२०८३ भाद्र ४
२०८३ भाद्र ४

काठमाडौं, २३ कात्तिक ।

सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

काठमाडौं, २३ कात्तिक ।

प्रधानमन्त्री र मन्त्रीले जाजरकोट भूूकम्प्पपीडितलाई एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

 

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट भूूूकम्मपीडितका लागि प्रधानमन्त्री र मन्त्रीले एक एक महिनाको तलब आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

एक साताअघि जाजरकोट केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूूूकम्प जाँदा जाजरकोट र रूकमपश्चिममा ठुुलो धनजनको क्षति भएको छ ।

काठमाडौं, २३ कात्तिक ।

किरण भुजेल र  सोफी धरेलको अभिनयमा रहेको ‘आँखी झ्यालैमा‘ गीत सार्वजनिक भएको छ ।

 

सार्वजनिक गीतमा गायक उमेश मुस्कान र गायिका प्रयुषा न्यौपानेको स्वर रहेको छ । उमेश मुस्कानको शब्द/सङ्गीत रहेको गीतको  सङ्गीत संयोजन केशव बडुले गरेका हुन् । प्रेम र रोमान्सलाई निकै प्रेमील रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

 

प्रकाश खड्काको छायाङ्कन, बन्दे प्रसादको सम्पादन तथा केशवराज भट्टको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा किरण भुजेल र  सोफी धरेलको अभिनय रहेको छ । प्रेम र समपर्णलाई आम दर्शक तथा स्रोताको चाहना अनुरुपको गीत बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफू आशावादी रहेको निर्माता सुनिल दवाडीले बताए ।‘

 

गीतको भिडियो लिंक : https://www.youtube.com/watch?v=zSt_QA6bDsw

काठमाडौं, २३ कात्तिक ।

नेपाली बजारमाम बिहीबार सुनचाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेर १ लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै तेजाबी सुन प्रतितोला १ लाख १३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख १४ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

काठमाडौं, २३ कात्तिक ।

साताको अन्तिम कारोबार दिन बिहीबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।

प्रि–ओपन सेसनमा ०.४५ अंक बढेर १८६४.३९ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.४५ अंक बढेको छ।

बिशाल बस्नेत,महोत्तरी, २३ मंसिर ।

महोत्तरीको औरहीबाट बेपत्ता भनिएका ५ जना किशोरी प्रहरीको सम्पर्कमा आएका छन् । गत दुई दिनदेखि सम्पर्कविहीन भएका उनीहरू ढल्केबरबाट सम्पर्कमा आएका हुन् ।

 

घरपरिवारबाट यातना दिएको हुनाले घर छाडेर हिँडेको उनीहरुले बताएका छन् । सम्पर्कमा आए पनि उनीहरुले घर फर्कन भने अस्वीकार गरेको प्रहरीले जनाएको छ ।

 

`उनीहरु घर फर्कन चाहेका छैनन, हामी मेयरका घरमा जान्छौ भनेका छन्,´ किशोरीहरुलाई उद्धृत गर्दै गौशाला प्रहरी प्रमुख मनोज यादवले भने ।

 

घरबाट किन यातना दिएको थियो भन्ने अझै खुल्न सकेको छैन । प्रहरीले यस विषयमा पनि थप अनुसन्धान गरिरहेको प्रमुख यादवले जानकारी दिए । आफूहरुलाई घर नफर्काउन अडान लिएका किशोरीहरुलाई प्रहरीले नगरको जिम्मा लगाउने तयारी गरेको छ ।

 

 

 

 

काठमाडौं, २३ कत्तिक । 

चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङखला ‘महाजात्रा’ को छायाङ्कन काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा भइरहेको छ । गत कात्तिक १५ गतेबाट सुरु भएको छायाङ्कन मह स्टुडियो र नरदेवीको विभिन्न स्थानमा भइरहेको छ ।चलचित्रका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत छायाङकनमा व्यस्त छन् ।

जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिने चलचित्रको छायाङ्कन बुधबार नरदेवीमा गरियो । छायाङ्कन हेर्न आइपुगेका स्थानीयवासीले शृङखलाको प्रतीक्षा रहेको प्रतिक्रिया दिइरहेका थिए । उक्त स्थानबाट गन्तव्यका लागि निस्किएका अधिकास एकछिन रोकिन्थे ।

आफ्नो प्रिय शृङ्खला र कलाकारलाई अगाडि पाउँदा धेरैले ‘चलचित्र कहिले हेर्न पाइन्छ ?’ भन्ने जिज्ञासा राख्थे । निर्देशक प्रदीप भट्टराईले योजना अनुरुप नै छायाङकन भईरहेको जानकारी दिए । उनले भने,’हामीले योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । युनिटका सम्पूर्ण सदस्यले मेहनतका साथ काम गरिरहनुभएको छ ।’

 

उनको निर्देशकीय शैली र कौसलता देखेर टिममा जोडिएका नयाँ सदस्य खुशी देखिन्थे । ‘जात्रा’ र ‘जात्रै जात्रा’ कै निरन्तरता भएकाले कथा कसरी अगाडि बढ्छ भन्ने जिज्ञासा स्वाभविक नै हुन्छ । निर्देशक भट्टराईले चलचित्रले प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् चलचित्रमा हासो र रोदनको मिश्रण छ ।

 

अर्गानिक र यथार्तलाई प्रस्तुत गरिएकै कारण यो शृङखला दर्शकको प्रिय बनेको छ । यसले नेपाली चलचित्रले अन्तर्राष्ट्रिय बजारमार्फत पाउने सर्वाधिक रकम पाइसकेको छ । नेपालमा पनि यसले रेकर्ड ब्रेक व्यापार गर्ने अनुमान वितरकले गरिरहेका छन् । चलचित्रको ‘वर्ड अफ माउथ’ ले पनि यसलाई नयाँ नयाँ रेकर्ड बनाउन सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ ।

 

दृश्यमा व्यस्त रहेका अभिनेता विपिन कार्कीले छायाङकनमा रमाइलो भईरहेको बताए । ‘हामी तेस्रोपटक काम गर्दैछौँ । अधिकाँसलाई के गर्ने र कसरी गर्ने भन्ने ज्ञान छ । यसपटक महाजात्रा छ, दर्शकले गर्ने अपेक्षालाई बुझेर नै काम गरिरहेका छौँ’, अभिनेता कार्कीले भने ।

 

अभिनेता रवीन्द्र झाले ‘मुन्ना’ अवतारलाई दर्शक अनुरुप नै प्रस्तुत गर्ने बताए । उनले यो चलचित्र आफ्नो लागि खास रहेको भन्दै काठमाडौँमा अधिकाँस र तराई केही छायाङ्कन हुने बताए । अघिल्लो दुई शृङखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ ।

 

‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस शृङखलासँग अभिनेताको रुपमा जोडिएका छन् । चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायाङकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

 

यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल सङगीतकार, शमशेर लामा शृङगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

हेटौंडा, २३ कार्तिक ।

प्रहरीको सुरक्षा घेरा भित्र अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा सुरु हुदैँछ ।

 

अहिले बिहान १० बजेदेखी हेटौँडामा विशेष साधारणसभा सुरु हुन लागेको हो ।

एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ विरुद्ध यसअघि गरिएको अविश्वासको प्रस्ताव निर्णायक रुपमा पेश गर्ने अजेन्डा रहेको जनाईएको छ ।

साधारणसभा स्थल हेटौँडा–४ स्थित रोयल पार्टी प्यालेस बाहिर अत्याधिक मात्रामा प्रहरी परिचालन गरिएको छ ।


गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास प्रस्ताव राखे पछि एन्फाको बिबाद चरम सिमामा पुगेको छ ।

 

एन्फाको नेतृत्वमा रहेका कुल १०५ सदस्य मध्ये साधारणसभामा ८६ सदस्यले मात्रै आज हुने अविश्वासको प्रस्ताव पेश भए पछि मताधिकार प्रयोग गर्न पाउने छन् ।

काठमाडौं, २३ कार्तिक ।

बायर्न म्युनिखले टर्किस क्लब गालाटासारेलाई पराजित गरेको छ ।

 

युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुह ए को खेलमा बायर्न म्युनिखले गालाटासारेलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

 

बायर्न म्युनिखको जितमा ह्यारी केनले दुवै गोल गरेका थिए । केनले खेलको ८० र ८६औं मिनेटमा गोल गरेका थिए । त्यसैगरी कहल्को इन्जुरी समयको ९३औं मिनेटमा गालाटासारेका लागि सेडिक बकम्बुले गोल गरेका थिए ।

 

समुह ए मा रहेको बायर्न म्युनिखको यो लगातार चौथो जित हो । ४ खेलमा १२ अंक रहेको बायर्न समुहमा शिर्ष स्थानमा रहेको छ ।

 

त्यस्तै गालाटासारेको भने यो समुहमा दोस्रो हार हो । ४ खेलमा ४ अंक रहेको गालाटासारे समुहमा तेस्रो स्थानमा रहेको छ ।

 

काठमाण्डाै

– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दैछन् । यो खेल बेङ्लाेरमा नेपाली समय अनुसार दिउँसो सवा दुई बजे शुरु हुनेछ ।

शुरुवाती चार खेल जितेको न्युजिल्यान्ड लगातार चार हारका कारण सेमिफाइनलमा पुग्न सङ्घर्षमा छ । न्युजिल्यान्ड ८ खेलमा ८ अङ्कका साथ चौथो स्थानमा छ । आजको खेल जितेमा न्युजिल्यान्डको १० अङ्क हुनेछ । यो खेल फराकिलो अन्तरले जितमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्न सक्छ । श्रीलङ्का ८ खेलमा ४ अङ्कका साथ नवौँ स्थानमा छ ।

हिजो भएको खेलमा इङ्ल्यान्डले नेदरल्यान्ड्सलाई १ सय ६० रनको फराकिलो अन्तरले हरायो । जितसँगै इङ्ल्यान्डले सन् २०२५ को च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना बढेको छ । हारसँगै नेदरल्यान्ड्सको विश्वकपमा सेमिफाइनल खेल्ने सम्भावना सकिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।