२०८३ श्रावण २८
२०८३ श्रावण २८

 

हनुमत यादव, रौतहट, १४ चैत ।। रौतहट जिल्लामा ट्राफिक व्यवस्था अवस्थित भएका कारण दिन प्रतिदिन घटना दुर्घटना बढ्दै गएको सर्वादितै छ । तर जिल्लाका ट्राफिक प्रहरीले राजस्व उठाउनमा सिमित रहेको देखिएको छ । आर्थिक वर्ष २०८० /०८१ मा मंसिर महिना सम्म ३०२ ओटा सवारी दुर्घटना हुदा २६ जना ज्यान गुमाएका छन् भने ४७२ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय गौर रौतहटको तथ्याङक रहेको छ । पौस महिना मात्र ४९ वटा सवारी दुर्घटना हुदा ८ जनाको ज्यान गएका छन भने ७० जना घाईते भएका छन् ।

जिल्लाको सदरमुकाम गौर, गरुडा, मौलापुर बंकुल, बमनहर, सुकदेव चौक, शिवनगर, कटहरिया, पिपरा चन्द्रपुर लगायतका ठुला बडा बजारमा अव्यवस्थित पार्किंग, विना सवारी चालक अनुमतिपत्रको ई रिक्सा, टेम्पु लगायत ट्राफिक प्रहरीको सेटीङ्गमा चलिरहेको छ । तर विभिन्न पर्व त्योहारको मौका छोपी ट्राफिक प्रहरीले मोटरसाइकल लगायतका सवारी समाती कार्यवाही गरी राजस्व उठाउनमा केन्द्रित रहेको देखिएको छ ।

आय दिन गौर चपुर सडक खण्ड, गौर गंगा पिपरा सडक खण्ड, बमनहर विरगंज सडक खण्डमा फितलो ट्राफिक व्यवस्थाका कारण घटना दुर्घटना भईरहनछ । प्रहरीको नियम अनुसार कहिले पनी नियमित चेकजाच, सवारी चलाउन संबंधित जनचेतनामुलक कार्यक्रम रौतहटमा कहिले पनी न दिखीएको तर एक्कासि राजस्व संकलनका लागी प्रहरीले पर्व त्योहारको मुखमा मात्र चेकजाच गरी सवारी पक्राउ गरी कार्यवाही गरेको जनगुनासो रहेको छ ।

हालैमा वितेको होली पर्वको अवसरमा जिल्ला प्रहरी कार्यालय गौरको गेट अगाडिनै भारतीय नंबरको सवारीले घटना दुर्घटना घटाउछन भने भन्दै सवारीहरु समाती कार्यवाही गरेको थियो । कागज पत्र हुदा हुदै पनी नपढेलेखेका पर्व त्योहारमा घर आएका नेपाली भाषा नबुझने बोल्न नसक्ने परदेशीहरु डराई धमकाई सवारी समाती कार्यवाही गरेको जन-मानसले आरोप समेत लगाएका छन् । तर पर्व समाप्त हुने वितिकै ट्राफिक प्रहरीको कुनै अतोपतो देखिएको छैन । नेपाल सरकारले सार्वजनिक गरेको राजस्व प्रगति विवरणका अनुसार ४३% राजस्व कम संकलन भएको डाटा सार्वजनिक भएको लगतै राजस्व संकलनमा ट्राफिक प्रहरी केन्द्रीत बनेको स्रोतले जनाएको छ ।

सवारी चलाउने जनचेतनामुलक कुनै किसिमको प्रचार प्रसार नदेखाएको कारण घटना दुर्घटना बढेकाे आम जनताको बुझाई रहेको बुझिएको छ । सवारीको कागज पत्र खोसी बेलुका आउन भनेर पठाईदिने र बेलुका आउदा कागज पत्र फेला नपरेको भन्दै चलान काटीदिने गरेको पिडितहरुले बताएका छन् ।

प्रहरी बरिस्ठ नायब निरिक्षक कमल नेपालीको मातहतका ट्राफिक प्रहरीहरुले आम जनतालाई साह्रै दुख दिएको बुझीएको छ । “साना लाई एन र ठूला लाई चैन” उखान जस्तै नेता पावर पहुच र चिनहजान भएको व्यक्तिलाई कुनै किसिमको रोकटोक नरहेको देखीएको छ ।

राैतहट, १४ चैत्र
रौतहट जिल्लाको बृन्दाबन नगरपालिका वड़ा नम्बर १ भोटिया टोलमा बिबाद हुदा श्रीमानले श्रीमतीको हत्या गरेका छन !
श्रीमती संग विबाद हुदा श्रीमान तीर्थ वाइबाले आफ्नै श्रीमती ३५ वर्षीय सेतीमाया तामांगलाइ धारिलो हथियार प्रयोग गरी घाटी रेतेर हत्या गरेको हो ! श्रीमतीको हत्या गरेपछि लोग्ने तीर्थ वाइबाले आत्म हत्याको समेत प्रयास गरेका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ !
प्रवक्ता प्रहरी नायव उपरीक्षक एलिजा गिरीका अनुसार घाइते अवस्थामा छटपटाई रहेका वाइबालाइ देखेर स्थानीयले प्रहरीलाइ खबर गरेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालको नेतृत्व गएको टोलीले सोध्दा श्रीमती संग विबाद हुदा हसियाले घाटी काटेर हत्या गरेको बताएपछि खोज्दै जादा घर देखि १ किलो मीटर पूर्व बागमती खोलाको छेउमा रहेको मकै बारीमा मृत अवस्थामा लाश फेला परेका छन !
गंभीर घाइते भएको तीर्थ बाइबाको उपचारको लागि पठाइएको र अवस्था गंभीर नै रहेको प्रहरी नायव उपरीक्षक गिरीले बताए ! घटना स्थलबाट २ थान धारिलो हसिया बरामद गरी प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ !

ओम प्रकाश यादव
चैत्र १४ गते, रौतहट ।
रौतहटको मौलापुर नगरपालिकाले मौलापुर मधानी महोत्सव २०८० मा आफना महत्वपूर्ण योगदान दिने विभिन्न पेशा र क्षेत्रका व्यक्तिहरुलाई आज सम्मानित गरेका छन् ।
मैलापुर नगरपालिकाको पतौरामा रहेको पुरात्तात्विक महादेव मन्दिरको प्रांगणमा आज एक कार्यक्रमको आयोजना गरी नगरपालिकाले गत फाल्गुण २२ गतेदेखी २६ गतेसम्म चलेको मधानी महोत्सवमा योगदान पुरयाउने पत्रकार, स्वास्थ्यकर्मी, कर्मचारी सहित दुई दर्जनभन्दा बढि व्यक्तिहरुलाई सम्मान गरेका छन् ।
मौलापुरमा करिव तिनसाता अघि सम्पन्न मधानी महोत्सव २०८० को समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको थियो ।
महोत्सव कार्यक्रमको समिक्षा गर्न आयोजित कार्यक्रममा कलमको माध्यमले मौलापुर मधानी महोत्सव २०८० र पुरात्तात्विक महादेव मन्दिरलाई विश्वस्तरमा पुरयाउन महत्वपूर्ण योगदान दिएको भनी उक्त योगदानको उच्च मुल्यांकन गरी विभिन्न सञ्चारमाध्यममा आवद्ध ७ जना पत्रकारलाइ सम्मान गरिएको छ ।
रातोपाटीका रौतहट संवाददाता एवं बरिष्ठ पत्रकार सञ्जय मिश्रा, साहित्यकार तथा बरिष्ठ पत्रकार सञ्जय साह मित्र, बरिष्ठ पत्रकार प्रभात झा, पत्रकार ओम प्रकाश यादव, पत्रकार रामप्रवेश बैठा, पत्रकार राजु श्रीवास्तव, राजकुमार यादव लगाएतका पत्रकार सम्मानित भएका छन् ।
मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साह र प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले गम्छा ओढाएर पत्रकारहरुलाई सम्मानित गरेका छन् ।
त्यस्तै मधानी महोत्सव कार्यक्रमलाई सभ्य एवं भव्य रुपमा सफल पार्न मञ्च व्यवस्थापन देखी लिएर दर्शकहरुलाइ बस्ने ठाउको व्यवस्थापन, महोत्सव हेर्न आउने लाखौं दर्शकहरुलाई सुविधा सम्पन्न शौचालय, शुद्ध खानेपानीको बन्दोबस्त मिलाएका दर्जनौ व्यक्तिहरुलाई पनि सम्मान गरिएको मेयर रिनादेवी साहका छोरा विवेक साहले जानकारी दिएका छन् ।
महोत्सवमा कलाकारहरुको व्यवस्थापन, विभिन्न धार्मिक कार्यक्रम, पुजापाठ, कुस्ती खेलाडीहरुको बोलाउने देखि लिएर उनिहरुलाई व्यवस्थापन गर्ने लगाएत विभिन्न माध्यमले महोत्सवका लागि योगदान दिने सम्पूर्ण व्यक्तिहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको साहले बताए ।
पmागुण २५ गते आयोजित मधानी महोत्सवमा यस वर्ष भारतिय बाँलिवूडका सुपरस्टार नायक गोविन्दा आहुजा, नेपाली सिनेमाका चर्चित नायक पल साह, भारत विहारका पूर्व राज्य मन्त्री एवं भोजपुरी सुप्रसिद्ध गायक विनय विहारी, भोजपुरी सिनेमाकी सुपरस्टार नायीका निलम गिरी लगाएत नेपाल र भारतका दर्जनौ प्रसिद्ध कलाकारहरुले आफना साँस्कृतिक प्रस्तुति दिएका थिए ।
भारतीय नायक गोविन्दाको प्रस्तुती हेर्न नेपाल र भारत विहारका लाखौं दर्शकहरु मैलापुर ओलिएका थिए ।
महोत्सवमा भएका कमिकमजोरीलाई सुधार गर्ने तथा राम्रा र नराम्रा दुबै पक्षमाथी गम्भीर समिक्षा एवं विचार विमर्श गर्ने उद्देश्यले समिक्षा तथा सम्मान कार्यक्रमको आयोजना गरिएको प्रशासकीय अधिकृत रामबाबु साहले बताए ।
आज गरिएको समिक्षामा कमिकमजोरी देखिएका पक्षहरुलाई व्यापक सुधार गरी आगामी वर्षको महोत्सवलाई अझै सभ्य र भव्य बनाउन आफुहरु लाग्ने अधिकृत साहले बताए ।
उत्खन्नको क्रममा २०७६ सालमा मौलापुर नगरपालिकाको मौलापुर पतौरामा हजारौ वर्ष पुरानो कर्नाटकालिन पुरात्तात्विक महादेव मन्दिर फेला परेको थियो । सो ठाउमा महादेव मन्दिर निर्माण गरी मौलापुर नगरपालिकाले प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्ने गरेको छ ।
पुरात्तात्विक महादेव मन्दिरलाई विश्व सम्पदामा सुचिकृत गराउने उद्देश्यले मौलापुर नगरपालिकाले २०७६ सालदेखी लगातार मौलापुरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ ।

काठमाडौँ ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले कान्ति बाल अस्पतालको आकस्मिक अनुगमन गरेका छन् । मन्त्री यादवले बुधबार अस्पताल पुगेर अस्पताल प्रशासनलाई विभिन्न निर्देशन दिएका छन् ।

उनले उपचारका लागि अस्पताल ल्याइएका कुनै पनि बालबालिका आइसियु बेड खाली नभएर वा मेसिन बिग्रेर जस्ता कुनै पनि कारणले उपचार नगरी फर्काउने कार्य बन्द गर्न निर्देशन दिदै आइसीयु बेड थपेर वा सेवा बिस्तार गरेर भएपनि आइन्दा बिरामी बालबालिकालाई भर्ना नलिई फर्काउने प्रबृत्ति अन्त्य गर्न निर्देशन दिएका छन् ।

मन्त्री यादव अस्पतालका सिटी स्क्यान, एमआरआई, एक्स रे जस्ता बिग्रेको अवस्थामा रहेका कुनै पनि मेसिन तत्काल बनाएर सेवा सुचारु गर्न, अस्पतालमा सञ्चालित फार्मेसीमा आवश्यक सबै प्रकारका औषधि तत्काल उपलब्ध गराउने, भित्रको फार्मेसीमा औषधि नपाएर बाहिर किन्नु पर्ने अवस्थाको तत्काल अन्त्य गर्ने निर्देशन दिएका छन् ।

त्यसैगरी उनले बिरामीले टिकट र रिर्पोट लिनको लागि घन्टौ लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न अनलाइन टिकट काट्न मिल्ने र अनलाइनमैं रिर्पोट हेर्न वा डाउनलोड गर्न मिल्ने व्यवस्था तत्काल मिलाउने तथा अस्पतालमा रहेका ओटि र ओपिडी सेवालाई प्रभावकारी ढंगले सञ्चालन गर्न निर्देशन दिएका थिए ।न्युज कारखाना

दाङ, १४ चैत ।

दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा बबई गाउँपालिका-७ मलैनिवासी रोबरबहादुर घर्तीकी १८ वर्षीया छोरी करिश्मा घर्तीको मृत्यु भएको हो।

बुधबार बिहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरूसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक नवचन्द्र मल्लले बताए। उनको शवलाई पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको छ। न्युज कारखाना

काठमाडौं, १४ चैत।

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १५ किलो चरेस बरामद गरेको छ। विदेश लैजाँदै गरेको चरेस प्रहरीले हिजो बरामद गरेर आज सार्वजनिक गरेको हो।

विमानस्थल भन्सार कार्यालयको एक्स–रे मेसिनबाट कार्गो जाँच गर्ने क्रममा कतार एयरबाट दोहा हुँदै लन्डन लैजान लागिएको १८ वटा फोटो फ्रेमभित्र लुकाएर ल्याइएको अवस्थामा चरेस फेला पारेको प्रहरीले जनाएको छ। न्युज कारखाना

महोत्तरी, १४ चैत ।

औरहीबाट प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका-८ कुसुमका ३० वर्षीय सियाराम महतो र सोही वडाका २० वर्षीय सुबेश शर्मा रहेका छन्।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार उनीहरूलाई प्रहरीले औरही नगरपालिकास्थित विद्युत सवस्टेसनबाट नियन्त्रणमा लिएको हो। बर्दिबासतर्फ जाँदै गरेको लु५९प ६३३७ नम्बरको मोटरसाइकलमा लागूऔषध फेला परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरूको साथबाट एक्सिप्लोन नामक लागूऔषध ९ बोतल र नाइटेभेट ट्याव्लेट १२ पिस, स्पासमो लेखिएको लागूऔषध ट्याव्लेट १३ पिस, बराबद भएको इलाका प्रहरी कार्यालयका गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।न्युज कारखाना

काठमाडौँ ।

बैशाख १५ मा हुने उपनिर्वाचनमा सत्ता समीकरण नै आमने सामने हुने भएका छन् ।

नेकपा एमालेले सबैभन्दा पहिला उपनिर्वाचनको उम्मेदवार छनौट गरेपछि अब अन्य दल पनि उम्मेदार छनौटमा जुटेका छन् ।

एमालेले इलाम-२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदार बनाएको छ । त्यस्तै एकीकृत समाजवादीले इलामा–२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभामा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको बताइएको छ ।

त्यसैगरी राष्ट्रिय स्वत्रन्त्र पार्टीले पत्रकार मिलन लिम्बुलाई उम्मेदार बनाउने तयारी गरेको छ र यसको औपचारिक घोषणा चैत्र १७ गते गर्दै छ ।

त्यस्तै माओवादी केन्द्रले पनि उपनिर्वाचनमा आफ्नै उम्मेदार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको पदाधिकारी बैठकले उम्मेदार उठाउने निर्णय गरको हो ।

भर्खरै बनेको सत्ता समीकरण उपनिर्वाचनमै एक ठाउमा आउन नसक्ने अवस्था बनेपछि यो समीकरणमा अझै आपसी विश्वासको संकट रहेको विश्लेषण हुन थालेको छ । केन्द्रदेखि प्रदेशसम्म सत्ता भागबन्डा गर्ने तर चुनावी मैदानमा एक्ला एक्लै जादा राजनीतिक रुपमा यसले गठबन्धन परिपक्क नभएको अर्थ लागेको विश्लेषण गरिएको छ । सत्ता समीकरणमा एमालेले शुरुमै उम्मेदार छनौट गरेर साझा उम्मेदवार बनाउने प्रयास नै नगरेको माओवादी केन्द्रका एक नेताले न्यूजकारखानासँग बताएका छन् । एमालेको समीकरणप्रतिको व्यवहार फरक रहेको महसुस उपनिर्वाचनको उम्मेदवार छनौटले देखाएको ति नेताले बताए ।

उपनिर्वाचनको उम्मेदवारी दर्ता चैत्र २४ गते रहेको छ । न्युज कारखाना

पोखरा ।

नेकपा एमालेको कास्की जिल्ला अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन् । निवर्तमान सचिवसमेत रहेका क्षेत्री एमाले नेता खगराज अधिकारी समुहका हुन् ।

क्षेत्रीले ५५१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्वन्दी माधव बास्तोलाले ३४९ मत ल्याए । बास्तोला एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार थिए ।

जिल्लाको पदाधिकारीमा पनि एमाले नेता अधिकारी समुहले जित हासिल गरेको छ । कास्कीमा अधिकारी र गुरुङ समुहले प्यानलनै बनाएर चुनाव लडेको थियो ।

एमाले कास्कीको नेतृत्व चयन गर्न ९३५ मतदातामध्ये ९१४ ले मतदान गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् ।

बुधबार तिनै स्कुलका प्रिन्सिपललाई मन्त्रालयमा बोलाएर विद्यालयमा भर्ना प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले भनिन्- ‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनुपर्यो भनेर दबाब दिइरहनु भएको छ। उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे । विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।’

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले विद्यार्थी भर्नामा विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो पोखेका थिए । मन्त्री श्रेष्ठले भने विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन निर्देशन दिदै स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेकी थिइन् ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।