२०८३ श्रावण ३०
२०८३ श्रावण ३०

चितवन, १७ फागुन । 

भरतपुर महानगरपालिकाले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न ठेक्का आह्वान गरेको छ ।

निर्माण अलपत्र परेको रंगशालामा पहिलो चरणको काम गर्न महानगरले ठेक्का आह्वान गरिएको हाे। ठेक्का आह्वानकाे म्याद एक महिना राखिएकाे छ ।

महानगर र बागमती प्रदेश सरकारकाे लागत साझेदारीमा रंगशालाको बाँकी काम अगाडि बढाउन लागिएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट सहयाेग जुटाएर निर्माण गरिरहेकाे रंगशालाकाे लागि आर्थिक अभाव भएपछि रंगशालाकाे काम राेकिएकाे थियाे ।

 

फाउण्डेशनले निर्माण सामाग्रीकाे करिब १८ कराेड रूपैयाँ उधाराे रहेकाे बताएकाे छ ।न्युज कारखाना

गाजा, १७ फागुन ।

विश्वका ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रसारण संस्था पत्रकारले गाजामा स्वतन्त्र र भयरहित पत्रकारिता गर्न पाउनु पर्ने माग गरेका छन्  ।

 

इजिप्ट र इजरायली अधिकारीहरूलाई एक पत्र लेख्दै सबै विदेशी मिडियाका लागि गाजामा स्वतन्त्र र निर्बाध पहुँच दिनुपर्ने माग गरेका हुन । उनीहरूले त्यहाँ स्वतन्त्र रिपोर्टिङ आवाश्यक रहेको भन्दै दुइ देश समक्ष सो पत्र लेखेका हुन ।

 

यसरी पत्र लेख्नेमा संयुक्त राज्य अमेरिका र युनाइटेड किंगडमका मुख्य प्रसारण आउटलेटका संवाददाता र प्रस्तुतकर्ताका साथै स्काई न्यूजका विदेशी रिपोर्टर एलेक्स क्रफोर्ड र बीबीसी अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेन सहित रहेका छन ।

 

सो पत्रमा ती सबै पत्रकारहरूले दुबै देशका सरकारहरूलाई गाजा र इजिप्टलाई जोड्ने रफाह क्रसिङबाट एन्क्लेभमा पहुँच गर्न अनुमति दिन आग्रह गरेका छन् ।

 

पत्रमा भनिएको छ, ‘हामी इजरायल र इजिप्टका सरकारहरूलाई गाजामा सबै विदेशी सञ्चारमाध्यमहरूलाई स्वतन्त्र र निर्बाध पहुँचको अनुमति दिन आग्रह गर्दछौं, हामी इजरायल सरकारलाई गाजामा अन्तर्राष्ट्रिय पत्रकारहरूलाई सञ्चालन गर्न र इजिप्टका अधिकारीहरूलाई अन्तर्राष्ट्रिय पत्रकारहरूलाई राफा क्रसिङमा पहुँच गर्न अनुमति दिन खुला रूपमा बताउन आग्रह गर्दछौं।’

 

युद्ध सुरु भएदेखि केवल मुट्ठीभर विदेशी पत्रकारहरूलाई गाजामा पहुँचको अनुमति दिइएको छ, त्यो पनि प्रायः इजरायली सेनासँग अनुमति मागेर जान पाएका छन्  ।

 

स्काई न्यूजको लागि छुट्टै सम्पादकीयमा पत्रकारहरूलाई गाजामा अनुमति दिनको लागि मुद्दा राख्दै क्रफोर्डले भने, ‘हाम्रा केही पत्रकारहरूलाई गाजामा जान अनुमति त दिइएको थियो तर भ्रमणको क्रममा प्यालेस्टिनीहरूसँग कुरा गर्न भने अनुमति दिइएको थिएन।’

 

‘यसका स्पष्ट रूपमा स्मारक सीमितताहरू छन्। हामी सबैले यो प्रश्न गर्नुपर्दछ कि यो अझै पनि पाँच महिनामा दशकौंमा देखिएको सबैभन्दा तीव्र बमबारीमा किन भइरहेको छ ? र यसले भित्र के भइरहेको छ भन्ने बुझाइलाई कसरी असर गर्छ,”क्रफोर्डले भने ।

विगत पाँच महिनादेखि गाजाबाट द्वन्द्वको समाचार लेख्ने र प्रसारण  गर्ने प्यालेस्टिनी पत्रकारहरूले तीव्र इजरायली बमबारीको सामना गरिरहेका छन, जस मध्ये धेरैले ज्यान गुमाउनु परेको छ।

 

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणपछि युद्ध सुरु भएदेखि ९२ प्यालेस्टाइनीसहित कम्तिमा ९९ पत्रकार र सञ्चारकर्मी मारिएको जनाएको छ ।

 

‘यो महत्त्वपूर्ण छ कि स्थानीय पत्रकारहरूको सुरक्षालाई सम्मान गरिएको छ र उनीहरूको प्रयासलाई अन्तर्राष्ट्रिय मिडियाका सदस्यहरूको पत्रकारिताले बलियो बनाउँछ,’ पत्रमा भनिएको छ। उनीहरूको माग छ, युद्दरत स्थलमा व्यापक रिपोर्टिङको आवश्यकता अत्यावश्यक छ।न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

बलिउड फिल्म ‘आर्टिकल ३७०’  फेब्रुअरी २३ बाट थिएटरमा लागेको थियो ।

 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत प्रशंशा गरेको यामी गौतमको ‘आर्टिकल ३७०’ फिल्मले बक्स अफिसमा निकै माया पाइरहेको छ ।

यामी गौतमको फिल्म ‘आर्टिकल ३७०’ ले ६ दिनमा ३० करोडभन्दा बढीको व्यापार गरिसकेको छ ।

 

सैकनिल्कको रिपोर्ट अनुसार ‘आर्टिकल ३७०’ ले छैटौं दिनमा पुग्दा ३.१० करोडको व्यापार गरेको छ। योसँगै घरेलु बक्स अफिसमा ‘आर्टिकल ३७०’ को कुल कलेक्सन ३२.५५ करोड पुगेको छ । याेसँगै फिल्मले रिलिज भएको चार दिनमै बजेटकाे रकम उठाइसकेकाे थियाे ।

 

यामी गौतम स्टारर फिल्म ‘आर्टिकल ३७०’ ले कश्मीरबाट संबिधानको धारा ३७० हटाएको प्रसङगलाइ देखाएको छ । फिल्ममा यामी गौतमका साथै प्रिय मणी, अरुण गोविललगायतका कलाकारको अभिनय रहेको छ ।न्युज कारखाना

राजस्थान, १७ फागुन ।

सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ।

 

सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ ।

अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने रहेको प्रस्टाएको छ ।

 

सर्वोच्च अदालतले पञ्चायतको चुनाव लड्न पनि यस्तै नियमलाई पनि हरियो संकेत दिएको थियो । सर्वोच्च अदालतले यो नियम नीतिको दायराभित्र आउँछ, यसमा हस्तक्षेप गर्न आवश्यक नरहेकोसमेत बताएको छ ।

 

सन २०१७ जनवरी २१ मा रक्षा सेवाबाट सेवानिवृत्त भएपछि रामजी लाल जाटले २५ मे २०१८ मा राजस्थान पुलिसमा राजस्थान पुलिस कन्स्टेबलको पदको लागि आवेदन दिएका थिए । उनको उम्मेदवारी राजस्थान प्रहरी मातहत सेवा नियम १९८९ को नियम २४ (४) अन्तर्गत १ जुन २००२ पछि दुई भन्दा बढी सन्तान भएको कारणले अस्वीकृत गरिएको थियो । सो नियम अनुसार उनलाइ सरकारी जागिरको लागि अयोग्य ठहर गरिएको थियो।

 

यी नियम अनुसार ०१ जुन २००२ वा पछि दुई भन्दा बढी सन्तान भएको सेवामा नियुक्तिको लागि योग्य हुने छैन भनी उल्लेख गरेको छ। अदालतले भन्यो कि अपीलकर्ताले राजस्थान प्रहरीमा हवल्दार पदमा भर्तीको लागि आवेदन दिएका थिए र यस्तो भर्ती राजस्थान पुलिस अधीनस्थ सेवा नियम १९८९ द्वारा शासित रहने छ।

 

पञ्चायत चुनाव लड्न योग्यताको शर्तको रूपमा समान प्रावधान पेश गरिएको थियो, जसलाई सर्वोच्च अदालतले सदर गरेको छ । त्यसपछि अदालतले दुईभन्दा बढी जीवित सन्तान भएमा उम्मेदवारलाई अयोग्य ठहराउने वर्गीकरण गैर भेदभावपूर्ण र संविधानको दायरा भन्दा बाहिर नरहेको ठहर गरेको थियो   किनभने यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्द्धन गर्नु हो।न्युज कारखाना

सिड्नी, १७ फागुन ।

अस्ट्रेलियाली पुलिसले सिड्नी बाहिर एक ग्रामीण इलाकामा एक टिभी प्रस्तोताको शब फेला परेको छ ।

 

सुरक्षा अधिकारीका अनुसार उनको उडान परिचर प्रेमीकोसमेत सँगसँगै शव फेला पारेको छ । यसरी मृत्यु हुनेमा मनोरञ्जन पत्रकार २६ बर्षिया जेसी बेयर्ड र क्वान्टास फ्लाइट परिचर २९ लुक डेभिस हुन ।

 

केही समय देखी हराइरहेका उनीहरूको हप्ता लामो खोजी पछि उनीहरूको शव फेला पारिएको हो र सुरक्षा अधिकारीका अनुसार उनीहरूको सामुहिक हत्या भएको हुन सक्ने गरी अनुसन्धान अघि बढाइएको थियो ।

 

सोही हत्या आरोपमा बेयर्डसँग सम्बन्ध राखेका २८ वर्षीय प्रहरी हवल्दार समातिएका छन, जसलाई यसअघि दुईवटा हत्याको अभियोग लागेको थियो ।

 

‘हामी धेरै विश्वस्त छौं कि हामीले ल्यूक र जेसीलाई फेला पारेका छौं,’ न्यू साउथ वेल्सका प्रहरी प्रमुख करेन वेबले भने, ‘दुई पीडितका परिवारले राहत र दुःखका साथ समाचार प्राप्त गरेको छों, यो जानकारी आरोपीको सहयोगमा आएको हो ।’

 

प्रहरीका अनुसार जोडीलाई मध्य सिड्नीको एक घरमा गोली हानेर सर्फबोर्ड झोलामा शव लोड गरी शहरबाट करिब दुई घण्टाको दूरीमा ग्रामीण स्थानमा लगेर छाडिएकाे थियो ।

ब्यालिस्टिक परीक्षण पछि उनीहरूलाइ, जहाँ अर्थात अपार्टमेन्टमा गोली हानिएको बन्दुकको गोलीको दागको अनुसन्धान गर्दै जाँदा पछि उक्त हतियार प्रहरी चौकी भित्रै भेटिएको थियो । प्रहरीले थप अनुसन्धान भइरहेकाे जनाएकाे छ ।न्युज कारखाना

 

सियोल, १७ फागुन ।

दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ ।

 

महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर अघिल्लो बर्षको तुलनामा झन कम भए पछि थप चिन्ता ब्यक्त गरेको हो ।

 

विश्वको सबैभन्दा लामो आयु भएको तर सबैभन्दा कम जन्मदर भएको देश मध्य दक्षिण कोरिया पनि एक हो । जसका कारण बढ्दो जनसांख्यिकीय चुनौतीका बिचमा दक्षिण कोरिया जुधिरहेकाे छ । दक्षिण कोरियाको छिमेकी जापान पनि साेही मुद्दासँग जुधिरहेको छ ।

 

दक्षिण कोरियाको सरकारले हालै द्रुत रूपमा बुढाहरूको जनसंख्या बढी भएको राष्ट्र हुने घोषणा गर्दै त्यहाँ जन्मदरको संख्या सन २०२३ मा झन न्यून अंकमा झरेको जानकारी दिएको छ । जसअनुसार दक्षिण कोरियाको प्रजनन दरको तथ्यांक अनुसार एक महिलाले आफ्नो जीवनकालमा जन्माउने बच्चाहरूको संख्या ०.७२ मा २०२३ मा झरेको छ, जुन २०२२ को तुलनामा झण्डै ८ प्रतिशतले कमी हो ।

 

यो हालको ५१ मिलियन जनसंख्यालाई कायम राख्न आवश्यक पर्ने २.१ बालबालिका जन्मदरकोको तुलनामा धेरै नै कम हो, जुन यो दरले अगाडी बढेमा दक्षिण कोरियाको जनसंख्या सन् २१०० सम्ममा झण्डै आधा हुने जनसांख्यिक विज्ञहरूले चेतावनी दिइरहेका छन । जसका कारण सरकारले धेरै बच्चा जन्माउनका लागि प्रोत्साहन गर्न नगद अनुदानहरू, बच्चाहरूको हेरचाह सेवा र बाँझोपन उपचारको लागि सहयोग प्रदान गर्न ठूलो रकम खर्च गरिरको छ तर त्यस खर्च अनुसार महिलाहरूले बालबच्चा जन्माइरहेका छैनन्, जसकाकारण प्रत्येक बर्ष जन्मदर निरन्तर घट्दै गएको छ ।

 

दक्षिण काेरियाको जनसंख्या जनगणना विभागका प्रमुख लिम यङ इलले भने, ‘नवजात शिशुको संख्या, जन्मदर, र कच्चा जन्मदर (प्रति १,००० व्यक्तिमा नवजात शिशुहरू)  सबै १९७० पछिको सबैभन्दा न्यून बिन्दुमा छन्, जब जनसंख्याकाे तथ्याङ्क सङ्कलन सुरु देशमा भएको थियो।’

 

लिमले पत्रकारहरूलाई भने कि दक्षिण कोरियाको ०.७२ जन्मदर आर्थिक सहयोग तथा विकास संगठन (ओएसिडी) राष्ट्रहरू मध्येमा सबैभन्दा कम रहेको छ । त्यसमाथी पनिबच्चा जन्माउने औसत उमेर ३३.६ बर्ष रहेको छ, जुन ओएसिडी राष्ट्रहरूमा उच्चतम हो।

१४ डिसेम्बर १९६० मा १८ देशहरूले मूल रूपमा आर्थिक सहयोग र विकास संगठनको महासन्धिमा हस्ताक्षर गरेका थिए, त्यसयता १८ वटा देश यस संस्थाको सदस्य रहेका छन् । जस्मा दक्षिण कोरियाका साथै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत बिकसित राष्ट्रहरू रहेका छन् । तर, ती १८ राष्ट्रहरू मध्ये दक्षिण काेरियामा जन्मदर थप कम हुदैँ गएकाे छ, जस्ताे कि सन २०२२ तुलनामा  सन २०२३ मा नै ८ प्रतिशतले कमी देखियाे ।  न्युज कारखाना

सिंगापुर, १७ फागुन् ।

इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ ।

 

घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सिमित भएको हो ।

सिंगापुरको तथ्यांक बिभाग अनुसार इतिहासमा नै पहिलो पटक प्रजनन दर १ प्रतिशत भन्दा कममा झरे पछि सरकार सन्तान उत्पादनका लागि पहलकदमी गर्ने जनाएको छ ।

सन २०२३ मा अनुमानित ०.९७ प्रतिशतमा झरेको देखेको छ, जुन देशको इतिहासमा पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ।

 

जसले प्रत्येक महिलाले आफ्नो प्रजनन वर्षहरूमा जन्माउने औसत संख्यालाई जनाउँछ । सन २०२२ मा १.०४ र २०२१ मा १.१२ बाट घटेको प्रधानमन्त्री कार्यालयका मन्त्री इन्द्रानी राजाले बुधबार संसदमा जानकारी दिदैँ भनेका छन ।

 

जन्मदर २.१ को प्रतिस्थापन दर भन्दा तल रहेमा चिन्ताको बिषय भन्दै प्रजनन दर बढाउनका लागि आवाश्यक रणनीति बनाउनु पर्ने जनाएका छन्  । न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

मानिसहरू आफ्नो गन्तव्यमा पुग्न र ट्राफिक स्थिति जान्न गुगल नक्सा प्रयोग गर्छन् तर गुगल म्याप्सले दुई जर्मन पर्यटकको ज्यान बालाबाल बचेको छ । गुगल नक्साको भर पर्दा दुवै जना एक साता जङ्गलमा फसेको समाचार बाहिरिएको छ ।

 

वास्तवमा दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए । केही टाढा गए पछि उनीहरुको गाडी जंगलमा हिलोमा फस्न पुग्यो ।

 

सुरुमा दुवैले अस्थायी आश्रय बनाउने प्रयास गरे तर यो योजना सफल हुन नसकेपछि दुवैले त्यहाँबाट पैदलै हिँड्नु नै उचित ठाने । फिलिप र मार्सेलले भने,  ‘हामीले यो यात्रामा जानु अघि गुगल म्याप प्रयोग गर्ने निर्णय गर्यौं किनकी हामीले महसुस गर्यौं कि गुगललाई हामी भन्दा बढी रुटहरू थाहा छ तर गुगल म्यापको भर पर्दा यो यात्रा दुःस्वप्न जस्तै बन्न पुग्यो ।’

 

जंगलबाट बाहिर निस्कन पैदलै खोला पार गर्नु पर्ने गुगल म्यापले बतायो । यति मात्र होइन, यसै क्रममा उनले एउटा गोहीको पनि सामाना गर्नु परेको थियो । यो घटनाको उजुर गरे पछि गुगलले गल्ती भएको स्वीकार गर्दै फिलिप र मार्सेलसँग माफी मागेको अन्तराष्ट्र्रिय सञ्चारमाध्यमले जनाएका छन ।

 

त्यसपछि गुगलले एक विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गर्दै यो सडक गुगल नक्साबाट हटाइएको जनाएको छ । यद्दपी, गुगलले फिलिप र मार्सेल सुरक्षित रहेकोमा राहत महशुश गरेको उसले जनाएको छ ।

 

यो घटनापछि नेभिगेसन एपहरू फेरि प्रश्नको घेरामा परेका छन् । यस्ता घटना यसअघि पनि भएका छन्, जब नेभिगेसन एपहरूले गलत गन्तव्यमा मानिसहरूलाइ पुर्‍याउने काम गरिरहेको छ ।न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदैँछ ।

 

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुने छ ।

जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो ।

 

आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

 

सिरिजको खेल तालिका
– नेपाल भर्सेज नामिबिया, फागुन १५ गते मंगलबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १६ गते बुधबार ।
– नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन १७ गते विहिबार ।
– नेपाल भर्सेज नामिबिया, फागुन १८ गते शुक्रबार ।
– नेपाल भर्सेज नेदरल्याण्डस, फागुन १९ गते शनिबार ।
-नामिबिया भर्सेज नेदरल्याण्डस, फागुन २० गते आइतबार ।

फाइनल, फागुन २२ गते मंगलबार

न्युज कारखाना

काठमाडौं, १७ फागुन ।

जारी केपी ओली फुटबल कप अन्तर्गत आज सेमिफाइनलका खेलहरु हुदैँछन् ।

सेमिफाइनलका दुवै खेल दशरथ रंगशालामा हुनेछ । पहिलो सेमिफाइनल खेल विहान ११ः३० बजे जावलाखेल युथ क्लब र एनआरटी क्लबबीच हुने छ ।

जावलाखेलले केपी ओली एफसीलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो भने एनआरटीले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेल अपराहन्न ३ बजेदेखि मछिन्द्र क्लब र मानेभन्ज्याङ एफसीबीच हुदैँछ ।

मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई ४-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो । त्यस्तै मानेभन्ज्याङले दिल्ली एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो

न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।