काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा पञ्जावले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको लक्ष्य पछाएको पञ्जावले १८.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
पञ्जावको यस सिजनमा यो पाँचौं जित हो । १३ खेलमा १० अंक रहेको पञ्जाव प्लेअफको दौडबाट यसअघि नै बाहिरिएको छ ।
त्यस्तै राजस्थान रोयल्सको भने यो पाँचौ हार हो । राजस्थानले आफ्ना पछिल्ला चार खेलमा लगातार हार बेहोरेको छ । राजस्थानको १३ खेलमा १६ अंक रहेको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । राजस्थान यसअघि नै प्लेअफमा भने छनौट भइसकेको छ ।न्युज कारखाना
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ ।
बुधबार बसेको निगमको संचालक समितिको बैठले गए राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर सात रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार आएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६.७ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर ५.०९ रुपैयाँले घटेर आएको निगमले जनाएको छ ।
मूल्य घटेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८.५० रुपैयाँ र डिजेलको मूल्य १५१.५० रुपैयाँ कायम भएको छ ।
दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७० र डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५४ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।न्युज कारखाना
,रौतहट,०२ गते जेठ । रौतहट–कुनै घटनालाई लिएर प्रदेशका सुरक्षा प्रमुखहरु जनतासमक्ष पुगेर धन्यवाद दिने गरेको विरलै पाइन्छ । तर मधेश प्रदेशमा कार्यरत नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरु रौतहट पुगेर सर्वसाधारणलाई धन्यवाद ज्ञापन गरेका छन् । गत फागुन महिनामा सरस्वती पूजापछि मूर्ति सेलाउने क्रममा रौतहटका ईशनाथमा पटक पटक झडप भएको थियो । ईशनाथ नगरपालिका २ घिउरामा मूर्ति सेलाउने विषयलाई लिएर दुई समुदायबिच तनावकै स्थिति भएको थियो । चार दिनसम्म कफर््यु लगाइएको थियो । स्थिति सहज नभएपछि मधेश प्रदेशका नेपाल प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेल, सशस्त्र प्रहरी बल नेपालका प्रमुअ डिआइजी दीपेन्द्र शाह र राष्ट्रिय अनुसन्धान विभागका मधेश प्रदेश प्रमुख डिआइजी संजय यादव रौतहट आएर सुरक्षाको कमान्ड सम्हालेका थिए । विस्तारै घटना साम्य भएर दुवै समुदायको सहभागितामा उल्लासपूर्वक वातावरणमा बाजागाजासहित मूर्ति सेलाइएको थियो । घटनाको दुई महिनासम्म ईशनाथमा सामाजिक सद्भाव कायम छ । दुवै समुदाय पहिले झैँ मिलेर बसेका छन् । कुनै किसिमको द्वन्द्व भएको देखिएको छैन । सोही घटनामा सुरक्षा निकायलाई सहयोग गरेको भन्दै तिनओटै डिआइजी बुधवार रौतहट आएर ईशनाथ पुगी स्थानीयलाई धन्यवाद दिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागको मधेश प्रमुखहरुले सर्वसाधारणलाई शान्ति कायम राख्न सहयोग गरेकामा धन्यवाद दिएपछि सर्वसाधारण पनि खुसी भएका छन् । ईशनाथमा बुधवार स्थानीयवासीसित अन्तरक्रिया पनि गरिएको छ । स्थानीयवासीले सीमा समस्या तथा घरायसी सामान भारतबाट ल्याउँदा सुरक्षाकर्मीले निकै दुःख दिने गरेको बारे आफ्ना कुरा राखेका छन् । नेपाल प्रहरीका डिआइजी पोखरेलले नेपाल र भारतबिच बेटीरोटीको सम्बन्ध रहेकोले घरायसी प्रयोजनका लागि ल्याइने वैधानिक सामग्री मातहतका प्रहरी एकाइहरुलाइ आफू निर्देशन दिइसकेको जानकारी गराउँदै डिआइजी पोखरेलले व्यापारिक प्रयोजनका लागि तस्करी गरी ल्याइने सामग्रीलाई कुनै पनि हालतमा छुट दिन नसकिने प्रस्ट पारेका छन ।
,गौर, २ जेष्ठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा बुधवार एक पुरुष मृत अवस्थामा फेला परेको छ ! सेतो धारी भएको सर्ट तथा पेंट र पहेलो रंगको घाटीमा गमछा लगाएका करीव ५० बर्षीय पुरुष मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृत अवस्थामा भेटिएको पुरुष संग बरामद भएको आधार कार्डले मृतक पुरुष भारतीय नागरिक रहेको पुस्टि भई रहेको छ । भारत सरकारको भारतीय विशिष्ठ पहचान प्राधिकरणको कार्डमा मृतकको नाम भोलानाथ सिंह बुवा हृदय नारायण सिंह ,रघुनाथपुर पोस्ट मीरपुर चिरैया पूर्वीचम्पारन उल्लेख रहेको पाइएको छ । मृत्यु के कुन कारनले भएको भनी खुल्न नसकेको र शव परिक्षणको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ ।
,रौतहट,०२ गते जेठ । रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ मा अवस्थित रहेको श्री माध्यमिक बिधालय गम्हरियाको पोखरि ठेक्का सम्पन्न भएको छ । पोखरि ठेक्का सम्बन्धि पूर्व निर्धारित सूचना अनुसार जेठ ०२ गते बुधवार बिधालयको प्रांगणमा बसेको ठेकेदार सहितको बैठकले ठेक्का पट्टा सम्पन्न भएको छ । मौलापुर नगरपलिका वडा नम्बर ३ का वडा अध्यक्ष महेश महतो कोइरीको रोहबरमा बसेको बैठकले ठेक्का पट्टाको काम अगाडी बढाइएको थियो । बिधालयको नाममा रहेको किता नम्बर ६ क्षेत्रफल ३ बिघा ६ कठ्ठा १० धुर जग्गा डाँक बढाबढ प्रकियाले पाँच वर्षको लागि २० लाख ४० हजारमा पाँच वर्षको लागि ठेक्का सम्पन्न भएको छ । मौलापुर नगरपालिका वडा नम्बर ५ निवासी अनुठा राउतले सो ठेक्का सकार गरेको प्रधानाध्यापक चन्देश्वर साहले जानकारी गराएका हुन् । डाँक बढाबढ प्रकियामा ४ जना ठेकेदारहरु सहभागी थिए । जसमा अनुुठा राउतले २० लाख ४० हजार, अनिरुद्ध रायले २० लाख १० हजार ,विश्नाथ साहले १९ लाख ७० हजार र राअज्ञा यादवले १९ लाख ६० हजार बोल लगाएका थिए । जसमा अनुठा राउतको बोल सबैभन्दा बढी भएकोले उनलाइ पोखरि ठेक्का दिइएको हो । बिधालयको तर्फ बाट १९ लाख ५० हजार मूल्यांकन राखिएको थियो । जसमा राउतले अधिकतम् बोल लगाएका कारण उनको नाममा ठेक्का गएको हो । सो ठेक्का प्रक्रियाको अवसरमा मौलापुर नगरपालिकाका प्रतिनिधी कविता खाती,विधालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष द्धय जरनइल यादव,हरेन्द्र यादव,जनप्रतिनीधी प्रमोद राय यादव स्थानिय राजकिशोर राय यादव,उपेन्द्र यादव,देवनाथ बैठा लगायतका भद्रभलादमीहरुको सहभागिता रहेको बिधालयका लेखापाल धर्मेन्द्र साहले जानकारी गराएका हुन् ।
रौतहट,०२ गते जेठ । रौतहट–रौतहटको कटहरिया पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ । कटहरिया नगरपालिका पूर्ण सुनिश्चित घोषणा भएसँगै अब रौतहटमा कुनै पनि पालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा हुन बाँकी छैन । रौतहटमा दुई गाउँपालिका र सोर्ह नगरपालिकासहित अठार पालिका छन् । कटहरिया नगरपालिकामा आयोजित एक समारोहमा जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामअयोध्या राय यादव, नगर प्रमुख अजय प्रकाश र जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख विपिनकुमार साहले नगरलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेका हुन् । नगरका सम्पूर्ण वडाध्यक्ष, युनिसेफ र डब्लुएचओका प्रतिनिधिहरु, संचारकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा भद्रभलादमीको उपस्थितिमा कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो । योजनाअनुसार क्रमशः कटहरिया नगरपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख शंकर यादवको भनाइ छ । रौतहटका पालिका प्रमुखमध्ये कटहरियाका नगर प्रमुख अजय प्रकाश सबैभन्दा नवयुवा रहेका भए पनि शिक्षा, स्वास्थ्य, विकास निर्माण र तथ्यांकसित सम्बन्धित अन्य काममा पालिका निकै सुस्त रहेको गुनासो रहेको छ । कटहरिया नगरपालिकाले गर्ने गरेको विकास निर्माण तथा कर्मचारीको नियुक्ति र तलब भत्ताको सबालमा जहिले पनि आलोचना हुने गरेको छ । नगरपालिकाले सूचना दिने सबालमा पनि निकै पछाडि रहेको छ । जिल्लाको नवयुवा नगर प्रमुख रहेको पालिका नै जिल्लामा सबैभन्दा पुछारमा पूर्ण खोप सुनिश्चित घोषणा हुनुले पनि पालिकाको सबै गतिविधि सुस्त रहेको देखाएका बुद्धिजीवीहरु आरोप लगाउँछन् । चालु आर्थिक वर्षको लागि जिल्लामा नौ ओटा पालिका पूर्ण खोप सुनिश्चित घोषणा हुन बाँकी रहेकामा गत चैत महिनादेखि घोषणा गर्न सुरु गरिएको हो । जिल्लाका सबै पालिकाले पाँच वर्षभन्दा मुनिका सामान्यतया कुनै पनि बालबालिका खोप नलिएको नदेखिएको मानिएको छ । जिल्लाका सबै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिए पनि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्न अझै केही समय लाग्ने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका जनस्वास्थ्य अधिकृत रामजन्म राय यादवले विभिन्न अनुगमन, परीक्षण तथा पुनः खोप दिएर कटहरियालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको बताएका छन् । रौतहटका सबै पालिकाले जिल्ला जनस्वास्थ्य कार्यालयसित गरेको सम्झौता अनुरुप काम गरेको र सबै पालिका पूर्ण सुनिश्चित पालिका घोषणा भएको यादवले जानकारी गराएका छन् । केही सूचकहरु मिलाउने काम भइरहेको र यस वर्ष घोषणा गरिएका पालिकाहरुमा सूचकका आधारमा परीक्षण गरिएपछि मापदन्ड पूरा भएको पाइएमा जेठको दोस्रोदेखि तेस्रो हप्तासम्म रौतहटलाई बालबालिकाको लागि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिने सम्भावना रहेको स्रोतको भनाइ छ ।
रौतहट,०२ गते जेठ । भन्सारको विभिन्न नियमावली संशोधन गर्ने मागसहित लामो समयदेखि आन्दोलनरत आम जनता पार्टी र अर्थ मन्त्रालयको भन्सार विभागका बिच सहमति भएको छ । दुई दिनसम्म चलेको वार्तामा दुवै पक्षबिच बुधवार ६ बुँदे सहमति भएको हो । आजपाले उठाएको सबै विषयमा भन्सार विभागको ध्यानाकर्षण भएको र सबै विषयमा मोटामोटी वार्ता भई सहमति भएको छ । अधिकांश विषयहरु अर्थ मन्त्रालय तथा मन्त्री परिषद्सित सम्बन्धित रहेकाले भएका सहमतिसहित आजपाले उठाएका मागहरुलाई सम्बन्धित निकायमा पठाउने सहमति भएको बताइएको छ ।
रौतहट ,जेठ २ गते, रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट पछिलो समय पीडितहरु झन पीडित हुन थालेका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाका प्रमुख फुलमाया देवीको गैरजिम्मेवारीपूर्ण रबैया र व्यवहारका कारण पीडितहरु न्याय पाउनुको सट्टा झन पीडित बन्दै गएको पाइएको छ । आर्थिक चलखेल, जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुको अनावश्यक दबाबमा परेर केन्द्र प्रमुख फुलमायाले एकपक्षीय ढंगले काम गरी पीडितलाई झन पीडित बनाउने र पीडकलाई उन्मुक्ति दिने काम गरिरहेको पीडितहरुले गुनासो गरेका छन्् । फुलमायाको गैरजिम्मेवारीपूर्ण रबैयाका कारण विभिन्न हिंसा र समस्यामा परेका महिलाहरुले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाई रित्तैहाथ घर फर्किन बाध्य भइरहेकी छिन । खासगरी गाउँघरमा महिलामाथी हुने घरेलु हिंसा, यौनशोषण, यौनदुराचार, बलात्कार लगाएत समस्यालाई लिएर पीडितले अदालतको ढोका ढकढक्याउन नपरोस र यी समस्याहरु महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रबाट नै समाधान होस भन्ने उद्देश्यले सरकारले जिल्लाको मध्य भाग गरुडामा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना गरेको छ । घरेलु हिंसा, बालविवाह, चेलीबेटी बेचबिखन, यौनशोषण, यौनदुराचार, बलात्कार, बालश्रम तथा शोषण र बँधुवा मजदुर जस्ता अपराध तथा शोषणबाट पीडित महिला तथा बालबालिकाहरूलाई न्यायको पहुँच दिलाउन सहयोग गर्ने जिम्मेवारी महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले पाएको छ । तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्यायको आस लिएर जाने पीडितहरु न्याय नै नपाइ उल्टै थप पीडित भएर रित्तैहात घर फर्किने गरेका छन् । पीडककलाई कार्यवाही गर्नु र पीडितलाई न्याय दिलाउनुको सट्टा इन्चार्ज असई फुलमाया देवीले उल्टै पीडितलाई थर्काउने, धम्क्याउने र पीडितको कुरै नसुन्ने जस्ता कारणले पीडितहरुले न्याय पाउनबाट बञ्चित हुने गरेको बताइएको छ । घरेलु हिंसा, यौनशोषण वा अन्य समस्या लिएर केन्द्रमा जाने महिलालाई असई फुलमायाले पञ्चायती अर्थात छलफलको माध्यमले न्याय दिलाउने गर्छिन । पञ्चायतीमा गल्ती गर्ने वा पीडक पक्षले आफनो गल्ती ढाकछोप गर्न गाउँका वडा अध्यक्ष देखी लिएर अन्य समाजसेवी व्यक्तिहरु लगाएत ठुलो संख्यामा मान्छेहरु लिएर गएको हुन्छ तर धेरै पीडितले आफुलाई साथ दिने मान्छे नपाएर थोरै मान्छे लिएर गएको हुन्छ । यस्तो अवस्थामा मध्यस्कर्ता गर्ने प्रहरी संगठनका जिम्मेवारी व्यक्तिले ठुलो जमातको पछि नलागी पक्ष विपक्षी नहेरी वा कसैको दबाव प्रभावमा नपरी वास्तविक पीडित को हो पहिचान गरी उसलाई न्याय दिलाउने भूमिका खेल्नुपर्ने हो । तर महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाकी प्रमुख फुलमाया देवीले गलत सही नै नछुटयाइ गाउँका पंच मुखियाले गर्ने निर्णयलाई नै सदर गर्ने गरेका कारण पीडितहरु न्याय पाउनबाट बञ्चित हुने गरेका छन् । केन्द्र प्रमुख फुलमाया देवीले राजनीतिकर्मीहरुको दबावमा परेर पीडितलाई धम्क्याएर र थर्काएर बलजबरजस्ती गलत हो भनी स्वीकार गर्न लगाउने गरेको पीडित महिलाहरुको गुनासो छ । फुलमायाले आफुहरुको कुरै नसुन्ने र पंच मुखियाले जे भन्यो उसैको कुरा मान्ने जस्ता कारणले आफुहरु महिला सेल गरुडाबाट झन पीडित बन्न पुगेको उनिहरुले दुखेसो गरिन । पर पुरुषबाट यौनशोषणको सिकार भएकी गढिमाई नगरपालिका–६ की एक विवाहित महिलाले असई फुलमाया देवीको कारण आफु महिला सेल गरुडाबाट न्याय नपाएको गुनासो गरेकी छन् । आफुलाई यौन शोषण गर्नेलाई कार्यवाही स्वरुप गाउँका पंच मुखियाले दण्डजुरुवाना गर्ने निर्णय गरेको भएपनि आर्थिक चलखेल र नेताको दबावका कारण महिला सेल प्रमुख फुलमायाले पंचमुखियाले गरेको निर्णय कार्यान्वयन नगराएको पीडित महिलाले दुखेसो गरिन । फुलमाया देवीकै रोहवरमा पंच मुखियाले क्षतिपुर्ति स्वरुप केटापक्षबाट आफुलाई दण्ड दिलाउने निर्णय गरेको र त्यो निर्णय कार्यान्वयन गराउन आग्रह गर्दा फुलमाया देवीले त्यो निर्णय कार्यान्वयन गराउन सक्दिन अदालत जानु भनी उल्टै गैरजम्मिेवारीपूर्ण जवाफ दिएको पीडित महिलाको भनाई छ । महिला सेल गरुडाले समेत न्याय नदिएको र आफु निकै गरिव रहेको कारण अदालत गएर मुद्दा लड्न सक्ने अवस्था समेत नरहेकोले आफु अब कहाँ गएर न्याय पाउने भनी पीडित महिलाले प्रश्न गरेकी छिन् । ति महिला एउटा उदाहरण मात्र हुन उनी जस्ता अझै कयौ महिलाले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गरुडाबाट न्याय नपाइ न्यायका लागि अदालतको ढोका ढकढक्याउन बाध्य छिन् । विद्यमान लैङ्गिक विभेदका कारण महिला तथा निम्न वर्गका बालबालिकाहरू हिंसाको सिकार भइरहेका छन् । नेपाली समाज परम्परागत मूल्यमान्यता र संस्कृतिमा बढी विश्वास गर्ने हुँदा महिलाविरुद्ध अत्यधिक हिंसा हुने गर्छ । गरिब, निमुखा र दलित महिलाहरूमाथि अनेक प्रकारको हिंसा भएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नगरिकहरूले आफ्नो घरपरिवारदेखि समुदाय, बजार, कार्यस्थल, सेवाप्रदायक संस्था र राज्य स्तरबाट विभिन्न प्रकारका हिंसा र अपमानको सामना गरिरहेका छन् । पितृसत्तात्मक सामाजिक संरचना र लैङ्गिक पूर्वाग्रही सोचका कारण हिंसापीडित महिला र बालबालिकाहरू न्यायबाट वञ्चित भएका छन् भने कतिपय अवस्थामा सामाजिक लाञ्छना सहन बाध्य छन् । यस विषयमा असइ फुलमाया देवीसंग कुरा गर्दा पीडितहरुको आरोप निराधार रहेको बताएकी छन । पीडितलाइ न्याय दिलाउने सवालमा आफू निकै गम्भीर नै रहेको उनले बताइन । आफू कसैको दबाब प्रभावमा नपरि निष्पक्ष रूपमा पीडितलाई न्याय दिलाउने काम गर्दै आएको अवस्थामा केही व्यक्तीले आफुमाथी निराधार आरोप लगाएर बदनाम गर्न खोजेको उनले बताइन ।
काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल बागमती, गण्डकी र कर्णाली प्रदेश सहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भैरहेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल जेठ ३ गते बिहिबार तदअनुसार मे १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु, शुक्ल पक्षको नवमी तिथी, मघा नक्षत्र, । ध्रुव योग । चन्द्र राशि सिंह । यो स्थिर कामको लागि शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१५
• सुर्यास्त: बेलुका ०६:४७ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः रातो
शुभ अंक ः ४
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः हरियो
शुभ अंक ः ४
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः चाँदी
शुभ अंक ः ७
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः सेतो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ७
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्.न्युज कारखाना