जनकपुरधाम ।
सर्लाहीको बरहथवा नगरपालिकामा भएको झडपपछि प्रहरीले चलाएको गोलीले एक जनाको मृत्यु भएको विषयमा सिडिओ र एसपीको कुरा बाझिएको छ ।
शुक्रवार दिउँसो प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतीको विषयमा जनप्रतिनिधिबीच विवाद चर्केपछि नेकपा एमाले बाहेकका ५ दलले आन्दोलित बन्यो । आन्दोलन उग्र बनेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलायो ।
प्रहरीको गोली लागेर सर्लाही होटलका संचालक ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो । टाउकोमै गोली लागेपछि तत्कालै मृत्यू भएको उनको शव अझै सडकमै छ । आफ्न्त र परिवार शव लिएर रातभर कठ्याङ्ग्रिदो चिसोमा आकाशमुनी रात बिताए ।
सामान्य झडपमा गोली चलाएको भन्दै प्रहरीको आलोचना भइरहेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी ९सिडिओ० कोमल प्रसाद धमलाले आफूले गोली चलाउने आदेश नदिएको बताउँछन् । उनी भन्छन्, ‘मृतकलाई गोली नै लागेर मृत्यू भएको पनि भन्न सक्दिन । तर शव हेर्दा गोली लागेको देखिन्छ ।’
तर सर्लाहीका प्रहरी प्रमुख एसपी प्रविण धितालले हतियार लुट्ने प्रयास भएपछि प्रहरीले गोली चलाएको बताए । उनले भने,‘हतियार लुट्न त पाइदैन नी । हतियार नै लुट्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाए । त्यस्तो अबस्थामा पनि आदेश पर्खेर बस्ने कुरा हुदैन् ।’
मृतक साह आन्दोलनमा थिएनन् नी भन्ने जिज्ञासामा उनले भने, ‘प्रहरीबाट आन्दोलनकारीले लुट्न खोजेको थियो । त्यसपछि प्रहरीले गोली चलायो । तर गोली हतियार लुट्नेलाई नै लाग्छ भन्ने छैन् नी । त्यो त जसलाई पनि लाग्न सक्छ ।’
प्रहरीको गोलीले साहको मृत्यू भएको घटना दुःखद् रहेको बताए । उनले अहिले शव घटनास्थलमै रहेको र जवर्जस्ती पोस्टमार्टम गराउन नखोजेको बताए । उनले भने, ‘आन्दोलन झन उग्र बनाउने सोच छैन् । सहमती पश्चात आश्वयक कानूनी प्रक्रिया पुरा गर्छौं । घटनाबारे थप अनुसन्धान पनि गरिरहेका छौं ।’
प्रहरीले पनि स्थिति नियन्त्रणमा लिन नसकेपछि हिजो बेलुका साढे ५ बजेदेखि आज विहान ८ बजेसम्मका लागि सो क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको थियो । अहिले फेरी कर्फ्यूको समय थप गर्ने विषयमा छलफल चलिरहेको एसपी धितालले बताए ।
उनका अनुसार आज दिनभर कर्फ्यू लगाउने विषयमा छलफल भएको छ । अबस्था बिग्रियो भने कर्फ्यूको समय पुनः थपिन्छ ।
मृतकका भान्जा विवेक साहले रिसइबीका कारण प्रहरी हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप लगाएका छन् । होटलमा आएर सित्तैमा खान खोज्दा केहि पहिला विवाद भएको र सोही निहुँमा मामालाई गोली हानेको उनको आरोप छ ।
तर एसपी धितालले मृतकका भान्जाको आरोप अस्वीकार गरे । उनले भने, ‘विवाद भएको थियो भने पनि प्रहरीले ज्यानै लिन सक्दैनन् नी । त्यस्तो हो भने पहिले नै हुनिसक्थ्यो । घटना भएपछि आरोप लगाउने कुरा स्वाभाविक हो । ठिक छ यो विषयमा पनि अनुसन्धान गर्छौं ।
एसपी धितालका अनुसार स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड गोली चलाएको छ । साहलाई राइफलको गोली लागेको छ ।
जनकपुरधाम ।
सर्लाहीको बरहथवामा भएको शान्तिपूर्ण प्रदर्शनको क्रममा प्रहरीले अन्धाधुन्ध गोली प्रहार गर्दा एक युवाको निधन भएकोमा नेपाली कांग्रेस मधेस प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपाली कांग्रेस मधेस प्रदेश कार्यालयका मुख्यसचिव सन्तुप्रसाद यादवद्वारा जारी विज्ञप्तिमा गर्दै प्रहरी, प्रशासन र मेयरको लापरबाही गैर जिम्मेवारीपनको कारण घटना भएको बताए ।

अविलम्ब न्यायिक छानबिन समिति गठन गरी सूक्ष्म तरिकाले अनुसन्धान गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग कांग्रेस मधेस प्रदेशको माग छ ।
वाणिज्य संघ, व्यवसायीहरु नगरपालिका घेराउ गरी नाराबाजी गरी रहँदा प्रहरीले लाठी चार्ज गर्दै कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरी आन्दोलनकारीलाई घाइते बनाएको कांग्रेस जनाएको छ ।
आक्रोशित भीड तितरबितर हुँदै मेयरको निवास तिर गइरहँदा मेयरको निवासबाट धेरै पर विद्युत् प्राधिकरणमा बिल तिरेर गइरहेको सर्लाही होटलमा काम गर्ने कामदार जयसंकर साहको टाउकोमा गोली हानिएको काँग्रेसको आरोप छ ।
प्रहरीले मेयरको निर्देशनमा गोली हानी साहको हत्या गरेको कांग्रेसले आरोप लगाएको छ ।
२१ पुस
भारतीय नौसेनाले शुक्रबार साँझ आफ्नो कमाण्डो टोलीले सोमालिया नजिकै अपहरणमा परेको कार्गो जहाजबाट १५ भारतीयसहित २१ सदस्यीय चालक दललाई सुरक्षित रूपमा बाहिर निकालेको जानकारी दिएको छ।
यस कार्गो जहाज (एमभी लीला नोर्फोक) माबारे भएको अपहरणमा अपहरणकारी भने फेला नपरेको नौसेनाले जनाएको छ । नौसेनाले तीन भिडियोहरू पनि सार्वजनिक गरेको छ जसमा भारतीय कमाण्डोहरू कार्गो जहाजमा उद्धार कार्य गरिरहेको देखिन्छ ।
कहिले आयो विमान अपहरणको खबर ?
ब्राजिलबाट बहराइन जाँदै गरेको लाइबेरियाली झण्डाको कार्गो जहाज एमभी लीला नोर्फोकको अपहरणको पहिलो समाचार बिहीबार साँझ आयो। जहाजमा उपस्थित चालक दलका सदस्यहरूको तर्फबाट बिहीबार युके मेरिटाइम ट्रेड अपरेसनलाई सन्देश पठाइएको थियो।

युके मेरिटाइम ट्रेड अपरेसन एक ब्रिटिश सैन्य संगठन हो जसले रणनीतिक समुद्री मार्गहरूमा व्यक्तिगत जहाजहरूको आवागमन ट्र्याक गर्दछ। चालक दलले पठाएको सन्देशमा पाँचदेखि छ जना हतियारधारी व्यक्ति जहाजमा चढेको बताइएको थियो ।
यसपछि बिहीबार नै भारतीय नौसेनालाई यो खबर दिइएको थियो, त्यसपछि जहाज र त्यसमा फसेका चालक दलका सदस्यहरूलाई सकुशल उद्धारको प्रयास सुरु गरिएको थियो ।
भारतीय नौसेनाका प्रवक्ताले भनेका छन्, यस घटनाको जानकारी प्राप्त हुने बित्तिकै सेनाले स्थापना गरेको प्लेटफर्मले तुरुन्त प्रतिक्रिया दिएको थियो।
यसपछि शुक्रबार दिउँसोदेखि भारतीय नौसेनाको कारबाहीसँग सम्बन्धित समाचार आउन थालेका थिए । भारतीय नौसेनाले आईएनएस चेन्नईलाई पाइरेसी विरोधी गस्तीमा तैनाथ गरिएको जनाएको छ। तर यो खबर आएपछि यो युद्धपोतलाई कार्गो जहाजतर्फ पठाइएको थियो ।
यससँगै भारतीय नौसेनाले आफ्नो एउटा गस्ती विमान पनि यस क्षेत्रमा पठाएको थियो जो कार्गो जहाजमाथि उडेको थियो।
ड्रोन मार्फत निगरानी
भारतीय नौसेनाले आईएनएस चेन्नईले जनवरी ५ मा दिउँसो ३:१५ बजे एमभी लीला नोर्फोकलाई रोकेको जनाएको छ । यसपछि, प्रिडेटर ड्रोन र अभिन्न हेलोस मार्फत जहाजलाई निरन्तर निगरानी गरिएको थियो।
त्यसको केही समयपछि आईएनएस चेन्नईमा उपस्थित कमाण्डो टोलीले कार्गो जहाजमा अनुसन्धान प्रक्रिया सुरु गर्यो । कार्गो जहाज नोर्फोकको उद्धार अभियानलाई भारतीय नौसेना मुख्यालयमा प्रत्यक्ष हेरिएको थियो।

नौसेनाका वरिष्ठ अधिकारीहरूले प्रिडेटर ड्रोनबाट आउने फिड हेरिरहेका थिए।बिहीबार साँझ अपहरणको खबर आएलगत्तै नौसेनाले आफ्नो ड्रोनलाई नोर्फोकको निगरानीमा राखेको बताइएको छ ।
सेनाका वरिष्ठ अधिकारीहरूले एएनआईलाई भने कि ड्रोनहरूले प्रत्यक्ष फुटेज सम्बन्धित अधिकारीहरूलाई पठाउँदै थिए। नौसेनाले जारी गरेको भिडियोमा कमाण्डोहरू जहाजका भागहरू एक-एक गरी जाँच गरिरहेको देखिन्छ।
यी भिडियोहरूमा कमाण्डोहरू जहाजमा चढेको पनि देख्न सकिन्छ।
अपहरणकारी परेनन् फेला
भारतीय नौसेनाले कार्गो जहाज (एमभी लीला नोर्फोक) मा कुनै अपहरणकर्ता फेला नपरेको बताएको छ। नौसेनाको अनुमान छ कि तिनीहरूको चेतावनी पछि समुद्री डाकूहरूले आफ्नो मनशाय परिवर्तन गरेको हुन सक्छ।
अनुसन्धान प्रक्रिया पूरा भएपछि जलसेनाले जहाजको सामान्य कामलाई सुचारु गर्न आवश्यक सहयोग गरिरहेको जनाएको छ ।
बिबिसी हिन्दीबाट
सिरहा, २१ पुस/
: चिसोका कारण बालबालिका र ज्येष्ठ नागरिक बिरामी पर्न थालेपछि सिरहाको गोलबजार नगरपालिका–४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । वडा कार्यालयले उक्त स्वास्थ्य शिविर सञ्चालन गरेको हो । स्थानीय निजी अस्पताल, चिकित्सक र औषधि कम्पनीसँग समन्वय गरेर स्वास्थ्य शिविर आयोजना गरिएको वडाध्यक्ष सकलदेव यादवले जानकारी दिनुभयो ।
स्वास्थ्य शिविरमा एक सय ४० बालबालिकाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा दाँतका बिरामी तथा दमका रोगी ज्येष्ठ नागरिकको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । चिसोले बालबालिका र ज्येष्ठ नागरिक प्रभावित हुन थालेपछि त्यसबाट जोगाउन शिविर सञ्चालन गरिएको वडाध्यक्ष यादवले बताउनुभयो ।
उहाले भन्नुभयो, “नियमित बजेट र कार्यक्रम थिएन । तर पनि सहयोग जुटाएर शिविर आयोजना गरेको हुँ । यसबाट गरिब÷विपन्न नागरिकलाई लाभ पुगेको छ ।” स्वास्थ्य शिविरमा डा विनोद साह र डा सोनी गुप्ताले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । शिविरमा उपचार गराउन आउने बिरामीलाई रु ४० हजार बराबरको औषधि निःशुल्क वितरण गरिएको वडाध्यक्ष यादवले जानकारी दिनुभयो । (रासस)
पुस २१ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।
शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीले सो प्रतिवेदन सार्वजनिक गरेका हो। आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।
सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।
पुस २१ गते ।
जनता समाजवादी पार्टी ९जसपा० नेपालले खस संघ गठन गर्न लागेको छ ।
ललितपुरको बालकुमारीमा आज एक भेलाको आयोजना गरी पार्टीको भ्रातृसंगठनको रुपमा समाजवादी खस संघ केन्द्रीय घोषणा गर्न लागेको हो । पार्टीले उक्त संगठन गठन तयारीका लागि राजनीतिक समिति सदस्यहरु दीपक कार्की, प्रेम थापा, पूर्ण बस्नेत र केन्द्रीय सदस्य अर्जुन लम्साललाई जिम्मेवारी तोकेको थियो ।
पार्टीमा यस अघि यस खाले संगठन बनाइएको थिएन । सातै प्रदेशका प्रतिनिधि दिउँसो १ः३० बजे भेला हुने उक्त कार्यक्रममा पार्टीका अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य एवम् संगठन विभाग प्रमुख राजेन्द्र श्रेष्ठलगायतका नेताहरु उपस्थित रहने छन् ।
(जसपा) २० पुस
नेपालले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगमा आर्थिक वर्ष २०७९/८० को आर्थिक प्रतिवेदन पेस गरेसँगै पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले सामाजिक सञ्जालमार्फत सो प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

आसन्न राष्ट्रिय सभाको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले राजनीतिक दलहरुलाई पुस मसान्तभित्र आर्थिक प्रतिवेदन आयोगमा बुझाउन र सञ्चारमाध्यमहरुमार्फत सार्वजनिक गर्न समय सीमा तोकेको थियो ।
सोहीबमोजिम जसपाले आयोगले तोकेको समयावधिमै लेखा परीक्षण प्रतिवेदन बुझाउने र सार्वजनिक गर्ने गरेको हो ।
ललितपुर, सञ्चारकर्मी
नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उप–सभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन ।
नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो ।

विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उप–सभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र कुमार यादव, डेरी एसोसिएसनका पुर्व अध्यक्ष सुमित केडियालगाएतले दोसल्ला र सम्मान पत्र प्रदान गरेका थिए ।
पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका सञ्चालक÷प्रधान सम्पादक रहेका बजगाई काभ्रेमा रहेर सक्रिय पत्रकारिता गरिरहेका छन ।
काभ्रेपलाञ्चोक जिल्लाको तत्कालिन नयागाउँ गा.वि.स.–७, हाल मण्डनदेउपुर–४, का बजगाई यसअघि पनि बिभिन्न संघ संस्थाबाट सम्मानित भै सकेका छन । सम्मान लिदैं बजगाईले कर्म क्षेत्रमा अझै निखारिएर काम गर्न उर्जा मिलेको बताए ।
महोत्तरी, २० पुस :
बँदेलले बालीनाली सखाप पारेपछि महोत्तरीका किसान हैरान भएका छनु । बँदेलले बस्ती वरपर नै बासस्थान जमाउन थालेका छन् । वन जङ्गलमा आहाराको अभाव भएपछि बँदेलले बस्ती नजिक बासस्थान बनाउन थालेका हुन् ।
“बँदेल बस्ती नजिकै बस्न थालेका छन् । स–साना पाठापाठीको हुल बाँधेरै हिँडेका भेटिन्छन्”, भङ्गाहा–४ रामनगर बस्तीका ८० वर्षीय दीपबहादुर फुयाँल भन्नुहुन्छ । अग्ला काँसका झाडी, नदी किनार क्षेत्रका झाडी र उखुखेती लगाइएका ठाउँलाई बँदेलले बासस्थान बनाएका छन् ।
जिल्लाको भारतीय सीमाक्षेत्र नजिकका बस्तीमा पनि बँदेलले बालीनाली नष्ट गर्न थालेका छन् । “केही वर्षअघिसम्म वनबाट आएर बालीनाली खाए पनि बँदेल उतै फर्किने गरेका थिए, अहिले भने खेत नजिकै झाडीमा बस्ने गरेका छन्”, जलेश्वर–५ चौरीया बस्तीका ७८ वर्षीय रहिमन मण्डलले भन्नुभयो । वनक्षेत्रसँग जोडिएका बस्तीमा दिउँसै बँदेलको हुल आएर बालीनाली खाने गरेको उहाँको भनाइ छ ।
“दशगजा (नेपाल भारत सीमाक्षेत्र) का छेउछाउमा झाडीभित्र बँदेलले बासस्थान बनाएका छन्, बँदेलले स्थानीयलाई आक्रमण समेत गर्ने गरेका छन्”, मण्डलले भन्नुभयो । मडहा, बाँके र जङ्घा नदी छेउका काँसघारीमा बँदेल हुलका हुल बस्ने गरेका छन् ।
सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वर यादव बँदेललगायत वन्यजन्तुबाट बालीनाली जोगाउन सकस भएको बताउनुहुन्छ । जिल्लाका मध्य र दक्षिणी भेगमा बँदेलका साथै नीलगाईले पनि किसानलाई दुःख दिने गरेका छन् । आहाराको खोजीमा उनीहरु जुनसुकै बेला पनि बस्तीमा पस्ने गरेका छन् । डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख वरिष्ठ वन अधिकृत सन्तोष झाका अनुसार वन्यजन्तुलाई आहारा अभाव भएको छ । (रासस)
जलेश्वर, २० पुस :
जलेश्वर नगरपालिका–१ बस्ने उषा देवीले अहिले सञ्चित गरेको रकम पछि काम लाग्ने आशा बोकेर खाइनखाइ सहकारीमा बचत गर्नुभयो । पछि घरखर्चका लागि आवश्यक पर्दा लिन खोज्दा नपाएपछि दोहोरो पीडामा हुनुहुन्छ । एकातिर आफैँले छ वर्षदेखि जम्मा गरेको रकम डुब्ने हो कि भन्ने चिन्ता छ भने अर्कोतिर अरुसँग ऋण गरेर घरखर्च चलाउनुपर्ने बाध्यताले आफू अहिले दोहोरो मारमा परेको बताउनुहुन्छ ।
उहाँले लाखौँ रकम जम्मा गरेकी महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–२ स्थित पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालय पाँच वर्षदेखि बन्द रहेको छ । सहकारीका एजेन्ट तथा सञ्चालक एकाएक सम्पर्कविहीन भएपछि उषादेवीजस्ता दर्जनौँ बचतकर्ता अहिले घरका न घाटका भएका छन् ।
जलेश्वर नगरपालिका–१ कै गिरिजा देवी, ममता देवी र भोलाकुमार राउतले पनि सानो सानो व्यापार, व्यवसाय गरेर सात वर्षदेखि पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा लाखांँ रकम जम्मा गर्नुभएको थियो । उहाँहरुले बचतबाट पाउने लाभ (ब्याज) त परै जाओस् अहिलेसम्म आफ्नो साँवासमेत पाउन नसकेको पीडा सुनाउनुहुन्छ ।
घरदैलो र पसलसम्मै पुगेका एजेन्टहरुले आफूहरुबाट पटकपटक गरी लगेको लाखौं रुपैयाँ लिएर एजेन्ट र सहकारी संस्था नै हराएपछि उहाँहरु बिचल्लीमा पर्नु भएको हो । बचतकार्ताहरुले पिपुल्स सहयोगी बचत तथा ऋण सहकारी संस्थाले आफूहरुको रकम ठगेर रातारात फरार भएको भन्दै २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दिएका थिए । तर अदालतले अहिलसम्म निर्णय नगर्दा आफूहरुले न्याय नपाएको गुनासो गर्नुहुन्छ ।
यस सहकारी संस्थाका सञ्चालकहरुले एक हजार पाँच सय बचतकर्ताको रकम हिनामिना गरी फरार रहेको बताइएको छ । सदरमुकाम जलेश्वरको केन्द्र (दुर्गा चौक) मै अवस्थित यस सहकारी संस्थाको कार्यालय एक समय निक्कै चर्चित एवं लोकप्रिय बचत संस्थाको रुपमा परिचित थियो । त्यस संस्थाबाट धेरैले लाखौं रकमको कारोवार हुने गर्दथ्यो ।
सहकारीका २६ जना बचतकर्ताले आफूहरुले जम्मा चार करोड ८३ लाख रुपैयाँ फिर्ता नगरेको र हिनामिना गरेको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा ३७ एजेन्ट र सञ्चालकविरुद्ध २०७५ साउन २८ मा महोत्तरी जिल्ला अदालतमा ठगी मुद्दा दर्ता गराएका थिए । ३६ जना एजेन्ट तथा सञ्चालकमध्ये ३१ जनालाई अदालतले विभिन्न मितिमा धरौटीमा रिहा गरेको छ । यस मुद्दामा ठगिएकामध्ये २६ जना मात्रै मुद्दा प्रक्रियामा अगाडि आएका छन् भने मुद्दा हाल्न नआउनेको संख्या निकै धेरै रहेको देखिन्छ ।
यता मुद्दा दर्ता गराएको पाँच वर्ष बित्दा पनि अदालतले अनुसन्धानमा चासो नदिएको र लाखौं रकम ठगी गरेका एजेन्ट र सञ्चालकहरुलाई अदालतले कारबाही गर्नुका साटो तारेखमा मात्रै छाडेको पीडितहरुको आरोप रहेको छ । जिल्ला प्रहरी कार्यालयमा पाँच वर्षअघि २६ जनाले दिएको निवेदन अनुसार दुई करोड २९ लाख १३ हजार दुई सय ६६ रुपैयाँ ठगिएको देखिन्छ भने दुई करोड ५३ लाख ८६ हजार ७ सय ३४ रुपैयाँको जाहेरी अझै पनि आउन बाँकी रहेको बताइएको छ ।
ससाना बचतकर्ताहरूलाई धेरै ब्याज हुने, चाहिएको बेला सहजै ऋण लिन सकिने भनेर प्रलोभनमा पारेर एजेन्टहरुले बचत गराएको र आफ्नो स्वार्थमा सहकारीको रकम चलाउनेदेखि लिएर पछि त करोडौ रकम लिएर फरार भएको देखिन्छ । सहकारीका पदाधिकारीहरूले पूर्व योजना नै बनाएर बचतकर्ताहरुको करोडौं रकम ठगेको देखिन्छ । प्रलोभनमा पारेर स–साना वचतकर्ताको रकम सङ्कलन गरेर मनलाग्दी खर्च गर्ने, त्यही साना बचतको दुरुपयोग गरेर आफूहरु आलिसान जीवन बिताउने र बचतकर्तालाई बिचल्लीमा पार्ने गरेको देशभर नै थुप्रै गुनासाहरु आएका छन् ।
जिल्ला अदातलकी श्रेस्तेदार नुतन झाले यस मुद्दामा पक्ष र विपक्षहरुमध्ये विपक्ष (प्रतिवादी) व्यक्तिहरु बढी भएकाले न्याय सम्पादनमा ढिलाई भएको बताउनुहुन्छ । उहाँले यस मुद्दाका ३७ जना प्रतिवादीमध्ये केही प्रतिवादीहरु अझै फरार रहेको, केहीको हकमा साक्षी बकपत्र हुन समेत बाँकी नै रहको र यस्ता मुद्दामा सबै प्रतिवादीहरु चुक्ता नभइसकेको अवस्थामा फैसला गर्न नमिल्ने बताउनुभयो । श्रेस्तेदार झाले यस मुद्दाको अङ्ग पुग्न बाँकी रहेको र पछिल्लो सुनुवाइमा मुद्दाको टिपोट गरी पेश गर्न आदेश भएकाले अहिले टिपोट भइरहेको र टिपोट पूरा भएपछि पेशीमा चढाइने र आउँदा पेशीले नै मुद्दाको सन्दर्भमा केही हुने वा नहुने कुरा तय गर्ने बताउनुभयो ।
पीडित बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग बाणिज्य संघ जलेश्वर र जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारसँग पनि न्यायको लागि गुहार लगाइसकेको तर अहिलेसम्म कतैबाट पनि न्याय पाउन नसकेको उहाँहरु बताउनुहुन्छ । ‘‘अहिलेको बचत भोलिको दुःखको साथी हुने आशमा सहकारीमा लगेर बचत ग¥यौं तर सहकारीको कार्यालय, एजेन्ट र सञ्चालक भेट्न छाडिएपछि अब छाँगाबाट खसेजस्तै भएका छौँ’’ एकै स्वरमा उहाँहरुले भन्नुभयो । जलेश्वरमा सानो व्यापार गर्दै त्यसबाट भएको कमाइबाट घर खर्च काटेर धेरथोर बचत गर्दै आएको रकमहरु एजेन्ट र सञ्चालकले खाएर भागेपछि आफूहरु बिचल्लीमा परेको वचतकर्ताहरुको भनाइ छ ।
करोडौँ रकम ठगी गरेकाहरुलाई कारबाही गरी आफूहरुलाई न्याय दिनुको साटो अदालतबाट एकपछि अर्को गर्दै एजेन्टहरुलाई तारिखमा छाडिरहेको प्रति बचतकर्ताहरु आक्रोश व्यक्त गरेका छन् । आफूहरुले अब आफ्नो पैसा फिर्ता आउँला भन्ने आशा मारिसकेको उहाँहरुके भनाइ छ । यस सहकारी संस्थाकै कारण अहिले जिल्लामा सञ्चालित अन्य बचत तथा ऋण सहकारी संस्थाहरुमा पनि बचतकर्ताहरुले बचत गर्न छाड्दै गएको ती बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु बताउँछन् ।रासस