काठमाडौं, ७ मंसिर ।
नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको ९–बी र ८–ए ठेक्का प्रक्रियामा भाग लिएको विक्रम पाण्डे नेतृत्वको कन्स्ट्रक्सन फर्म कालिकालाई प्राविधिक मूल्यांकनबाट बाहिर पठाएको छ । उक्त ठेक्का प्रक्रियाको प्राविधिक मूल्यांकनबाट बाहिर पठाएको भन्दै कालिकाले सार्वजनिक खरिद पूनरावलोकन समितिसमक्ष गुहार गरेको छ । सार्वजनिक खरिदले कालिकाको प्रभावमा परी उक्त आयोजनाको उल्लेखित ती ठेक्का प्रक्रियामा कालिकालाई पूनः समावेश गरी बोलपत्र मूल्यांकन गर्न निर्देशन गरेको विषय अहिले चर्चामा छ ।
सार्वजनिक खरिद नियामावली–२०६४ को दफा ६५ को ‘क’ मा भनिएको छ–‘मूल्यांकन समितिले प्रस्ताव मूल्यांकन गर्दा एकल वा संयुक्त उपक्रममा प्रस्ताव पेश गर्ने कुनै बोलपत्रदाता, सिलबन्दी दरभाउपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवा प्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीका सञ्चालक उपर भ्रष्टाचारको कसुरमा मुद्दा दाय भए नभएको सम्बन्धमा यकिन गरी त्यस्तो मुद्दा दायर भएको देखिएमा सम्बन्धित निकायमार्फत नेपाल सरकारसमक्ष लेखी पठाउनुपर्नेछ ।’
रक्षा मन्त्रालयको योजना तथा सैनिक कल्याण शाखाले प्रधानसेनापतिको कार्यालय, जंगी अड्डालाई मिति २०८० मंसिर ५ गते पत्र लेखी सार्वजनिक खरिद पूनरावलोकन समितिको निर्णयबमोजिम कारबाही अघि बढाउने व्यवस्था हुने भन्दै निर्देशन दिएको छ । यो परियोजनाको ठेक्का १० अर्ब लागतको रहने बुझिएको छ ।
पाण्डे नेतृत्वको कालिका कन्स्ट्रक्शन सिक्टा सिचाईं परियोजनामा भ्रष्टाचारमा मुछिएको छ । सर्वोच्च अदालतले यही प्रकरणमा कालिकालाई २ अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय २० रुपैयाँ ३१ पैसा बिगो तोकेको छ । भ्रष्टाचारको मुद्दा सर्वोच्चमा विचाराधिन रहेको कम्पनी कालिकाले शक्तिको चलखेल गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई द्रुत मार्गजस्तो परियोजनामा १० अर्बको ठेक्का हात पार्नको लागि लागिपर्नु गलत भएको जानकारहरुको दाबी छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले भने उक्त ठेक्का सम्झौता (प्याकेज नम्बर ९–बी र ८–ए) अहिले प्राविधिक मूल्यांकनको प्रक्रियामा रहेको र सम्झौता भइनसकेको स्पष्ट पारे । उनले अहिलेसम्म उक्त परियोजनामा प्याकेज ७ सम्म ठेक्का सम्झौता भएको जानकारी दिए । रिपोटर्स नेपाल
काठमाडौैं,७ मंसिर ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोपमा एक शिक्षकमाथि मुद्दा दायर गरिएको छ ।
रुपन्देहीको मुक्तिधाम आधारभूत विद्यालयकी शिक्षक डिलमाया कुमारी कडेलले राहत कोटाको शिक्षक दरबन्दीमा नियुक्ति पाउन नक्कली शैक्षिक प्रमाण पत्र पेश गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट जारी भएको हाई स्कूल परीक्षा तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको भन्दै मुद्दा दर्ता गरेको हो ।
उनीमाथि शिक्षक पदमा कार्यरत रही लाभ लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा ऐनको दफा १६ को उपदफा (१) वमोजिमको सजाय हुन मागदावीसमेत गरिएको छ ।
नेपाल भ्युज
७ मंसिर, काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले चालु आवका साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रुपैयाँ आर्जन गरेको छ ।
विद्युत् निर्यात गत आव २०७९/८० को सोही अवधिको तुलनामा ४ अर्ब ८६ करोड ४४ लाख रुपैयाँले बढी हो । गत आवको पहिलो चार महिनामा ९८ करोड ३८ लाख युनिट विद्युत् निर्यात गरी ७ अर्ब ६३ करोड ६४ लाख रुपैयाँ आर्जन गरिएको थियो ।
काठमाडौँ, ७ मङ्सिर :
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७६ अङ्कले उकालो लागेर तीन सय ५६ दशमलव ९८ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । कूल ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर रु एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १३ करोड १० लाख ७६ हजार एक सय पाँच बुराबरको कारोबार भयो । यस्तै, सोनापुर मिनरल्स रु नौ करोड ५८ लाख एक सय ६९,सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेड रु पाँच करोड ४१ लख ९८ हजार एक सय ८१, सिटिजन लाइफ इन्स्योरेन्स रु पाँच करोड ३० लाख ४४ हजार चार सय ८५ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड २१ लख २७ हजार सात सय १४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावर नौ दशमलव ९७, थ्री स्टार हाइड्रोपावर आठ दशमलव ५८, सिक्लेस हाइड्रोपावर आठ दशमलव ५४, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स आठ दशमलव २५ र सानिमा जिआइसी इन्स्योरेन्सका लगानीकर्ताले छ दशमलव ३१ प्रतिशतले कमाएका छन् । यस्तै नवील बैंक आठ दशमलव २०, किसान लघुवित्त पाँच दशमलव ७८, सपोर्ट माइक्रोफाइनान्स पाँच दशमलव ३४, माहुली लघुवित्त चार दशमलव ५३ रहिमालयन लघुवित्तका लगानीकर्ताले तीन दशमलव ७३ प्रतिशतले गुमाएका छन् । रासस
काठमाडौँ, ७ मङ्सिर :
बैंक तथा वित्तीय संस्थामध्ये ग्लोबल आइएमई बैंक लिमिटेडले सबैभन्दा धेरै आयकर दाखिला गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ मा रु तीन अर्ब २० करोड कर दाखिला गरेको थियो । आन्तरिक राजस्व कार्यालयले राष्ट्रिय कर दिवस २०८० का अवसरमा आयोजित कर सप्ताह समापन समारोहमा बैंक तथा वित्तीय संस्थाअन्तर्गत सर्वाधिक कर तिर्ने करदातामा ग्लोबल आइएमई बैंकलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सर्वाधिक कर दाखिला गरेको कदरस्वरुप सम्मानपत्र प्रदान गर्नुभयो । हाल बैंकको चुक्ता पुँजी रु ३५ अर्ब ७७ करोड छ । सन् २००७ मा वाणिज्य बैंकका रुपमा बैंकिङ कारोबार सुरुआत गरेको ग्लोबल आइएमई बैंकले आफ्नो बैंकिङ यात्रामा विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्ती गरी सवल र उत्तरदायी बैंकका रुपमा स्थापित भएको छ । व्यवसायको गुणात्मक वृद्धिका लागि लक्ष्य सन् २०२५ अनुशरण गरी कार्यसम्पादन गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले प्रविधिमैत्री बैंकिङ सेवा तथा सुविधाको पहुँच विस्तार गरी सन् २०२५ सम्म आफ्नो व्यवसाय दोब्बर बनाउने लक्ष्य लिएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५० शाखा, तीन सय ६९ एटिएम, तीन सय २२ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४२ लाखभन्दा बढी ग्राहकमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी आव २०७८/७९ मा सबैभन्दा बढी आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी छ भने निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबिसी फुड्स एण्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आइएमई बैंक सम्मानित भएका छन् । बीमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, रु ५० करोडदेखि एक अर्ब कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्स्चेन्ज र ऊर्जा मुलुक उद्योगतर्फ भोटेकोसी जलविद्युत् कम्पनी सम्मानित भएका छन् । विप्रेषण व्यवसायतर्फ आइएमई लिमिटेड, व्यक्तिगत आयतर्फ विजयकुमार साह तथा संस्थागततर्फ सबैभन्दान बढी आयकर, मूल्यअभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्यअभिवृद्धि कर समयम दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालि पनि सम्मानित भएका छन् । रासस
काठमाडौँ, ७ मङ्सिर
सरकारले नेपाली सेनाको उपरथी ताराध्वज पाण्डे र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्वीकृत गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले उपरथी पाण्डेको राजीनामा गत कात्तिक २४ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उपरथी पाण्डेले व्यक्तिगत कारण दर्शाई आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । यस्तै ऊर्जा सचिव घिमिरेले पनि व्यक्तिगत कारण देखाउँदै पदावधि सकिनु एक महिना अगावै राजिनामा दिनुभएको हो । बैठकले विद्युतीय सुशासन आयोगको सदस्य पदमा कञ्चनपुरका पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीट्जरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रयाङ्क चार दशमलव४६५ मिलियन (करिब रु ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । यसैगरी बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको माग बमोजिम प्राविधिकसहितका चार जनशक्ति थप गर्ने निर्णय गरेको जनाइएको छ । रासस
सिरहा, ७ मङ्सिर :
सिरहाको सिराहा नगरपालिका–१९ सन्हैठास्थित हुलाकी राजमार्गमा बुधबार दुई मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा तीन युवकको मृत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रराज पाण्डेका अनुसार मृत्यु हुनेमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह छन् । प्रवक्ता पाण्डेका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुवै मोटरसाइकलका चालकले हेलमेट लगाएका थिएनन् । घाइते १५ वर्षीय युवराजकुमार यादवलाई उपचारका लागि गए राति नै विराटनगर लगिएको थियो । रासस
आरके श्रीवास्तव,राैतहट,०६ गते मंसिर
रौतहटकाे फतुवा बिजयपुरमा द्वन्द्व हुन बाट जाेगिएकाे छ । विवादकै बिच फतुवा विजयपुर नगरपालिकाको कार्यालय प्रमुखकाे रूपमा आज प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान हाजिर भएका छन् ।

वडा अध्यक्षहरुले एक कदम पछाडि हटेपछी उपसचिव समेत रह्नु भएका प्रधान बुधबार कार्यालयमा हाजिर हुन सफल भएका छन् । वडा अध्यक्षहरू पछाडि हट्दा द्वन्द्व हुन बाट जाेगिएकाे हाे । उनलाई कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले कार्यालयमा फुलमाला लगाई स्वागत गरेकी थिईन् ।

हाकिम हाजिर गराउने विषयलाई लिएर साे नगरपालिकामा धेरै दिनदेखि विवाद थियाे । वडाअध्यक्षहरूले कुनै पनि हालतमा प्रधानलाई हाकिमकाे रूपमा स्विकार नगर्ने अडान लिदै आएका थिए । विवादकै कारण उनले कार्यभार सम्हाल्न सकेका थिएनन् ।

यता आफूहरू सँग समन्वय नगरी कार्यालयमा हाजिर भएकाे भन्दै प्रधानलाई भने नगरपालिकामा सहज नहुने वडा नम्बर ९ का वडा अध्यक्ष राकेश यादवकाे भनाइ छ । उनले भने विवाद सल्टेकाे छैन् । विवाद अहिले पनि जारी छ । बस् हामीले त्यहाँ द्वन्द्व हुन दिएनाै । दुर्घटना हुन बाट जाेगियाे । बाहिरकाे मान्छे आएर नगरपालिकामा हाकिम हाजिर गराउने विषय हामीलाई कदापि स्विकार हुने छैन् । वडा अध्यक्षहरू सँग समन्वय नगरेसम्म नगरपालिका चलाउन गाह्रो हुने प्रतिक्रिया दिए ।
स्मरणीय हाेस् साे नगरपालिकामा अहिलेसम्म नगरसभा हुन नसकेको हाे । हाकिम हाजिर गराउने विषयमा नै अल्झि रहँदा असार १० गते हुनु पर्ने नगरसभा हुन नकेकाे हाे । नगरसभा हुन नसक्दा सामाजिक सुरक्षा भत्ता,बालपाेषण भत्ता,कर्मचारी हरूले दशैं तिहारमा पनि तलब भत्ता पाउन सकेका थिएनन् । सुविधाहरू पाउन नसकदा उनीहरूलाई निकै सास्ती खेप्नु परेको छ ।
आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते ।
राैतहटकाे देवाहीगाेनाहीमा जनमत पार्टीको क्षेत्रीय सम्पर्क कार्यालय उदघाटन गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ९ स्थित राैतहट क्षेत्र नम्बर ३ काे क्षेत्रीय सम्पर्क कार्यालय खाेलिएकाे पार्टीका केन्द्रीय सदस्य रामेश्वर रायले जानकारी गराउनु भयाे ।

एक कार्यक्रमका बिच जिल्ला इन्चार्ज शेख जमसैदले गर्नु भएको हाे । पार्टी विस्तार गर्ने र कार्यकर्ताहरूलाई सहजहाेस् भन्ने उदेश्यले पार्टीकाे क्षेत्रीय सम्पर्क कार्यालय खाेलिएकाे हाे ।
साे अवसरमा जनमत पार्टीका नेता बिनय कुमार वर्मा,बिरेन्द्र साह,रमेश झा, महिला नेतृ पुनम झा, डा.रामशंकर ठाकुर,बाबुसाहेब,धर्मेन्द्र गुप्ता,जिल्ला परिवेक्षक इ.कृष्ण साह,राम बिस्वास पासवान र बिरेन्द्र साह नेता कार्यकर्ताहरूकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

आरके श्रीवास्तव,राैतहट,मंसिर ०६ गते ।
राैतहट जिल्लाकाे मध्य भाग गरूडामा रहेकाे श्रीराम सुगर मिलकाे प्रांगणमा सबै दलका दलित भातृ संगठनका दलित अगुवा तथा नेताहरूकाे बैठक सम्पन्न भएको छ । बैठकमा वृन्दावन नगरपालिका कार्यपालिका सदस्य एवं पत्रकार राजेश पासवान संग छठघाटमा भएको विभेद विरुद्ध एकजुट भएर अगाडि बढ्ने टुंगो लगाएका छन् ।
बुधबार बैठक बसेकाे दलित अगुवाहरूले मुदा प्रकृया लगायत संघर्षको बारेमा छलफल गरेका थिए । स्मरणीयहाेस् जिल्लाको पिपरिया स्थित छठ घाटको पन्डालमा प्रवेश गरेको निहुँमा नेपाल दलित मुक्ति संगठन मधेश प्रदेश कमिटी सदस्य तथा वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका पासवानमाथि अभद्र व्यवहार र गाली बेइज्जति तथा जातीय छुवाछूत तथा भेदभाव गरिएको घटना बाहिर आएको थियो ।
उक्त घटनामा श्री सानूकिम्ताङ माध्यमिक विद्यालय, म्याङ गाउँपालिका ४ किम्ताङ नुवाटमा कार्यरत प्रधानाध्यापक भरतप्रसाद यादव तथा अधिकृत शंकर ठाकुर,प्रेम यादव,गोपी महतो लगायत करिब पचासौं जनाका जमातमा रहेका कथित उपल्लो जातीयका व्यक्तिहरुले दलित भनेर अपशब्द प्रयोग गर्दै उनीमाथि अभद्र व्यवहार गरेका थिए ।एउटा विद्यालयका प्रधानाध्यापक तथा नेपाल सरकारका अधिकृत जस्तो पदमा रहेका व्यक्तिहरुबाट भएको साे घट्नाको चाैतर्फी विराेध भईरहेकाे छ ।
दलितका विभिन्न संगठनहरूले साे घटनाको जति विरोध तथा निन्दा गरेपनि कम हुने भन्दै घट्नाको घोर भत्सर्ना गरेको छ ।र सो घटनाको विरोध देशै भरि हुन थालेको छ।
नेपालको संविधान तथा जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन २०६८ तथा विद्यमान ऐन कानूनको विरुद्ध एक जना कार्यपालिका सदस्यमाथि जातीय विभेद गर्ने प्रधानाध्यापक यादव तथा अधिकृत ठाकुर लगायतका व्यक्तिहरुमाथि कानून अनुसार कार्वाही गर्न जोडदार माग समेत गरिएको छ ।
साे अवसरमा जिल्लाभरी विभिन्न पार्टीमा आवद्ध दलित नेता तथा अगुवाहरूकाे सहभागीता समेत रहेको थियाे ।