आरके श्रीवास्तव,रौतहट,१६ गते फाल्गुन ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा गोविन्द चौधरीको चुनावी अभियान दिनप्रतिदिन सशक्त बन्दै गएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का उम्मेदवार चौधरीले मौलापुर नगरपालिकाको सोनरनिया कोण सभालाई सम्बोधन गर्दै मधेशीको अधिकारको अधुरो संघर्षलाई पूर्णता दिन आफ्नो पार्टीलाई विजयी गराउन मतदातासँग आग्रह गर्नुभयो ।

सभामा बोल्दै चौधरीले आफू कसैसँग व्यक्तिगत दुश्मनी नरहेको र कसैलाई ठगेको इतिहास नभएको स्पष्ट पार्नुभयो । “नेता राम्रो भयो भने मात्र विकास र समृद्धि सम्भव छ,” उनले भने, “म जितेपछि जिम्मेवारी तपाईंकै हातमा रहनेछ। यदि मेरो प्रतिनिधिले गलत गरिरहेको छ भने नडराई सोध्नुस्, खबरदारी गर्नुस् ।”

उनले मतदातालाई सचेत रहन आग्रह गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक भविष्यका लागि मतदान गर्न अपिल गर्नुभयो । “थोरै लोभले तपाईंका बालबच्चाको भविष्यमा डकैती हुन सक्छ,” भन्दै उनले भावुक शैलीमा मतदातालाई एकपटक अवसर दिन हात जोडेर अनुरोध गर्नुभयो ।
यसअघि चौधरीले मौलापुर नगरपालिका अन्तर्गत मर्यादपुर, चिरचिरिया, पतौरा, मौलापुर र सोनरनियामा भव्य शक्ति प्रदर्शन ¥याली गर्नुभएको थियो । ¥यालीमा हजारौं समर्थकहरूको उत्साहजनक सहभागिता देखिएको थियो, जसले क्षेत्र नम्बर ३ मा जसपा नेपालको बढ्दो प्रभावलाई संकेत गरेको स्थानीयहरूको भनाइ छ । भव्य मोटरसाइकिल ¥याली पनि निकालिएको थियो ।

कार्यक्रममा मौलापुर नगरपालिकाका मेयर प्रत्याशी रामप्रवेश यादव, शिवपर्सन यादव र विरेन्द्र यादवलगायतका नेताहरूले खुलेर समर्थन जनाएपछि रौतहट–३ मा चौधरीको उम्मेदवारी झनै बलियो बन्दै गएको विश्लेषण गरिएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार मधेशी मुद्दा, विकासको प्रतिबद्धता र पारदर्शिताको नाराले चौधरीको अभियानलाई थप ऊर्जा दिएको छ । अबको चुनावी परिणामले रौतहट–३ को राजनीतिक दिशालाई नयाँ मोड दिन सक्ने आकलन गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,१४ गते फाल्गुन ।
रौतहट । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ताले रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी नेपालका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पूर्व मन्त्री गोविन्द चौधरी आफ्नो मार्गदर्शक रहेको बताएका छन् ।

रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा बिहीबार आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै मन्त्री गुप्ताले चौधरी विकास र समृद्धिप्रति सदैव चिन्तित रहने नेतृत्व भएको उल्लेख गरे । उनले चौधरी अत्यधिक मतका साथ विजयी हुने विश्वास व्यक्त गर्दै स्थानीय जनताले उनलाई अपार समर्थन गर्ने वातावरण बनेको बताए ।

मन्त्री गुप्ताले रौतहटमा आफूले इन्चार्जको रूपमा काम गरेको स्मरण गर्दै यहाँका जनता आफ्ना लागि आदरणीय रहेको बताए । उनले जसपा नेपालको विचार, नीति र दूरदर्शितालाई कार्यान्वयन गर्न पार्टी अध्यक्ष उपेन्द्र यादव लाई प्रधानमन्त्री तथा चौधरीलाई मन्त्री बनाउन मतदाताले सहयोग गर्नुपर्ने धारणा राखे ।

अघिल्लो सरकार हरेक क्षेत्रमा असफल भएको आरोप लगाउँदै उनले भ्रष्टाचार बढेको, विकास र समृद्धि प्रभावित भएको तथा देश आर्थिक-राजनीतिक संकटबाट गुज्रिएको बताए । संघीयता, समानुपातिक समावेशी प्रणाली र अधिकार संरक्षणका लागि जसपा नेपाल चुनावी मैदानमा रहेको उल्लेख गर्दै उनले छाताछापमा मतदान गर्न अपिल गरे ।
उनले विगत ४० दिनदेखि उम्मेदवार चौधरी घरदैलोमा सक्रिय रहेको उल्लेख गर्दै मतदातालाई उनको काँध मजबुत बनाउन आग्रह गरे । चौधरी विजयी भए केन्द्रमा उनले काम गर्ने र प्रदेशमा आफूले जिम्मेवारी सम्हाल्ने मन्त्री गुप्ताको भनाइ थियो ।

कार्यक्रम उम्मेदवार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सभामा पूर्व प्रदेश सांसद रामकिशोर यादव, प्रदेश सांसद शोभा साह तथा महिला नेतृ किरण ठाकुरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । पूर्व वडा अध्यक्ष राजेश साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन जसपा नेपालका युवा नेता पुनित रामले गरेका थिए ।

(विज्ञापन)
आरएन पटेल, रौतहट, फागुन १३ गते।
रौतहट निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बौधीमाई नगरपालिका वडा नं. ६ पिपरियामा बुधवार जसपा नेपालको उम्मेदवार रामअशिष राय यादवले स्थानीय बासिन्दासँग भेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार यादवले घरदैलो अभियान अन्तर्गत टोल-टोलमा पुगेर जनताको गुनासो सुन्नुका साथै सुझाव संकलन गरेका हुन।
कार्यक्रममा पूर्व मेयर राजीव रंजन यादव समेत सहभागी भई स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन। सो अवसरमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक पूर्वाधार, अधुरा विकास निर्माणका योजना तथा युवाको रोजगारी जस्ता विषयमा छलफल गरिएको हो।
स्थानीय बासिन्दाहरूले क्षेत्रको समग्र विकास, पारदर्शी शासन व्यवस्था र युवामैत्री कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँदै मधेश र मधेशी समुदायको हक-हितको सुनिश्चितताका लागि जनता समाजवादी पार्टी नेपाल नै सक्षम विकल्प भएको बताएका थिए। उनीहरूले आगामी निर्वाचनमा अत्यधिक मतले विजयी गराउने प्रतिबद्धता समेत व्यक्त गरेका छन।
उम्मेदवार यादवले जनताको विश्वास र साथले मात्रै समृद्ध क्षेत्र निर्माण सम्भव हुने उल्लेख गर्दै आफ्नो चुनाव चिन्ह ‘छाता’ मा मतदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग अनुरोध गरेका छन। उनले जनताका समस्या समाधान र विकासका अधुरा योजना पूरा गर्ने प्रतिबद्धता गरेका छन।
भेटघाट कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणको भव्य उपस्थिति रहेको थियो।
आरके श्रीवास्तव,राैतहट,१३ गते फाल्गुन ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका उम्मेदवार तथा पूर्व मन्त्री गोविन्द चौधरीले स्वच्छ र ईमानदार राजनीतिक अभ्यासमार्फत मात्र चुनाव जित्न सकिने बताएका छन् ।
आज कटहरिया ३ बिर्ति प्रष्टाेकामा घरदैलो कार्यक्रमपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले छलछाम, भ्रमपूर्ण प्रचार तथा अरूलाई बदनाम गरेर राजनीतिक सफलता हासिल गर्न नसकिने धारणा राखेका छन् ।
उनले मतदातालाई गलत र भ्रामक प्रचारको पछि नलाग्न आग्रह गर्दै यसपटकको निर्वाचनलाई “आरपारको लडाइँ” को संज्ञा दिए । चौधरीले आफू कुनै दबाब वा प्रलोभनमा नपर्ने उल्लेख गर्दै सिद्धान्त र विचारमा अडिग रहेको बताए ।

“राजनीति मेरो लागि पद प्राप्तिको माध्यम मात्र होइन, सामाजिक परिवर्तनको अभियान हो,” उनले भने, “यदि म ईमानदार छैन भन्ने लाग्छ भने मलाई मत नदिनुहोस्, तर भ्रममा परेर निर्णय नगर्नुहोस्।”
उनले मधेसी समुदायका अधिकार सुनिश्चित गर्न अझै धेरै काम बाँकी रहेको उल्लेख गर्दै लाई विजयी गराउन आग्रह गरेका छन् ।

चौधरीले मतदातालाई स्वच्छ छवि भएका उम्मेदवार चयन गर्न आग्रह गर्दै तडकभडक र भ्रम फैलाउने भाषणबाट सतर्क रहन सुझाव दिए ।
कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,११ गते फाल्गुन ।
साेनु कुशवाहाले जनमत पार्टी परित्यागको घोषणा गरेका छन् । रौतहट–२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनले चुनावको मुखमै पार्टी छाड्ने निर्णय सार्वजनिक गरेपछि पार्टीभित्रको आन्तरिक असन्तुष्टि बाहिरिएको छ ।
उनले पार्टीभित्र व्यक्तिवाद र परिवारवाद हाबी भएको आरोप लगाएका छन् । परिवर्तन र वैकल्पिक राजनीतिको नारासहित अघि बढेको पार्टी व्यवहारमा भने सीमित नेतृत्वको स्वार्थमा केन्द्रित भएको उनको दाबी छ । युवामाथि दमन हुँदा नेतृत्व मौन बसेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।
पार्टी अध्यक्षको नेतृत्वप्रति संकेत गर्दै उनले निर्णय प्रक्रिया एकलौटी रहेको, उम्मेदवारहरूसँग समन्वय नगरेको तथा स्थानीय जनभावनालाई बेवास्ता गरिएको आरोप लगाएका छन् । “जनताको आवाज सुन्ने वातावरण नभएको संरचनामा बसिरहनु राजनीतिक आत्मसमर्पण बराबर हुन्छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनका अनुसार पार्टी नेतृत्व आफ्नै क्षेत्र र आफन्तको क्षेत्रमा सीमित हुँदा अन्य क्षेत्रका उम्मेदवारहरू उपेक्षामा परेका छन् । कुशवाहासँगै सो क्षेत्रमा १४ जना नेताले पनि साधारण सदस्यबाट राजीनामा दिएको जनाइएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१० गते फाल्गुन ।
रौतहट । गाेविन्द चाैधरीले प्रतिनिधिसभा सदस्यका लागि (जसपा नेपाल) का उम्मेदवारका रूपमा रौतहट क्षेत्र नम्बर ३ अन्तर्गत आइतवार व्यापक चुनावी घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।
उनले गरूडन–५ शिवनगर र कटहरिया–६ फत्तेपुरमा विशेष भेटघाट तथा घरदैलो कार्यक्रम गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन् ।
घरदैलोका क्रममा उम्मेदवार चौधरीले विगतका विकास गतिविधि, आगामी योजना र क्षेत्रको समग्र समृद्धिका विषयमा आफ्ना प्रतिबद्धता प्रस्तुत गर्दै चुनाव चिन्ह “छाताछाप”मा मतदान गर्न आग्रह गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

“रौतहट क्षेत्र नम्बर ३ लाई विकास र समृद्धिको नयाँ चरणमा पुर्याउन तपाईंहरूको साथ आवश्यक छ,” उनले भने, “यसपटक छाताछापमा मतदान गरी परिवर्तनको पक्षमा उभिनुहोस् ।”
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले उम्मेदवार चौधरीप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै यसपालि “छाताछाप”लाई विजय गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । विभिन्न टोल–बस्तीमा पुगेका चौधरीलाई स्थानीयले स्वागत गर्दै विकास र जनअपेक्षाअनुसार काम गर्न सुझावसमेत दिएका थिए ।

चुनावी माहोलसँगै क्षेत्र नम्बर ३ मा उम्मेदवारहरूको घरदैलो कार्यक्रम तीव्र बन्दै गएको छ । मतदातासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै उम्मेदवारहरू आ–आफ्ना एजेन्डा र योजना लिएर घरदैलोमा सक्रिय देखिएका छन् ।
बारा, फाल्गुन ९ गते ।
आम जनता पार्टी (आजपा) का बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विजय यादव ‘निर्विज’ले गरीब, भूमिहीन तथा विपन्न वर्गका नागरिकका लागि योजनाबद्ध नयाँ वस्ती निर्माण गर्ने महत्वाकांक्षी एजेन्डासहित आफ्नो चुनावी अभियान तीव्र बनाएका छन्।
आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ४ कोईलीडीह र हरनहिया, वडा नं. ३ बतरा, वडा नं. २ खजुरिया तथा बारागढी गाउँपालिकाको विसुनपूर्वा बजारमा आयोजित जनसम्पर्क तथा भेटघाट कार्यक्रममा सम्बोधन गर्दै यादवले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सभामार्फत आफ्नो विकास दृष्टिकोण प्रस्तुत गरेका छन्।
“जनता पहिलो, आजपा हाम्रो भरोसा!” भन्ने नारासहित उनले आवास, रोजगारी र आधारभूत सेवामा पहुँचलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएको स्पष्ट पारे।
यादवले भने,
“घर नागरिकको अधिकार हो, विलासिता होइन। हजारौँ परिवार अझै सुरक्षित आवासबाट वञ्चित छन्। हाम्रो सरकार बनेपछि व्यवस्थित आवास परियोजना ल्याएर गरीब तथा भूमिहीनलाई स्थायी घर उपलब्ध गराइनेछ।”
उनका अनुसार प्रस्तावित नयाँ वस्तीहरूमा स्वच्छ खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, सडक, विद्युत्, शौचालय, डिजिटल सेवा तथा रोजगारी सिर्जना कार्यक्रमसमेत समेटिनेछ।
“भूमिहीनलाई जमिन, गरीबलाई मकान—आजपाको विकास अभियान!” भन्ने प्रतिबद्धतासहित उनले मधेश क्षेत्रमा अव्यवस्थित बसोबास र गरिबी समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्ने लक्ष्य रहेको बताए।
स्थानीय बुद्धिजीवी, युवा तथा महिलाहरूले “सत्ता होइन सेवा, आजपाको प्रतिबद्धता!” भन्ने स्पष्ट नीति र गरीबमुखी विकास दृष्टिकोणलाई आशाको रूपमा लिएका छन्।
रामअधार प्रसाद यादव,राैतहट,१० गते फाल्गुन ।
रौतहटकाे फतुवा विजयपुर नगरपालिका–६ पेटभरवाका पूर्व वडा अध्यक्ष औपचारिक रूपमा मा प्रवेश गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य पदका लागि रौतहट क्षेत्र नम्बर ३ बाट उम्मेदवार रहेकी लाई सघाउने उद्देश्यसहित उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।
घरदैलो अभियानका क्रममा आयोजित विशेष कार्यक्रमबीच पार्टीका नेताहरू तथा कार्यकर्ताहरूले यादवलाई स्वागत गरेका थिए ।
यसअघि शुक्रबार नगरपालिका–३ का वडा अध्यक्ष पनि पार्टी प्रवेश गर्नुभएको थियो । पछिल्लो समय विभिन्न तहका जनप्रतिनिधि तथा राजनीतिक व्यक्तित्वहरू नेकपामा प्रवेश गर्ने क्रम बढ्दै गएको देखिएको छ ।
कार्यक्रममा नेता विन्देश्वर यादव, वडा प्रत्याशी सुखल यादव लगायत सयौँ नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसै क्रममा उम्मेदवार ले टेंग्राहा र पेटभरवामा घरदैलो कार्यक्रम तथा मतदाता भेटघाटलाई तीव्रता दिनुभएको छ । स्थानीय तहदेखि प्रतिनिधि सभासम्म चुनावी सरगर्मी बढ्दै जाँदा क्षेत्र नम्बर ३ मा राजनीतिक गतिविधि झनै सक्रिय बन्दै गएको छ ।
आरके श्रीवास्तव,राैतहट,१० गते फाल्गुन ।
जिल्ला प्रशासन कार्यालय राैतहट द्वारा गौर नगरपालिकाकाे क्षेत्रमा कर्फ्यू आदेश संशोधनसहित निरन्तरता दिएकाे छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम कर्फ्यू आदेश लागू गरिएको जानकारी दिएका छन् ।
जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार २०८२ फागुन ९ गते दिउँसो १:०० बजेदेखि जारी गरिएको कर्फ्यू २०८२ फागुन १० गते बिहान ६:३० बजेसम्म निरन्तर रहने जनाइएको छ ।
प्रशासनले अत्यावश्यक कार्यका लागि २०८२ फागुन १० गते बिहान ६:३० देखि ८:३० बजेसम्म कर्फ्यू खुकुलो पार्ने निर्णय गरेको छ । यद्यपि, उक्त समयमा पनि कुनै प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने स्पष्ट गरिएको छ ।
त्यसपछि बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्म पुनः कर्फ्यू लागू रहनेछ । कर्फ्यू लागू हुने क्षेत्र पूर्व मुडबलवा गेट,पश्चिम लालबकैया बाँध,उत्तर बम नहर र दक्षिण गौर भन्सार कार्यालय रहेको छ ।
प्रशासनले कर्फ्यू आदेशको उल्लंघन गर्नेलाई कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । जिल्लावासीलाई शान्ति–सुरक्षा कायम राख्न प्रशासनलाई सहयोग गर्न आग्रह गरिएको छ ।
शनिबार बिहान गौर नगरपालिका–६ स्थित सनगडा गाउँमा मुस्लिम समुदायले प्रार्थना गरिरहेका बेला हिन्दू समुदायले बाजा बजाएको भन्दै विवाद सिर्जना भएको थियो । उक्त विवाद भड्किएर हिंसात्मक रूप लिँदै झडपमा परिणत भएको थियो ।
आरके श्रीवास्तव,राैतहट,०९ गते फाल्गुन ।
राैतहट क्षेत्र नम्बर ३ बाट गोविन्द चौधरी (छाताछाप) ले शनिबारबार कटहरिया नगरपालिकाका विभिन्न वडामा चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।

उम्मेदवार चौधरीले कटहरिया नगरपालिका वडा नम्बर ८ को पिप्रा पोखरिया र बलुआ टोल तथा वडा नम्बर ९ को डुमरिया मुसहरी टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनाव चिन्ह छाताछापमा मतदान गर्न आग्रह गरेका थिए ।

घरदैलो अभियानका क्रममा बलुआ टोलका मतदाताहरूले यसपटक चौधरीलाई जिताउने योजना बनाइसकेको प्रतिक्रिया दिएका छन् । “अन्यलाई मुखले जवाफ दिइसकेका छौं, अब बैलेटबाट जवाफ दिनेछौं,” भन्दै स्थानीयले छाताछापलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

त्यस्तै पिप्रा पोखरियाका मतदाताहरूले पनि चौधरीको जित सुनिश्चित हुने विश्वास व्यक्त गर्दै खुला समर्थन जनाएका छन् ।

यसैगरी कटहरिया–९ डुमरिया मुसहरी टोलमा मतदाताहरूले आफूहरू चौधरीको प्रतीक्षामा रहेको बताउँदै उनले चुनावी मैदानमा उम्मेदवारी दिएपछि साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन् । “हामी तपाईंको साथमा छौं, छातालाई जिताउँछौं,” भन्ने मतदाताको प्रतिक्रिया रहेको थियो ।
चुनावी अभियानलाई तीव्रता दिँदै उम्मेदवार चौधरीले घरदैलोमार्फत मतदातासँग प्रत्यक्ष संवाद बढाइरहेका छन् ।
