काठमाडौँ ।
इजरायलमा हजारौं सरकार विरोधी प्रदर्शनकारी फेरि सडकमा उत्रिएका छन् । अक्टोबर ७ मा हमासको हमलापछि इजरायल स्तब्ध भएको थियो र त्यसपछि जनतामा एकता देखिएको थियो ।
तर ६ महिनापछि इजरायलमा बेन्जामिन नेतन्याहुको सरकारविरुद्ध फेरि एकपटक ठूलो प्रदर्शन भइरहेको छ । इजरायलमा हजारौं मानिस सडकमा उत्रिएका छन् ।
जेरुसेलममा हजारौं प्रदर्शनकारीहरूले आइतवार राति शहरको सबैभन्दा ठूलो उत्तर-दक्षिण राजमार्ग अवरुद्ध गरे । यस क्रममा सुरक्षा बलले प्रदर्शनकारीमाथि पानीको फोहोराबाट दुर्गन्धित पानी छोडेको थियो ।
प्रदर्शनकारीहरूले नेतान्याहुलाई तत्काल राजीनामा दिनुपर्ने र चुनाव गराउन माग गरेका छन् । साथै, धेरैले गाजामा बन्धक बनाएका १३० इजरायलीको रिहाइको लागि जतिसक्दो चाँडो सम्झौता गरिनुपर्ने माग गरेका छन् ।
उनीहरुले युद्ध सम्झौता बिना नै लम्बियो भने भने बन्धकहरू मारिनेछन् भन्दै चिन्ता प्रकट गरेका छन् ।
सन् २०२३ मा इजरायलमा प्रदर्शनहरू भएका थिए जसले सरकारलाई हल्लाएको थियो । यसपटक पनि आन्दोलन गर्ने समूहले देशको संसदबाहिर भेला हुन जनतालाई अपिल गरेका छन् ।
गाजामा भएको युद्धलाई लिएर नेतान्याहु सरकारको व्यापक आलोचना भइरहेको छ । गाजामा जारी युद्धमा हालसम्म ६०० इजरायली सैनिक मारिएका छन् ।अक्टोबर ७, २०२३ मा हमासले गरेको आक्रमणमा १२०० इजरायली मारिएका थिए भने २५० जनालाई बन्धक बनाएका थिए ।
त्यसयता इजरायली आक्रमणमा ३२ हजार मानिस मारिएका छन् भने ७५ हजार घाइते भएका छन् । यो आँकडा हमासद्वारा संचालित गाजाको स्वास्थ्य मन्त्रालयको हो ।न्युज कारखाना
हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशमा तटस्थ बस्ने भएको छ ।
राप्रपाले मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई विश्वासको मत दिने प्रक्रियामा तटस्थ बस्ने भएको हो । सोमबार प्रदेशसभाको बैठकमा बोल्दै राप्रपा संसदीय दलका नेता उद्धव थापाले आफुहरुले सबै दलसँग समदुरीमा बस्ने बताउदै मतदान प्रक्रियामा तटस्थमा मतदान गर्ने बताएका हुन् ।
साथै थापाले यसको अर्थ सत्तामा जान खुट्टा उचाल्यो भन्ने नलगाउन आग्रह गर्दै १६ महिनामा मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिन लागेको व्यंग्य गरेका थिए ।
बागमती प्रदेशमा सभामुखसहित १३ सिट रहेको राप्रपा सरकार बाहिर रहेको छ ।
अहिले विश्वासको मतमाथि छलफल चलिरहेको छ र एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मतको पक्षमा मत दिने बताएका छन् ।न्युज कारखाना
काठमाडौँ ।
इस्लामावाद उच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई तोशा खाना मुद्दामा सुनाइएको सजाय स्थगित गरेको छ ।
जनवरी २०२४ मा, इमरान खान र बुशरा बीबीले तोशा खाना मामिलामा इस्लामाबादको एकाउन्टेबिलिटी कोर्टले सुनाएको सजायलाई निलम्बन गर्न उच्च अदालतमा अपील गरेका थिए ।
इस्लामावाद हाईकोर्टको मुख्य न्यायाधीश आमिर फारुक र न्यायमूर्ति मियाँ गुल हसन औरंगजेबको दुई सदस्यीय डिभिजन बेन्चले सोही याचिकाको सुनुवाइ गर्दै सोमबार यस्तो निर्णय गरेको हो ।
अदालतले इमरान खान र उनकी श्रीमतीलाई १० वर्षको जेल सजाय र जरिवाना तोकेको थियो । उनलाई आगामी १० वर्षका लागि सार्वजनिक पदमा रहन पनि अयोग्य घोषित गरिएको थियो ।
अदालतबाट राहत पाए पनि इमरान खान अहिले जेलबाट बाहिर आउन सक्ने छैनन् किनभने उनीविरुद्ध अन्य धेरै मुद्दा पनि विचाराधीन छन् ।न्युज कारखाना
बागलुङ, १९ चैत ।
बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बागलुङ बजारदेखि बागलुङ नगरपालिका–३ दोविल्ला जाँदै गरेको ध १ ह ७५ नम्बरको अटो रिक्सा रात्माटामा दुर्घटना हुँदा एक बालिकासहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक (इन्सपेक्टर) दीपकबाबु केसीले जानकारी दिए।
दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ वर्षीया सम्झना किसान, ५ वर्षीया साँची किसान, ६८ वर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ वर्षीय शन्तबहादुर परियार घाइते भएको इन्सपेक्टर केसीले बताए।
उनले घाइतेहरूको प्रहरीले उद्धार गरी उपचारका लागि धौलागिरि अस्पताल बागलुङमा पठाएको जानकारी दिए। अटो रिक्साका चालक फरार रहेको प्रहरीले जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।
सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्बजनिक भएपछि टिप्पणी गर्दै चौधरीले अनावश्यक हल्लाको पछाडी नलाग्न आग्रह गर्दौ चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।
उनले भनेका छन्- ‘पार्टीको बैठकमा कस्ले कसलाई हातपात गर्यो ? ज्यान मार्ने धम्कि कसले दियो ? सुन्ने हेर्ने साथीहरू साक्षी छन् । जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरुको पछाडी हामी लाग्दैनौँ । अनावश्यक हो- हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रिय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो । पार्टी कसैको पेवा होइन पहिचान बादीहरुको साझा आवाज हो ।’
नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रन्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको छ । टी-२० सिरिको अन्तिम खेलमा नेपाल ए ले आयरल्याण्ड वोल्भ्सलाई ३ रनले पराजित गरेको हो ।
नेपाल ए ले दिएको २१४ रनको लक्ष्य पछाएको आयरल्याण्ड वोल्भ्सले २० ओभरमा ७ विकेट गुमाउदै २१० रन बनाए पछि खेल नेपाल ए ले ३ रनले जितेको हो ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ७ विकेट गुमाउदै २१३ रन बनाएको थियो ।
नेपाल ए का लागि आरिफ सेखले सर्बाधिक ९३ रन बनाएका थिए । आरिफले ४८ बल खेल्दै अविजित ९३ रन बनाएका हुन् । त्यस्तै रसिद खानले २४ रन बनाएका थिए भने बसिर अहमदले १९, कमल सिंह ऐरीले १९, पवन सराफले १३ र कप्तान विनोद भण्डारीले ११ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका लागि फिओन हान्डले २ विकेट लिएका थिए भने लियाम म्याकार्थी, म्याथ्युज फोस्टर, ग्यारेथ डेलानी र गाभिन होयले एक एक विकेट लिएका थिए ।
योसँगै आयरल्याण्ड वोल्भ्सले टी-२० सिरिज २-१ ले जितेको छ । अब नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीच तिन खेलको एकदिवसीय सिरिज खेल्ने छ । सिरिजको पहिलो खेल बुधबार हुने छ ।न्युज कारखाना
काठमाडौँ ।
यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८.९ प्रतिशतले बढेका छन् । नेपाल पर्यटक बोर्डले गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको जानकारी दिएको छ ।
गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएको थिए भने यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
मार्चमा नेपाल आउने पर्यटकमा सबै भन्दा बढी भारतीय पर्यटक रहेका छन् । भारतबाट मार्च महिनामा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन् । चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ ।
बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७ ७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन् । त्यस्तै यसअघि जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल आएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
सोमबार नेप्से ६.२६ अंकले घटेको छ । आज नेप्से घटेर २०१२.०७ अंकमा सीमित भएको छ ।
सोमबार ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५.७५ मा कारोबार भएका छन् ।
आज गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड र माइ खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ ।
त्यस्तै फल्स पावरको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ भने हिमालयन हाइड्रोको ६.२७, अपर लाहोर खोला हाइड्रोको ६.१७ र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ । कम्पनीको कुल ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ ।न्युज कारखाना
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले बागमती र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ ।
नयाँ सत्ता समीकरण दलका शिर्ष नेताहरुबीच एकीकृत समाजवादीलाई सुदूरपश्चिममा तत्काल र बागमतीमा पालैपालो मुख्यमन्त्री दिने सहमति भएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आजको बैठकमा विश्वासको मत लिदै छन् । ११० सदस्य रहेको बागमती प्रदेशमा विश्वासको मत लिन ५६ मत आवश्यक पर्दछ । बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।
त्यसैगरी ५२ सुदूरपश्चिम प्रदेशमा कांग्रेसका १८, माओवादीकेन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टी (नाउपा) का ७, एकीकृत समाजवादी ४ र राप्रपा र स्वतन्त्र २ सांसद छन् ।
सुदूरपश्चिममा नाउपामा सरकारलाई समर्थन गर्ने विषयमा विवाद रहेको छ । त्यसैले सरकार परिवर्तन गर्न सजिलो भने देखिएको छैन ।न्युज कारखाना
काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौंमा कार्यरत लेखापाल प्रमोद निरौलाविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ ।
निरौलाले धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग १५ हजार घुस लिएको अवस्थामा पक्राउ परेका थिए ।
अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुर अनुसार बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको जनाएको छ ।न्युज कारखाना