२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं, १९ चैत ।

यो दुनियाँमा जन्मिएमा मर्नु निश्चित छ। कसैको मृत्युको बारेमा केही भन्न सकिन्न । भविष्यमा के हुने हो कसैलाई थाहा छैन। तर, निरन्तर परिवर्तन हुने प्रविधिसँगै असम्भव देखिने धेरै कुराहरु सम्भव हुन थालेका छन् ।

 

अहिले आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआईको युग चलिरहेको छ, जसले नयाँ–नयाँ कारनामा लिएर सबैलाई चकित पारिरहेको छ । यसको अपडेटसँगै मानिसको संसार पनि तीव्र गतिमा परिवर्तन हुँदैछ। अब एआई मार्फत मानिसको मृत्युको मिति र समयको भविष्यवाणी गर्ने काम भइरहेको छ । यो डरलाग्दो भए पनि धेरै मानिसहरू जान्छन् कि तिनीहरू कसरी र कहिले मर्छन् ? यसको उत्तरका लागि मानिसहरु ज्योतिषीकहाँ पनि जान्छन् तर यकिन जवाफ पाउन सक्दैनन् ।

 

तर, युरोपेली देश डेनमार्कका वैज्ञानिकहरूले तपाईको मृत्यु कहिले हुन सक्छ भनेर पत्ता लगाउन एआई प्रविधि प्रयोग गरिरहेका छन्। डेनमार्कका ती वैज्ञानिकहरू लाइफ टु वेक नामक परियोजनामा ​​काम गरिरहेका छन्। यस परियोजना अन्तर्गत वैज्ञानिकहरूले प्रविधि कत्तिको अचम्मको हुन सक्छ भनेर देखाउने प्रयास गरिरहेका छन् । तर, तिनीहरूले यसले निम्त्याउने खतराहरू बारे चेतावनी पनि दिइरहेका छन्।

 

यस परियोजना मार्फत, वैज्ञानिकहरू जान्न चाहन्छन् कि उनीहरूले स्वास्थ्य र सामाजिक घटनाहरूको भविष्यवाणी गर्न सक्छन् कि सक्दैनन्।

 

डेनमार्कको प्राविधिक विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्समा आधारित ‘डेथ क्याल्कुलेटर’ तयार गरेको छ । यो मृत्यु भविष्यवाणी गर्ने बारे दावी गरिएको छ कि यसले व्यक्तिको जीवनको अवधि धेरै सटीकताका साथ बताउन सक्छ। सरल भाषामा यो मृत्यु भविष्यवाणीले व्यक्तिलाई कति वर्ष बाँच्ने छ भनेर बताउन सक्छ।

 

एक तरिकामा एक व्यक्तिले आफ्नो म्याद समाप्त हुने मिति प्राप्त गर्नेछ। वैज्ञानिकहरू भन्छन् कि यो परियोजनाले पनि च्यापजिपिटी जस्तै एल्गोरिदम र डाटामा काम गर्दछ।

 

डेनमार्कको प्राविधिक विश्वविद्यालय (डीटीयू) का प्रोफेसर सुने लेहमनले यसबारे जानकारी दिएका हुन्। उनले सन् २००८ देखि २०२० सम्म ६० लाख मानिसको स्वास्थ्य र श्रम बजार सम्बन्धी तथ्याङ्क परीक्षणका लागि विश्लेषण गरिएको बताए । यस मार्फत मिति भविष्यवाणीकर्ताले ७८ प्रतिशत सटीकताका साथ सही तथ्याङ्क देखाएको छ। लेहम्यानले कुनै पनि कुराको भविष्यवाणी गर्न सक्ने बताउँछन्।न्युज कारखाना

हेटौडा, १९ चैत ।

बागमती प्रदेशसभाको बैठक बस्दैछ ।

 

सो बैठक प्रदेश सभा भवन, हेटौडामा बस्नेछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको बैठक चैत १९ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी यसअघि नै दिएका हुन । उनका अनुसार आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल हुने छ ।

 

बाग्मती प्रदेश सरकारलाइ दिएको समर्थन फिर्ता लिदैँ नेपाली कांग्रेस सरकारवाट बाहिरिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले पुनः विश्वासको मत लिन लागेका हुन ।

 

सो प्रदेशसभामा ११० सदस्य रहेका छन । बागमती प्रदेशसभामा सत्तापक्षबाट नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सदस्य रहेका छन् भने प्रतिपक्षमा रहेका नेपाली कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाको ३ सदस्य रहेका छन् ।

आज मिति २०८० साल ,चैत्र १९ गते

तदअनुसार अप्रिल १, २०२४ सोमवार, कृष्णपक्षको सत्तमी तिथि, मुल नक्षत्र, वरियान योग । धनु राशिमा चन्द्रमा । मांगलिक कार्यको लागि यो शुभ योग हो ।

• अभिजित् मुहूर्त: बिहान ११:४३ देखि १२:३२ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५५

• सुर्यास्त: बेलुका ०६:२२ बजे

 

मेषः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ३

 

वृषः समय ठिकै छ । ध्यान र आराम लिनुहोस्। योग र मेडिटेशन गर्नुहोस्।आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

शुभ रंग: हरियो

• शुभ अंक – २

 

मिथुनः आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

• शुभ रंग: कालो

• शुभ अंक – ७

 

कर्कटः समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

• शुभ रंग: निलो

• शुभ अंक – ३

 

सिंहः समय मध्यम छ। अती रिसबाट बच्नुहोस् । शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: वैजनी

• शुभ अंक – ६

 

कन्याः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

• शुभ रंग: सेतो

• शुभ अंक – २

 

तुलाः समय ठिक छ । शारीरिक र मानसिक स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

• शुभ रंग: पहेलो

• शुभ अंक – १

 

बृश्चिकः समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

• शुभ रंग: रातो

• शुभ अंक – ९

 

धनुः  समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

• शुभ रंग – वैजनी

• शुभ अंक – ३

 

मकरः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् ।

• शुभ रंग: निलो

. शुभ अंक – ८

 

कुम्भः समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

• शुभ रंग: निलो

• शुभ अंक – ७

 

मिनः समय ठिक छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

• शुभ रंग: सुन्तला

• शुभ अंक – ९

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, “ज्योतिष परामर्श केन्द्र” तिनकुने, काठमाडौंको सञ्चालक  हुन्।न्युज कारखाना

 

काठमाडौँ ।

गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले आइतबार सुनिल र विकललाई थप २१ दिन थुनामा राख्न अनुमति दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १० गते नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकललाई गत पक्राउ गरेको थियो ।  न्युज कारखाना

काठमाडौँ ।

फ्रेन्डसिप कप अन्तर्गत गुजरात क्रिकेट एसोसियसनले नेपाललाई ९९ रनको लक्ष्य दिएको छ  ।

टस हारेर पहिला ब्याटिंग गरेको गुजरात १८.२ ओभरमा अल आउट हुदै ९८ रन बनाएको हो  ।

गुजरातका लागि रुद्र पटेलले सर्बाधिक २३ रन बनाए भने हेमंग पटेलले २०, सरल प्रजापतिले १७ रन र अभिषेक देसाईले ११ रन बनाए  ।

त्यसै गरि नेपाली बलर गुलशन झाले सर्बाधिक ४ विकेट लिए भने करण केसीले ३ तथा सोमपाल कामीले एक विकेट लिएका थिए  । न्युज कारखाना

काठमाडौं, १८ चैत ।

कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ।

समितिले अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आइतबार मन्त्रालय पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो।

समितिले ६ महिना लगाएर २ सय ५८ पृष्ठ र १ सय ४० अनूसूची समेटिएको प्रतिवेदन तयार पारेको छ। प्रतिवेदनले राजश्व परिचालनमा वृद्धि, नयाँ रोजगारी सिर्जना तथा सार्वजनिक वित्तको सवलीकरण हुने विश्वास लिएको छ। प्रतिवेदनमा करसम्बन्धी कानून, करका दर, कर प्रशासन, राजश्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव उल्लेख गरिएको छ।

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धका कारण विश्वकै आपूर्ति ऋंखलामा परेको प्रभावबाट विश्व अर्थतन्त्र नै प्रभावित भएको र त्यसबाट नेपाली अर्थतन्त्रमा पनि असन्तुलन पैदा भएको प्रतिवेदनमा छ। तर पछिल्लो समय आर्थिक वृद्धिदर र मुद्रा स्फितीको अवस्थाबाट समग्र अर्थतन्त्र क्रमशः सुधारको लयमा फर्किन थालेको निस्कर्ष प्रतिवेदनको छ।

यस्तै विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ। ‘विगतमा लिइएका कतिपय संकुचनकारी नीतिका कारण आर्थिक वृद्धिदर, रोजगारी सिर्जना र सार्वजनिक वित्त परिचालनमा अपेक्षित सुधार हुन सकेको छैन’, प्रतिवेदनमा भनिएको छ, ‘प्रभावकारी माग र लगानीको वातावरण सुधार नहुँदा आर्थिक वृद्धिदरमा सुस्तता आएको छ।’

प्रतिवेदन बुझाउँदै समिति संयोजक मल्लिकले मुलुकको कर प्रशासन, आर्थिक वृद्धि र समग्र अर्थतन्त्रको विकासका लागि प्रतिवेदन कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे। कम्तिमा आगामी ५ देखि २० वर्षसम्मका लागि राजश्व परिचालनसम्बन्धी नीति निर्माण गर्दा काम लाग्न सुझावहरु प्रतिवेदनमा समेटिएको उनको भनाइ थियो। आर्थिक वृृद्धिमा संकुुुचनको प्रमुख कारण राजश्व संकलन क्षमतामा वृद्धि हुन नसक्नु रहेको ठहर प्रतिवेदनको छ। करको जोखिमभार हेर्न छुट्टै निकाय जरुरी रहेको तथा राजश्व न्यायाधीकरणको विद्यमान संरचनामा परिवर्तन जरुरी रहेको निस्कर्ष प्रतिवेदनको छ। पछिल्लो दशकमा राजश्व वृद्धि हुन नसक्नुमा छुट पनि एउटा कारण रहेको भन्दै प्रतिवेदनले राजश्व छुट नभई करको दायरा बढाउने र कर घटाउने नीति श्रेयस्कर हुने सुझाव प्रतिवेदनको छ।

प्रतिवेदन ग्रहण गर्र्दै अर्थमन्त्री पुनले राम्रो प्रतिवेदन तयार गरेकामा समितिका पदाधिकारीसहित त्यसका संलग्न सबैलाई धन्यवाद दिए। उनले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रसतिबद्ध रहेको बताए। राजश्वले साधारण खर्च धान्न पनि धौधौ परेको र देशभित्र र बाहिरका लगानीकर्ता आकर्षित गर्नुपर्ने समयमा प्रतिवेदन आएको उल्लेख गरे। ‘बजेटको पूर्वसन्धामा केही गर्छु भनेर लागेको समयमा राम्रो प्रतिवेदन हात परेको छ’, मन्त्री पुनले भने, ‘प्रतिवेदनले सरकारको आर्थिक सुधारको प्रयासलाई सहयोग पुग्ने विश्वास छ।’

समितिले यसअघि गत १ कात्तिकमा तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतलाई प्रारम्भिक प्रतिवेदन र १ फागुनमा अन्तरिम प्रविवेदन बुझाएको थियो। ती दुई प्रतिवेदनमा भन्दा केही सुधार गरी अन्तिम प्रतिवेदन तयार पारिएको अर्थ मन्त्रालयका सहसचिव एवं समितिका सदस्यसचिव महेश बरालले जानकारी दिए।

प्रतिवेदन तयार पार्नुअघि समितिले मुख्यमन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित पदाधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र अन्य आयुक्त, प्राकृतिक श्रोत तथा वित्त आयोगका उपाध्यक्ष र पदाधिकारी, निमित्त महालेखा परीक्षक, सरकारका मुख्यसचिव, नेपाल राष्ट्रबैंकका गभर्नरलगायतसँग अन्तरक्रिया र कुराकानी गरेको थियो।

गत २९ भदौमा मन्त्रिपरिषदले पूर्वअर्थमन्त्री एवं पूर्वसचिव विद्याधर मल्लीक नेतृत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो। समितिमा पूर्वसचिव लक्ष्मण अर्याल, त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्राध्यापक डा. रामप्रसाद ज्ञवाली र पूर्वप्रशासक एवं भन्सार विज्ञ रामप्रसाद दाहाल सदस्य थिए।  न्युज कारखाना

काठमाडौं, १८ चैत ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले धरानबासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन्।

आइतबार बधाई दिन मन्त्रालय आएका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू जानकार रहेको बताए। मन्त्री पुनले खानेपानीको दुःखले कतिपय सर्वसाधारण धरानबाट बसाई सरेर अन्यत्र गएको समेत आफूले सुनेको उल्लेख गरे । सरकारले जनतालाई स्वच्छ खानेपानीको व्यवस्थापन गर्न योजना बनाएको जानकारी दिए।

‘धरान धेरै राम्रो र सुन्दर सहर हो, त्यहाँ म केही समय बसेको पनि छु’, उनले भने, ‘खानेपानी समस्याबारे जानकारी छ । यो बजेटमार्फत केही न केही समाधान खोज्ने प्रयास हुनेछ।’ मन्त्री पुनले खानेपानी आयोजनाको माग सम्बन्धित मन्त्रालयबाट आउनुपर्ने भएकाले खानेपानी तथा सरसफाई मन्त्रालयसँग पनि कुरा गर्न सुझाए।

‘म पनि सम्बन्धित मन्त्रालयसँग कुरा गर्छु। यहाँले पनि उताबाट योजना माग गर्नुहोला’, मन्त्री पुनले, ‘म तपाईंको अभियानमा सँगै हुनेछु।’

मेयर साम्पाङले धरानबाट करिब १५ किलोमिटर दूरीमा पर्ने चतरास्थित सप्तकोशी नदीबाट लिफ्टिङ गरी पानी ल्याउन सकिने विकल्पबारे मन्त्री पुनलाई अवगत गरए । उक्त आयोजनाका लागि करिब ५ अर्ब बजेट आवश्यक पर्ने प्राविधिक अनुमान गरिएको उनको भनाइ थियो। राईले अर्थमन्त्री पुनबारे आममानिसमा सकारात्मक धारणा रहेको पाएकाले आफू योजना माग्न आएको उल्लेख गरे। मन्त्री पुनले पनि राईको काम गर्ने शैलीको प्रशंसा गरे। न्युज कारखाना

काठमाडौं, १८ चैत ।

मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इञ्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक, खोप अधिकृत उदेश श्रेष्ठ विरुद्ध मुद्दा दायर गरेको हो।

अख्तियारले हस्पिटेक इन्टरनेशनल र बजार व्यवस्थापक लक्ष्मी आचार्यविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार, कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको भनी मुद्दा परेको छ।

अख्तियारले उनीहरुविरुद्ध दुई करोड ८९ लाख रुपैयाँ विगो मागदाबी गरेको छ।  न्युज कारखाना

भक्तपुर, १८ चैत ।

भक्तपुरको प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा रहेको मूर्ति मर्मत गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ श्री गणेश पुरान महायज्ञ सुरु भएको छ । सूर्यविनायकको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो । महायज्ञ २० गतेसम्म चल्ने जनाइएको छ ।

सूर्यविनायक गणेश मन्दिर परिसरमै महायज्ञ भइरहेको हो । वाल तपस्वीनी माता श्री भुवनेश्वरीको सत संकल्पमा महायज्ञ भइरहेको हो । वाचन प्रविण पण्डित श्री अचयतुप्रसाद खनालको मुखारविन्दवाट वाचन भइरहेको छ ।

 

महायज्ञको क्रममा प्रत्येक दिन बिहान दसबजेदेखि १२ बजेसम्म गणेश पुराण वाचन भइरहेको हो । दिउँंसो दुईबजेदेखि चार बजेसम्म संगीतमय गणेश पुरान प्रवचत भइरहेको छ । साँंझ सात बजेदेखि ९ बजेसम्म महात्मय भजन कीर्तिन हुने कार्यक्रम भइरहेको हो । चैत २० गते तिल अर्पण, पूर्णाहुति लक्ष्य वतीका महाप्रसादी समापन हुने आयोजक श्री गणेश पुराण मूल आयोजक समितिले जनाएको छ । कार्यक्रमको संकल्पकर्ता माता भुवनेश्वरी लक्ष्मी रहेकी छिन् ।

महायज्ञमा आर्थिक संकलन हुने कार्य पनि निरन्तर जारी रहेको छ । स्थानीय तथा विभिन्न ठाउँंहरुबाट आएका भक्तजनहरुबाट गच्छेले भ्याए अनुसार सहयोग प्राप्त भइरहेको जनाइएको छ ।

स्थानीय यज्ञबहादुर कार्कीले आफूले सकेको पाँंच हजार एक रुपैयाँं दान गरेको बताए । मन्दिरको मूर्ति मर्र्मत गर्ने उच्च काम रहेकाले सहयोग प्रदान गरेको उनले बताए । मन्दिरभित्रको गणेश भगवानको शिरमा रहने क्षेफको मूर्ति मर्मतका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यका साथ महायज्ञ गरिएको हो ।  न्युज कारखाना

काठमाडौ, १८ चैत ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्नेछ ।

सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित हुनेछन् ।  न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।