काठमाडौँ ।
योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो ।
पतञ्जली आयुर्वेदको ‘भ्रामक विज्ञापन’ सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।
अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् । रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ ।’
फेब्रुअरी २७ गते सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ । अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो । न्युज कारखाना
काठमाडौँ ।
‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।
सांसद यादवले भने- ‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।’
हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन् ।
हाल काठमाडौँमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन् । उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए ।
काठमाडौंमा रहेका मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।न्युज कारखाना
काठमाडौँ ।
आर्थिक बर्ष २०२४ मा नेपालको अर्थतन्त्र ३.३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जसलाई पर्यटन पुनरुत्थान र जलविद्युत निर्यातको बढ्दो गतिले मुख्य रुपमा डोर्याएको हुनेछ । विश्व बैंकले अर्धवार्षिक रुपमा अद्यावधिक गर्ने ‘कन्ट्री डेलभपमेन्ट अपडेट’का अनुसार विपे्रषण आप्रवाहमा देखिएको उल्लेख्य वृद्धिले निजी उपभोग समेत बढ्नेछ ।
‘सुधारको बाटोमा नेपालको अर्थतन्त्र, तर न्यून निजी लगानी’ शीर्षक तय गरिएको पछिल्लो नेपाल डेभलपमेन्ट अपडेटले आर्थिक बर्ष २०२५ मा थप ४.६ प्रतिशतको वृद्धि हासिल गर्ने प्रक्षेपण गरेको छ । यद्यपि यो प्रक्षेपण बहुचुनौतिसहितको छ, जसमध्ये भारत, खाडी मुलुक र मलेसियाजस्ता साझेदार मुलुकहरुको सुस्त वृद्धि पर्दछ, जसका कारण विपे्रषण र पर्यटनमा गिरावट आउन सक्ने उल्लेख छ । त्यसका लागि व्यावसायिक वातावरणमा सुधारको उद्देश्यसहित धेरै निजी लगानी आकर्षित गर्न जरुरी हुनेछ, जसले मध्यकालीन वृद्धिलाई सहायता पुर्याउनेछ ।
‘पुँजीगत खर्च कार्यान्वयनको सबलीकरण, व्यावसायिक मनोबल बढाउनु र नेपालको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता सबल बनाउनु आर्थिक वृद्धि र गरिबी न्यूनीकरणको सवालमा महत्वपूर्ण छन्’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक फरिस हदाद जर्भोसले भने ।
नेपाल डेभलपमेन्ट अपडेट साउथ एसिया डेभलपमेन्ट अपडेटसँग समानान्तर रुपमा तयार गरिएको हो, जसले दक्षिण एसियाली क्षेत्रको आर्थिक विकास र दृष्टिकोणको परीक्षण र मुलुकहरुले व्यहोर्नुपरेका नीतिगत चुनौतिहरुको विश्लेषण गर्छ ।
‘उत्थानशीलताका लागि रोजगारी’ शीर्षकको अप्रिल २०२४ को यस संस्करणले विश्वका कुनै पनि उदाउँदा बजारहरु र विकासशील मुलुकहरुमध्ये दक्षिण एसियाको वृद्धि सबैभन्दा उच्च देखाएको छ, जुन् सन् २०२४ मा ६ प्रतिशत र सन् २०२५मा ६.१ प्रतिशत हुने अनुमान गरिएको छ । तर प्रतिवेदनले यो दृष्टिकोण (अनुमान) झुक्काउने खालको पनि हुन सक्ने जनाएको छ । धेरै मुलुकहरुको वृद्धि अझै पनि महाव्याधि पूर्वको तहभन्दा अझै कम रहेको र सार्वजनिक खर्चमा बढी निर्भर रहनुपरेको छ । यसै समय, सबै दक्षिण एसियाली मुलुकहरुमा निजी लगानी वृद्धिमा सुस्तता आएको छ र यस क्षेत्रले तिव्र रुपमा बढ्दो काम गर्ने उमेरको जनसंख्याका लागि पर्याप्त जागिरहरु सिर्जना गर्न सकेको छैन ।
‘आफ्नो जनसांख्यिक लाभलाई पूर्ण रुपमा उपयोग गर्न दक्षिण एसिया अहिले असफल भएको छ । यो अवसर गुमेको छ’ दक्षिण एसियाका लागि विश्व बैंकको प्रमुख अर्थशास्त्री फ्रान्जिस्का ओह्न्सोर्जले भनिन् ‘यदि यो क्षेत्रले अन्य उदाउँदा बजारहरु र विकासशील अर्थतन्त्रहरुले जस्तै आफ्नो काम गर्न योग्य उमेर समूहको ठूलो जनसंख्यालाई रोजगार बनाउन सकेको भए त्यसको नतिजा १६ प्रतिशतभन्दा बढी हुन सक्थ्यो ।’
तिव्र रोजगारी सिर्जना गर्न र वृद्धिलाई बढावा दिन साउथ एसिया डेलभपमेन्ट अपडेटले केही नीतिगत सुझावहरु पनि दिएको छ, जस अन्तर्गत व्यापारमा खुलापनको वृद्धि, व्यावसायिक वातावरण र संस्थाहरुको सुधार, वित्तीय क्षेत्रको प्रतिबन्ध फुकुवा, शैक्षिक सुधार र महिला अधिकारको कानुनी संरक्षणको सुदृढीकरण रहेका छन् । यी उपायहरुले रोजगारी वृद्धि र उत्पादन बढाउन तथा जलवायु अनुकूलनमा सार्वजनिक लगानीको लागि आधार तयार गर्न सहयोग पुर्याउने उल्लेख छ ।न्युज कारखाना
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।
नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो ।
८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।न्युज कारखाना
काठमाडौँ ।
भारतको दिल्लीमा अरविन्द केजरीवाल सरकारकी मन्त्री आतिशीले भारतीय जनता पार्टीले आफुलाई आफ्नो पार्टीमा सामेल हुन प्रस्ताव गरेको दाबी गरेकी छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्ना निकटहरुसँग भाजपामा प्रवेश गर्न प्रस्ताव पठाएको दाबि गर्दै त्यसो नगरेमा पक्राउ गर्ने चेतावनी समेत दिएको खुलासा गरेकी हुन् ।
आफुलाई एक महिनाको समय दिइएको बताउदै उनले भाजपाले अब आम आदमी पार्टीलाई ध्वस्त पार्ने रणनीति मन बनाएको बताएकी छन् ।
उनले भनिन्- ‘आम आदमी पार्टीका शीर्ष नेताहरूलाई पक्राउ गरिएको छ । पहिले सत्येन्द्र जैन पक्राउ परेका थिए । त्यसपछि मनिष सिसोदिया, सञ्जय सिंह र मुख्यमन्त्री अरविन्द केजरीवाललाई गिरफ्तार गरियो । अब मसँगै सौरभ भारद्वाज, दुर्गेश पाठक र राघव चड्डालाई पनि पक्राउ गरिदै छ ।’
मन्त्री आतिशीले बीजेपीले आम आदमी पार्टीका नेताहरूलाई गिरफ्तार गर्ने हो भने यो पार्टी ध्वस्त हुन्छ भन्ने अनुमान गरेको बताउदै कार्यकर्ताले त्यस्तो हुन नदिने बताएकी छन् ।
आतिशीले भनिन्, ‘अब मेरो घरमा ईडीले छापा मार्नेछ । ईडीले मेरा आफन्तको घरमा छापा मार्नेछ। हामीलाई समन जारी गरी जेल पठाइनेछ। तर हामी डराउँदैनौं। हामी संविधान र देश बचाउन लड्नेछौं ।’न्युज कारखाना
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा धरानबाट आएको साम्पाङसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गर्दै विभिन्न विकासका माग राखेका हुन् ।
सो भेटमा आफूहरूले खानेपानी, विमानस्थल, राजमार्ग ल्यान्डफिल साइट, उद्योगलगायतका माग प्रधानमन्त्री समक्ष राखेको मेयर साम्पाङले जानकारी दिएका छन्।न्युज कारखाना
।
काठमाडौं ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा)को विवाद रोकिने संकेत देखिएको छ ।
पछिल्लो पटक पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले पार्टीको गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेपछि विवाद अझ बढ्ने संकेत देखिएको हो।
अध्यक्ष श्रेष्ठले पत्र लेख्दै संस्थागत केन्द्रीयत सदस्यहरुलाई कुटपिटमा संलग्न भएको भन्दै पार्टीबाट निष्काशन गरेकी हुन् ।
सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुने विषयमा विवाद हुदा संरक्षक रेशम चौधरी र अध्यक्ष रन्जिताबीचको विवाद अब सतहमा आउन थालेको छ ।
अध्यक्ष रन्जिता केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समिकरणको पक्षमा लाग्ने बताउदै आएकी छन् भने संरक्षक चौधरी भने त्यसको विपक्षमा रहेका छन् ।
श्रीमान श्रीमतीसमेत रहेका रेशम र रन्जिताबीच विवाद बढिरहेका बेला रेशम पक्षले चैत २३ र २४ गतेका लागि संस्थापक केन्द्रीय समिति बैठक बोलाएका छन् ।न्युज कारखाना
काठमाडौँ।
मंगलबार सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा चार सयले घटेको हो ।
सोमबार तोलामा एक लाख ३१ हजार ६ सयमा कारोबार भएको सुन आज एक लाख ३१ हजार २०० मा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, आज तेजावी सुन एक लाख ३० हजार ५५० मा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि सामान्य रुपमा बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर एक हजार ५४५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । न्युज कारखाना
काठमाडौँ ।
फेब्रुअरीमा रूसी जेलमा अलेक्सई नाभाल्नीको दुखद मृत्युको केही घण्टा भित्र सरकार विरोधी ह्याकरहरूको समूहले द्रुत प्रतिकारको घोषणा गरेको थियो । त्यसपछि ह्याकरहरूले रूसको जेल प्रणालीसँग जोडिएको कम्प्युटर नेटवर्कहरूमा उनीहरूको पहुँचको फाइदा उठाउन शुरु गरेका थिए । यस क्रममा, उनीहरुले सम्झौता गरिएको जेल ठेकेदारको वेबसाइटमा नवल्नीको तस्बीर राखिदिएका थिए ।
ति वेभसाइटमा ‘एलेक्सी नाभाल्नी अमर रहुन् !’ लेखिएको एक राजनीतिक र्यालीमा नाभाल्नी र उनकी पत्नी युलियाको फोटो पनि समावेश थियो । उनीहरूले सुरक्षा उल्लंघनमा त्यो डाटाबेसको कथित रूपमा बेपत्ता रहेका सयौं रूसीहरूको विवरण समावेश गरिएको थियो ।
कैदीहरू र तिनीहरूका सहयोगीहरू, र कथित रूपमा आर्कटिक पेनल कालोनीका कैदीहरूको बारेमा जानकारी समावेश गरिएको थियो जहाँ फेब्रुअरी १६ मा नाभाल्नीको मृत्यु भएको थियो ।
साइबर सुरक्षा उल्लङ्घनमा संलग्न भएको दाबी गर्ने ह्याकरले रूसी आप्रवासी र युक्रेनीहरू लगायत विभिन्न राष्ट्रियताका ह्याकरहरूले यो डाटा साझा गरेको बताए । यसमा कैदी र उनीहरूका आफन्तहरूको सम्पर्क जानकारी पनि समावेश छ ।
एक ह्याकरले आफ्नो घुसपैठको हद देखाउँदै अनलाइन च्याटमा खुलासा गर्दै भनेका थिए- ‘हामीले अनलाइन स्टोरमा पहुँच लग हेरिरहेका थियौं र धेरै भन्दा धेरै ग्राहकहरूले खरिद गरेपछि यसले द्रुत रूपमा स्क्रोल गरिरह्यो ।’
ह्याकरहरूले रूसी जेल प्रणालीको अनलाइन कमिसरीमा उनीहरूको पहुँच स्थापित गरेर परिवारका सदस्यहरूलाई कैदीहरूको जानकारी दिने गरेका छन् । उनीहरुले शुल्क लिएर यस्तो गरिरहेको रिपोर्टमा बताइएको छ ।न्युज कारखाना