२०८३ श्रावण ३१
२०८३ श्रावण ३१

काठमाडौं, १० फागुन ।

प्रतिनिधिसभाको बैठक बस्दैँछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ ।

 

सङघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्नेछन ।

 

उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको महासचिव पदमप्रसाद पाण्डेयद्दारा जारी गरिएको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना

काठमाडौं, १० माघ ।  

जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैँछ ।

 

बालकुमारीस्थित पार्टी केन्द्रिय कार्यालयमा सो बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न उक्त बैठक बोलाइएको जसपा नेपालले जनाएको छ । जसअनुसार आजको बैठकबाट जिम्मेवारी नपाएका केन्द्रीय नेताहरूलाई जिम्मेवारी दिइने जनाइएको छ ।न्युज कारखाना

भक्तपुर, १० फागुन । 

भक्तपुर नगरपालिका वडा नं ६ देकोचामा रहेका तीन वटा कलेजहरुका वार्षिक उत्सव बुधबारदेखि सुरु भएको छ ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयको २४ औं, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औं र ख्वप कलेज अफ लको प्रथम वार्षिकउत्सव कार्यक्रमको उदघाटन भएको हो ।

वार्षिकोत्सवको नेपाल मजदुर किसान पार्टीका सचिव  एवम् संघीय सांसद प्रेम सुवालले गरे ।
कार्यक्रममा सांसद सुवालले संसदबाट ख्वप विश्वविद्यालयको विधेयक पारित गराउन निरन्तर प्रयासरत रहेको बताउँदै जनतालाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्ने पक्षमा शासकहरुले नै बाधा पु¥याइरहेको आरोप लगाए ।

देशलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै देश आर्थिक र राजनीतिक रुपमा कमजोर भएमा देशको महत्वपूर्ण निर्णयमा विदेशीले हस्तक्षेप गर्दै जाने धारणा राखे । शासक दलका नेताहरुबाट नेपालका नदीनाला एक पछि अर्को गर्दै भारतलाई सुम्पने गलत काम हुँदै आएको सांसद सुवालले आरोप लगाए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले ख्वप विश्वविद्यालय विधेयक संसदबाट पारित गराउन आवश्यक पहल गरिरहेको बताए । उनले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्थाहरु बन्द, हड्तालबाट मुक्त रहेको बताए ।


बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रको विकास र उन्नयनमा भक्तपुर नपाबाट सञ्चालित ख्वप सर्कलअन्तर्गतका कलेजहरुले शैक्षिक प्रकाशस्तम्भको रुपमा काम गरिरहेको बताए ।


कलेज व्यवस्थापन समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले देश र जनताको सेवालाई केन्द्रविन्दुमा राखी नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिले काम गर्दै आएको बताइन्  विश्वविद्यालय अनुदान आयोगका निर्देशक लालप्रसाद आदेयले विश्वविद्यालयहरुले अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने बताए ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. कुसुम शाक्यले सबै क्षेत्रमा महिलाहरुको सहभागिता उल्लेख्य रहेको बताउँदै महिलालाई शिक्षालाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताइन् ।


भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र ख्वप कलेज बीए, बीएसडब्लू र एमए अंग्रेजी कमिनिकी न्याइँच्याइँले पनि शिक्षा क्षेत्रका विविन्न पक्षहरुबारे चर्चा गरे ।
कार्यक्रममा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप माविका प्राचार्य लक्ष्मीप्रसाद कर्माचार्य र ख्वप कलेज अफ ल का प्राचार्य अनिता जधारीले सम्बन्धित कलेजहरूको वार्षिक प्रतिवेदन प्रस्तुत गरे ।


साथै वार्षिकोत्सव अवसर पारेर कलेजले ख्वप कलेज र ख्वप माविमा अविछिन्न रुपमा दश वर्ष सेवा पूरा गरेका शिक्षक तथा कर्मचारीहरुलाई कदरपत्रका साथ सम्मान गरेका थिए । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा अतिथिहरुले वार्षिकोत्सवको अवसरमा आयोजित चित्रकला प्रतियोगिता, वादविवाद, दौड प्रतियोगिता, सटपुट, भलिबल, बास्केटबल प्रतियोगिताका विजेताहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए । वार्षिकोत्सवकै अवसरमा विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुतीहरु पनि प्रदर्शन गरेका थिए ।न्युज कारखाना

मुम्बइ, १० फागुन ।

सिनेमामा कुनै समय यस्तो थियो, जब फिल्मका कलाकारलाई केही हजार रुपैयाँ मात्रै फिल्मको पारिश्रमिक दिइन्थ्यो । त्यसपछि करिब तीस वर्षअघि सुपरस्टारले हरेक फिल्मका लागि करोडभन्दा बढी पारिश्रमिक लिन थालेका थिए ।

 

त्यसयता कलाकारको पारिश्रमिक ह्वात्तै बढेको छ र आजकल सुपरस्टारहरूलाई एउटा फिल्मका लागि १०० करोड रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

 

तर के तपाईलाई थाहा छ आजको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता को हुन् ? जसले क्यामियो रोलका लागि प्रति मिनेट ४.५० करोड भारुमा सम्झौता गर्न सफल भएका छन् । शाहरुख खान, सलमान खानदेखि रणबीरसम्मको नाम तपाईको दिमागमा आउन सक्छ, तर सफलताको नयाँ कहानी रच्ने स्टार अरु कोही होइन, अजय देवगन हुन् ।

 

कमाईको मामिलामा आमिर खान, शाहरुख खान, प्रभास, रजनीकान्त, सलमान खान र थालापथी विजय जस्ता नामहरू शीर्षमा छन्। यी सबै कलाकारको कमाई हरेक फिल्मबाट १०० करोडभन्दा बढी छ । कतिपयले आफ्ना ठूला हिट फिल्महरूबाट नाफा बाँडेर २०० करोडभन्दा बढी कमाएका छन्।

 

तर पनि उनको प्रतिमिनेट कमाई २–३ करोड रुपैयाँ पुग्छ । अजय देवगनले ती सबैलाई २०२१ मा छोड्न सफल भए। एसएस राजामौलीको आरआरआरमा एउटा सानो भूमिकाका लागि उनलाई ३५ करोड रुपैयाँ दिइएको थियो। अजय फिल्ममा ८ मिनेट मात्र पर्दामा थिए, जसको मतलब फिल्मको लागि उनको प्रति मिनेट शुल्क ४.५ करोडभन्दा बढी थियो।

 

अजय देवगन आरआरआरमा श्रिया सरनसँग एक फ्ल्यासब्याक दृश्यमा देखिएका थिए। यो ठूलो बजेटको फिल्मका लागि अजयले ठूलो रकम लिन सफल भए । अजय देवगनको पारिश्रमिक ३५ करोड रुपैयाँ छ । उनले फिल्ममा नायकको भूमिका निर्वाह गरेमा नाफाको ५० प्रतिशत हिस्सा पनि लिने गरेका छन् । यसको मतलब तानाजी र दृश्यम २ जस्ता फिल्मका लागि उनको पारिश्रमिक १०० करोड रहेको छ ।

 

यो वर्ष अजय आफ्नो सुपरहिट फिल्म सिंघम, सिंघम अगेनको सिक्वेलमा सुपरकप बाजीराव सिंघमको भूमिकामा पर्दामा फर्कने भएका छन् । यो फिल्म रोहित शेट्टीको कप ब्रह्माण्डको एक हिस्सा हो र यसमा अजय बाहेक अक्षय कुमार, रणवीर सिंह, अर्जुन कपूर, दीपिका पादुकोण, करीना कपूर, टाइगर श्राफ र ज्याकी श्राफ जस्ता स्टारहरू काम गरिरहेका छन्। यो फिल्म अगस्ट १५ मा रिलिज हुँदैछ ।

 

यसअघि अजय मनोवैज्ञानिक थ्रिलर शैतानमा देखिनेछन्, जसमा उनीसँग ज्योतिका र आर माधवन काम गरिरहेका छन्।

न्युज कारखाना

 बार्सिलाेना, १० फागुन ।

हामीले यसअघि धेरै कथाहरूमा लुकेको खजानाको बारेमा तपाईंले सुन्नु भएको होला। धेरै पटक चलचित्रहरूमा देखाइन्छ कि धेरै पुरानो खजाना कतै गाडिएको वा लुकाइएको छ र पात्रहरूले त्यसलाई खोज्न ठूलो प्रयास गरेको देखिन्छ। वास्तविक संसारमा पनि यस्तै भएको छ ।

 

स्पेनमा ३ हजार वर्ष पुरानो खजाना फेला परेको छ । तर यो कुनै साधारण खजाना होइन। यस खजानामा प्रयोग गरिएका धातुहरू कथित रूपमा हाम्रो ग्रह अर्थात् पृथ्वीबाट होइनन् ? तपाईलाई पनि अचम्म लाग्न सक्छ । त्यसोभए के यो खजाना एलियनहरूसँग जोडिएको छ ? अहिले यस सम्बन्धमा पछिल्लो अध्ययन गरिएको छ । हामी थाहा दिनेछाैं कि अनुसन्धानकर्ताहरूले के भन्छन् ?

 

स्पेनमा वर्षौंअघि पत्ता लागेको खजानाको विश्लेषणले ३ हजार वर्षअघि बनेका केही कलाकृतिमा प्रयोग भएको धातु यो ग्रहको नभएको खुलासा भएको छ । डेली मेलको रिपोर्टका अनुसार वैज्ञानिकहरूले भिलेनाको खजानाको बारेमा नयाँ विश्लेषण गरेका छन्, जसमा सन् १९६३ मा फेला परेको खजानामा ५९ वटा सुनको प्लेटेड वस्तुहरू फेला परेको थियो, जसमध्ये दुईवटा उल्कापिण्डमा प्रयोग गरिएको फलाम भेटिएको थियो।

 

उल्का फलाम एक धातु हो, जुन प्रारम्भिक ब्रह्माण्डको अवशेष हो। यो फलाम र निकलबाट बनेको उल्कापिण्डमा मात्रै पाइन्छ। खजानामा फेला परेको सुनको लेपित टोपी र ब्रेसलेटमा १० लाख वर्षअघि पृथ्वीसँग ठोक्किएको हुन सक्ने एलियन सामग्री प्रयोग गरिएको वैज्ञानिकहरूको टोलीको विश्वास छ । अध्ययनका अनुसार विशेष प्रकारको चट्टानी उल्कापिण्डमा उल्का फलाम पाइन्छ, जुन मुख्यतया सिलिकेटबाट बनेको हुन्छ । अनुसन्धानकर्ताहरुका अनुसार यसमा कोबाल्टको मात्रा पनि उल्लेख्य छ ।

 

चाखलाग्दो कुरा के छ भने हजारौं वर्षअघि पृथ्वीमा खसेको उल्का पिण्डको सामग्रीलाई गहना आदि सजावटी वस्तुहरूमा प्रयोग गर्न निकै लोकप्रिय थियो। यस्तै सजावटी वस्तु तुतानखामुनको चिहानमा भेटिएको थियो। भिलेनाको खजाना इबेरियन प्रायद्वीपमा फेला परेको थियो। यसले मानव ढुङ्गा युगबाट काँस्य युगमा सरेको समयको प्रमाण दिन्छ। यसको मतलब उनी ढुङ्गाबाट काँस्यमा सर्दै थिए। यो खजानाको बारेमा यो पनि भनिएको छ कि यो सम्पूर्ण समुदायको हो, कुनै शाही राजशी परिवारको होइन।

 

२३.५ क्यारेट सुनको ९० प्रतिशत खजाना र ११ वटा कचौरा, ३ बोतल र २८ वटा ब्रेसलेट समेत फेला परेको छ । पुरातत्वविद् जोसे मारिया सोलरले डिसेम्बर १९६३ मा कलाकृतिहरू पत्ता लगाएका थिए। त्यतिबेला उनी टोलीसँग भिलेनाबाट करिब सात माइल टाढा रहेको ‘रामब्ला डेल पानाडेरो’ नामक सुक्खा खोला उत्खनन गरिरहेका थिए ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपालले साउदी अरेबियामा जारी पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा आज दोस्रो खेल खेल्दैँछ ।

यस प्रतियोगितामा नेपालले समूह चरणको दोस्रो खेलमा इराकको सामना गर्न लागेको हो । यो खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे जेहादस्थित किंग अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुदैँछ ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरको जित हासिल गर्दै महत्वपूर्ण ३ अंक हासिल गरेको थियो भने पहिलो खेलमा इराक भने प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

 

समुह बी अन्तर्गत नै आज सिरिया र प्यालेस्टाइनबीचको खेल पनि हुदैँछ ।

 

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह बि मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ए मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

नेपालले समुह चरणको अन्तिम खेल आगामी शनिबार प्यालेस्टाइनसँग खेल्ने तालिका रहेको छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाल ए र क्यानडा-११ बीचको सिरिजको तेस्रो तथा निर्णायक खेल आज हुदैँछ ।

 

मुलपानी क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार विहान ९ः३० बजेदेखि शुरु हुनेछ ।

 

यसअघि खेलेको पहिलो खेल क्यानडा- ११ ले जितेको थियो भने दोस्रो खेलमा नेपाल ए ले जित हासिल गरेको थियो । १-१ को बराबरीमा रहेको सिरिज आज जित्ने टिमले हासिल गर्ने छ ।

 

क्यानले क्यानडाविरुद्ध खेल्न विनोद भण्डारीको कप्तानीमा १६ सदस्यीय नेपाल ‘ए’ टिम बनाएको छ । नेपाल ए टीममा विनोद भण्डारी (कप्तान), आशुतोष घिरैया, अर्जुन कुमाल, बशीर अहमद, विवेक यादव, हेमन्त धामी, किरण ठगुन्ना, मायन यादव, प्रतिस जिसी, रसिद खान, रिजन ढकाल, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा, शेर मल्ल र सुजन थपलिया रहेका छन् । नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कलाम अली रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक ए टिम बनाएर खेल शुरु गरेको पहिलो पटक हो ।

 

क्यानडाले पनि आफ्नो आगामी लिग-२ को तयारी स्वरूप नेपाल ए सँग खेलिरहेको छ । क्यानडाले यही फेब्रुअरी २८ देखि युएईमा स्कटल्याण्ड र युएई सम्मिलित त्रिकोणीय सिरिजबाट आफ्नो लिग-२ को यात्रा शुरु गर्दै छ । आजको खेलपछि क्यानडा युएई जाने छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक जारी रहेको छ ।

 

च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा जारी केन्द्रिय समितिको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्य योजना माथि आज टोली प्रमुखले आ आफ्नो राय दिने छन ।

जारी बैठकमा प्रस्तुत अवधारणा माथी छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरी  सामुहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जन आधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक बिषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले हिजो कार्ययोजना प्रस्तुत गरेका थिए, जसमा नौ समुहमा बिभाजन गरी छलफल गरिएको हो ।

 

साेही समुहले अाज प्रतिवेदनकाे निचाेड सुनाउने भएकाे हाे । न्युज कारखाना

काठमाडौं, १० फागुन ।

नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

 

गत सोमवार देखी सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँचवटा प्रतिवेदनमाथी हिजो समुहगत छलफल सकिए पछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन ।

 

गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार बिभाग प्रमुख मिन बिश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँवाट सुझाव संकलन गरिएको थियो । जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खडका र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का  महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

 

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, संभावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि बिभिन्न समुह बनाइ छलफल गरिएको थियो ।

 

हरेक सदस्यलाइ ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसकाे जवाफ दिएर महासमिति बैठक समापन गरिने भएकाे छ ।न्युज कारखाना

काठमाडौं, १० फागुन ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। साथै गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने कोशी, मधेश र बागमती प्रदेश लगायत पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

कोशी र मधेश प्रदेश लगायत पहाडी भू-भागको थोरै स्थानहरूमा तथा देशका बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।