२०८३ श्रावण २७
२०८३ श्रावण २७

भक्तपुर, २० चैत । 

चाँगुनारायण नगरपालिकाले वडास्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरु तयार गर्नको लागि संचालित प्रथम उद्धारकर्ता प्रशिक्षण सम्पन्न भएको छ ।

 

चाँगुनारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका विपद् व्यवस्थापन स्वयंसेवकहरुको लागि चैत्र ४ गते देखि १४ गतेसम्म विभिन्न ३ समुहमा सञ्चालित प्रशिक्षणका सहभागिहरुलाई एक कार्यक्रमका बीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले प्रमाणपत्र तथा टिसर्ट वितरण गरे ।

समापन कार्यक्रममा नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्धेश्यका साथ नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरु गर्दै आइरहेको बताए । उनले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरुलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र शीप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण संचालन गरेको बताए ।

 

आधारभूत प्रशिक्षण लिएर कार्य गर्ने स्वयंसेवकमध्येबाट छनौट गरी कम्तीमा २५ जनालाई सशस्त्र प्रहरी बलसँगको सहकार्यमा अग्रवर्ती प्रशिक्षणमा सहभागी गराइने जानकारी पनि नगर प्रमुखले दिए । नगर प्रमुख खत्रीले विपद्को अवस्थामा खटिने स्वयंसेवहरुको लागि नगपालिकाले निःशुल्क विमा गर्नुका साथै न्यूनतम सुविधा उपलब्ध गराउने जानकारी पनि गराए ।

तीन समुहमा तीन दिनका दरले ९ दिनसम्म नगरपालिकाको तालिम हल हेल्मेट डाँडामा संचालन गरेकोे प्रशिक्षणमा ३० महिला र ५१ पुरुष गरी ८१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजक चाँगुनारायण नगरपालिकाका विपद् विज्ञ दिनेश थापाले बताए ।  सैद्धान्तिक र प्रयोगात्मक शीपको समेत अभ्यास गरिएको प्रशिक्षणमा प्रशिक्षकहरु शिबराम गौतम, राजुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी लगायतले सहजिकरण गरेका थिए । न्युज कारखाना

इस्लामबाद, २० चैत  ।

खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्।

 

सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतीलाई छतबाट तल फालेका छन् ।

 

घटना पाकिस्तानको लाहोर सहरस्थित नोनारियन चोकमा भएको बताइएको छ । यहाँ शालिमार रोड नजिकै बस्ने मरियमलाई उनका श्रीमानले यही कारणले टेरेसबाट फालेका हुन्, किनभने कुखुरा उसलाई नरम लाग्थ्यो। जसमा खुर्सानी कम थियो ।

 

यो डरलाग्दो घटनापछि त्यहाँ उपस्थित मानिसहरूले तत्काल महिलालाई नजिकको अस्पतालमा भर्ना गरेका थिए। हाल महिलाको अवस्था चिन्ताजनक रहेको र उनको उपचार भइरहेको छ ।

मरियमको खुट्टामा गम्भीर चोट लागेको छ । भाइरल भइरहेको भिडियोमा छतबाट खसेपछि खुट्टाको छेउमा भुइँमा लडेको देख्न सकिन्छ । यस अवधिमा उनी उठ्न पनि सक्दिनन् । पछि नजिकैका मानिसहरू आएर उनलाई मद्दत गर्छन्।

 

पाकिस्तानी मिडियाका अनुसार पुलिसले एफआईआर दर्ता गरेको छ। यति मात्र होइन मुख्य अभियुक्त पनि पक्राउ परेका छन् । यसका साथै अधिकारीहरूले महिलाकी सासू र जेठाजु विरुद्ध पनि मुद्दा दर्ता गरेका छन्। सासुको नाम शाजिया र भाउजुको नाम रोमन रहेको बताइएको छ ।न्युज कारखाना

विराटनगर ।

विभागीय टिम एपिएफ विराट गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रङ्शालामा गएराती सम्पन्न खेलमा एपिएफले चर्च व्वाइज युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेको हो ।    एपिएफको जितमा प्रदिप लामा र अनिष महर्जनले एक-एक गोल गरेका थिए ।

आज मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समिति फुटबल क्लबबीच अन्तिम क्वाटर फाइनल खेल हुनेछ ।

गोल्डकप विजेता टोलीले ट्रफीसहित ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
न्युज कारखाना

काठमाडौ, २० चैत ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैँछ ।

 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे बस्न लागेको हो ।

 

सभापति शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा उक्त बैठक बस्ने कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडयालले जानकारी दिए ।

 

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थित रहने छन् ।न्युज कारखाना

 

 

 

 

 

 

 

काठमाडौँ ।

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले लगातार तेस्रो हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले पराजित गरेको हो ।

मुम्बईले दिएको १२६ रनको लक्ष्य पछाएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाउदै १२५ रन मात्र बनाएको थियो ।

यो यस सिजनमा मुम्बई इण्डियन्सको लगातार तेस्रो हार हो । त्यस्तै राजस्थान रोयल्सले भने यस सिजनमा लगातार तेस्रो जित हासिल गरेको छ । ३ खेलमा ६ अंक हासिल गरेको राजस्थान अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।
न्युज कारखाना

काठमाडाैं, २० चैत ।

प्रतिनिधिसभाकाे बैठक बस्दैँछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बाेलाइएकाे छ ।

 

अाजकाे बैठकमा वन तथा वातावरण मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र उर्जा, जलस्राेत तथा सिंचाइ मन्त्रालय सबन्धी माैखिक प्रश्नहरूकाे सबन्धित मन्त्रिले उतर दिनेछन् ।

 

सभामुख देबराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतकाे बिषयगत समितिहरूमा माननीय सदस्यहरूकाे नाम हेरफेर गरिएकाे जानकारी गराउने छन् ।

 

उपप्रधान मन्त्री एवम परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले …बिमेस्टेक वडा पत्र काे प्रावधान माथी सदनमा छलफल गरियाेसÚ तथा …अनुमाेदन गरियाेस्Ú भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेकाे छ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पति भएकाे …बिधायन सबन्धी बिधेयक २०८० माथी बिचार गरियाेसÚ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्बजनिक गरेकाे सम्भावित कार्यसुचीमा उल्लेख गरिएकाे छ ।न्युज कारखाना

 

काठमाडौं, २० चैत ।

हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

 

दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशका पहाडी भू-भागमा आंशिक बदली तथा देशको बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना

आजमिति २०८० साल ,चैत्र २० गते

तदअनुसार अप्रिल २, २०२४ मंगलवार, कृषणपक्षको अष्टमी तिथि, पुर्वषढा नक्षत्र, परिध योग । धनु राशिमा चन्द्रमा । शत्रु विरुद्धको कार्यको लागि यो शुभ योग हो ।

• अभिजित् मुहूर्त: बिहान ११:४३ देखि १२:३२ सम्म,

• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:५४

• सुर्यास्त: बेलुका ०६:२२ बजे

 

मेषः समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

• शुभ रंग: हरियो

• शुभ अंक – ५

 

वृषः आज समय राम्रो छ । ध्यान र नियमित व्यायाममा समय बिताउनुहोस्। आर्थिक स्थिति सुधार हुने संकेत छ। साथीसँग बिछोड नगर्ने र मनोबल बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् र सम्बन्ध सुधार्नुहोस्।

• शुभ रंग: कालो

• शुभ अंक – ९

 

मिथुनः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस्। माया, प्रेममा आत्मीयता र सहजताको साथमा संबंध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ रंग: निलो

• शुभ अंक – ४

 

कर्कटः समय ठिकै छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक – ३

 

सिंहः समय मध्यम छ । मनलाई शान्त बनाउनुहोस् । आर्थिक स्थिति सुधार हुन सक्छ। बचतमा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने समय हो। परिवारसँग समय बिताउनुहोस् ।अनावश्यक खर्चबाट बच्नुहोस।

‍‍ शुभ रङ्ग: कालो

• शुभ अंक – ९

 

कन्याः समय ठिकै छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्। घर झगडाबाट बच्नुहोला ।

• शुभ रंग: निलो

• शुभ अंक – ८

 

तुलाः समय मध्यम छ। शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। काममा ध्यान दिनुहोस् । आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: सेतो

• शुभ अंक – ७

 

बृश्चिकः  समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या हुनसक्छ, आर्थिक वचत गर्नुहोस्। प्रेमका लागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् । ठुलो र एकल निर्णय गर्दा विचार पुर्याउनुहोला ।

• शुभ रंग: हरियो

• शुभ अंक – ६

 

धनुः समय ठिकै छ । शारिरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् खर्च बढ्नेछ यसर्थ आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

शुभ रंग: रातो

• शुभ अंक – ८

 

मकरः समय मध्यम छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

• शुभ रंग: पहेलो

• शुभ अंक – २

 

कुम्भः समय मध्यम छ । स्वास्थ्यमा ध्यान दिनुहोस्। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट वच्नुहोस।

• शुभ रंग: हरियो

• शुभ अंक – २

 

मिनः समय मध्यम छ । स्वास्थ्यको लागि समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र अनावश्यक खर्चबाट जोगिदै बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् । स्थिर मनबाट फाईदा हुनेछ ।

• शुभ अंक – ६

• शुभ रंग : सेतो

 

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

राैतहट,१९ गते चैत । 

रौतहटको राष्ट्रिय बनमा लागेको आगोको कारण लाखौ मूल्य बरावर काठ जलेर नस्ट भएको छ । सोमबार दिउँसो १ बजे देखि डिभिजन बन कार्यालय क्षेत्रमा घाटगद्दी गरी राखिएको ५० चट्टा भन्दा बढ़ी काठ जलेर नस्ट भएको छ ।

दिन भरी चलेको तेज हावाको कारण लागेको आगो नियन्त्रणमा लिन समस्या भएको डिभिजन बन कार्यालय रौतहटका सुचना अधिकारी बन अधिकृत विमल ठाकुरले बताएका छन ।

गैड़ाटार सब डिभिजन क्षेत्र बाट कटान गरी विक्रीको लागि राखिएको सालको काठमा आगो लागेको छ । आगो नियन्त्रणको लागि गौर नगरपालिका , चन्द्रपुर नगरपालिका ,सर्लाहीको हरिवन नगरपालिका ,बाराको निजगढ र कोल्बीबाट बारुण यन्त्र प्रयोग गरिए पनि आगो पूर्ण रुपमा नियन्त्रण हुन नसकेको ठाकुरले बताए ।

विधुत प्रसारण लाइन मुनि परेको रुखहरु काटेर करीव ४ बर्ष पहिला पूर्व पच्छिम राजमार्ग छेउमाँ  घाटगद्दी गरेर राखिएको कुकाठको चट्टामाँ लागेको आगो नियन्त्रणको लागि नेपाल प्रहरी ,सशस्त्र प्रहरी र बन सुरक्षाकर्मी  प्रयासरत रहेका छन ।

सुख्खा मौषम शुरू भएकोले बनमा डढेलो लाग्ने जोखिम उच्च रहेको देखिदा पनि बन कार्यालयले सर्तकता अपनाउनमा ध्यानकेंद्रित गर्न सकेका छैन । प्रत्येक बर्ष आगलगीको घटना हुने गरेको छ । २९ हजार ४ सय हेक्टरमा रहेको बन क्षेत्रमा डढेलो रोक्नको लागि ९ जना मात्र अग्नि नियंत्रक नियुक्त गरेका छन ।

काठमाडौँ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाएका छन् ।

सोमबार प्रदेशसभामा भएको विश्वासको मत माथिको प्रस्तावमा मतदान हुदै प्रस्तावको पक्षमा ५६ मत परेको थियो । ११० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५६ मत नै आवश्यक पर्दछ ।

आजको मतदान प्रक्रियामा १०८ सांसद उपस्थित थिए । त्यस्तै प्रस्तावको विपक्षमा ३७ मत परेको थियो भने तटस्थमा १५ मत परेको थियो ।

बागमतीमा सत्ता समीकरण दल एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन् । बागमतीमा कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद रहेका छन् ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।