मस्को, २२ माघ ।
भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ परेका छन ।
उत्तर प्रदेशको आतंकवाद विरोधी दस्ता (एटीएस) ले रुसको मस्कोस्थित भारतीय दूतावासका एक कर्मचारीलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका लागि जासुसी गरेको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेका कर्मचारी परराष्ट्र मन्त्रालयमा मल्टि टास्किङ स्टाफ (एमटीएस) का रुपमा कार्यरत सतेन्द्र सिवाल रहेको जनाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एटीएसले गोप्य स्रोतबाट गुप्तचर प्राप्त गरेपछि उनले जासुसी गरिरहेको कुरा बाहिर आएको थियो।
जानकारीका अनुसार आईएसआई ह्यान्डलरहरूले भारतीय सेनासँग सम्बन्धित संवेदनशील जानकारीको बदलामा भारतीय विदेश मन्त्रालयका कर्मचारीहरूलाई आर्थिक प्रलोभन दिएर प्रलोभनमा राखेका थिए।
हापुडको शाहमहिउद्दीनपुर गाउँका सतेन्द्र सिवाललाई यस जासुसी नेटवर्कको प्रमुख खेलाडीको रूपमा चिनिएको छ। उनले मस्कोस्थित भारतीय दूतावासमा रहेको आफ्नो पदको फाइदा उठाउँदै गोप्य कागजात निकालेको आरोप छ। पैसाको लोभमा अभियुक्तले रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय र भारतीय सैन्य प्रतिष्ठानका रणनीतिक गतिविधिसँग सम्बन्धित महत्वपूर्ण जानकारी आइएसआईलाई दिएका थिए ।
न्युजकारखाना
तेल अहिव, २२ माघ ।
इजरायल र हमास बीचको लडाइ अझै जारी छ ।
जारी युद्धमा हालसम्म २२५ इजरायली सैनिकको मृत्यु भएको छ ।
इजरायली रक्षा बल (आईडीएफ)का अनुसार गत अक्टुबर ७ देखी यता भएका युद्दमा हालसम्म २२५ जना इजरायली सैनिकको मृत्यु भइसकेको छ ।
साथै, पछिल्लो समयमा २४ वर्षीय सार्जेन्ट फर्स्ट क्लास शिमोन येहोशुआ असुलिनको दक्षिणी गाजामा हमासविरुद्धको लडाइँमा मृत्यु भएको इजरायलले जनाएको छ ।
टाइम्स अफ इजरायलका अनुसार हालै मृत्यु भएका सैनिक येहोशुआ इजरायलको बेइट शेमेशका बासिन्दा थिए र हरेल ब्रिगेडको ९२४ औं इन्जिनियरिङ बटालियनमा कार्यरत रहेका थिए थिए। दक्षिणी गाजा पट्टीमा उनको हत्या भएको हो ।
उता, इजरायलले लेबनानका विभिन्न स्थानमा आक्रामण गरेको जनाएको छ ।
शनिबार मात्रै दक्षिणी लेबनानको तैबेह गाउँमा रहेको हिज्बुल्लाह भवनमा हवाई हमला गरिएको थियो । दिनभरि आइडिएफले लेबनानका विभिन्न स्थानहरूमा तोपका गोलाहरू प्रहार गरेको हो । तर, त्यस हमलाबाट कति हताहत भए भन्ने बारेमा कुनै जानकारी दिइएको छैन ।
हिजबुल्लाह लेबनानमा एक शिया राजनीतिक र अर्धसैनिक संगठन हो। हिजबुल्लाह लेबनानी गृहयुद्धको समयमा स्थापित भएको समुह हो, जसको नेतृत्व हसन नसरल्लाहले गरिरहेका छन ।न्युजकारखाना
काठमाडौँ, २२ माघ ।
ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वेस्टह्याम युनाइटेडलाई पराजित गरेको छ ।
आइतबार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर युनाइटेडको जितमा अलेजान्द्रो गर्नाचोले २ गोल गरेका थिए भने रासमस होजलण्डले एक गोल गरेका थिए ।
यस सिजनमा यो म्यानचेस्टर युनाइटेडको यो १२औ जित हो । २३ खेलमा ३८ अंक हासिल गरेको म्यानचेस्टर युनाइटेड यो जितपछि छैटौं स्थानमा उक्लिएको छ ।
त्यसैगरी वेस्टह्याम युनाइटेडको भने २३ खेलमा ३६ अंक रहेको छ र लिगमा सातौं स्थानमा रहेको छ ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
बिश्वकप फुटवल २०२६ को उदघाटन समाराेह र पहिलाे खेल मेक्सिकोले गर्ने भएको छ ।
फिफाले गएराती घोषणा गरे अनुसार बिश्वकप २०२६ को उदघाटन खेल मेक्सिकोले गर्ने भएको हो ।
जस अनुसार मेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा साे उदघाटन समाराेह र पहिलाे खेल हुनेछ । विश्नकपको उदघाटन खेल जुन ११ मा हुनेछ ।
अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्ड विरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ ।
मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुईवटा विश्वकप आयोजना गरिसकेको छ । सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
संघीय संसदको हिउँदे अधिवेसन आजबाट सुरु हुदैँछ ।
संघीय संसदको तेस्रो अधिवेशनको पहिलो बैठक संङघीय संसद भवन, नयाँबानेश्वरमा बस्नेछ । बैठक दिउँसो ४ बजेबाट सुरू हुनेछ ।
सोमबार देखी सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन ।
संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् ।
सो पछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने माननीय सांसदहरूको मनोनयनको निर्णय सुनाउने कार्यसुचीमा उल्लेख गरिएको छ ।
यसैगरी, पहिलो बिधेयकको रूपमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसुचीमा उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यबहाक महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युजकारखाना
काठमाडौं, २२ माघ ।
नेकपा माओवादी केन्द्रकाे संसदीय दलको बैठक बस्दैछ ।
सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उक्त बैठक बस्नेछ ।
बैठक बिहान ८ः३० बजे बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
आज देखी सुरू हुने संसदको हिउँदे अधिवेशन अघि माओवादी केन्द्रले दलको बैठक बोलाएको हो ।
सो बैठकमा संसदमा पार्टी कसरी प्रस्तुत हुने र बिधेयकलगायत पार्टीको पोजिसनको बिषयमा छलफल हुने जनाइएको छ ।न्युजकारखाना
जनकपुरधाम, २१ माघ ।
धनुषाको मिथिला बिहारी नगरपालिकाको जनप्रतिनिधिहरूले नगर कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरि दिएका छन् । मिथिला बिहारी नगरपालिकाले गत १० वैशाखमा करार कर्मचारी भर्नाको विज्ञापन गरिएको तर अहिलेसम्म नतिजा प्रकाश नगरि नगर प्रमुख राजेन्द्रप्रसाद यादवले आलटाल गरेको आरोप जनप्रतिनिधिहरुको छ ।
करार कर्मचारीहरुको नतिजा प्रकाश नभएको कारणले नगरपालिकाको एम्बुलेन्स, जेसिबि , लगायत अन्य सवारी साधनहरु कवारमा परिनत भैइ रहेको वडा नम्बर ८ वडा अध्यक्ष जिवछ यादवले जानकारी गराएका छ्न् ।
१० वटा वडा रहेको मिथिला बिहारी नगरपालिका वडा कार्यालयहरुमा कार्यालय सहयोग नभएको कारणले काम गर्न एकदम कठिनाइ भएको वडा नम्बर ९ वडा अध्यक्ष बिन्देशवर यादवले भने, ‘नगर प्रमुखलाई धेरै पटक आग्रह गर्दा सुनेन बाध्य भएर तालाबन्दी गरेका छौँ ।’ न्युजकारखाना
सागर संगम ठाकुर ,रौतहट ,माघ २१ गते ।
नेपाल कलवार कल्याण महासंघको केन्द्रिय कार्यालय काठमाडौंको नौं बार्षिक साधारण गरुडामा सम्पन भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नं.४ गरुडा स्थित रहेको कलवार धर्मशालामा आईतबार कलवार कल्याण समिती गरुडाले आयोजना गरेको कार्यक्रमममा विभिन्न जिल्लाबाट कलवार जातीका प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता रहेको थियो।
ईन्जिनियर रामचन्द्र प्रसाद साहको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको प्रमुख अतिथी क्षेत्र नं.१ क माननिय नागेन्द्र प्रसाद साह रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवाल रहनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै माननिय नागेन्द्र प्रसाद साहले कलवार समाजको एकतालाई साधारणसभाले अझ बलियो बनाएको बताए ।
कलवार समाज अरु समाज भन्दा कमजोर नरहेको बताउदै साहले केही व्यक्ति अरुको पछाडी र अरुको चापलुसि गरिरहेको बाताए छौ । सबै थोक आफुहरुसंग हुदाहुदैं अरुको कुरा मान्नेकार्य दुःखद रहेको बताउँछदै उनले कलवार समाजलाई एक हुनु अति आवश्यक रहेको बताए । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले कलवार जाति अति ठुलो भए पनि हामिमा एकता नहुनुको कारण हामि पछाडी परेको बताए ।” हाम्रो जातिका मानिसहरुलेनै आफ्नै जातिको मानिसहरुको खुटा तान्ने काम गर्ने गरेका देखिन्छ,उनले भने । त्यस कारणले हाम्रो जातिमाथिको अरु जातिको हावि भइरहेको छ ।”
कार्यक्रममा प्रमुख अतिथि साह र संस्थापकले उपस्थित भएका बिशिष्ट लगायत सम्पुर्ण मानिसहरुलाई मायाको चिनो र सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो । नेपाल कलवार कल्याण महासंघको केन्द्रिय सचिव एपोलो कुमार गुप्ताले कार्यक्रमलाई संन्चालन गरेका थिए भने साधारण सभामा ४१ भन्दा बढि समितिका अध्यक्ष लगायत ३०० प्रतिनिधि र प्रवेक्षक गरि ५०० जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा रौतहट जिल्लाको गरुडा नगरपालिकाको पुर्व नगर उपप्रमुख रंगिला देवी जैसवाल, गरुडा नगरपालिकाको वार्ड नं.५ महम्मदपुरको वडाअध्यक्ष रामबिनोद जैसवाल, कार्यक्रमको सफल र राम्रोसँग सम्पन होस भनी उदेश्यले दिनरात मिहिनेत गरेर काम गर्ने अहम भुमिका निर्वाह गर्ने नेपाल कलवार कल्याण महासँगको रौतहट जिल्ला सचिव रामबाबु साह कलवार, पुर्व माननीय अशोक जैसवाल, बरहथवा नगरपालिकाको नगर उप प्रमुख रामबाबु प्रसाद साह , बारागढी गाउँपालिकाको अध्यक्ष अशोक कुमार जैसवाल लगायत दर्जनौं वक्ताहरुले आफ्नो मन्तब्य राखेका थिए ।
राैतहट,माघ २१ गते ।
रौतहटको माध्यमिक विद्यालय माधोपुरमा आजदेखी खेलकुद प्रतियोगिता शुरु भएको छ । जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुर स्थित रहेको माध्यमिक विद्यालयमा आइतवारदेखी विद्यालयस्तरी सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुरु भएको हो । विद्यालय परिसरमा आइतवार आयोजित एक कार्यक्रमका बीच माधवनारायण नगर प्रमुख बैजनाथ प्रसाद यादवले नेपालको राष्ट्रिय झण्डा फहराएर उक्त प्रतियोगिताको उद्घाटन गरेका छन् ।

आजदेखी शुरु भएको प्रतियोगिता एकसाता सम्म सञ्चालन हुने छ । प्रतियोगितामा विद्यार्थीहरुलाई क्रिकेट, फुटवल, कबडी कबडी, दौड लगाएतका खेलहरु खेलाइने बताइएको छ । प्रतियोगितामा विद्यालयका ४ सय छात्र छात्राहरु भाग लिने छन् । प्रतियोगितामा उत्कृष्ट हुने तिन जना विद्यार्थीहरुलाई शिल्ड, मेडल, कप सहित सम्मानित गर्ने कार्यक्रम समेत रहेको विद्यालयले जनाएको छ । प्रथम, द्धितीय र तृतिय हुने विद्यार्थीलाई सम्मान गरिने बताइएको छ ।

बालबालिकालाई खेलप्रति अभिरुची बढाउने तथा खेलप्रति उनिहरुलाई आकर्षित गर्ने उद्देश्यले पहिलोपटक विद्यालयले खेलकुद प्रतियोगिताको आयोजना गरेको सो विद्यालयका प्रधानाध्यापक राम सिहांसन यादवले बताएका छन् । देशको विकासमा खेलकुद वा खेलाडीले समेत महत्वपूर्ण योग्दान पुरयाउने भएकोले खेलकुदको विकास हुने उद्देश्यले पनि विद्यालयको आयोजनामा खेलकुद प्रतियोगिता सञ्चालन गरिएको प्रधानाध्यापक यादवले बताए ।
प्रतियोगिता उद्घाटन कार्यक्रममा माधवनारायण नगर उपप्रमुख निर्मला देवी रमन, वडा नं ६ माधोपुरका वडा अध्यक्ष राम नरेश राय यादव, माधोपुरका पूर्व वडा अध्यक्ष राजिव कुमार यादव, नेकपा एमालेका नेता भाग्यनारायण महतो, कार्यपालिका सदस्य जयप्रकाश पंडित लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
ओम प्रकाश यादव माघ २१ गते, रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले राष्ट्रिय परिचयपत्रका लागि जिल्लाको प्रत्येक वडाहरुमा घुम्ति विवरण दर्ता टोली खटाउन लागेको छ । जिल्लाको राजदेवी र इशनाथ नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र घुम्ति विवरण दर्ता टोलीको शुरुवात गरिएको र केहि दिन भित्रमा प्रत्येक स्थानीय तहको वडाहरुमा यो टोली परिचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख छ ।

अहिलेसम्म जिल्ला प्रशासन कार्यालय गौर र १८ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण हुँदै आएको छ । तर अब प्रत्येक वडाहरुमा घुम्ति टोली खटाएर वडाहरुबाट नै राष्ट्रिय परिचयपत्र वितरण गर्ने व्यवस्था गर्न लागिएको जिल्ला प्रशासन कार्यालय गौरले जनाएको छ । पालिकाहरुबाट राष्ट्रिय परिचयपत्र वितरण गर्दा धेरै नागरिक पालिकामा जान नसकेका कारण अझै धेरै व्यक्तिले राष्ट्रिय परिचयपत्र लिन सकेका छैनन् ।
वडा नजिक पर्ने भएको हुँदा वडामै यो सेवा विस्तार गर्दा राष्ट्रिय परिचयपत्र लिनबाट कोहि बञ्चित नहुने उद्देश्यले जिल्ला प्रशासन कार्यालय रौतहटले प्रत्येक वडामा घुम्ति टोली खटाउन लागेको सुचनामा उल्लेख छ । वडा वडामा घुम्ति टोली परिचालन भएपछि राष्ट्रिय परिचयपत्र बनाउन आम नागरिकलाई सहज हुने र राष्ट्रिय परिचयपत्र बनाउनेहरुको संख्यामा वृद्धि हुने जिल्ला प्रशासन कार्यालयको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटले नागरिकता प्राप्त सबै नेपाली नागरिकलाइ राष्ट्रिय परिचयपत्र अनिवार्य लिन आग्रह गरेको छ । सरकारका विभिन्न सेवा सुविधा लिन नागरिकता जस्तै राष्ट्रिय परिचयपत्र अनिवार्य गरिन लागेकोले सबै नागरिकलाइ पालिका कार्यालय वा वडामा खटिने टोलीमा गएर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासनले आह्वान गरेको छ ।
नेपाल सरकारको बैंक तथा वित्तीय संस्थामा खाता खोल्न तथा ऋण लिन, चल अचल सम्पती खरिद विक्री गर्न, पेन्सन बुझन, सामाजिक सुरक्षा भत्ता लिन, राहत दिन, शेयर खरिद विक्री गर्न, मतदान गर्न, राहदानी लिन, लोक सेवा आयोगको फाराम भर्न, विद्युत, पानी र टेलिकमको सेवा लिन लगाएतका सरकारी तथा निजी क्षेत्रको सेवा सुविधा लिनका लागि सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय गौरका प्रमुख प्रशासकीय अधिकृत मणिभुषण शाहद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख रहेको छ ।
सरकारबाट विभिन्न सेवा सुविधा लिनका लागि नेपाली नागरिकता प्रमाणपत्र प्राप्त सबै नागरिकले आ–आफना वडाहरुमा सञ्चालन हुन गइरहेको घुम्ति विवरण दर्ता टोलीमा गई समयमै राष्ट्रिय परिचयपत्र दर्ता गराउन अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत शाहले बताएका छन् ।