२०८३ श्रावण २९
२०८३ श्रावण २९

काठमाडौं, २० फागुन ।

आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य भएको छ ।

 

यसै शृङ्खलामा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीले आफ्नो मुख्य सहर  ‘रस अल हिक्मा’ पनि बेचेका छन्, जसलाई पृथ्वीको स्वर्ग भनिन्छ। इजिप्टको यो ऐतिहासिक सहर अरू कुनै देशले होइन, मुस्लिम राष्ट्रले किनेको हो। यो देशको नाम युएइ हो। युएईले ३५ अर्ब डलर खर्चेर ‘रस अल हिक्मा’ खरिद गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।  ।

 

‘रास अल हिक्मा’ समुन्द्रको किनारमा अवस्थित अति सुन्दर सहर हो। यद्यपि, यो शहर इजिप्टले बेच्न बाध्य भयो। ‘रास अल हिक्मा’ पर्यटकको मनपर्ने ठाउँको रूपमा पनि प्रसिद्ध छ।

 

मिडिया रिपोर्टलाई विश्वास गर्ने हो भने इजिप्टले यो सहर खरिद गरेपछि युएईले छिट्टै यहाँ धेरै प्रोजेक्टमा काम सुरु गर्ने भएको छ । यहाँ युएईले करिब १५० अर्ब डलरको लगानी योजना बनाएको छ ।

 

यस मेगा प्रोजेक्टमा इजिप्टको पनि ३५ प्रतिशत सेयर छ । यदि यो योजना सफल भयो भने यो इजिप्टको इतिहासमा सबैभन्दा ठूलो विदेशी लगानी हुनेछ। युएई बाहेक साउदी अरेबिया र कतारले पनि इजिप्टका धेरै सहर खरिद गर्न चासो देखाएका छन् ।

 

इजिप्टको वर्तमान आर्थिक अवस्था निकै दयनीय छ । जसका कारण ठूला सहरहरु बेच्न बाध्य भइरहेका छन् । वर्तमान सरकारले अन्य मुलुकबाट पनि ऋण लिएको छैन । भर्खरै इजिप्टले साउदी अरेबिया र युएईजस्ता देशसँग ऋणको लागि अनुरोध गरेको थियो तर ती दुवै देशले निराश बनाएका थिए ।न्युज कारखाना

वासिगटन डिसी, २० फागुन ।  संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिशिगन, मिसौरी र इडाहोमा विजय हासिल गरेका छन् ।

 

आफ्नो पार्टीको राष्ट्रपति पदको उम्मेदवारी कब्जा गर्ने दौडमा ट्रम्पले ठूलो गतिमा जीत हासिल गरिरहेका छन्।

 

शनिबार तीनवटै राज्यमा ट्रम्पले संयुक्त राष्ट्र संघका पूर्व राजदूत र उनका अन्तिम प्रतिद्वन्द्वी निक्की हेलीलाई हराउँदै उनले यो बिजय हासिल गरेका हुन ।

पूर्व राष्ट्रपतिले अब अर्को हप्ताको ‘सुपर ट्युज्युडे’ मा जाने हरेक राज्य नामांकन प्रतियोगिता जितेका छन्, जब १५ अमेरिकी राज्य र एउटा क्षेत्रका मतदाताहरूले प्रत्येक पार्टीको लागि आफ्नो मनपर्ने उम्मेद्वार छानेका हुन ।

 

मिशिगनमा राज्य रिपब्लिकन पार्टीका अनुसार उम्मेदवारी दिने ककसमा भाग लिएर ट्रम्पले हेलीलाई सबै १३ जिल्लामा हराएका छन ।

 

१६ सय भन्दा बढी पार्टी भित्रीहरूले पश्चिमी मिशिगन शहर ग्रान्ड र्यापिड्सको ककसमा भाग लिएका थिए, जहाँ उनीहरूले जुलाईमा पार्टीको राष्ट्रिय मनोनयन सम्मेलनको लागि ट्रम्प वा हेलीका लागि प्रतिनिधिहरू छानिरहेका थिए।

 

अमेरिकन सञ्चारमाध्यमका अनुसा ट्रम्पले झण्डै ९८ प्रतिशतको समर्थनमा विजयी भएका हुन । प्रतिस्पर्धी  हेलीले  १,५७५ भोट मध्य जम्मा ३६ मत मात्र पाएकी थिइन् ।

 

मिशिगन रिपब्लिकन पार्टीका अध्यक्ष पीट होइक्स्ट्राले यसलाई अत्यधिक विजय भनेर प्रतिक्रिया दिएका छन् ।न्युज कारखाना

रौतहट २० फागुन ।
रौतहटको कटहरिया नगरपालिकाका अधिकांश निर्वाचित जनप्रतिनिधि बजेटको राजनीतिमा लागेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका छन् ।

दिनभरि नै सवारीसाधनको आवागमन जारी रहने कटहरिया बजारको मूल बाटोमा नाला निर्माण गर्न खनिएको खाडल एक महिनापछि पुरिँदा पनि नाला निर्माण हुन नसकेको कारण नगरबासी सास्ती खेप्न बाध्य भएका हुन् ।

 

कटहरिया–५ गाउँदेखि निर्माण हुँदै आएको नाला स्थानीय किराना व्यवसायी सुरेन्द्र साहको पसल अगाडिबाट बढ्न सकेको छैन । वडा अध्यक्ष सर्फलाल गुप्ताको नेतृत्वमा साहको पसलअगाडि नाला निर्माण गर्न एक महिनाअगाडि पेटी ठेकेदार उपेन्द्र बैठाले खाडल खनेर तल ढलान गरी फलामे छडसमेत प्रयोग गरेका थिए। तर, पछि वडा अध्यक्ष गुप्ताले उक्त स्थानमा ३६ फिट चौडाई हुनुपर्छ अहिले ३१ फिट मात्र छ भनेर निर्माण रोक्का गरेका छन्।

व्यवसायी सुरेन्द्र साह र सामुने घर भएका शिवशंकर साहले आ–आफ्नो नम्बरी जग्गा हाल रहेको बाटोमा ८÷१० फिट पर्ने दाबी गर्दै आएका छन् । सुरेन्द्र साहले जग्गा थोरै खरिद गरी नक्सा बढी बनाउन नापी कार्यालय मौलापुरमा यकीन गरेपछि मात्र नाला निर्माण गर्ने वडा अध्यक्ष गुप्ताले अडान राखेका छन्।

सामुने घर भएका शिवशंकर साहले भने ५!६ फिटको हाराहारीमा आफ्नो पक्की घर भत्काई सकेको बताउँछन्। तर एकमहिना बित्दा पनि वडा अध्यक्ष गुप्ताले सुरेन्द्र साहको जग्गा बारे बास्तविक यकिन गर्न सकेनन्।

उता थोक तथा खुद्रा किराना ब्यवसायी सुरेन्द्र साहको पसलमा दर्जनौं सवारी साधन तथा सयौं ग्राहक दैनिक आवत जावत गर्ने गर्दछन्।

 

पसलअगाडि खनिएको खाडलमा खसेर  कयौंलाई चोटपटकसमेत लागेको उनले पटक पटक गुनासो गर्दै आएको भए पनि समयमा नाला निर्माण हुन सकेन । यसरी महिनौंसम्म पसलअगाडि खनिएको खाडलमा दुर्घटना हुन थालेपछि केहीदिन अगाडि बाध्य भएर सुरेन्द्र साहले नाला निर्माण नहुँदै खाडलमा माटो पुरेका छन् । पेटी ठेकदार बैठाले पनि बाध्य भएर फलामे छडहरु काटेर लागेका छन ।

किराना व्यासायी साहले पसलअगाडि महिनौंसम्म रहेको खाडलको कारण ग्राहक नआएर लाखौँ रुपैयाँ क्षति भएको बताउँछन्। त्यसैगरी पेटी ठेकेदार उपेन्द्र बैठाले पनि खाडल खनेर ढलान भएको र फलामे छड समेत प्रयोग भएर नाला निर्माण नहुँदा आफूलाई पनि लाखौंको क्षति भएको गुनासो गरिरहेका छन्।

कटहरिया–५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले सुरेन्द्र साहको जग्गाबारे बास्तविक यकीन गर्न नापी कार्यालय मौलापुरले ढिलो गरेको कारण समस्या भएको दोह्रयाएका छन्।

कटहरिया नगरपालिकाका निर्वाचित जनप्रतिनिधि बजेट केन्द्रित भएको कारण जनसरोकारको कामहरूमा ढिलाई भएको स्थानीय जानकारहरुले गुनासो गरेका छन।

आश्रय निर्माण सेवाले कटहरिया ४ र ५ मा खानेपानीसँगै ढल तथा नाला निर्माणको ठेक्का लिएको छ । करोडौंको ठेक्काको काम आश्रयले आफैले नगरी साना साना पेटी ठेकदारमार्फत गरिएको कारण पनि भौतिक पूर्वाधार निर्माण समयमा नहुने तथा गुणस्तरमाथि प्रश्न चिह्न उठिरहेको छ।न्युज कारखाना

मस्को, २० फागुन ।

रुसले फेरि एकपटक पश्चिमी देशलाई आतंकित बनाएको छ ।

 

रुसको रक्षा मन्त्रालयले आफ्नो यार्स अन्तरमहादेशीय ब्यालिस्टिक आणविक क्षेप्यास्त्रको सफल परीक्षण गरेको घोषणा गरेको छ । क्षेप्यास्त्र परीक्षण गर्नुको कारण क्षेप्यास्त्रको शक्ति परीक्षण गर्नु भएको मन्त्रालयले जनाएको छ । पुटिनले नेटो देशहरूलाई आणविक युद्धको चेतावनी दिएको दुई दिनपछि यो परीक्षण गरिएको हो।

 

समाचार एजेन्सी तासका अनुसार अनुसार रुसी रक्षा मन्त्रालयले भनेको छ, ‘राज्य परीक्षण कोस्मोड्रोम प्लेसेत्स्कमा योष्कर ओला मिसाइल संरचनाका कर्मचारीहरूले अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल ‘पीजीआरके यार्स’ प्रक्षेपण गरेका छन । यो मोबाइलमा आधारित क्षेप्यास्त्र हो, अर्थात् ट्रकको मद्दतले सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्छ । यो मिसाइलमा धेरै वार हेडहरू छन्।’

 

हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा पश्चिमा देशहरुको बढ्दो संलग्नता प्रति चिन्ता व्यक्त गरेका थिए । पुटिनले युक्रेनकोतर्फबाट नेटो देशहरू युद्धमा सामेल भए  ‘अन्तर्राष्ट्रिय आणविक युद्ध’को जोखिम बढ्ने बताएका थिए । दुई घन्टाको भाषणमा पुटिनले पश्चिमा नेताहरुलाई लापरवाह र गैर जिम्मेवार भएको बताए । यस क्रममा उनले आणविक द्वन्द्वको वास्तविक खतराबारे चेतावनी दिए। यदि आणविक युद्ध भयो भने यसले ‘हाम्रो सभ्यताको विनाश’ निम्त्याउन सक्ने उनले बताए।

 

पुटिनले भने,  ‘हामीसँग पश्चिमी क्षेत्रमा आक्रमण गर्न सक्ने हतियार पनि छ । हामीले नेटो देशलाई धम्की नदिई सुझाव दिइरहेका छौं । युक्रेनसँग नाटो देशहरूको सम्बन्धले आणविक द्वन्द्वको वास्तविक खतरा खडा गर्छ, जसको अर्थ हाम्रो सभ्यताको विनाश हुनेछ।’

 

आरएस–२४ (यार्स) मिसाइल २३ मिटर लामो र मोबाइलमा आधारित बनाइएको छ । रुसको एमआईआरभी यार्स मिसाइल धेरै आणविक हतियार पुर्‍याउन सक्षम छ। यसबाट यो धेरै लक्ष्यहरू प्रहार गर्न सक्षम छ। यो यार्स टोपोल एम मिसाइल प्रणालीको परिमार्जित संस्करण हो।

 

रूससँग विश्वको सबैभन्दा ठूलो आणविक हतियार भण्डार छ, जसमा करिब ५,८८९ आणविक हतियार छन्। संयुक्त राज्य अमेरिका लगभग ५८८९ आणविक हतियारसँग दोस्रो स्थानमा छ। रूस र संयुक्त राज्य अमेरिका दुवैले विश्वको ९० प्रतिशत आणविक हतियारहरू नियन्त्रण गर्छन्, प्रत्येक देशद्वारा लगभग १६७० रणनीतिक आणविक हतियारहरू प्रयोग गरिन्छ।न्युज कारखाना

काठमाडौँ, २० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाबाट देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने अवस्था आएको बतााएका छन् ।

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको गुणात्मक विकाससँगै राष्ट्रियताको परिभाषामा व्यापक हेरफेर आएको बताएका हुन् ।

“आजको परिस्थितिमा देशको सार्वभौमिकता, अखण्डता, सम्प्रभुता, आन्तरिक एकता र सद्भाव जस्ता पक्षहरूको केन्द्रमा सूचना प्रविधि आएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “देशभित्रै सूचना प्रविधिको गुणात्मक विकास र साइबर सुरक्षाले नै देशको स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने ठाउँमा सिङ्गो विश्व आइपुगेको तथ्य हामीले हेक्का राख्नै पर्छ ।” उनले कृतिम बौद्धिकका बहुआयमिक लाभ र केही चुनौतीहरूको गम्भीर अध्ययन गरी आवश्यक नीतिहरू तर्जुमा गर्न अब ढिलाइ गर्न नहुने बताए ।

कृत्रिम बौद्धिकता प्रविधिमा असीम सम्भावनाहरू रहेपनि रोजगारी विस्थापन, पूर्वाग्रह र निष्पक्षताका सवाल, गोपनीयताका सवालहरूमा चुनौती पैदा भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले साइबर सुरक्षा, नैतिक दुविधा, सामाजिक विग्रह, निर्भरता र स्वायत्तता, आदिका कारणले समाजमा थप असमानताहरू थपिन सक्ने जोखिम देखेको बताए ।

नेपालको गरिवी र न्यून आर्थिक विकासको चक्रलाई तोड्न कृत्रिम बौद्धिकता प्रविधिले सुशासन ‘४.०’ जस्ता अवधारणालाई अङ्गीकार गर्न अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता विकासका लागि ‘एआई इकोसिस्टम’  विकासमा आवश्यक पहल लिनैपर्ने अवस्था आएको उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगले सरकारी नीति निर्माण र सुशासन अभिवृद्धिमा टेवा पुर्‍याउने विषयहरू, विद्यालय तथा उच्च शिक्षामा कृतिम बौद्धिकताबाट हासिल गर्न सकिने नतिजाहरू, कम्प्युटेसनल तथा अन्य पूर्वाधारको आवश्यकता, देशमा सञ्चालित अनुसन्धान परियोजना र तालीमहरू, विकासका कार्यहरूलाई त्यस्तो प्रणालीमा जोड्न सकिने विश्वास व्यक्त गरे ।न्युज कारखाना

काठमाडौँ, २० फागुन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको दुनियाँमा ‘पेपरलेस र फेसलेस’ प्रणालीबाट सेवा प्रवाह गरेर मात्र सुशासनलाई सार्थकता दिन सकिने बताएका छन् ।

‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

“सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डाटा विज्ञान, मेशिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्गस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,” प्रधानमन्त्रीले भने, “यसका लागि कृत्रिम बौद्धिकतासम्वन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ ।”

सरकारले हाल उदयीमान प्रविधिको क्षेत्रमा विभिन्न अध्ययन र अनुसन्धानका कामहरू अगाडि बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञान प्रविधि क्षेत्रलाई महत्त्व दिएर नै विज्ञान प्रविधि नवप्रवर्तन कोष निर्माणका लागि बजेट विनियोजन गरिएको बताए । उनले प्रविधिको क्षेत्रमा आत्मनिर्भरताको अवसर सिर्जना गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिए।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तावमा समेत विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तनलाई विशेष महत्त्व दिइने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रस्तावित १६औँ आवद्यिक योजनामा यस क्षेत्रलाई महत्त्वका साथ समावेश गरिएको जानकारी दिएका छन् ।

नवप्रवर्तन र उत्पादकत्व वृद्धिको सवालमा आगामी वर्षदेखि नै सरकारी निकायहरूले कृत्रिम बौद्धिकताको भूमिका बढाउने परियोजनाको विकासमा जोड दिइने विश्वास दिलाउँदै प्रधानमन्त्री प्रचण्डले सरकारी निकायले दिने सेवाको जानकारीका लागि कृत्रिम बौद्धिकतामा आधारित च्याटबट सेवा, वृहत तथ्याङ्कीय विश्लेषणका परियोजनाहरूलाई प्राथमिकतापूर्वक कार्यान्वयन गरिने स्पष्ट पारेका छन् ।


प्रधानमन्त्री प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय तथा विभिन्न सरोकारवाला निकायहरूद्वारा संयुक्तरूपमा आयोजना गरेको ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता–भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनले समृद्ध नेपाल बनाउने सपना सार्थक बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मानिसले गर्ने नियमित कार्यहरू वा धेरै समय लगाएर गर्ने कार्यहरू तथा मानिसले गर्न नसक्ने कार्यहरू कृत्रिम बौद्धिकतामार्फत गर्दा समयको वचत र नवप्रवर्तन तथा उत्पादकत्व वृद्धिका निम्ति बहुउपयोगी रहने प्रधानमन्त्रीको भनाइ छ ।न्युज कारखाना

काठमाडौं, २० फागुन ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य संघीय सांसद एबं गुल्मी जिल्ला इन्चार्ज सूर्य थापाले मिसन ८३ नआई ‘ मिसन- ८४’ नआउने बताएका छन् ।

 

शनिवार काठमाडौको नक्शालस्थित लिसरा रिसेप्सनमा गुल्मी-काठमाडौ सम्पर्क मंचको १२ औँ सम्मेलनमा अतिथीको रूपमा उपस्थित भएका थापाले सो कुरा बताएका हुन् ।

सबैले आगामी ८४ सालमा संघीय र प्रदेश निर्वाचनलाई मात्र ध्यानमा राखेर मिसन – ८४ का कुरा गरिरहदा थापाले ८३ सालमा स्थानीय निकायको चुनाव हुने र स्थानीय निकायमा जीत हातपार्न नसके मिसन -८४ सफल हुन नसक्ने बताएका छन् ।

सम्मेलनमा अतिथीका रूपमा उपस्थित भएका एमाले गुल्मी अध्यक्ष बाल सिंह काउछा र लुम्बिनी प्रदेश सम्पर्क कमिटी अध्यक्ष श्रीप्रसाद पाण्डेले अब बन्ने सम्पर्क मंचको नेतृत्व नेताको धुरी नहाली काम गर्नेबाट बन्नुपर्ने आबश्यकता औँलाउदै नेताको नजिक हुने र पद लिने नगर्न आग्रह गरेको कुरालाई रमाईलो पारामा थापाले नेताको नजिक हुनुस् तर हार्दिकताकासाथ हुनुस् भनि प्रस्ट्याए ।

आफ्नो कुरालाई थप प्रष्ट पार्दै थापाले भने -‘ तपाईहरू चन्द्र भण्डारीको नजिक नहुनुस् प्रदीप ज्ञवालीको नजिक हुनुस् , तपाईहरू रामकुमारीको नजिक नहुनुस् गोकर्ण बिष्टको नजिक हुनुस् ।’

थापाले नेकपा एमाले जस्तो ठुलो पार्टीको सचिवालयमा ४ जना गुल्मी जिल्लाका हुनुमा आम गुल्मीबासी त्यसमाथी एमाले निकटले गर्व गर्नुपर्ने भन्दै थापाले उपस्थित नेता तथा कार्यकर्तालाई उत्साहित समेत बनाए ।

उनले आफु गुल्मीको ईन्चार्ज भएपछि गुल्मीका १२ वटै पालिका घुमेको र कहिकतै त्यस्तो असामान्य अबस्था नरहेको बताउदै गुल्मीमा मिसन ८३ र ‘मिसन-८४’ सफल पार्न नेता तथा कार्यकर्तामा एकता , गतिशिलता , बिशिष्टता र हार्दिकता भए पुग्ने बताए ।न्युज कारखाना

काठमाडौं, २० फागुन ।

यही शुक्रबार अर्थात  फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘उपहार’ले केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)बाट ‘यू’ अर्थात युनिभर्सल सर्टिफिकेट पाएको छ ।

 

यो सर्टिफिकेट पाएपछि सबै उमेर समूहका दर्शकले फिल्म हेर्न पाउँछन् ।
फिल्मका निर्देशक ज्ञानेन्द्र देउजाले फिल्मलाई सेन्सर बोर्डका सदस्यले मनपराएको बताए ।

 

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्यायलगायतको अभिनय छ ।

 

बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।

 

फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गर्नेछ ।न्युज कारखाना

काठमाडौं, २० फागुन ।

अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए ।

नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो । ३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अंकसहित शिर्ष स्थानमा रहेको छ ।न्युज कारखाना

काठमाडौ, २० फागुन।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आज अमेरिकी डलरको भाउ संगै युरो र बेलायती पाउण्डको भाउ घटेको छ ।

 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३५ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९५ पैसा कायम गरिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ०२ पैसाले घटेको हो । शुक्रबार अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ३७ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९७ पैसामा भएको थियो ।

आइतबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ १४ पैसा र बिक्रीदर १४३ रूपैयाँ ७९ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा ३० पैसाले बढेको हो। शुक्रबार यसको खरिददर १४३ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४४ रूपैयाँ ०९ पैसामा कारोबार भएको थियो ।

त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ ३० पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ २२ पैसा र बिक्रीदर १६७ रूपैयाँ ९८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ५२ पैसा र बिक्रीदर १६८ रूपैयाँ २८ पैसामा कारोबार भएको थियो ।

यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ०७ र बिक्रीदर ८६ रूपैयाँ ४६ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ५० पैसा र बिक्रीमा ९७ रूपैयाँ ९४ पैसा कायम गरिएको छ ।

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८४ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरेको जनाइएको छ ।

यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४७ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ ०२ पैसा कायम गरेको छ ।

साथै, कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ९५ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ८९ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।