२०८३ श्रावण २७
२०८३ श्रावण २७

काठमाडौं ।

मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरेर साझा एजेण्डा तय गर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरको धारणा छ ।

आज काठमाडौंको नयाँ बानेश्वरमा शिक्षक संघ संगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएर अहिलेको परिस्थितिबाट मुलुकलाई कसरी निकास दिने भन्ने विषयमा छलफल गर्नुपर्ने बताए ।

‘सांसदले संसदमा उठाउने कुरा पार्टीलाई जानकारी नै नहुने हो भने पार्टीले त्यसको भारी बोक्न सक्दैन। मुलुक संवेदनशील अवस्थामा छ। यस्तो अवस्थामा मुलुकलाई निकास दिन पार्टीको संसदीय दल र केन्द्रीय समितिको साझा धारणा हुनुपर्छ। र, त्यही धारणालाई बोकेर हामी जनतामाझ जानुपर्छ,’ उनले भने ।

वर्तमान सरकारले सुशासनको दाबी गरिरहेको भए पनि भनाइ र व्यवहार ठ्याक्क विपरीत रहेको महरको आरोप छ। ‘सरकारले सुशासनको कुरा गरिरहेको भए पनि त्यो व्यवहारमा देखिँदैन। सहकारी ठगीको आरोप लागेका व्यक्तिलाई गृहमन्त्री बनाएर देशका प्रधानमन्त्री नै उनको बचाउमा उभिनु भएको छ। त्यो मुलुकका लागि लज्जाको विषय हो,’ महरले भने ।

सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपी रहेको र उनलाई नै गृहमन्त्रालयको जिम्मेवारी दिइसकेपछि अनुसन्धान प्रभावित हुने कुरामा दुईमत नभएको महरको दाबी छ । ‘जनतामा भ्रम छरेर रवि जी पानीमाथिको ओभानो हुन खोज्दै हुनुहुन्छ । उहाँको गलत चरित्रको ढाकछोपमा प्रधानमन्त्री नै लाग्नु भएको छ। सहकारी ठगको हातमा गृह मन्त्रालय बुझाउँदा उनीमाथि निष्पक्ष छानबिन हुन्छ भनेर कसरी विश्वास गर्ने?,’ महरले भने ।

संसदभित्र कांग्रेसले उच्चस्तरीय छानबिन समिति गठन गर्न र गृहमन्त्रीमाथि छानबिन गर्न आवाज उठाएकोमा प्रतिपक्षीको आवाजलाई बेवास्ता गर्न खोज्नुले पनि सरकारको पारदर्शितामा ठूलो प्रश्न चिन्ह खडा भएको महरले बताए ।

‘यस्तो अवस्थामा कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बसेर हामीले साझा धारणा बनाउनुपर्छ भन्ने मेरो माग हो। बैठकले के कस्ता एजेण्डा ल्याउने र कसरी अगाडि बढ्ने भन्ने विषयमा साझा रणनीति तय गर्नुपर्छ,’ उनले भने ।

जनतासामु कांग्रेसले आफ्ना एजेण्डा कसरी प्रस्ट पार्ने भन्नेमा नै अहिले अन्यौलता देखिएको उनले बताए। यस्तो अवस्थामा केन्द्रीय समिति बैठक बस्न नसक्नु दुखद भएको महरको भनाइ छ ।

१४ औ महाधिवेशन पछि  पार्टीका पाँच जना पदाधिकारी पाँचतर्फ फर्किनु भएको छ। सत्ताबाट बहिर्गमन हुनु प्रधानमन्त्री प्रचण्डले बईमानी गरेको भनेर मात्रै पुग्दैन । पदाधीकारीहरुले आफु पनि चुकेको हो कि भनेर आत्मसमिक्षा नगर्ने ? महर प्रश्न गरे ।

पदाधिकारीका नाममा आजसम्म उहाँहरूको भूमिका र गतिविधि खासै प्रभावकारी देखिएको छैन। उहाँहरू पार्टी र सदनमा पनि खरो रूपमा प्रस्तुत हुन नसक्दा आसातित उपलब्धि भएको छैन । पार्टीका गतिविधिहरूलाई पनि प्रभावशाली रूपमा प्रस्तुत गर्ने भूमिका देखाउनु भएको छैन,’ महरले भने ।

कांग्रेसले अहिले सत्ताका लागि र्‍याल काट्न नहुनेसमेत महरले बताएका छन्। उनले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्दै कांग्रेसले राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउने भूमिका खेल्नुपर्ने धारणा राखेका छन्। पार्टीको घोषणापत्रमा उल्लेख कुरालाई सार्थक बनाउन यतिबेला कांग्रेस केन्द्रित हुनुपर्ने उनले बताए। यत्तिमात्र गर्ने हो कांग्रेसलाई २०८४ मा बहुमत ल्याउन कसैले रोक्न नसक्ने महरको धारणा छ ।न्युज कारखाना

काठमाडौँ ।

‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ ।

पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म हेर्न दोस्रो सातामा पनि दर्शकको भिड कम भएको छैन । नेपाल झैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मले व्यावसायिक रुपमा पनि इतिहास बनाउदैछ ।

अष्ट्रेलिया, अमेरिका झैँ फिल्मले मध्यपूर्वका देशमा पनि आक्रामक व्यापार गरिरहेको छ । गत चैत १५ (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा छ । अर्थात् फिल्म नेपाल झैँ प्रचारप्रसार गरेर नियमित शो (बक्सअफिस) मा लगाईएको छ । मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने बताए ।

मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको बताए । ‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ । यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संवत पहिलोपटक भएको हो’, वितरक ठकुरीले भने,‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन् । हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउदै छ ।’

साथीभाई इन्टरटेनमेन्ट्सका हरी मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली फिल्मको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीले बताए । उनले हालसम्म मध्यपूर्वमा ५ हजार र मलेसियामा पन्ध्रसय दर्शकले फिल्म हेरिसकेको जानकारी दिए । उनका अनुसार सुरुआती चरणमा भएको शो र त्यसमा दर्शकले दिनुभएको प्रतिक्रियाले आगामी दिनमा भव्य व्यापार हुने तय छ ।

‘पहिलो चरणमा नै देखिएको दर्शकको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ । दोस्रो चरणमा हामीले इतिहास बनाउने छौँ’, वितरक ठकुरीले भने । उनले फिल्म हेर्न दर्शकको चाँप हलमा बढेपछि प्रदर्शन भइरहेको भक्स सिनेमाजले नेपाली फिल्मलाई हेर्ने नजरियामा नै फरक परिरहेको बताएका छन् ।

‘यहाँ वर्षेनी धेरै फिल्म प्रदर्शनमा आउँछन्, तर दर्शकले रुचाएको फिल्म सिमित छन् । यही वर्ष पनि केही फिल्म प्रदर्शन त भए तर दर्शक आएनन्, सोही कारण महाजात्रा बारे पनि प्रदर्शक विश्वस्त थिएनन् । तर, अहिले हलमा दर्शकको उपस्थिति देखेपछि आउँदो समयमा नेपाली फिल्मलाई धेरै सजिलो हुन्छ’, वितरक ठकुरीले भने ।

उनले विगत दशकदेखि आफूसहितको समूहले नेपाली फिल्मको प्रचार र बजार विस्तारमा गरिरहेको मेहनतको परिणाम प्राप्त हुने थालेको बताए ।

उनका अनुसार मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुने छ । फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैँ अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ । साथै, संयुक्तराज्य अमेरिका र बेलायतमा मध्यपूर्व झैँ नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्न्युज कारखाना ।न्युज कारखाना

काठमाडौँ ।

नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको अन्तिम खेल आज हुदैछ । यस खेलमा आयरल्याण्ड वोल्भ्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । यो सँगै यस खेलमा नेपाल ए ले पहिला ब्याटिंग गर्ने भएको छ ।

आयरल्याण्ड वोल्भ्सले यस अघिका दुवै खेल जितेर सिरिज जितिसकेको छ । आयरल्याण्ड वोल्भ्सले सिरिजको पहिलो खेल २१ रनले जितेको थियो भने दोस्रो खेल ४० रनले जितेको थियो ।

यो सिरिज पछि नेपाल ए ले अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

नेपाल ए को प्लेइङ ११- विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, पवन सर्राफ, आरिफ शेख, नारायण जोशी, बसिर अहमद, राशिद खान, सागर ढकाल, विपिन खत्री र कमल सिंह ऐरी ।न्युज कारखाना

काठमाडौँ ।

भारतको दिल्ली सरकारको मदिरा नीतिमा कथित घोटालाको मुद्दामा पक्राउ परेका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको छ।

दिल्लीको राउज एभिन्यू अदालतले सोमबार यस्तो आदेश दिएको हो । यसअघि अरविन्द केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए । ईडीले अदालतमा केजरीवालले सोधपुछ गर्दा सहयोग नगरेको र मोबाइलको पासवर्ड समेत नदिएको बताएको थियो ।

केजरीवलले अदालतमा प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन्, त्यो देशका लागि राम्रो नभएको बताएका थिए । केजरीवाललाई दिल्ली सरकारको मदिरा नीतिमा अनियमितता गरेको आरोपमा गत मार्च २१ मा पक्राउ गरिएको थियो ।न्युज कारखाना

काठमाडौँ ।

नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरु भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भने- ‘रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउमा  श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।’

उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डिएनए परिक्षण गर्ने क्रममा आफन्तलाई सरकाले पिडादिएको आरोप समेत लगाए ।न्युज कारखाना

काठमाडौं, चैत १९ ।

सुनको भाउले पुनः नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेको हो । सोमबार छापावाल सुनको भाउ १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ । आइतबार छापावाला सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको भाउले आज सोमबार फेरी नयाँ रेकर्ड राख्न सफल भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।न्युज कारखाना

काठमाडौँ ।

चीनको ९ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् । उनी सोमबार बिहान काठमाडौँ आइपुगेका हुन् ।

भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए ।

बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरेको थियो ।

नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख  एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए ।न्युज कारखाना

काठमाडौँ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेको सहकारी ठगी प्रकरणमा छानबिनको माग गर्दै आज पनि संसदमा विरोध गरेको छ ।

संसदको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानबिन हुनुपर्ने भन्दै सहकारी पिडितको कुरा सरकारले नसुनेको आरोप लगाएकी छन् ।

सांसद गौतमले सरकारले सहकारी ठगिको छानबिनलाई प्रभावित गरेको भन्दै संसदीय समितिको गठनको माग गरेकी छन् । उनले संसदीय समिति गठन गर्ने विषयलाई ठुलो विषय नबनाउन आग्रह गर्दै आफु माथि लागेको आरोपलाई प्रष्ट गर्ने यो अवसर समेत हुने उनले आग्रह गरिन ।न्युज कारखाना

काठमाडौं, चैत १९ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

कार्यालयले २७ वटा कम्पनीहरुलाई कालोसूचीमा राख्न लागेको हो । यी कम्पनीहरुलाई विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्ने संस्थाले एक सुचना जारी गर्दै जनाएको हो । यस्तै, कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

यसअघि कार्यालयले यी कम्पनीलाई ३० दिनको समय दिएर लिखित स्पष्टीकरण पेस गर्न भनेको थियो । तर सो अवधिमा यी कम्पनीले कुनै जवाफ नदिएपछि कार्यालयले ७ दिने सूचना निकालेको हो । यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।न्युज कारखाना

काठमाडौं, चैत १९ ।

प्रि ओपन सेसनमा नेप्से सूचक १.१६ अंकले घटेको छ ।

यससँगै सूचक २०१७.१७ बिन्दुमा आएको छ । १८ लाख ३५ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४० कम्पनीको ४ हजार ७ सय २४ कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

१६ कम्पनीको भाउ बढ्दा २० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।