२०८३ भाद्र १
२०८३ भाद्र १

राैतहट, ६ फागुन । 

चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले वडा कार्यालयबाट इन्धन माग्ने गरेको गुनासो आएको छ ।

 

चौकीहरूले वडा कार्यालयमा इन्धन माग गर्ने गरेको भन्दै उनीहरूलाई इन्धन दिनका लागि चन्द्रपुर नगरपालिकाको १२औं हिउँदै अधिवेशनमा कुरा उठेको हो  । वडामा इन्धनका लागि बजेट नभएको र प्रहरी चौकीहरूले इन्धन माग्ने गरेको भन्दै चन्द्रपुर नगरपालिकाको १२ौं हिउँदै अधिवेशनमा वडा सदस्यहरूले कुरा उठाएका हुन् ।

 

चन्द्रपुर नगरपालिका वडा नम्बर २ का वडा सदस्य संजीव कुशवार माझीले वडा कार्यालयमा प्रहरीले इन्धन माग गर्ने गरेको र आफूहरूले दिन नसकेकाले नगरपालिकाले नै विभिन्न वडामा रहेका चौकीहरूका लागि इन्धनको व्यवस्था गरिदिन माग गरेका हुन् ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकीहरूले स्थानीय पालिकाहरूबाट इन्धन लिने गरेको गुनासो आइरहेका बेला रौतहटको चन्द्रपुर नगरपालिकामा भने १२ हुँदै अधिवेशनमै प्रहरीले इन्धन माग्ने गरेको गुनासो आएको हो ।

 

रौतहट जिल्लाका विभिन्न स्थानमा रहेका प्रहरी चौकी तथा इलाका प्रहरीहरूले सोही स्थानमा रहेका आफ्नो पालिकाबाट इन्धन सहयोग लिँदै आइरहेका छन् ।

 

प्रहरी चौकीले वडा कार्यालयमा गएर हामीहरुले गस्ती गर्नुपर्छ इन्धनको व्यवस्था गरिदिनुस् भन्ने गरेको र आफूहरुले इन्धन दिन सक्ने अवस्था नरहेका कारण त्यसको व्यवस्थापन नगरपालिकाले गरिदिनु पर्ने वडा सदस्य कुशवारले नगर अधिवेशनमा माग गरेका

हुन् ।

 

रौतहट जिल्लाको अधिकांश स्थानमा रहेका इलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरूमा रहेका गाडी तथा मोटरसाइकल स्थानीय पालिकाहरूले दिने अनुदानको तेलबाट चल्दै आएका छन् ।न्युज कारखाना

 मुम्बइ, ६ फागुन ।

एक विज्ञापनमा रणवीर सिंहलाई जोनी सिन्ससँग देखेपछि फ्यानहरू चकित भएका थिए।

 

वयस्क अभिनेता जोनी सिन्सले रणवीर सिंहसँग यौन कल्याणकारी ब्रान्ड बोल्ड केयरको विज्ञापनको लागि सहकार्य गरेका थिए। यो विज्ञापनलाई लिएर निकै हंगामा भएको थियो ।

 

यो विज्ञापनमा दुवै कलाकारसँगै टिभी अभिनेत्री भावना चौहान पनि देखिएकी थिइन् । अब विज्ञापनको बारेमा कुरा गर्दै भावना चौहानले खुलासा गरेकी थिइन् कि पहिले उनलाई आफु जोन सीनासँग काम गर्न लागेको भन्ने लागेको थियो रे ।

 

इन्डिया टुडेसँग कुरा गर्दै भावनाले भनिन्,  ‘मलाई थाहा छैन मैले नाम किन गलत पढेँ । तर सोच्नुहोस्, जोनी यस्तो विज्ञापनको हिस्सा हुनेछन् भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। मैले सोचे कि भारतमा पहलवानहरूले धेरै काम गर्छन् र त्यसैले यो जोन सीना हुनेछ भनेर सोच्नु मूर्खता हो। अन्तिम विवरण पाए पछि मात्र जोनी सिन्स भएको थाहा भयो ।’

 

रणवीर सिंहसँग काम गर्ने बारे अभिनेत्रीले भनिन्,  ‘उनको वरिपरि बस्न पाउँदा निकै रमाइलो लाग्यो । हाम्रो उर्जा राम्रोसँग मिलेको थियो र उसले मलाई मेरो काम कत्तिको मन परेको पनि बतायो। तर, कलाकार निकै प्रोफेसनल भएकाले कामको क्रममा जोनी सिन्ससँग कुरा गर्ने मौका नपाएको पनि भावनाले बताइन् ।

 

भावना चौहानले विज्ञापनलाई लिएर आफूले पाएको नकारात्मक प्रतिक्रियाको बारेमा पनि बताइन् । उनले आफूहरु व्यवसायिक भएकाले यस्ता कुराको असर बुझेको बताइन । विज्ञापनको मूल स्क्रिप्ट बढी रमाइलो भए पनि परिवर्तन गरेको उनले बताए ।

उनका अनुसार यो विज्ञापनलाई टिभी कार्यक्रमको सामान्य दृश्यजस्तै बनाउने उनको मनसाय सबैले घरमै बसेर सहजै हेर्न सक्ने भएको छ ।न्युज कारखाना

काठमाडौँ, ६ फागुन ।

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी र चेल्सी बराबरीमा रोकिएका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी चेल्सीसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

खेलमा चेल्सीले रहिम स्टरलिङको गोलमा खेलको ४२औं मिनेटमा अग्रता लिएको थियो । त्यसपछि म्यानचेस्टर सिटीका लागि खेलको ८३औं मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई हारबाट बचाएका थिए ।

यो बराबरीपछि म्यानचेस्टर सिटीको २४ खेलमा ५३ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

यो बराबरीपछि प्रिमियर लिगको समीकरणमा लिभरपुल र आर्सनललाई फाइदा भएको छ । गएराती नै सम्पन्न खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई ४-१ ले र आर्सनलले बर्न्लीलाई ५-० ले पराजित गरेका थिए ।

सिटीको २४ खेलमा ५३ अंक भएको छ भने एक खेल बढी खेलेको लिभरपुलको २५ खेलमा ५७ अंक रहेको छ । त्यस्तै २५ खेलमा ५५ अंक रहेको आर्सनल लिगमा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी सिटीसँग बराबरीमा रोकिएको चेल्सीको भने २५ खेलमा ३५ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।

 

मुम्वइ, ६ फागुन ।

दंगलमा आमिर खानकी छोरीको भूमिका निभाएकी सुहानी भटनागरको १९ वर्षको उमेरमा निधन भएको छ ।

 

सुहानी भटनागरसँगै जायरा वसीम पनि आमिर खानकी छोरीहरूको बाल्यकालको भूमिकामा देखिएकी थिइन् । र, आमिरले दुवैको तारिफ गरेका थिए ।

 

इन्डियन एक्सप्रेसका अनुसार जब दंगल २०१६ मा रिलिज हुन लागेको थियो, तब आमिर खानले सुहानीको तारिफ गर्दै उनी आफूभन्दा राम्रो अभिनेत्री भएको बताएका थिए । आमिरले भनेका थिए, ‘यदि फिल्ममा हामी सबैको अभिनयको मूल्याङ्कन गर्ने हो भने म यी दुई बच्चालाई मेरो अभिनयभन्दा दश गुणा राम्रो भन्छु। फिल्म रिलिज भएपछि दर्शकले यो पनि देख्नेछन्।’ नभन्दै उनको अभिनयको सबैतिर तारिफ हुन पुग्यो ।

आमिरले पनि आफ्नो फिल्मी करियर २५ वर्षसम्म चलेको तर यी बालबालिका निकै प्रतिभाशाली रहेको बताएका थिए । फिल्मका लागि उत्कृष्ट बाल कलाकार छनोटको महत्त्वबारे कुरा गर्दै आमिर खानले आफू र फिल्मका निर्देशक नितिश तिवारीलाई राम्रो बाल कलाकार नभेटिएमा फिल्म नबनाउने कुरासमेत गरेको अवस्थामा उनीहरू भेटिएका थिए । तर, यो फिल्मले भारतीय समाजलाइ ठूलो प्रभाव छाडेको थियो ।

 

८ महिनाको मिहिनेत पछि गीता फोगटको भूमिका जायरा वसीमलाई र कान्छी बबिता फोगटको भूमिका सुहानी भटनागरलाई दिइएको थियो ।

आमिरले यो पनि भनेका थिए,  ‘मैले यी बालबालिकाबाट धेरै शरारती कुरा सिकेको छु । म सधैं यो विश्वास गर्छु कि म अझै ठूलो भएको छैन र अझै भित्रबाट बच्चा हुँ। मलाई यी बच्चाहरूसँग काम गर्न रमाईलो लाग्यो।’

 

सुहानी भटनागरको मृत्युको कारण उनको सम्पूर्ण शरीरमा तरल पदार्थ जम्मा भएको बताइएको छ । केही समयअघि दुर्घटनाका कारण उनको खुट्टा भाँचिएको थियो । उपचारका क्रममा लिइएको औषधिको साइड इफेक्ट देखियो र शरीरमा तरल पदार्थ जम्मा हुन थाल्यो । उनी लामो समय देखि दिल्लीको एम्स अस्पतालमा भर्ना थिइन् ।

 

सुहानीको निधनको खबर आएपछि आमिर खान प्रोडक्सनले पोस्टमार्फत शोक व्यक्त गरेको छ । यो पोस्टमा लेखिएको छ कि ‘सुहानी सधैं हाम्रो हृदयमा एक तारा हुने छिन्।’

 

यसका साथै दंगलका निर्देशक नितेश तिवारीले पनि शोक व्यक्त गर्दै भनेका छन्, ‘सुहानीको निधन एकदमै स्तब्ध र दुःखदायी छ। उनी धेरै खुसी र भाग्यवान थिइन्। उनको परिवारमा मेरो गहिरो समवेदना छ ।’ न्युज कारखाना

मुम्बइ, ६ फागुन ।

बलिउडका चर्चित निर्देशक राजकुमार सन्तोषीलाई जामनगर अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ ।

 

घटना सन् २०१५ को हो, जब जामनगरका व्यापारी अशोक लालले निर्देशकलाई फिल्म बनाउन १ करोड रुपैयाँ ऋण दिएका थिए ।

 

राजकुमार सन्तोषीले १०–१० लाख रुपैयाँ ऋण तिर्नको सट्टामा अशोक लाललाई १०–१० लाख रुपैयाँका १० चेक दिएका थिए । तर पछि यी चेक बाउन्स हुन पुगेका थिए ।  यस विषयमा अशोक लालले राजकुमार सन्तोषीलाई सम्पर्क गर्न खोज्दा उनी बेपत्ता भएपछि अशोक लालले अदालतमा मुद्दा दायर गरेका थिए । यस्तो अवस्थामा अहिले अदालतले निर्देशकलाई सजाय सुनाएको हो ।

 

यस मुद्दामा अदालतले राजकुमार सन्तोषीलाई समन जारी गर्दै प्रत्येक बाउन्स चेकबापत १५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना तोके पनि निर्देशकले समन मानेनन् । पछि समन आएपछि उनी सुनुवाइका क्रममा अदालतमा उपस्थित भएनन् । यस्तो अवस्थामा हिजो जामनगर अदालतले निर्देशक राजकुमार सन्तोषीलाई दुई वर्षको जेल सजाय सुनाएको हो । जसका कारण निर्देशकले अब १ करोडको सट्टा २ करोड रुपैयाँ तिर्नुपर्ने भएको छ ।

 

राजकुमार सन्तोषी हाल सन्नी देओल र प्रीति जिन्टासँग फिल्म ‘लाहोरस् १९४७’ को निर्देशनमा व्यस्त छन् । फिल्म आमिर खानको प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भइरहेको छ ।न्युज कारखाना

कायरो, ६ फागुन ।

इजिप्ट अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा सो मुस्लिम देश आफनो एक  सहर बेच्न लागि परेको छ ।

 

यसअघि संयुक्त अरब इमिरेट्स (युएई) लाइ सहर बेचेको इजिप्टले अब टर्कीलाई पनि एउटा सहर बेच्ने भएको छ । इजिप्टको विदेशी मुद्रा सञ्चितिमा डरलाग्दो गिरावट आएपछि यस्तो गर्न बाध्य भएको हो।

एक रिपोर्टका अनुसार मुस्लिम राष्ट्र इजिप्टले अलेक्जान्ड्रिया सहर टर्कीलाई बेच्ने तयारी गरिरहेको छ । राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र २२ अर्ब डलरमा बेच्न लागेको छ। उनी ऐतिहासिक र सांस्कृतिक महत्वका लागि परिचित अलेक्जान्ड्रिया टर्कीलाई बेच्न तयार छन् ।

 

यो सहर खरिद गरेपछि अफ्रिकामा ढुवानी र आपूर्तिको लागि टर्कीको ठूलो बन्दरगाहको खोजी समाप्त हुनेछ किनभने टर्की अफ्रिकामा ठूलो बन्दरगाह निर्माण गर्न चाहन्छ।

 

यो भनिन्छ कि अलेक्जान्ड्रिया शहर अलेक्जेंडर द ग्रेट द्वारा स्थापित भएको थियो। अलेक्जान्ड्रिया धेरै सभ्यताहरूले ओगटेको छ, त्यसैले यस शहरको पहिचान ऐतिहासिक र सांस्कृतिक हो। यो भनिन्छ कि ओटोम्यान साम्राज्यको समयमा अलेक्जान्ड्रियामा बसोबास गर्ने टर्कहरूको ओटोमन साम्राज्यसँग बलियो सांस्कृतिक र ऐतिहासिक सम्बन्ध थियो।

 

यस्तो अवस्थामा अलेक्जान्ड्रियासँग टर्किएको पुरानो सम्बन्ध छ। त्यसैले टर्कीले सजिलैसँग यो शहर बिक्री वा भाडामा पाउन सक्छ। राजनीतिक विश्लेषकहरू विश्वास गर्छन् कि यदि टर्कीले अलेक्जान्ड्रिया सहर किन्यो भने इजिप्टसँग टर्कीको सम्बन्ध अझ सुधार हुनेछ। यसका साथै दुवै देशले धेरै प्रकारका आर्थिक लाभ पनि पाउनेछन् ।

 

अलेक्जान्ड्रिया सहर भूमध्य सागरको तटमा अवस्थित छ। विश्लेषकहरू विश्वास गर्छन् कि अलेक्जान्ड्रिया भाडामा लिएपछि टर्कीले यहाँ नयाँ व्यावसायिक र रसद केन्द्रहरू सिर्जना गर्नेछ। यस्तो अवस्थामा टर्की र इजिप्ट दुवैले अफ्रिकामा आफ्नो कब्जा जमाउन बल पाउने छन्। इजिप्टसँग अलेक्जान्ड्रिया शहरको विकास गर्न पर्याप्त पैसा छैन, त्यसैले टर्कीको सहयोगमा व्यापारिक स्रोतहरू बढ्नेछ।न्युज कारखाना

काठमाडौँ, ६ फागुन ।

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेल्टा भिगोलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेल्टा भिगोलाइ २-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए । उनले खेलको ९७औं मिनेटमा निर्णायक पेनाल्टी गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाएका थिए ।

त्यसैगरी सेल्टा भिगोका लागि एक गोल लागो आसपासले गरेका थिए ।

यो जितपछि बार्सिलोनाको २५ खेलमा ५४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । त्यसैगरी सेल्टा भिगोको २५ खेलमा २० अंक रहेको छ र लिगमा १७औ स्थानमा रहेको छ ।न्युज कारखाना

बारा, ३ फागुन ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका –३ बजनीमा रहेको गणपति बनस्पती उद्योगले आर्थिक मन्दीको बहाना बनाएर कामदार कटौतीको सूचना निकालपछि श्रमिकहरु चिन्तित् भएका छन् । स्थायी रुपमा कार्यरत रहेका ५० जना कामदार कटौतीको नाम नै तोकेर लिस्ट निकालेपछि अहिले त्यहाँ कार्यरत कामदारहरु चिन्तामा परेको छ । विगत २५ वर्षदेखि निरन्तर रुपमा काम गर्दै आइरहेको कामदारलाई एकैपटक निकाल्ने सूचना जारी गरेपछि अहिले गणपति वनस्पती उद्योगमा कार्यरत कामदारहरु  घर न घाटको भएका छन् । उद्योगमै काम गरेर आफ्नो परिवारको जीविकोपार्जन गर्दै आएको र आफूहरुलाई गणपति वनस्पती उद्योगले आर्थिकमन्दीको बहाना देखाएर कामबाट निकाल्नु दुखद् रहेको उक्त उद्योगमा कार्यरत कामदार प्रधुमन प्रसाद चौरसियाले बताए ।

गणपति वनस्पति उद्योगले आर्थिकमन्दीको बहाना बनाएर पहिला देखिने स्थायी रुपमा कार्यरत कामदारलाई जगेडामा राखेर काम गराइरहेको थियो । माघ २३ गते ५० जनाको नामसहित सूचना जारी गरेर कामबाट कटौती गर्ने जनाएको थियो । उद्योगको लागि २५ वर्षदेखि काम गरिरहेको र अहिले उद्योगले आर्थिकमन्दीको बहाना देखाएर आफूहरुलाई निकाल्न लागेको कामदार युवराज पराजुलीले बताए ।

 

विगतका वर्षदेखि नै बढ्दो बजार प्रतिस्पर्धा गर्न नसकेबाट उत्पादित तेलहरू भारत निकासी हुँदै आएकोमा भारतले तेलको आयातमा एक्साइज डिउटी बढाएकोबाट निर्यात ठप्प नै हुन गएको  र उत्पादन गर्नुपर्ने अवस्था नभएको स्थीतिमा पनि श्रमिकहरुलाई काम बिना पूरा पारिश्रमिक भुक्तानी गर्दै आएको अवस्थाले आर्थिकभार वहन गर्न नसक्ने अवस्था भएकोले कामदार कटौती गर्न लागेको उद्योगका प्रशासन शाखा प्रमुख दिनेश चन्द्र गिरीले बताए ।

यता, उद्योगले दैनिक ज्यालादारीमा कम गरिरहेकाहरुलाई न हटाएर स्थायी रुपमा कार्यरत मजदुर कटौती गर्न थालेपछि अहिले विवाद बढेको हो । गणपति वनस्पती उद्योगले श्रम ऐन २०७४ को दफा १४५ को प्रक्रियाअनुसार नै कामदार कटौती गर्न लागेको बताए पनि उधोगको अहिले निर्यात जारी रहेको आर्थिकमन्दीको बहाना देखाएर कामदार कटौती गर्न लागेको कामदारहरुले बताएको छ ।

 

यता उक्त उद्योगमा कार्यरत ८९ जना कामदार हडतालमा बसेका छन् । उद्योगमा कार्यरत कामदारहरु हडतालमा बसेपछि अहिले गणपति वनस्पति उद्योग प्रालि पूर्ण रुपमा बन्द भएको छ । उद्योगले वार्तामा बोलाएर आइतबार श्रम कार्यालय वीरगञ्जमा नआएको कामदार युवराज पराजुली बताए ।
 
किन बढ्यो कामदार कटौती प्रवृत्ति ?

सरकारले अघि सारेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएसँगै रोजगारदातामा कामदार कटौती गर्ने प्रवृत्ति बढेको विभिन्न ट्रेड युनियनका प्रतिनिधिको आरोप छ ।

अखिल नेपाल ट्रेड युनियनले पछिल्लो समय रोजगारदाताले श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत गराउन नचाहेको पाइएको जानकारी दिएको छ । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत सिम्खडाले पछिल्लो समय सरकारले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा ल्याएसँगै कामदार कटौती गर्ने प्रवृत्ति बढेको दावी गर्छन् । सिम्खडा भन्छन्, ‘श्रमिकको पसिना सस्तो मूल्यमा खान पल्केका रोजगारदाता विभिन्न आरोप लगाइ कामदार कटौती गर्नतर्फ लागेका छन्।’

कामदार कटौतीसम्बन्धी के छ कानुनी प्रावधान ?
 
श्रम ऐन २०७४ ले आर्थिक समस्यामा परेका, गाभिएका, बन्द गर्नुपर्ने अवस्थामा पुगेका प्रतिष्ठानले श्रमिक कटौती गर्न पाउने व्यवस्था गरेको छ । यस्ता कारणले श्रमिक कटौती गर्नुपर्ने भएमा ती प्रतिष्ठानले आधिकारिक ट्रेड युनियन तथा श्रम कार्यालयलाई जानकारी दिनु पर्दछ। कामदार कटौती गर्नुपर्ने अवस्थामा विदेशी श्रमिकलाई पहिले कटौती गर्नुपर्ने उल्लेख छ।

विदेशी श्रमिक कटौती गरिसकेपछि अरु स्वदेशी श्रमिक पनि कटौती गर्नुपर्ने अवस्था सिर्जना भएमा खराब आचरण भएका तथा एउटै प्रकृतिको काम गर्नेमा पनि सबैभन्दा पछि नियुक्ति भएका श्रमिकबाट कटौती गर्नुपर्दछ। कटौती गर्दा एक वर्ष पूरा गरेका श्रमिकलाई प्रत्येक वर्षको एक महिनाको आधारभूत पारिश्रमिक बराबर बोनस एकमुष्ट प्रदान गराउनुपर्ने व्यवस्था छ। कटौती गरिसकेपछि पुनः सोही योग्यता भएका श्रमिकलाई नियुक्ति दिन पाइँदैन।

तर, नेपालका उद्योग तथा प्रतिष्ठानहरुले कामदार कटौती गर्दा श्रमिक, आधिकारिक ट्रेडयुनियन तथा श्रम कार्यालयलाई जानकारी नगराई आफूखुसी कटौती गर्ने गरेको पाइएको छ । न्यूनतम तलब तथा सेवासुविधा माग गर्ने पुराना कामदार कटौती गरी सोही पदमा नयाँ कामदार भर्ना गर्ने र सस्तो मूल्यमा काम लगाउने प्रवृत्ति पनि बढेको पाइएको छ।न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताएका छन् ।

 

हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताए । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै उनले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिए ।

 

प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधिविरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

 

यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिएका थिए ।न्युज कारखाना

काठमाडौं, ३ फागुन ।

भन्सार छलि अवैध रूपमा लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी बराहक्षेत्र नगरपालिका-१ ठेगाना भएकी ३८ वर्षीया सन्चा कुमारी राई र धादिङ शिद्धलेख गाउँपालिका-३ ठेगाना भएकी २६ वर्षीया उर्मिला मगर रहेका छन् ।

 

हिमालयन एयरलाईन्सको उडानद्वारा दोहाबाट नेपाल आएकी सन्चा कुमारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा भित्री बस्त्रमा सुन जस्तो देखिने पहेलो रंगको धातुको करिब ११.६४ ग्राम तौलको बेरुवा औठी १ थान र करिब ५८.३२ ग्राम तौलको ब्रासलेट १ थान लुकाई छिपाई भन्सार छली लैजान लागेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

 

यसैगरी हिमालयन एयरलाईन्सको उडानद्वारा दुबईबाट नेपाल आएकी उर्मिलालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई तलासी गर्दा पाईन्टभित्र लुकाई छिपाई भन्सार छलि लैजान लागेको अवस्थामा करिब ५० ग्राम तौलको सिक्री १ थान र करिब १८ ग्राम तौलको गणेशको मुर्तिको लकेटसहित सिक्री १ थान फेला पारी पक्राउ गरेको हो ।

 

उनीहरूलाई आवश्‍यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ । न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।