काठमाडौं, १३ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। यसैगरी बेलायती पाउण्डको भाउ भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउ १६ पैसाले बढेको हो। शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा थियो ।
आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ३३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।न्युज कारखाना
नयाँदिल्ली, १३ फागुन ।
राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ ।
निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको छ ।
एडीआर र ‘नेसनल इलेक्शन वाच’ ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्ता पत्रको विश्लेषण गरेको थियो । राज्यसभाको चुनाव २७ फेब्रुअरीमा हुनेछ ।
यसरी पेश भएका केही कागजातहरू स्क्यान नभएको कारण कर्नाटकबाट कांग्रेसका उम्मेदवार जीसी चन्द्रशेखरको शपथ पत्रको भने विश्लेषण हुन सकेको छैन ।
विश्लेषणमा ३६ प्रतिशत उम्मेदवारले आफूविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको पाइएको छ । थप रूपमा यी उम्मेदवारहरू मध्ये १७ प्रतिशतले गम्भीर आपराधिक आरोप र एक जना उम्मेदवारले हत्या प्रयास सम्बन्धी मुद्दाको सामना गरिरहेका छन्।
विश्लेषणका अनुसार भाजपाका ३० उम्मेदवारहरूमध्ये आठ, कांग्रेसका नौ उम्मेद्वारहरूमध्ये ६, तृणमूल कांग्रेसका चार उम्मेदवारहरू मध्ये १, समाजवादीका तीन उम्मेदवारहरूमध्ये २, वाईएसआरसीपीका तीन उम्मेदवारहरूमध्ये १, आरजेडीका दुई मध्ये एक उम्मेदवार, बीजेडीका दुई उम्मेदवार र बीआरएसका एक उम्मेद्वारले शपथ पत्रमा आफूविरुद्ध आपराधिक मुद्दाहरू रहेको घोषणा गरेका छन्।न्युज कारखाना
लन्डन, १३ फागुन ।
बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन ।
सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन ।
पाँच दिनको हडताल सुरू भए पछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र चेकअप सबैभन्दा बढी प्रभावित हुनेछन।
ब्रिटिश मेडिकल एसोसिएसनले ३५ प्रतिशत तलब वृद्धिको लागि आग्रह गरेको छ तर सरकारका मन्त्रीहरूले उनीहरूको तलब बृद्दीको दावीलाई भने अव्यावहारिक रूपमा वर्णन गर्दै अस्विकार गर्दै आएका छन्।
स्वास्थ्य सचिव भिक्टोरिया एटकिन्सले जुनियर डाक्टरहरूले हडताल जारी राखेकोमा आफू निराश भएको बताएकी छिन् । ‘कसैले पनि यी हडतालहरूले हाम्रो एनएचसमा पार्ने प्रभावलाई कम आँकलन गर्नु हुँदैन, त्यसैले म फेरि बिएमएलाई उनीहरूको हड्ताल बन्द गर्न आग्रह गर्छु,’ उनले भनिन्।
तर बिएमएका जुनियर डाक्टर नेता डा रोबर्ट लरेन्सन र डा विवेक त्रिवेदीले भने, ‘ सरकारले एक दशकभन्दा बढी समय देखि हुन नसकेको तलब बृद्दीको मागलाई सम्बोधन गर्नका लागि भरपर्दो तलब प्रस्ताव गरेर मात्र यी हडतालहरू रोक्न सक्थ्यो तर गरेको छैन।’
दुई तिहाइ जुनियर डाक्टरहरू बीएमएका सदस्य छन् तर धेरै साना अस्पताल परामर्शदाता र विशेषज्ञ संघले पनि यस हडतालमा भाग लिएका छन । नियमित अस्पताल सेवाहरूले सबैभन्दा अवरोधको सामना गर्ने अपेक्षा गरिएको छ किनभने वरिष्ठ डाक्टरहरूलाई आपतकालीन हेरचाहमा कभर प्रदान गर्न भनिएको छ तर त्यो सम्भवः छैन् ।
एनएचएस इङ्गल्याण्डले जीवन जोखिमको आपतकालिन अवस्थामा बिरामीहरूलाई सामान्य रूपमा ९९९ मा कल गर्न सल्लाह दिइरहेको छ तर अन्य सबै कुराको लागि १११ मा फोन गर्न भनिएको छ । न्युज कारखाना
किभ, १३ फागुन ।
रूस र युक्रेन बिचको जारी युद्द तेस्रो बर्षमा प्रवेश गरेको छ ।
सोही क्रममा युरोपेली आयोगका उर्सुला भोन डर लेयन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो लगायत पश्चिमी नेताहरूले युक्रेनसँग एकता देखाउनको लागि कीभ भ्रमणमा रहेका छन ।
रूससँगको युद्धको तेस्रो वर्षमा प्रवेश गरेको युक्रेन प्रति नैतिक र भौतिक सर्मथन जनाउन उनीहरू त्यहाँ पुगेका हुन् ।
डेर लेयन, ट्रुडो, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी र बेल्जियमका प्रधानमन्त्री अलेक्ज्याण्डर डे क्रो शनिबार छिमेकी पोल्याण्डबाट रातभरको रेलको यात्राबाट युकुेन आइपुगे थिए ।
युक्रेनले पश्चिमी सहायता र रुसी गोलाबारीको बीचमा आक्रमणको दोस्रो वर्षगाँठ मनाउँदैछ।
‘हामीले हाम्रो जीवनको ७३० दिनसम्म यसको लागि लडिरहेका छौं। हामी हाम्रो जीवनको सबैभन्दा राम्रो दिन जित्नेछौं,’ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले कीभको गोस्टोमेल एयरपोर्टमा एक वार्षिकोत्सव कार्यक्रममा भने, जुन रूसले आक्रमणको पहिलो दिनमा लक्षित गरेको थियो।
युक्रेनी सशस्त्र बलका प्रमुख ओलेक्जेन्डर सिर्स्कीले भने “म विश्वस्त छु कि एकता हाम्रो विजय हो। र यो पक्कै हुनेछ। किनकि उज्यालोले सधैं अन्धकारलाई जित्छ ।’
मेलोनी, जसले यस वर्ष जी ७ राष्ट्मण्डलकोअध्यक्षता गरिरहेको छन । शनिबार मात्रै प्रमुख अर्थतन्त्र देशहरूको समूह र जेलेन्स्कीका नेताहरू बीच भिडियो सम्मेलन आयोजना गर्ने कार्यक्रम गरिएको थियो, जहाँ रसिया विरुद्ध नयाँ प्रतिबन्धहरू र युक्रेनका लागि संयुक्त हतियार खरिदका बिषयमा छलफल भएको छ ।
‘पहिले भन्दा धेरै नै हामी युक्रेनको पक्षमा दृढताका साथ खडा छौं। आर्थिक रूपमा, आर्थिक रूपमा, सैन्य रूपमा, नैतिक रूपमा पनि हाम्रो समर्थन रहने छ, जबसम्म देश अन्ततः स्वतन्त्र हुँदैन,’ भोन डेर लेयनले टविटर पोस्टमा भनेका छन।
क्यानेडियन प्रधानमन्त्री ट्रुडोले भने कि युक्रेनीहरू हाम्रो सामूहिक भविष्यको लागी लडिरहेका छन ।
‘उनीहरू संसारलाई सम्झाउन लडिरहेका छन् कि लोकतन्त्र मर्नका लागि पर्याप्त छ र जित्नको लागि उतिकै पर्याप्त र बलियो छ,’ उनले कीभ पुग्नु अघि एक विज्ञप्तिमा भनेका थिए। ‘जब युद्ध जारी छ, त्यो नै खतरामा छ र यसैले क्यानडा पहिलो दिनदेखि युक्रेनको साथमा उभिएको छ।’
नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेन ट्रान्सएटलान्टिक सैन्य गठबन्धनमा सामेल हुने विश्वास व्यक्त गरेका छन । ‘यदि यो प्रश्न होइन तर कहिले हो ? हामीले तपाईलाई त्यो दिनको लागि तयार गर्दा नेटो युक्रेनको साथमा उभिनेछ,’ उनले भने।
युनाइटेड किंगडमले शनिबार युक्रेनको लागि ्तत्काल आवश्यक पर्ने तोपखाना गोलाबारुदको उत्पादन बढाउन मद्दत गर्न ३११ मिलियनको नयाँ रक्षा प्याकेज घोषणा गरेको छ ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले वाचा गरेका छन कि, ‘हामी आज र भोलि युक्रेनको साथमा उभिनेछौं, जबसम्म यो युद्द जारी रहन्छ, जे पनि गर्न तयार छौँ, जबसम्म उनीहरू विजयी हुँदैनन्।’
सैन्य आपूर्तिको अभावमा हालैका हप्ताहरूमा कीभको भाग्यले पीडा भोगेको छ, यस महिना रसियाले युद्धको मैदानमा महिनौंमा सबैभन्दा ठूलो विजयमा पूर्वी शहर अवडिभका कब्जा गरेको छ।
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले कङ्ग्रेसमा रिपब्लिकनहरूलाई ६१ बिलियनको सैन्य कोषको प्याकेज राखेकोमा दोष लगाएका छन् । र, मस्कोलाई पछाडि पार्ने कीभको प्रयासमा समर्थनलाई महत्त्वपूर्ण रूपमा हेरिरहेका छन ।
बाइडेनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको युद्ध दबाब जारी राख्ने वाचा गर्दै रसिया विरुद्ध वाशिंगटनको प्रतिबन्धको सबैभन्दा ठूलो प्याकेज घोषणा गरेका हुन् ।
शुक्रबार, युक्रेनका विदेश मन्त्री दिमित्रो कुलेबाले मस्कोलाई हराउने कीभको क्षमतामा शंका गर्ने शंका गर्नेहरूको आलोचना गरेका छन् । ‘युक्रेनले युद्ध जित्नेछू र अन्तर्राष्ट्रिय समर्थनको साथ छिट्टै भन्दा चाँडो विजय हुनेछौं’ उनले भने ।
जेलेन्स्कीले यस हप्ताको सुरुमा कूटनीतिज्ञहरूलाई एक भावनात्मक सम्बोधनमा भने कि उनी विश्वस्त छन् कि रूससँगको युद्दको विजयको पर्खाइमात्रै बाँकी रहेको छ ।न्युज कारखाना
मस्को, २५ फागुन ।
विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवा युलिया नभाल्नायाले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पतिको शव दिन आग्रह गरेकी छिन् ।
मृत्यु भएको कयौं दिन बितिसक्दा पनि शव नदिएको भन्दै युलियाले पुटिन सरकारले अर्थोडक्स क्रिश्चियन मूल्यमान्यताको उपहास गरेको र उनको शवलाई यातना दिएको आरोप लगाएकी छिन ।
आफनो पतिको शव अन्त्येष्टिको लागि रुसी अधिकारीहरूलाई हस्तान्तरण गर्न माग गरेकी छिन् ।
‘हामीलाई मेरो श्रीमानको शव दिनुहोस्,ू नवलनायाले हालै जारी गरिएको भिडियोमा भनिन्, ‘उनलाई हामी परम्परागत अर्थोडक्स अन्त्येष्टि दिन चाहान्छौं ।’
उनले अगाडी भनिन, “तिमीले उसलाई जिउँदै यातना दियौ, अहिले मारेर यातना दिइरहेका छौ। तपाईं मृतकका अवशेषहरूको अझै पनि खिल्ली उडाउनु हुन्छ,’ उनले पुटिनलाइ दिएको सन्देशमा भनेकी छिन् ।
पुटिनका प्रमुख प्रतिद्वन्द्वी नाभाल्नीको गत हप्ता दुर्गम अधिकतम सुरक्षा आर्कटिक पेनल कालोनीमा मृत्यु भएको थियो, जहाँ उनी चरमपन्थी आरोपमा १९ वर्ष लामो जेल सजाय भोगिरहेका थिए।
उनको मृत्यु प्राकृतिक कारणले भएको अधिकारीहरुले दाबी गरेका छन् तर उनीहरुले उनको मृत्यु भएको १० दिन बितिसक्दा पनि अझै नाभाल्नीको शव परिवारलाई बुझाउन अस्वीकार गरिरहेका छन ।
नाभाल्नीकी आमा लुडमिला नवल्नायाले भनेकी छिन्, ‘रूसी अधिकारीहरूले उनको छोरालाई ठुलो शोक नगरी एक निजी समारोहमा गाड्न दबाब दिइरहेका छन ।’
‘एक अधिकारीले मलाइ भनेका छन कि उनीहरूको मागमा सहमत हुनुपर्दछ किनभने नवल्नीको शरीर पहिले नै सडिरहेको छ,’ उनले भनिन्।
नाभाल्नीका सहयोगीहरूका अनुसार रूसी धिकारीहरूले उनको शबलाई जेल भित्रै गाड्नु पर्ने भन्दै धम्की दिइरहेका छन, जहाँ उनको परिवारले यो शर्तहरू स्वीकार नगरेसम्म नाभाल्नीको शब यसै दिइने छैन् ।
‘उनीहरूले मलाई चिहानको टाढाको छेउमा नयाँ चिहानमा लैजान चाहन्छन् र भन्न चाहन्छन् र यहाँ तपाईंको छोरा छु,’ उनकी आमाले बिहीबार युट्युबमा पोस्ट गरिएको भिडियोमा भनेकी थिइन, ‘तर म यसमा सहमत छैन।’ न्युज कारखाना
काठमाडौं, १३ फागुन ।
आज देखी दादुरा–रुवेलाको खोप देशब्यापी रूपमा लगाइदैँछ ।
जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा फागुन १३ देखी चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागेको हो ।
सो अभियानअन्तर्गत काठमाडौँ जिल्लामा मात्रै पाँच लाख ९७ हजार तीन सय पाँचजना बालबालिकालाई खोप लगाइनेछ । जसअनुसार काठमाडौंमा १ हजार ६ सय ७० खोप केन्द्र तोकिएको छ ।
विद्यालय र वडा कार्यालयमा रहेका स्वास्थ्य संस्थामा खोप लगाउने जनाएको स्वास्थ्य मन्त्रालय बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुनेछन भने ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिका सो खोप अभियान सहभागी हुदैँछन ।
काठमाडौंका १० स्थानिय तहमा फागुन १३ गतेदेखि नै खोप अभियान सञ्चालन हुने भए पनि काठमाडौँ महानगरपालिका क्षेत्रमा भने फागुन १६ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन हुने जनाइएको छ ।
काठमाडौँ दादुरा–रुवेलाको अतिसङ्क्रमित जिल्ला हो । गत वर्ष काठमाडौँ जिल्लामा दादुरा–रुवेला फैलिँदा दुई सय २५ जना सङ्क्रमित र एकजनाको मृत्यु भएको थियो । गत वर्ष १९ जिल्लामा यो महामारीका रूपमा फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं, १३ फागुन ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १२०, कालो अंगुर १८०, केरा १३० रुपैयाँ दर्जन, अनार २८०, किवी ४००, आभोकाडो ४००, अम्बा १४० र स्ट्रबेरी भुईऐसेलु २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
समितिका अनुसार नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा २०, अदुवा २००, रातो आलु र रातो भारतिय आलु ३२ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला २५ र रातो मूला ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी १२० रुपैयाँ, राजमा घिउ सिमी ११० रुपैयाँ र टाटे सिमी ८० रुपैयाँ, हरियो फर्सी लाम्चो ४० र हरियो डल्लो फर्सी ६० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग, रायोको साग उता चमसूर, पालूगो, मेथी, सौफको साग ३० रुपैयाँमा खरिदबिक्री भइरहँदा उता जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७४, हरियो प्याज ७० र पुदीना २२० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २८०, हरियो लसुन ११० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ३५, भिण्डी ९० र हरियो धनिया ६० रुपैयाँ पाइने समितले जनाएको छ।
उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ।
काठमाडौं, १३ फागुन ।
तपाईले इमेलको लागि कुन प्लेटफर्म प्रयोग गर्नुहुन्छ ? यो प्रश्नको जवाफ दिनको लागि गुगलको जीमेल सेवाको नाम धेरैजसो मानिसको दिमागमा आउने गर्छ ।
किनकि जीमेल संसारको सबैभन्दा लोकप्रिय इमेल सेवा हो। तर, अब विश्वको सबैभन्दा लोकप्रिय माइक्रो ब्लगिङ प्लेटफर्म एक्स (पुरानो नाम ट्विटर) ले इमेल सेवाको मामिलामा गुगलसँग प्रतिस्पर्धा गर्न लागिरहेकाे खबर सार्बजनिक भइरहेकाे छ ।
वास्तवमा गुगलको जीमेलसँग प्रतिस्पर्धा गर्न एक्सले आफ्नो इमेल सेवा एक्समेल लन्च गर्न लागेको छ । एक्सको इमेल सर्भिसको बारेमा विगत केही सातादेखि चर्चा भइरहेको थियो तर अब टविटर (एक्स) को मालिक एलोन मस्कले एक्स को इमेल सेवा चाँडै सुरु हुने पुष्टि गरेका छन् ।
अहिले सम्म प्रयोगकर्ताहरूले संसारको सबैभन्दा ठूलो इमेल सेवा जिमेलका लागि कुनै राम्रो वैकल्पिक विकल्प फेला पार्न सकेका थिएनन् तर अब सायद एक्सले संसारभरका प्रयोगकर्ताहरूको यो कमीलाई भर्न सक्छ। वास्तवमा नेटाका एक एक्सका कर्मचारीले आफ्नो अधिकारीबाट पोस्ट गरे पछि यो तयारी सार्बजनिक भएको थियाे ।
वास्तवमा, पछिल्ला केही दिनदेखि सामाजिक सञ्जालमा एउटा समाचार निकै छिटो फैलिरहेको छ, जसमा गुगलको जीमेल सेवा अर्को वर्ष देखि बन्द हुने बताइएको थियाे । यो खबर फैलिए पछि एक्सले पनि आफ्नो इमेल सेवा सुरु गर्ने घोषणा गर्यो।
तर, गुगलले साे लगत्तै आफ्नो जीमेल सेवा बन्द हुने हल्लालाई ब्रेक लगाएको छ । जीमेलको आधिकारिक एक्स खाता मार्फत पोष्टमा गुगलले पुष्टि गर्यो कि जीमेल सेवा सक्रिय रहनेछ, बन्द हुने छैन्।
काठमाडौं, १३ फागुन ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ बढेको छ भने युरोको भाउ घटेको छ। यसैगरी बेलायती पाउण्डको भाउ भने बढेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०१ पैसा कायम गरिएको छ। अघिल्लो दिनको तुलनामा डलरको भाउ १६ पैसाले बढेको हो। शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ २५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ८५ पैसामा थियो ।
आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ४० पैसा र बिक्रीदर १४४ रूपैयाँ ०५ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ०८ पैसाले घटेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ एक रुपैयाँ ३३ पैसाले बढेर एकको खरिददर १६७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ। शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ३५ पैसामा कारोबार भएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ९४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ३३ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ २२ पैसा र बिक्रीमा ९८ रूपैयाँ ६६ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७९ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८३ रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रूपैयाँ २१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ७२ पैसा र बिक्रीदर २७ रूपैयाँ ८४ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ २० पैसा र बिक्रीदर ४३२ रूपैयाँ १५ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ २४ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ८४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
काठमाडौं, १३ फागुन
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनि र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।