२०८३ भाद्र १
२०८३ भाद्र १

लखनऊ, ७ फागुन ।

उत्तर प्रदेशको महोबास्थित परीक्षा केन्द्रमा एउटा अनौठो दृश्य देखिएको छ ।

यहाँ एक दुलहा, विवाहको जुलुसमा जाँदै गर्दा यूपी कन्स्टेबल भर्ती परीक्षामा उपस्थित हुनबाट रोकिए । दुलही लिन हिडेका दुलाहा जब परिक्षा केन्द्र भित्र प्रवेश गरे, जन्ती भने बाहिर उनलाइ कुरेर बसेका थिए ।

 

दुलहा प्रशान्त यादवको परीक्षा केन्द्रमा प्रवेश एकदमै फरक देखिएका किनभने उनी टाउकोमा सेहरा लगाएर परीक्षा केन्द्र पुगेका थिए।

 

महोबास्थित माँ चन्द्रिका महिला विद्यालयमा परीक्षा दिन आएका प्रशान्त यादवको समर्पणको सबैले प्रशंसा गरेका छन् । परीक्षा केन्द्रमा उपस्थित प्रहरी अधिकारीहरूले उनको साहसको प्रशंसा गर्दै उनीसँग फोटोसमेत खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

प्रशान्त यादवको बिहेको जुलुस उत्तर प्रदेशको मुधारीबाट बांदा जाँदै गर्दा बाटोमा महोबामा परीक्षा केन्द्र थियो । त्यसैले विवाह समारोहमा जानु अघि उनले परीक्षा दिने निर्णय गरे र परिक्षा हल भित्र पसे ।

 

आफ्नो निर्णयबारे कुरा गर्दै प्रशान्तले देशको सेवा गर्ने इच्छा व्यक्त गर्दै अवसरसँग कहिल्यै सम्झौता नगर्न आग्रह गरे । साथै, यस्तो अवस्थामा उत्सवको साटो परीक्षालाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएको सुनाए ।

 

प्रशान्तले आफ्नो दाम्पत्य जीवन सुखमय रहोस् भनेर अहिले आफ्नो करियरलाई प्राथमिकता दिएको बताए ।न्युज कारखाना

इस्लामबाद, ७ फागुन ।

पाकिस्तानमा सम्पन्न आमचुनावको नतिजाको भविष्य के हुन्छ भन्ने कुराको अवस्था स्पष्ट छैन ।

 

अब आम निर्वाचन पनि रद्द हुन सक्ने अनुमान गरिएको छ किनभने पाकिस्तानको निर्वाचन आयोगले एक उच्च प्रशासनिक अधिकारीले लगाएको धाँधलीको आरोपको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। यदि यो समितिले पनि धाँधली भएको पुष्टि गर्‍यो भने निर्वाचनको नतिजा रद्द हुने सम्भावना रहेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

 

ती अधिकारीले न्यायपालिका र निर्वाचन आयोगको उक्साहटमा जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीसँग रावलपिंडीको चुनावमा धाँधली भएको बताएका थिए। रावलपिण्डीका पूर्व आयुक्त लियाकत अली चट्ठाले शनिबार चुनाव हारेका केही सहरहरूमा पराजित भएका उम्मेदवारहरूलाइ विजयी भएको घाेषणा गरेकाे आरोप लगाएका थिए ।

 

लियाकतअलि चट्ठाले रावलपिण्डीमा १३ जना उम्मेदवारलाई जबरजस्ती विजयी घोषणा गरिएको जनाउँदै हाल बिजयी भएका उम्मेदवारहरूले मत ल्याउन नसकेकाे दाबी गरेका थिए । उनकाे याे भनाइ यस्तो समयमा आएको हो, जब इमरान खानको पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले फेब्रुअरी ८ मा भएको आम चुनावमा धाँधली र पार्टीलाई दिएको जनादेश खोसिएको भन्दै राष्ट्रव्यापी विरोध प्रदर्शन सुरु गरिरहेकाे थियाे ।

 

पाकिस्तानको अखबार ‘डन’ मा प्रकाशित समाचार अनुसार रावलपिंडीका पूर्व आयुक्त चट्ठाले भने, ‘म यो अशान्तिको पूर्ण जिम्मेवारी लिन्छु र यसमा मुख्य निर्वाचन आयुक्त र प्रधानन्यायाधीश यसमा पूर्ण रूपमा संलग्न रहेको बताइरहेको छु।’

 

उता, चट्ठाले चुनावी परिणाम हेरफेर गरेको ‘जिम्मेवारी’ लिँदै पदबाट राजीनामा दिएका थिए । पाकिस्तानको निर्वाचन आयोगले मुख्य निर्वाचन आयुक्त विरुद्ध चट्ठाले लगाएको आरोपलाई कडाइका साथ अस्वीकार गरेको छ। आयोगले आरोपबारे छलफल गर्न आकस्मिक बैठक बोलाएर आरोप छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको जनाइएकाे छ ।

 

मुख्य निर्वाचन आयुक्त सिकन्दर सुल्तान राजाले भिडियो कन्फ्रेन्समार्फत बैठकमा भाग लिएका थिए । अर्कोतर्फ रावलपिण्डीका नवनियुक्त आयुक्त सैफ अनवर जप्पाले निर्वाचनमा धाँधली भएको पूर्व आयुक्तले लगाएका सबै आरोप अस्वीकार गरेका छन् । उनले निर्वाचनमा आयुक्तको भूमिका समन्वयका लागि मात्रै भएको स्पष्ट पारे । धाँधली भएको दाबी निराधार रहेकाे उनले जिकिर गरे ।न्युज कारखाना

 

बेइजिङ, ७ फागुन ।

चीन लगातार आफ्नो सेनालाई बलियो बनाउनमा व्यस्त छ । यही कारणले गर्दा उनी अहिले विश्वका लागि खतरासमेत बनेको पश्चिमि मिडियाहरूले लेख्दै आएका छन ।

 

द सनका अनुसार बेइजिङ आफ्नो सेना र आणविक हतियारको शक्ति देखाउन निकै आतुर रहेको अवस्थामा छ । अहिले विश्व मञ्चमा आफ्नो दबदबा कायम गर्न चाहन्छ, जसका लागि उ अवसरको खोजीमा रहेको छ ।

वर्तमान राष्ट्रपति सी जिनपिङलाई त्यहाँका जनताले माओत्से तुङपछि चीनको सबैभन्दा शक्तिशाली नेताका रूपमा हेर्छन्। उनले देशमा निकै कडा शासन गरेका छन् । यदि कसैले आफ्नो नियम वा आफ्नो अख्तियार विरुद्ध केहि बोल्यो भने सिधै कडा कारबाही हुन्छ। जिनपिङले चीनमा हतियार विकासमा अर्बौं डलर खर्च गरेका छन् ।

 

युकेको इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजका अनुसार गत वर्ष चीनको रक्षा बजेट १७५ अर्ब पाउण्ड अर्थात १८.३० लाख करोड अमेरिकन डलर बराबर थियो। हाल चिनियाँ सेनामा २० लाखभन्दा बढी सैनिक सक्रिय रहेका छन् जबकि अमेरिकामा सक्रिय रिजर्भ आर्मीको संख्या करिब १३ लाख मात्र रहेको छ । जसका कारणा हाल चीन सबैभन्दा ठूलो सेना भएको पहिलो देश हो।

 

साथै, मिडिया रिपोर्टहरूका अनुसार चीनसँग हाल ५०० भन्दा बढी आणविक हतियार छन् । यति मात्र होइन, आगामी दिनमा यसको संख्या अझै बढ्ने देखिएको छ । अमेरिका र रुस विश्वमा सबैभन्दा धेरै आणविक हतियार भएका देशहरू हुन्। उनीहरुसँग पाँच हजारभन्दा बढी आणविक हतियार रहेको जनाउँदै आइएको छ ।

पश्चिमा विज्ञहरू यो विश्वास गर्छन् कि चीनले आफ्नो आणविक हतियारलाई अगाडि बढाउन जुन गतिमा काम गरिरहेको छ, त्यसको प्रयासमा केही खतरनाक नियत लुकेको छ। जसका कारण चीनको बढ्दो शक्तिलाई ध्यानमा राख्दै पश्चिमी देशहरू आफ्नो सैन्य शक्ति र युद्ध सामग्री थप बढाउन बाध्य र बिवश भएका छन् । त्यसैले त चीनसँग केही पश्चिमी देशहरू डराउँछन्। उनीहरू विश्वास गर्छन् कि उनीहरूले चिनियाँ सेनाको सामना गर्न सक्दैनन्।

 

समाचार अनुसार धेरै पश्चिमी देशहरूले आफ्नो क्षमताको बारेमा असुरक्षित महसुस गरिरहेका छन्। गत वर्षको पेन्टागनको रिपोर्टलाई हेर्दा चीनले आगामी ६ वर्षमा आफ्नो आणविक हतियार दोब्बर बनाउने योजना बनाएको छ । चीनसँगै इरान, रुस र साउदी अरेबिया जस्ता सहयोगी राष्ट्रहरू पनि छन् । यी देशहरूसँगको सम्बन्धलाई बलियो बनाएर परमाणु हतियारको संख्या बढाउन सक्छ भन्ने उनीहरूको आंकलन रहेको छ ।

 

उता, चीनले ताइवानलाई आफ्नो भूभाग मान्छ भन्ने कुरामा कुनै शंका छैन। आवश्यक परे यो राष्ट्रलाई वशमा पार्न बल प्रयोग पनि गर्नेछ । सन् १९४९ मा छुट्टिए पछि ताइवानले आफूलाई स्वशासित राष्ट्रको रूपमा हेरेको छ, जुन चीनले मानिरहेको छैन । त्यसैले हालैका दिनहरूमा चिनियाँ वायु सेनालाई ताइवानको वायु रक्षा क्षेत्रमा धेरै पटक देखाइएको छ।

 

ताइवान विवादका कारण हाल अमेरिका र चीनबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएको छ । गुप्तचर रिपोर्टका अनुसार जिनपिङले आफ्नो पिपुल्स लिबरेशन आर्मीलाई सन् २०२७ सम्ममा ताइवान कब्जा गर्न तयार हुन निर्देशन दिइसकेका छन, जुन पश्चिमी मिडियाले लेख्दै आएका छन ।न्युज कारखाना

काठमाडौँ, ६ फागुन ।

स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड बराबरीमा रोकिएको छ ।

 

आइतबार सम्पन्न खेलमा रियल म्याड्रिड रायो भल्लेकानोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

 

यस खेलमा रियल म्याड्रिडले खेलको तेस्रो मिनेटमा नै जोसेलुको गोलमा शुरुवाती अग्रता लिएपनि अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो ।

 

रायो भल्लेकानोका लागि खेलको २७औं मिनेटमा राउल डे टोमासले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई खेलमा फर्काएका थिए ।

 

यस खेलमा खेलको ९५औं मिनेटमा रियल म्याड्रिडका डानी कारभाजोलले दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।

 

यो बराबरीपछि रियल म्याड्रिडको २५ खेलमा ६२ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी रायो भल्लेकानोको २५ खेलमा २५ अंक भएको छ र लिगमा १४औं स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौं, ७ फागुन ।

आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ ।

त्रिभुवन विश्वविधालय, किर्तिपुरकाे खेल मैदानमा हुने यो खेल बिहान ९ः ३० बजेदेखि शुरु हुदैँछ ।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गर्दै यस सिरिजमा विजयी शुरुवात गरेको छ भने नेदरल्याण्डसले पहिलो खेलमा नेपालसँग ९ विकेटले हार बेहोरेर दोस्रो खेल खेल्दै छ ।

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।

आइसीसीका अनुसार लिग–२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिकाः
फागुन ७ गते सोमबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबारः नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबारः नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबारः  नेपालविरुद्ध नेदरल्यान्ड्स
न्युज कारखाना

जनकपुर, ६ फागुन ।

जनमत पार्टीले मधेस प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ ।

 

मुख्यमन्त्री सरोजकुमार यादवले प्रदे सभाबाट विश्वासको मत लिने कार्य सुचि रहेको थियो ।

 

बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।

 

सप्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्रदेश सभाका सदस्यहरुमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठि चार्ज गरेको र त्यहा स्वंय मुख्यमन्त्री समेत उपस्थिति रहेको कारणले उनले माफि नमागे सम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनटेको लागि स्थगित गरिएको छ ।

 

सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विशवासको मतको क्रममा आफनो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर जनमतका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएपछि बैठक स्थिगित गरिएको छ ।न्युज कारखाना

भक्तपुर ६ फागुन ।

सहाराविहीन वृद्धबृद्धाहरुको निःशुल्क बासको व्यवस्थाका लागि भक्तपुरमा भवन निर्माणको तयारी भएको छ । जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा वैशाख १ गतेदेखि भवन निर्माण शिलान्यासको तयारी थालिएको हो ।

भवन निर्माणका लागि त्यहाँं जग्गा खरिदको काम सम्पन्न भएको छ । चाँंगुनारयण नगरपालिका वडा नं ९ ताथलीमा ५० आनाको ठूलो क्षेत्रफलको जग्गा खरिद गरिसकेको छ ।  छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजयकृष्ण मूर्तिजी महाराजले प्रति आना साढे चार लाखमा जग्गा खरिदको काम भइसकेको जानकारी गराए । अब त्यहाँं पाँंच सय जना असाहाय बृद्धबृद्धाहरुलाई राख्नसक्ने क्षमताको भव्य भबन वैशाखमा शिलान्यास गर्ने उनले जनाए । वैशाखमा शिलान्यासको लागि निर्माण थालनी गर्दै असाहाय बृद्धबृद्धाहरुलाई निःशुल्क खाने, वस्ने, सुत्ने तथा औषधि उपचारको वन्दोवस्त गर्ने उनले जनाए ।

भबन निर्माणका लागि १० करोडको बजेट लाग्ने अनुमान गरिएको छ । भव्य भबन हुने भएकोले विस्तारै क्रमशः भबन बनाउँंदै बृद्धबृद्धाहरुलाई आश्रय दिंदै जाने योजना राखिएको छ । काम थाल्नका लागि हाल यही स्थानमा असोज ११ गतेदेखि २७ गतेसम्म भएको श्री छोरीको घर जेष्ठ नागरिक आश्रमद्धारा आयोजित भक्तपुर चाँंगुनारायण ताथली धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञान महायज्ञ २०८० मा चन्दादाताहरुबाट प्राप्त एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँ ६५ पैसा रहेको जनाइएको छ । साथै विभिन्न व्यक्ति तथा संस्थाहरुबाट बोल कवोल गरिएको प्राप्त हुन बाँंकी रकम ६३ लाख ६४ हजार सात सय ७९ रुपैयाँं पनि रहेको जनाइयो ।


‘उठिसकेको र उठन बाँंकी गरी हामीसँंग कुल एक करोड ७६ लाख एक हजार एक सय ६८ रुपैयाँं ६५ पैसा भएको छ, आश्रमका संरक्षक बालगोगेश्वर महाराजले भने, ‘निर्माण थालिएपछि फेरि पनि धेरै दाताहरुबाट पैसा उठ्ने विश्वास हाम्रो हो ।’

भवन बनाउनका लागि अहिले पनि विभिन्न संघसंस्था, राजनीतिक दलका नेताहरु, दाताहरुले सघाउने प्रविबद्धता जनाइरहेको जनाइएको छ । भबन निर्माणका लागि राष्टिय प्रजातन्त्र पार्टीका संघीय सांसद् ज्ञानेन्द्र शाहीले एक सय बाेरा सिमेन्ट उपलव्ध गराइदिने वचन दिएको छोरीको घर जेष्ठ नागरि आश्रमले जनाएको छ । साथै भक्तपुरको सूर्यविनायक नगरपालिकाले घटीमा ५० लाखदेखि बढीमा एक करोडसम्मको रकम सहयोग गर्ने जनाएको छ ।


अहिले पनि त्यहाँं एक दर्जन जति टहराहरु छन् । त्यसमा हाल नौ जना ससाहाय बृद्धबृद्धाहरु छन् । पहिला १३ जना रहेकोमा चार जनालाई पारिवारिक मिलन गराई घर पठाइएको जनाइएको छ । यहाँं बस्ने बृद्धबृद्धाहरुले कुनै शुल्क तिर्नुपर्दैन । साथै कुनै सोर्सफोस पनि लगाउनु पर्दैन । साँंचो रुपमा सहाराविहीन बृद्धबृद्धालाई स्वतः त्यहाँं स्वागत गरिन्छ । न्युज कारखाना

काठमाडौं, ६ फागुन ।

पर्सा जिल्लाबाट तस्करी तीव्र हुने गरेको पाइएको छ। बारा प्रहरीले पर्साबाट छुटेका तीन करोड बढी सामान बोकेका तीन वटा ट्रक नियन्त्रणमा लिएको हो। प्रहरी प्रमुख सरूवाको मौकामा पर्सामा तस्करीमाथि कारबाही शून्य पार्दा तस्करी बढेको हो। पर्साबाट छुटेका ट्रक बारा प्रहरीले अमलेखगन्ज र पथलैया चोकबाट नियन्त्रणमा लिएको हो।

पर्सामा हालै प्रहरी प्रमुख एसपीको सरूवा भएको छ। एसपी कोमल शाहको सरूवा भएर नयाँ एसपी कुमोध ढुंगेलको पर्सामा पोस्टिङ भएको छ। शाह शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा बडिगार्ड थिए। उनकै आशीर्वादका कारण एसपी बढुवा हुनेवित्तिकै उनले पर्सा जिल्ला पोस्टिङ गराएका थिए। उनी रहुन्जेल तस्करीमाथि पर्सा प्रहरीले खासै कारबाही नगरेको जिल्लास्थित स्रोतहरू बताउँछन्।

 

प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका-२१ अमलेखगन्ज चोकबाट दुई वटा र पथलैया चोकबाट एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको हो। प्रहरीले शुक्रबार राति ११ बजे ना७ख १६५२ नम्बरको ट्रक र ना८ख ४१६५ नम्बरको ट्रक नियन्त्रणमा लिएको थियो।

ट्रकमा चाबीमा प्रयोग हुने प्याड लक र कस्मेटिक सामान थिए। एउटा ट्रकमा दुई करोड ५० लाख ६३ हजार १२२ रुपैयाँ र अर्को ट्रकमा ३३ लाख २६ हजार ८६७ रुपैयाँ बराबरको सामान भेटिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

 

ती ट्रकलाई रोकेर चेकजाँच गर्दा बिल बिजकभन्दा बढीको सामान फेला परेको थियो। यस्तै, प्रहरीले बिहीबार पथलैया चोकबाट अर्को ट्रक नियन्त्रणमा लिएको छ। वीरगन्जबाट काठमाडौं जाँदै गरेको ना८ख ७२४४ नम्बरको मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो।

 

राति करिब १२ बजे प्रहरीले करिब ७७ लाख ६ हजार २६४ रुपैयाँ बराबरको खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो। ट्रकमा बिल बिजकभन्दा बढी स्रोत नखुलेको सामान फेला परेको न्यौपानेले बताए । तीनवटै ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।न्युज कारखाना

काठमाडौं, ६ फागुन । 

पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रको पूजा शब्दले मात्र गरेर नपुग्ने बताएका छन्। उनले काम कर्तव्य, त्याग, उदारता, निष्ठाको राजनीति र सही प्रकारको आचरणले मात्रै पूजातन्त्रको पूजा हुने बताएका छन्।

 

प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गर्दै शाहले जनता जनार्दनले जे भन्छन् त्यो सुन्नुपर्ने बताएका छन्। उनले राज्य व्यवस्थाका सबै हर्ताकर्ताले धरातलीय यथार्थका आधारमा प्रजातान्त्रिक विधि व्यवहार झल्काउनुपर्ने बताए।

 

‘राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा जनताको उत्थानमा निरन्तर लागिरहने प्रतिबद्धता हामी राख्दछौं। प्रजातन्त्र दिवसको यो शुभ सन्दर्भमा हामी सदैव नेपालीजनसँग निकट रहिरहने र सम्पर्कका निम्ति हाम्रा सबै द्वारहरू खुल्ला रहने शुभेच्छाभाव पनि राख्दछौं,’ सन्देशमा भनिएको छ।

 

उनले प्रजातन्त्रभित्र अर्थतन्त्र पृथक हुन नसक्ने भन्दै उनले आफ्नो श्रोत, साधन र सिप सबै समाहित हुनुपर्ने बताए।

 

‘यसैबाट नै प्रजातन्त्र बलियो र गहकिलो बन्दछ। सबैले मिठो खान पाउने, सबैले राम्रो लाउन पाउने, सबैले स्वस्थ्य, शान्त र सन्तुष्ट भएर बाँच्न सक्ने, सबैलाई देशमै गतिलो शिक्षा र सबैको क्षमता अनुसार रोजगारीको व्यवस्था हुने भएमा नै प्रजातन्त्रको रसिलो अर्थ रहन्छ,’ शाहले भनेका छन्। न्युज कारखाना

 

जनकपुरधाम, ६ फागुन ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट तेस्रोपटक विश्वासको मत पाउनु भएको छ ।

मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले  विश्वासको आज प्रदेश सभामा विश्वासको मतको लागि प्रस्ताव पेस गर्नु भएको थियो ।

 

आइतवारको प्रदेशसभामा उपस्थित कुल १ सय ४ सांसदहरु मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६९ सांसद उभिएका छन । विपक्षमा कुल ३५ सांसद पुगेका छन । दोस्रो पटक सम्म बिश्वासको मत लिदै गर्दा मुख्यमन्त्रीलाई प्रदेशसभाको कुल सांसद सबैको समर्थन रहेको थियो । विपक्षमा कोहि पनि थिएन ।

यसअघि गत जेठ १ गते मधेस सरकारमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले ३०औँ दिनमा जेठ ३० गते दोस्रोपटक विश्वासको मत लिनुभएको थियो । सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालको संविधान २०७२ को धारा १८८ को २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिनभित्र मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिनसक्ने प्रावधान रहेको छ ।

मधेस प्रदेश सरकारमा एक सय सात प्रदेशसभा सदस्यमध्ये बहुमतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । प्रदेशसभामा सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमालेको २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी नेपालको १८ सिट रहेको छ ।

 

सभामा जनमत पार्टीको १३, लोकतान्त्रिक समाजवादी पार्टीको नौ, नेकपा माओवादी केन्द्रको नौ र नेकपा एकीकृत समाजवादी पार्टीको सात, नेपाल सङ्घीय समाजवादी पार्टी एक, नागरिक उन्मुक्ति पार्टी एक, राष्ट्रिय प्रजातन्त्र पार्टी एक सिट र तीन स्वतन्त्र रहेको प्रदेशसभा रहेका छन । न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।