काठमाडौं, १८ फागुन ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिनेछन् । र, परराष्ट्र मन्त्री नारायणप्रकाश साउँदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्नेछन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले ‘निर्माणमुखी सामाग्री (ब्यवस्थापन तथा नियमन) बिधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने छिन भने त्यसपछि बैठकमा प्रस्तुत गर्नेछिन् ।
अर्थमन्त्री प्रकाशशरण महतले ‘भन्सार बिधेयक २०८० माथी बिचार गरियोस’ भन्ने प्रस्ताव पेश गर्नेछन भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राज्य ब्यवस्था समितिको प्रतिबेदन सहितको ‘राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मुल्याङकन बिधेयेक २०८० माथी छलफल गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्र ।
साथै, सो बिधेयकलाइ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
आजमिति २०८० साल फागुन १८ गते तदअनुसार फरवरी २९ , सन् २०२४ शुक्रबार, कृष्णपक्षको चतुर्थि तिथि, चित्रा/स्वाती नक्षत्र, वृद्धि योग, तुला राशिमा चन्द्रमा, आजको योगमा गरेको कार्य वृद्धी हुदै जाने मानिन्छ ।
अभिजित् मुहूर्त: बिहान ११:५४ देखि १२:४० सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०६:३०
• सुर्यास्त: बेलुका ०६:०३ बजे
• मेष: स्वास्थ्य सामान्य समस्या हुनेछ। धन अनियन्त्रित खर्च हुनेछ। परिवार साथ दिनेछ। प्रेम जीवन सामान्य छ।
शुभ रङ्ग- रातो
शुभ अंक- ९
• वृष: स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। धनको खर्च बढ्नेछ। परिवारमा केही तनाव हुनसक्छ। प्रेम जीवनमा केही मिठो झगडा हुनेछ।
शुभ रङ्ग-नीलो
शुभ अंक- ७
• मिथुन: स्वास्थ्य उत्तम हुनेछ। धनको आय बढ्नेछ। परिवारमा शान्ति र सुख हुनेछ। प्रेम जीवनमा नयाँ रोमान्स सुरु हुनेछ।
शुभ रङ्ग पहेंलो
शुभ अंक ५
• कर्कट: स्वास्थ्यमा केही समस्या हुनसक्छ। धनको नुक्सान हुनेछ। परिवारमा केही असहमति हुनेछ। प्रेम जीवनमा केही अस्थिरता हुनेछ।
शुभ रङ्ग- हरियो
शुभ अंक-२
• सिंह: स्वास्थ्य ठीक हुनेछ। धनको लाभ हुनेछ। परिवारमा आनन्द हुनेछ। प्रेम जीवनमा विश्वास र समझदारी हुनेछ।
शुभ रङ्ग- सुनहरा
शुभ अंक- १
• कन्या: स्वास्थ्यमा समस्या आउन सक्छ। । धनको बचत गर्नु पर्नेछ। परिवारमा केही विवाद हुनसक्छ। प्रेम जीवनमा केही निराशा हुनेछ।
शुभ रङ्ग- चाँदी
शुभ अंक- १
• तुला: स्वास्थ्य राम्रो हुनेछ। धन उपहार पाउने हुनेछ। परिवारमा प्रेम र सम्मान हुनेछ। प्रेम जीवनमा खुशी र सन्तोष हुनेछ।
शुभ रङ्ग- गुलाबी
शुभ अंक- ७
• वृश्चिक: स्वास्थ्यमा केही चुनौती हुनेछ। धनको निर्णय बुझ्दा बुझ्नु पर्नेछ। परिवारमा केही समस्या हुनेछ। प्रेम जीवनमा केही दुर्घटना हुनेछ।
शुभ रङ्ग-कालो
शुभ अंक- ४
• धनु: स्वास्थ्य उमङ्गमा हुनेछ। धनको अवसर पाउनेछ। परिवारमा सद्भाव हुनेछ। प्रेम जीवनमा नयाँ साथी पाउनेछ।
शुभ रङ्ग-नारङ्गी
शुभ अंक- ८
• मकर: स्वास्थ्यमा धेरै सुधार हुनेछ। धनको बढी खर्च हुनेछ। परिवारमा विवाद हुनसक्छ। प्रेम जीवनमा आत्मविश्वासको कमी हुनेछ।
शुभ रङ्ग- बैंजनी
शुभ अंक- १०
• कुम्भ: आज सामान्य समय छ । धनको लाभ हुनेछ। परिवारमा शान्ति र सुख हुनेछ। प्रेम जीवनमा विश्वास र समझदारी हुनेछ।
शुभ रङ्ग- सुनहरा
शुभ अंक- १
• मिन: स्वास्थ्यमा केही समस्या हुनसक्छ। धनको नोक्सान हुनेछ। परिवारमा केही असहमति हुनेछ। प्रेम जीवनमा केही अस्थिरता हुनेछ।
शुभ रङ्ग- हरियो
शुभ अंक- ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।
बारा, १७ फागुन ।
बाराका दुग्ध उत्पादक किसानले दूधको रकम भुक्तानी र बिक्री वितरण सहजीकरण माग गर्दै बिहीबार बारामा प्रदशर्न गरेका छन्।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढ नगरपालिका स्थित शहिद चोकमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गर्दै विरोध जनाएका थिए।

उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेपछि प्रहरी र आन्दोलनरत किसानबीच केही बेर तनाब उत्पन्न भएको थियो। उनीहरूले सडकमा प्रदर्शन गर्दै किसानको माग सम्बोधनमा सरकार जिम्मेवार नभएको भन्दै दुग्ध किसानसँग आन्दोलन गर्ने बाहेका अन्य कुनै उपाय बार्की नरहेको बताए।

दुग्ध सहकारीमार्फत दैनिक ६० हजार लिटर दुग्ध संकलन गर्दै करीब ५० लाख रकम शहरको पैसा गाउँ भित्र्याउँदै ग्रामिण अर्थतन्त्र मजबुत बनाउन कृयासिल रहेको यस सघंमा रहेका दुग्ध संकलन गर्ने डेरी उद्योगहरुले यस क्षेत्रका किसानको विगत ३ महिना देखिको करीब १८ करोड रुपैयाँ भुक्तानी बक्यौता दिन दिन नसकेको बारा जिल्ला दुध उत्पादक सहकारी संघ लिका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराईले जानकारी दिए।

यस्तै केन्दीय दुग्ध सहकारी संघ लिले दुधको भूक्तानी दिन सरकारले आनाकानी गरेको भन्दै विरोध स्वरुप दुग्ध उत्पादक किसानहरुले नेपाल भरी बन्द गरेको तथा भुक्तानी यथाशिघ्र उपलब्ध गराउन माग गर्दै पटक पटक भएको आन्दोलन र नेपाल सरकारसँग भएको सम्झौतामा सरकार गम्भीर नभएको केन्दीय दुग्ध सहकारी संघ लि नेपालका सचिव थानेश्वोर सापकोटाले बताए।

बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघ लि. मा यस जिल्लाका ४ वटा दुग्ध उत्पादक सहकारी संस्थाका ११ हजार किसान परिवारको आवद्ध छन्।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।
प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रतिसिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
कलाकार जितु नेपालसहित तीन जना सम्मानित भएका छन् ।
नेपालसहित साहित्यकार डम्बर रसिक भारती र समाजसेवी तथा शैक्षिक अभियन्ता जमुना दंगाल घोरासैनी जुगल बोर्डिङ स्कुलको ३४ औं वार्षिकोत्सवको अवसरमा सम्मानित भएका हुन् ।
विद्यालयले उनीहरूलाई समाज विकासमा आआफ्नो विषयगत क्षेत्रबाट महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो । नेपाल जुगल कला सम्मान, रसिक जुगल साहित्य सम्मान र जमुना जुगल शिक्षा तथा समाजसेवी सम्मानबाट सम्मानित भएको सम्मान समितिका संयोजक किशोर बुढाथोकीले जानकारी दिए । उनीहरूलाई चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले सम्मानपत्र प्रदान गरे ।
नेपाली कला क्षेत्रमा मुन्द्रेको नामले कलाकार नेपाल लामो समयदेखि विभिन्न हास्य टेलिशृंखला, चलचित्र, कमेडी सोमार्फत आफ्नो प्रतिभा प्रस्फुटन गरिरहेमा छन् । त्यस्तै साहित्यकार रसिक साहित्यिक पत्रकारितालगायत सिन्धुपाल्चोकको साहित्यलाई उचाईंमा पुर्याउन विभिन्न अभियान र कार्यक्रमहरूमा क्रियाशील छन् ।
जुगल शिक्षा सम्मानबाट सम्मानित हुने ७६ वर्षिया जमुना दंगाल आफूले कहिल्यै बिद्यालय नटेकेपनि शिक्षा विकासका लागि सामाजिक सुरक्षा कोषबाट आएको रकमबाट कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेकी थिईन् । उनले आफ्नो भत्ताबाट शैक्षिक विकासका लागि ज्ञानमन्दिर नमुना माविका लागि साढे तीन लाख रूपैयाको कोष स्थापना गरेकीले सम्मान गरिएको हो ।
बिद्यालयले आफ्नो वार्षिकोत्सबको अवसरको समाज विकासमा योगदान दिने व्यक्तिहरूलाई सम्मान गर्दै आईरहेको छ । उहाँहरूको योगदानको कदर तथा हौसला प्रदान गर्न सम्मान गर्ने गरिएको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश उप्रेतीले जानकारी दिए । यस्तो सम्मानलाई निरन्तरता दिने उनको भनाई छ ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भन्दै लाखौं ठगी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
२६ वर्षीय पुरमान भन्ने फरमान हवारीले निरज सेन्चुरी समेत चार जनालाई दुबई जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि एक प्रतिष्ठित कम्पनीमा मासिक तलब ७० हजार रुपियाँ हुने भनी पीडितहरूबाट पटकपटक गरी ११ लाख ६६ हजार रुपियाँ रकम लिइ सम्पर्कविहिन बनेको प्रहरीले जनाएको छ।
स्थायी घर बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ भइ हाल काठमाडौं बस्ने हवारीलाई कागेश्वरी मनहरा नगरपालिका गोठाटारबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए।
यस्तै, क्रोएसिया पठाउने भनी आठ लाख रुपियाँ रकम लिइ सम्पर्क विहिन भएका ३२ वर्षीय हिराजन पन्त पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर तनहुँ ब्यास नगरपालिका–१० भइ हाल काठमाडौं सामाखुशी बस्ने पन्तले समिर आचार्यलाई क्रोएसिया जान नौ लाख रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्याकिङको काममा मासिक तलब एक लाख ५० हजार हुने भनी प्रलोभनमा पारेका थिए।
यसैगरी, मलेसिया पठाउने भनी दुई लाख दश हजार रुपियाँ लिइ सम्पर्क विहिन बनेका ३७ वर्षीय अस्मिता कार्की पक्राउ परेका छन्।
प्रहरीका अनुसार स्थायी घर सिन्धुली कमलामाई नगरपालिका–११ भइ हाल काठमाडौं गोकणेश्वर बस्ने कार्कीले कान्छा बल समेत तीन जनालाई मलेसिया जान प्रतिव्यक्ति तीन लाख ५० हजार रुपियाँ लाग्ने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा मासिक तलब ६० हजार रुपियाँ हुन्छ भनी प्रलोभनमा पारेका थिए।
निजहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।न्युज कारखाना
अछाम, १७ फागुन ।
बरिष्ठ लोकगायक एवम् लोकसंस्कृतविद् यज्ञराज उपाध्याय गृह जिल्ला अछाममा सम्मानीत भएका छन्।
१ सय ४४ वर्षमा आयोजित वैद्यनाथ कोटी होम ज्ञान महायज्ञको अवसरमा उपाध्यायलाई सम्मान गरिएको हो।
अछामको माटोमा जन्मिएर लामो समयदेखि भाषा, साहित्य, कला र संस्कृतिमा योगदान पुर्याएको भन्दै उपाध्यायलाई सम्मान गरिएको छ। महायज्ञको उद्घाटन राष्ट्रपति पौडेलले गरेकोमा सोही समारोहमा उपाध्याय सम्मानित भएका हुन्।
उपाध्यायले काली–कर्णालीको लोक साहित्यलाई अग्रभागमा राखेर ‘काली–कर्णालीको लोक साहित्य’ ग्रन्थ बजारमा ल्याएका छन्।
९८४ पृष्ठको पुस्तकमा काली–कर्णाली क्षेत्रका लोक साहित्यका सबै विधागत विषय समेटिएका छन्। लोकगीत, लोककथा, लोकगाथा, उखान, टुक्कालगायत सबै विषय समावेश भएका छन्। फाग, मागल, धमारी, चाँचरी, हुड्केउली, भुवो, रनपुतला, होरी, गौरा, अठवाली, भोलाउलो, ठाडो खेल, चैत जस्ता ६० वटा प्रमुख विधा, त्यसका उपविधा र त्यसमा गाइने गीतहरू पुस्तकमा समाविष्ट रहेका छन्। जुन शीर्षकबाट पढ्यो त्यहीबाट नयाँ विषयको उठान र पूर्ण जानकारी प्रदान गर्नेगरी उपाध्यायले पुस्तकलाई तयार पारेका छन्।
उनले गीतमा भन्न खोजिएको विषयको संक्षिप्त चर्चा पनि गरेका छन्। सबै चाडपर्वमा गाइने गीत र खेलिने खेलका विषयमा पनि चर्चा गरेका छन्। कसरी गाइन्छ?, कसरी खेलिन्छ?, कस्तो भेसभुसा प्रयोग हुन्छ? लगायत विषय उनले पुस्तकमा समावेश गरेका छन्। काली–कर्णाली क्षेत्रमा मनाइने चाडपर्वका विषय पनि उनले यसमा समावेश गरेका छन्। त्यस क्षेत्रमा बजाइने बाजाहरूको पनि सचित्र वर्णन गरिएको छ। पुस्तकमा थारु समुदायका लोक नृत्य र चाडपर्वका बारेमा पनि संक्षिप्त वर्णन गरिएको छ। दार्चुला जिल्लामा रहेको व्यासी सौका समुदायका चाडपर्व र संस्कृतिको व्याख्या पनि पुस्तकमा छ। काली–कर्णालीका गाली–बोली, लोकमन्त्र लगायत सम्पूर्ण विषय समावेश गरेका छन्।
उपाध्याय राईझुमा जस्तो लोकप्रिय लोकदेउडा गीतका गायक पनि हुन्। यसरी गीत र पुस्तकका माध्यमले काली कर्णालीको लोकसाहित्यलाई शिखराकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले गृह जिल्लामा उनको सम्मान गरिएको आयोजकले जनाएको छ।
यसरी गृह जिल्लामा भव्य समारोहमा राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा आफूलाई धन जिम्मेवार र गौरवान्वित तुल्याएको उपाध्यायले बताएका छन्।
धर्म संस्कृतिको जगेर्ना गर्न र नेपालका प्रमुख ४ धाम मध्येको वैद्यनाथ धामको प्रचारप्रसार गर्न कोटीहोम ज्ञान महायज्ञ आयोजना गरिएको आयोजकले जनाएको छ। फागुन १० बाट सुरु भएको महायज्ञ फाल्गुन २५ गतेसम्म चल्नेछ।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरू रिहा भएका छन्।
बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।
फागुन १४ गते सोमबार संसद् भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेको आरोपमा प्रहरीले ४९ जनालाई नियन्त्रणमा लिएको थियो।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमको सरुवा भएको छ।
मन्त्रिपरिषद्ले सहसचिव गौतमलाई लोकसेवा आयोगमा सरुवा गरेको हो। उनको ठाउँमा भर्खरै सहसचिवमा बढुवा भएका जयबहादुर भण्डारीलाई ल्याइएको छ।
गौतम मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाको प्रमुखका रुपमा काम गर्दै आएका थिए।न्युज कारखाना
काठमाडौं, १७ फागुन ।
मछिन्द्र क्लब केपी ओली कपको फाइनलमा पुगेको छ।
विहिबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्र क्लबले मानेभन्ज्याङ एफसीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
मछिन्द्रका लागि बिमल घर्ति मगर, आयुष घलान, स्टेफेन बिनोंग, हिसुब थपलिया र देवेन्द्र तामाङले एक एक गोल गरेका थिए।
योसँगै अब फाइनलमा मछिन्द्र र एनआरटीको भिडन्त हुने भएको छ। आजै सम्पन्न पहिलो सेमिफाइनलमा एनआरटीले जावलाखेललाई पराजित गर्दै फाइनलमा पुगेको थियो।
अब फाइनल खेल आगामी शनिबार हुने छ।न्युज कारखाना