने व्यक्तिहरूको कागजात जाँच गर्ने क्रममा फेला परेका राहदानीसहितका कागजातहरू १ हजार ३२ थान तथा विभिन्न नक्कली कागजात २ सय ९६ थान त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयले थप अनुसन्धानको लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन पठाएको थियो । अनुसन्धानको क्रममा उक्त कागजातहरू नक्कली भएको पुष्टी हुन आएको र उनीहरू नक्कली कागजातहरू बनाउने विभिन्न भूमिकामा रहेको खुल्न आएपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरूबाट विभिन्न कलेज तथा विद्यालयका शैक्षिक प्रमाण र लेटरप्याड, जन्मदर्ता कागजातहरु, विभिन्न बैंकहरूको स्टेटमेण्ट तथा चेक, एचएसईबी  लेखिएको होलो ग्राम, सीटीईभीटीको स्टिकर, सवारी चालक अनुमतिपत्र, राहदानी, निर्वाचन पत्र, भारत सरकारको आधार कार्ड नागरिकताका कागजातहरू, विभिन्न सरकारी तथा निजि कार्यायहरूको छापहरु, लेमिनेसन मेसिन १ थान, ल्यापटप १ थान, प्रिन्टर २ थान र पेन्ड्राईभ २ थान बरामद भएको छ ।

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज काठमाडौं पठाइएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

प्रभु साह नेतृत्वकाे आम जनता पार्टीले धनुषाकी आरती साहको हत्या प्रकरणमा ऐक्यबद्धता जनाउने भएको छ । विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा राजधानी काठमाडौंकाे माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति साे पार्टीले प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ-सहयोग र ऐक्यबद्धता रहदै आएको जनाएको छ । आउँदो कार्तिक २२ गते दिनको १:०० बजे आजपा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागिता एवं नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र २३ गते दिनको ११:०० बजे मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा भनिएको छ,’चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठ्ठयाग्रींदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करीब १०:०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीं असोज २७ गते विहान ८:०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ । ‘ तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको धज्जिया उडाउने हर्कतहरुप्रति आम जनता पार्टी कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भर्तस्ना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, न्याय प्राप्तिको यस संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै थप बल पुर्याउन आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ-सहयोग र सहभागिता जनाई योगदान पुर्याउन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदाय, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत सबै सबै पेशाकर्मीमा हार्दिक अहान एवं अनुरोध समेत गरिएको छ ।

कार्तिक २० सोमबार

काठमाडौं महानगरपालिकाभित्र रहेका ७१ वटा सामुदायिक विद्यालयको नेतृत्व शैक्षिक योग्यता कम भएका प्रधानाध्यापकले गरिरहेका छन् । माध्यमिक तहको प्रधानाध्यापक बन्न एमफिल, निम्नमाध्यमिक तहका लागि स्नातकोत्तर र आधारभूत तहको प्रधानाध्यापक बन्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने भए पनि अधिकांशमा कम शैक्षिक योग्यता भएकाले नेतृत्व गरिरहेका छन् ।

महानगरका अनुसार ६ आधारभूत तह, २१ निमावि र ४४ माविको नेतृत्व कम शैक्षिक योग्यता भएकाले गरिरहेको महानगरपालिकाले जनाएको छ । अधिकांश सामुदायिक विद्यालयको मावि तहमा स्नातकोत्तर तह र आधारभूत तहमा स्नातक तह उत्तीर्ण गरेका प्रधानाध्यापक छन् । सोही कारण महानगरपालिकाले प्रतिस्पर्धामा नयाँ प्रधानाध्यापक छनोट प्रक्रिया अघि बढाएको महानगरका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले जानकारी दिए । उनका अनुसार त्यसमध्ये पनि केही प्रधानाध्यापक अनिवार्य अवकाश हुँदै छन् । उक्त ठाउँमा पनि प्रतिस्पर्धाबाट नयाँ प्रधानाध्यापक पठाइनेछ ।

सोमबार, २० कात्तिक/

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको मंसिर २२ को सडक संघर्षको कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव  गुरुङले आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले गत शुक्रबार जाजरकोटमा गएको भूकम्पको कारण सडक संघर्षको कार्यक्रम स्थगित गजाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

‘भूकम्प प्रभावित क्षेत्रमा खटिनु छ । रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरिएको छ,’ उनले भने ।रिएको बताए ।

सत्तासीन माओवादीले नै सडक संघर्षको कार्यक्रमको घोषणा गरेपनि आलोचना पनि भएको थियो । यस्तै चियापान लगायनका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरिएको महासचिव गुरुङले बताए । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ ।

माओवादीले भूकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवसरमोर्चाका नेता तथा कार्यकर्ताहरुलाई खोज, उद्धार एवं राहतमा सक्रियतापूर्वक सहयोग गर्न निर्देशन दिइएको छ । यसबारे माओवादीले सर्कुलर जारी गर्दै केन्द्रीय कार्यालय मातहतका समितिलाई निर्देशन दिएको छ ।

काठमाडौँ २० कात्तिक,

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज  बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ५५ पैसा र बिक्री दर १६५ रुपैयाँ २९ रुपैयाँ रहेको छ । आइतबारको तुलनामा झन्डै दुई रुपैयाँले पाउण्ड बढेको छ । आइतबार पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४२ पैसा र बिक्री दर १६३ रुपैयाँ १५ पैसा रहेको थियो ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसा रहेको छ । हिजोको तुलनामा युरोको भाउ पनि बढेर आएको छ । हिजो युरो १४१ रुपैयाँ ५४ पैसा र बिक्री दर १४२ रुपैयाँ १७ पैसामा कारोबार भएको थियो ।

अमेरिकी डलर भने आज स्थिर छ । डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६  रुपैयाँ ६८ पैसा र क्यानाडियन डलर एकको खरिद दर ९७ रुपैया ३४ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ७८ पैसा पुगेको राष्ट्र बैंकले जनाएको छ ।

 

 

आरके श्रीवास्तव,राैतहट,१९ गते कार्तिक/

राैतहट जिल्लाकाे गुजरा नगरपालिकामा बालबालिकाहरकाे मुख्य सवाल बारे सराेकारवालाहरू सँग छलफल गरिएको छ । आईतवार गुजरा नगरपालिकाकाे सभा हलमा एक दिने छलफल कार्यक्रम गरिएको हाे ।

गुजरा नगरपालिकामा बाल श्रम न्यूनीकरण परियोजना अन्तर्गत साे कार्यक्रम गरिएको हाे । ग्रामीण विकास केन्द्र नेपाल(आरडिसि) नेपालकाे आयाेजना र किल्डर नट हिल्फकाे आर्थिक सहयोग र गुजरा नगरपालिकाकाे समन्वयमा बालबालिकाहरकाे मुख्य सवाल बारे छलफल गरिएको आरडिसि नेपालका शेख अर्सदले जानकारी गराए । कार्यक्रममा अर्सदले परियोजनाले गरेकाे कामहरू बारे विस्तृत रूपमा जानकारी गराईएकाे थियो ।

उनले नगरस्तरीय बाल अधिकार समिति पुनः गठन ,वडा स्तरीय बाल अधिकार समिति गठन गरिएको बताए । साथै युवा तथा सराेकारवालाहरूकाे सहभागी पनि गराईएकाे उनकाे भनाइ थियोे । धार्मिक अगुवा समिति सँग छलफल गरिएकाे बारे बताए । किण्डर नट हिल्फ संस्थाले बाल संरक्षण सम्बन्धि काम गर्दै आएको छ । पञ्च वर्षिय आयाेजना अन्तर्गत बालबालिकाहरूकाे समस्या न्यूनीकरण गर्ने उदेश्यले याे परियाेजना सञ्चालनमा छ । गुजरा नगरपालिकाका बालबालिकाहरूकाे समस्याकाे बारेमा छलफल गरिएको हाे ।

त्यसमा बाल विवाह,भागि विवाह,लागूऔषध दुर्व्यसन ,जंगल बाट दाउरा ल्याउन प्रयाेग गरियो,ईट्टा भठ्ठामा काम लगाइएको पाइयो,लागूपदार्थ सेवनमा लगायतकाे बारेमा चर्चा गरिएको थियोे । जाेखिममा परेकाे बालबालिकाहरू छन् भने आ-आफनाे नजिककाे वडा अध्यक्षलाई जानकारी गराउन आग्रह पनि गरिएको थियोे । कार्यक्रममा बाेल्दै वडा अध्यक्ष रामजित चाैधरीले धुम्रपान,मधपान बिक्री गर्नु हुँदैन । रक्सी बेचन कडाइ गर्दा, कटाक्ष र पीडा भाेग्नु परेकाे तितो सत्य सुनाए । राजनीति दलका नेता एक्सनमा आएन भने याे निर्मुल गर्न सकिदैन ।

तसर्थ राजनीति दलका नेताहरू लाई बाेलाएर अन्तरक्रिया गर्ने । गलत राजनीतिक साेच भएका व्यक्तिले बिगारेका छन् । याे निर्मुल पार्न सबैकाे सहयोग चाहिन्छ । यस्तै उप प्रमुख लामाले एकजनाले चाहेर पनि हुन नसक्ने भन्दै,यसमा सबैकाे सहयोग चाहिने कुरामा जाेड दिनु भयाे । साे अवसरमा गुजार नगरपालिकाकि उप प्रमुख रत्ना लामा, वडा नम्बर १ का वडा अध्यक्ष रामजित चाैधरी, वडा नम्बर ६ का वडा अध्यक्ष अब्दुल सलाम,वडा नम्बर ७ का वडा अध्यक्ष शेख अब्दुलका,कार्यपालिका सदस्य ओमप्रकाश साह,गुजरा नपाका अधिकृत जित बहादुर चाैधरी, जनप्रतिनिधिहरू, शिक्षक, अभिभावक,कर्मचारीहरू लगायत स्थानीयहरू र सराेकारवालाहरूकाे उपस्थिति रहेको थियाे ।

    

 पवन घिमिरे ,कार्तिक १९ गते ।

रौतहट स्थित एकीकृत बचत तथा ऋण सहकारी संस्थाले आफ्नो पन्ध्रौं बार्षीक साधारण सभा सपन्न गरेको छ । शनिवार चन्द्रपुर २ स्मृति पार्कमा एक भब्य कार्यक्रमको आयोजना गरि साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष कृष्ण बहादुर खडकाको सभाध्यक्षतामा सम्पन्न साधारण सभामा मधेस प्रदेश भुमी ब्यवस्था तथा कृषी सहकारी मन्त्री गोबिन्द न्यौपाने प्रमुख अतिथिका रुपमा रहेका थिय भने सोही मन्त्रालयका उप सचिव राममणि अधिकारीको समेत उपस्तिथि रहेको थियो । प्रमुख अतिथि द्वारा द्दिप प्रज्वलन गरि कार्यक्रमको औपचारिक उदघाटन गरिएको थियो साथै संस्थाका उपाध्यक्ष ऋसबदेब आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

उक्त बार्ष्रीक साधारण सभामा समिती द्वारा प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो । साधारण सभालाई सम्बोधन गर्नुहुदै भुमी ब्यवस्था कृषि सहकारी मन्त्री गोबिन्द न्यौपानेले सहकारीलाई अझ नितिगत रुपमा मधेस प्रदेशमा अगाडि बढाइ सहकारी प्रती प्रदेश सरकारले खेल्न सक्ने भुमिकामा कमि नरहने बताउनु भयो ।

उक्त कार्यक्रममा उपस्थित सहकारी अभियान्ताहरुले एकीकृत बचत तथा ऋण सहकारी संस्थालाई सफलता शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा सहकारी शाखा प्रमुख नसरे आलम , गुन्जन रेडियो स्टेशन म्यानेजर संजय कार्की , नव बिकासका राजु तिवारी , स्वस्तिक बचतका नरेन्द्र राना , सफल बचत प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो कार्यक्रममा विभिन्न बिधा तर्फ जेष्ठ नागरिक लगाएत बाल बालिकालाइ समान सहित शेयर सदस्य लाई चिठा मार्फत सम्मान गरिएको थियो ।

संस्थामा तीन हजार भन्दा बढी शेयर सदस्य रहेका छन भने करोडौको कारोबार गर्न संस्था सफल भएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।