काठामडौं १० मङ्सिर।
सत्ता र शक्तिको आडमा बदमासी गर्न पल्केका मानिसले आफ्नो स्वार्थका मुलुकका ठुला साना राजनीतिक दललाई उपयोग गर्दै आएका छन् । भ्रष्टाचार, ठगी, मानव बेचबिखन, हत्यालगायत आपराधिक र विसंगत गतिविधिमा संलग्न व्यक्तिहरूले आफ्नो कर्तुत लुकाउन राजनीतिक दलहरूलाई उपयोग मात्र गरेका छैनन, बदनामसमेत गराएका छन् ।
बदनाम र विवादित पात्रहरूलाई पार्टीमा आश्रय र संरक्षण दिनुमा दलका नेताको पनि आफ्नै स्वार्थ देखिन्छ ।
डेढ वर्षअघि विशेष अदालतले दोषी ठहऱ्याएर तीन करोडभन्दा बढी रूपैयाँ जरिवाना तोकेका पप्पु कन्स्ट्रक्सनका सञ्चालक रहेका हरिनारायण रौनियार केही दिनअघि एमालेमा प्रवेश गरे । यही मंसिर ५ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले रौनियालाई फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन् ।
विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि यसअघि ओलीको आशीर्वादमा एमालेमा प्रवेश गरेका थिए । अहिले तिनै प्रसाईं एमाले छाडेर नेताहरूमाथि गालीगलौजमा उत्रेका छन् । २०७८ कात्तिक ७ गते झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले प्रसाईंलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसअघि प्रसाईं माओवादी केन्द्रनिकट मानिन्थे । एमाले सत्तामा पुगेपछि उनी हजुरबा साइनो लगाएर ओलीसँग नजिकिएका थिए। औपचारिक रूपमा एमालेमा प्रवेश नगर्दै प्रसाईं केन्द्रीय सदस्यको रूपमा २०७८ असोज १५ देखि १७ गतेसम्म ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनमा पनि सहभागी भएका थिए । एमाले प्रवेश कार्यक्रममा प्रसाईंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चर्को आलोचना गरेका थिए। अहिले उनी राजसंस्था फर्काउनुपर्ने नारा लगाउँदै सडक आन्दोलनमा छन्।
अर्का विवादित लक्ष्मी महतो पनि जनता समाजवादी पार्टी छाडेर २०७९ असोज २३ गते एमाले प्रवेश गरे । सोही साल मंसिरमा भएको संसदीय निर्वाचनमा एमालेले महतोलाई महोत्तरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनायो । उनले चुनाव पनि जिते । फरार भनिएका उनलाई प्रहरीले पक्राउ गरेको छैन । उनी अहिले भारतमा छन् ।
भूमिहारको समूह परिचालन गरी अग्रवाललाई अपहरण गरी फिरौती लिएको, एमालेका नेता–कार्यकर्तामाथि आक्रमण गरेको आरोपसमेत उनीमाथि थियो। उनको प्रवेशलाई लिएर एमाले नेतृत्वको आलोचना भएको थियो। अहिले गिरी गुमनाम छन्।
हिन्दु युवा संघको केन्द्रीय अध्यक्ष रहेका ४५ वर्षीय काशी तिवारीको २०६७ जेठ २९ गते वीरगन्जमा गोली हानेर हत्या गरियो। तत्कालीन माओवादी नेता प्रभु शाह, जलिम मियाँलगायतको योजनामा तिवारीको हत्या भएको अभिव्यक्ति त्यसबेलाका प्रहरी अधिकारीहरूले सार्वजनिक रूपमै दिएका थिए।
पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्षसमेत रहेका मियाँमाथि कान्छा छोराकी सालीको हत्यामा संलग्न रहेको आरोपसमेत थियो। तिवारी हत्या प्रकरणमा मुछिएका साह र मियाँ पछि एमाले प्रवेश गरे। पर्सा र रौतहट एमाले वृत्तमा त्यसको विरोध भयो। अन्ततः पार्टीको निर्णय भन्दै कार्यकर्ताले ती विवादित पात्रलाई स्वीकार गरे।
त्यसैगरी तिवारी हत्यामा मुछिएका साहलाई जोगाउन ८ लाख रूपैयाँ घुस दिने पूर्वसहसचिव नागेन्द्र झा एमाले प्रवेश गरे। झालाई एमाले अध्यक्ष ओलीले २०७९ वैशाख ३ गते सर्लाही पुगेर पार्टीमा भित्र्याएका हुन्। झाले २०६८ असोज २६ गते तिवारीकी पत्नी बबितालाई ८ लाख रूपैयाँ दिई साहको नाम नलिन प्रलोभन दिएका थिए। त्यसको अडियोसमेत सार्वजनिक भएको थियो।
बदनाम पात्रलाई पार्टीमा ल्याउँदा पदाधिकारी असन्तुष्ट छन् । तर उनीहरू खुलेर बोल्न सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।
आरके श्रीवास्तव,राैतहट,मंसिर ०९ गते ।
नवौं उद्योग दिवसकाे अवसरमा राैतहटमा २० जना उधमी सम्मानित भएका छन् । ” स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान ” नाराका साथ देशैभर नवौं उद्योग दिवस मनाउने क्रममा यहाँ पनि मनाइएको छ । साे अवसरमा उधम विकासको क्षेत्रमा सहयोगी भुमिका खेलेकोमा ती उधमीहरूलाई सम्मान गरिएको हाे ।

शनिबार नवाैं उद्योग दिवसकाे अवसरमा घरेलु तथा साना उद्योग कार्यालय रौतहटले विभिन्न कार्यक्रम गरि मनाएको हाे । साे कार्यक्रम घरेलुु तथा साना उधाेग कार्यालय गाैर राैतहटका प्रमुख जयकान्त झाको अध्यक्षतामा भएको कार्यक्रममा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह प्रमुख आतिथीकाे रूपमा रह्नु भएको थियाे ।
कार्यक्रममा आफनाे मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि मेयर साहले स्थानीय निकाय बाट विभिन्न तालिम संचालन गरि युवाहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरेको बताए । त्यस्तै कार्यालय प्रमुख झाले आफू यस कार्यालयमा आए देखि जिल्लामा विभिन्न किसिमका तालीमहरु दिएर युवा, किशोरी तथा महिलाहरुलाई आत्मनिर्भर बनाएको बताउनु भयो ।
कार्यक्रममा उत्कृष्ट उधमी/ व्यवसायीहरुलाइ नगर प्रमुख साह र प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले खादा ओढाइ प्रमाणपत्र वितरण गर्नु भएको छ । साे दिवसको अवसरमा तालिम प्राप्त महिला तथा प्रशिक्षक लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियोे ।

जनकपुरधाम, ९ मङ्सिर :
बारा,मंसिर ०९ गते ।
१६ लाख बराबरको समान सहित ट्रकलाई बारा प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय तथा मातहत ईलाका प्रहरी अमलेखगंज बाराबाट खटिएको विशेष प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नं.२१ स्थित अमलेखगंजबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
ना ७ ख ८१४५ नम्बरको ट्राकलाई रोकी चेक जाँच गर्दा अन्दाजी मुल्य १६ लाख ३७ हजार ७ सय ३ रूपैया ९० पैसा बराबरको लोड गरेको टिएमटि रड तथा अन्य बिल विजक समेत फरक परेकोले उक्त समान सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
९ मंसिर बेइजिङ ।
चीनले पाँच देशका नागरिकलाइ भिषा फ्री गरेको छ ।
फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड, स्पेन र मलेसियाका नागरिकलाई एक वर्षसम्म भिसा फ्री गरेको हो ।
‘चीनले पाँच देशका नागिरकलाइ भिषा मुक्त यात्राको परीक्षण गरिरहेको छ,’ चीनको विदेश मन्त्रालयले भन्यो।
मन्त्रालयका अनुसार डिसेम्बर देखि ३० नोभेम्बर २०२४ सम्म यी देशका साधारण राहदानी धारकहरूले १५ दिन सम्म भिसा बिना चीनमा व्यापार वा यात्रा गर्न सक्छन्।
यो चीनको उच्च गुणस्तरको विकास र खुलापनलाई प्रवर्द्धन गर्नू मद्दत गर्नको लागि हो,’ प्रवक्ता माओ निङले भने ।
हाल अधिकांश यात्रुहरूलाई चीन प्रवेश गर्न भिसा चाहिन्छ। तर, छुटका दुर्लभ उदाहरणहरूमा सिंगापुर र ब्रुनाईका नागरिकहरू समावेश छन्, जो व्यापार, पर्यटन, पारिवारिक भ्रमण र ट्रान्जिटको लागि १५ दिन भन्दा बढीको लागि चीनमा प्रवेश गरिरहेका छन्।
मार्चमा मात्रै चीनले फेरि सबै प्रकारका भिसा जारी गर्न थालेको थियो। मार्च २०२० मा चीनले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै कडा यात्रा प्रतिबन्ध लगाएको थियो।
तीन वर्षसम्म चीनसँग विश्वको सबैभन्दा कडा कोभिड कर्बहरू थिए, जसका कारण यात्रा प्रतिबन्ध लगाइएको थियो । शून्य कोविड नीति, जसले अर्थ व्यवस्थालाई कडा चोट पुर्यायो र गत डिसेम्बरमा मात्र हटाइएको थियो।
महामारी हुनुअघि प्रत्येक वर्ष दशौं लाख अन्तर्राष्ट्रिय आगन्तुक चीनमा आउने गरेका थिए ।
आरके श्रीवास्तव,राैतहट,मंसिर ०९ गते ।
बिधालयलाई नयाँ शिराबाट अगाडि बढाउने फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवाटाेलमा रहेको श्री यमुना काैशल्या स्मृति आधारभूत बिधालयका नव नियुक्त प्रधानाध्यापक रामप्रवेश साहले बताउनु भएको छ । पदभार सम्हालेपछि प्रतिक्रिया दिदै उनले यस्तो बताउनु भएको हाे ।

साहले भने,’शिक्षा आफ्ना सन्ततिहरुको अमुल्य सम्पत्ति भएकाले बालबालिकालाई राम्रो शिक्षा दिन आ-अफ्नो क्षेत्रबाट सवै लाग्नु पर्ने बताउनु भयो । अभिभावकहरूलाई आफू कार्यरत रहेको बिधालयमा बिद्यार्थीहरूलाई पठाउन आग्रह समेत गर्नु भयाे । यस बिधालयकाे भौतिक सुविधा देखि लिएर शैक्षिक वातावरणमा आफूले राम्रोसँग ध्यानदिने प्रतिबद्धता जनाए ।
याे बिधालय बनाउने र बिधालयकाे शिक्षाकाे गुणस्तर सुधार गर्ने आफ्नो पहिलो प्राथमिकता रहेकाे बताए । याे काम एक्लैले सकिन्न यसमा शिक्षक,अभिभावक र समुदायका सदस्यहरूले आफनाे अग्रसरता देखाउन सके बिधालयलाई सुधार गर्न सकिने ठाेकुवा समेत गरे । आफू जिम्मेवारी सम्हालेसँगै यस सामुदायिक बिधालय प्रति अभिभावककाे आकर्षण जसरी पनि बढ्नेमा विश्वास व्यक्त गर्नु भयाे ।
एक महिना भित्र आफूले बिधालयकाे अवस्था परिवर्तन गर्ने प्रतिबद्धता समेत जनाएका छन् । गत महिनाकाे कार्तिक २० गते साहलाई नयाँ प्रधानाध्यापककाे रूपमा जिम्मेवारी दिइएको थियो । बिधालय व्यवस्थापन समितिकाे गत असाेज ०६ गतेकाे निर्णय तथा शिक्षा नियमावलीकाे दफा ९३ अनुसार कार्यरत सम्पूर्ण शिक्षकहरू मध्ये बरिष्टतम् रह्नु भएकोमा साहलाई निम्ति प्रधानाध्यापककाे जिम्मेवारी ताेकिएकाे प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान द्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

काठमाडौँ मंसिर ९,
— पोखरा थन्डर्सले शनिबार नेपाल सुपर लिग-२०२३ मा विजयी सुरुआत गरेको छ । मोसेस ग्याबाहको निर्णायक गोलको मद्दतले पोखराले चितवन एफसीलाई १–० ले हराएको हो ।
दशरथ रंगशालामा शनिबार भएको खेलमा ग्याबाहले ७१ औं मिनेटमा गोल गरे । गोलरहित बराबरीपछि पेनाल्टी एरियामा पाएको सुन्दर पासको सदुपयोग गर्दै उनले निर्णायक गोल गरेका हुन् ।
यो जितपछि पोखराको पहिलो खेलबाट ३ अंक भएको छ । चितवन भने शून्य अंकमै रह्यो । शनिबारकै अर्को खेलमा ललितपुर सिटी एफसी र बुटवल–लुम्बिनी खेल्नेछन् ।
काठमाडौँ : मंसिर ९
उत्तरको छिमेकी चीनमा अहिले अज्ञात निमोनिया फैलिएको छ। अज्ञात संक्रमणका कारण निमोनिया फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले चीनमा बढ्दो श्वासप्रश्वाससम्बन्धी रोगप्रति चिन्ता व्यक्त गरेको छ।
निमोनिया संक्रमण फैलन थालेपछि चीनमा सतर्कता अपनाउन थालिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
अहिले उत्तरी चीनमा फैलिएको अज्ञात निमोनिया भाइरस संक्रमणले हो कि ब्याक्टेरियाको संक्रमणले गर्दा हो भन्ने यकिन नभए पनि यसबाट धेरै बालबालिका प्रभावित भएका छन्।
हाल चीनको साङहाइ‚ पेकिङ जस्ता ठूला शहरमा एकैपटक बालबालिकाहरूमा अज्ञात निमोनिया संक्रमण फैलन त्यहाँ अस्पतालहरूमा विरामीको चाप बढिरहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
चीनमा अज्ञात निमोनिया संक्रमण फैलिन थालेपछि नेपालमा पनि चिन्ताको विषय रहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन बताउँछन्।
‘चीनमा फैलिएको अज्ञात निमोनिया भाइरस संक्रमणले हो कि ब्याक्टेरियाको संक्रमणले गर्दा हो भन्ने कुरा अहिलेसम्म पुष्टि भएको देखिदैन तर एकैपटक धेरै जनामा छिटो संक्रमण फैलदा धेरैमा निमोनिया भएको देखिन्छ। त्यसमाथि बालबालिका उमेर समूहमा धेरै संक्रमण फैलिएको देखिन्छ जुन हाम्रो लागि पनि चिन्ताको विषय हो। धेरै नेपालीहरूको आउजाउ गर्ने बेजिङमा नै यो संक्रमण फैलिरहेको छ‚ त्यो झन् हाम्रा लागि चिन्ताको विषय हो’‚ डा. पुनले भने।
आक्रामक रूपले अज्ञात रोग फैलिइरहँदा भविष्यमा भयावह अवस्था आउन सक्ने भन्दै डा. पुनले सामान्य रूपमा देखिएका रूघाखोकी, ज्वरो जस्ता लक्षणलाई पनि नजरअन्दाज नगर्न आग्रह गरेका छन्।
‘अहिले मैले अध्ययन गरे अनुसार चीनका ठूला–ठूला अस्पतालमा दैनिक १२ देखि १५ सय विरामी भएको भन्ने कुरा आइरहेका छन्’‚ उनले भने‚ ‘यो रोगलाई नजरअन्दाज गर्न हुँदैन। यसअघि कोभिड १९ संक्रमणको सुरुवाती समयमा पनि त्यसलाई सामान्य मानिएको थियो तर पछि भई विश्वभर आतङ्क मचायो।’
चीनमा एकैपटक ठूलो संख्यामा आक्रामक रूपले यो रोग बढ्दै गर्दा अन्य मुलुक पनि अछुतो नरहने समेत उनले बताए। ‘कोभिड १९ को समयमा पनि चीनमा संक्रमण फैलिएको एक महिनाभित्रै हाम्रोमा विरामी भेटिएको थियो’‚ डा. पुनले भने।
मंसिर ९/
उदयपुरको त्रियुगा नगरपालिकामा रहेको अन्नपूर्ण स्कुलको बस दुर्घटना हुँदा ३४ जना विद्यार्थी घाइते भएका छन्। घाइतेमध्ये १२ जना गम्भीर रहेको प्रहरीले बताएको छ।
मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बस दुर्घटना भएको हो।
पिकनिक खाएर फर्किने क्रममा बस दुर्घटना भएको हो। घाइतेहरुलाई जिल्ला अस्पताल उदयपुर लगिएको छ।
काठमाडौं ९ मंसिर।
रुस र युक्रेनबीच जारी युद्धका बीच युक्रेनले गरेको आक्रमणमा एक रुसी अभिनेत्रीको मृत्यु भएको छ । युक्रेनी आक्रमणका बेला डोनबासमा रुसी सैनिकको अगाडि ४० वर्षीया रुसी अभिनेत्री नाच्दै थिइन् ।
आक्रमणमा ज्यान गुमाउने रुसी अभिनेत्रीको नाम पोलिना मेन्सिख हो, जो रुसी थिएटरमा काम गर्थिन् । रुस र युक्रेन दुवैले नोभेम्बर १९ मा यस क्षेत्रमा आक्रमण भएको स्वीकार गरेका छन्।
रुसी सञ्चारमाध्यमका अनुसार डोनेट्स्क क्षेत्रको एउटा गाउँमा रहेको एउटा विद्यालय र सांस्कृतिक केन्द्रमा हिमार्स मिसाइलले आक्रमण गरेको थियो । यसलाई युक्रेनमा कुमाखोभ भनेर चिनिन्छ। हमलामा रुसी अभिनेत्रीको मृत्यु भएको कुरा बाहिर आएको छ तर यस हमलामा कति सैन्य क्षति भयो भन्ने बारे कुनै जानकारी दिइएको छैन।
रुसी रक्षा मन्त्रालयले भने यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ । आक्रमण गरिएको कार्यक्रमाम रुसी सेनालाई सैन्य अवार्ड दिइएको युक्रेनले दाबी गरेको छ । यद्यपि युक्रेनी सैन्य कमाण्डर रोबर्ट ब्रोभडीले यस हमलामा २५ जनाको ज्यान गएको दाबी गरेका छन् ।
यो घटनासँग सम्बन्धित एउटा भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । तर, यो भिडियोको पुष्टि भने भएको छैन । जसमा पोलिनालाई मेन्सिखमा स्टेजमा गितार बजाइरहेको देख्न सकिन्छ । यस गीतको बीचमा, एक्कासी भवन विस्फोटले हल्लिन्छ। बत्ती निभ्नुअघि झ्यालको सिसा ठूलो स्वरले फुटेको भिडियोमा देखाइएको छ ।
यो हमलापछि युक्रेनी सैन्य कमाण्डर रोबर्ट ब्रोभडीले यो हमला गरेर रुसले हालै गरेको आक्रमणको बदला लिएको बताएका छन् । वास्तवमा, यस महिनाको सुरुमा, रूसले युक्रेनको १२८ औं सेपरेन माउन्टेन असल्ट ब्रिगेडका सैनिकहरूलाई आक्रमण गरेको थियो। यो आक्रमणपछि १९ सैनिक मारिएको दाबी गरिएको थियो ।