२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौँ । इजरायलका रक्षामन्त्री योभ गालान्टले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई निशाना बनाएका छन् ।

युद्धपछि गाजाका लागि के योजना छ भन्ने प्रश्नको जवाफ सरकारले अहिलेसम्म पाउन नसकेको ग्यालेन्ट बताउँछन् ।

गालान्टले नेतान्याहुलाई इजरायलले गाजामा सैन्य शासन लगाउने कुनै मनसाय नभएको सार्वजनिक रूपमा घोषणा गर्न अपील गरेका छन्।

ग्यालेन्टले भने, ‘मैले अक्टोबरदेखि मन्त्रिपरिषद् बैठकमा यो प्रश्न उठाइरहेको छु, तर कुनै जवाफ पाएको छैन ।’ अर्को युद्ध क्याबिनेट मन्त्री, बेनी गान्ट्जले पनि गैलेन्टसँग सहमत भएका छन् । ‘गैलेन्टले सत्य भनेको छ,’ ग्यान्ट्सले भने । कुनै पनि हालतमा देशको लागि जे सही छ त्यो गर्ने जिम्मेवारी नेतृत्वको हो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यता इजरायली कारबाहीका कारण गाजामा ३५ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । न्युज कारखाना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।

विहिबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफुले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।

ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।

देउवाले भने- ‘नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?’न्युज कारखाना

काठमाडौँ । बिहीबार ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक बिहीबार नै ४ बजे बस्ने गरी समय निर्धारण गरिएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

सभामुखले कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग संसद्को गतिरोध अन्त्यको लागि गरेको छलफल पछि बिहानको ११ बजे बोलाइएको बैठक अपराह्न ४ बजे सार्ने निर्णय भएको हो ।

नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि लागेको सहकारी ठगी आरोपबारे छानबिन समिति बनाउनु पर्ने माग राख्दै संसद् अवरुद्ध पार्दै आएको छ । न्युज कारखाना

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

विहिबार गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्दै हवाई यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशिलता र अध्यागमनलाई थप प्रविधिमैत्री बनाउने विषयमा जानकारी लिएका छन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान र आगमन कक्ष, बोर्डिङ काउण्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्यले नयाँ किर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १६०० रुपैयाँले बढेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा ६० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ । विहीबारका लागि बोलाइएको संसद बैठकमा अनिवार्य उपस्थित हुन भन्दै कांग्रेसले सांसदहरुलाई म्यासेज पठाएको हो ।

१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।न्युज कारखाना

काठमाडौँ । प्रतिनिधिसभाको बैठक बस्न ढिला हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिरहेको संसदको अवरोध हटाउने प्रयास जारी रहेकाले बैठक ढिलो शुरु हुने सभामुखको सचिवालयले जानकारी दिएको हो ।

सभामुखले केहीबेर अघि प्रधानमन्त्रीसँग टेलिफोनमा कुराकानी गरेको र प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले आजको बैठकमा नै गृहमन्त्रीलाई बोल्ने गरी वातावरण निर्माण गरिरहेको जानकारी दिएको बताइएको छ ।

सभामुखले भने बानेश्वरमा नै कानून मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग छलफल गरिरहेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभाख इन्दिरा राना, कांग्रेस सचेतक सुशीला थिङ, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी मुख्य सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी छन् ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो । न्युज कारखाना

काठमाडौँ । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । सुनिल क्षेत्रीले भारतका लागि अन्तिम खेल ६ जुनमा कुवेतसँग खेल्नेछन् ।

सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनिल क्षेत्रीले आफ्नो सन्यासको जानकारी दिएका हुन् ।

सुनिल क्षेत्रीले भने, ‘देशका लागि पहिलो पटक खेल्ने मौका पाएको दिन म कहिल्यै बिर्सन सक्दिन । म्याचअघि राष्ट्रिय टोलीका प्रशिक्षक सुकी सर मसँग आएर आफ्नो यात्रा सुरु गर्न लागेका हुन् भन्नुभयो । म त्यो भावना बिर्सन सक्दिन ।’

४० वर्षका सुनिल क्षेत्रीले भारतका लागि १२ जुन २००५ मा पाकिस्तानविरुद्ध डेब्यु गरेका थिए । सुनिल क्षेत्रीले पनि पहिलो खेलमै पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए ।

सुनिल क्षेत्री १५० खेलमा ९४ गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा रोनाल्डो (२०५ खेलमा १२८ गोल) र मेस्सी (१८० खेलमा १०६ गोल) पछि क्षेत्रीले सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

भारतका लागि सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी पनि सुनिल क्षेत्री हुन् ।न्युज कारखाना

धनगढी । नेपाली कांग्रेसले सुदूरपश्चिमको प्रदेश सभा बैठक अवरोध गरेको छ ।

मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने बोलाइएको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि बैठक स्थगित भएको छ ।

कांग्रेसका सांसदहरुले प्रदेश प्रमुखले संबिधान विपरित मुख्यमन्त्री नियुक्ति गरेको र सभामुखले जबर्जस्ती प्रदेश सभा बैठक संचालन गर्न खोजेको भन्दै प्रदेश सभामा अवरोध गरेर नाराबाजी गरेका थिए ।

कांग्रेसको अवरोधपछि सभामुखले ३० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।न्युज कारखाना

काठमाडौँ । परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा योगदान गर्ने गुथि, खलः पुच गरेर १३३ वटा समूहलाई काठमाडौँ महानगरपालिकाले आर्थिक अनुदान प्रदान गरेको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना गरिएको कार्यक्रममा हरेक समूहलाई २ लाख रुपैयाँका दरले अनुदान रकम उपलब्ध गराइएको हो । यसरी सहयोग प्राप्त गर्नेहरुमा गुँला बाजं संरक्षण तथा व्यवस्थापन संघमा आवद्ध २३ वटा धा बाजाका गुथि खल, ज्यापू महागुथिमा आवद्ध ६३ वटा टोल, नेपाल खड्गी सेवा समितिमा आवद्ध ४७ टोल रहेका छन् ।

कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अनुदान रकमको चेक प्रदान गरेकी थिइन् ।  यस्तै १० जना बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो ।

निजी घरलाई मौलिक स्वरुपमा निर्माण प्रोत्साहन गर्न ‘घ’ वर्गको भवन निर्माण गर्ने झोछेँ निवासी उत्तमकुमार शाहीलाई १० लाख रुपैयाँ र ‘ग’ वर्गको निजी भवन निर्माण गर्न प्रोत्साहनका लागि वडा नं. २७ भोटाहिटी दवु बहाका प्रमिला देवी बज्राचार्य र लुज बज्राचार्यलाई १६ लाख रुपैयाँ प्रोत्साहन रकम उपलब्ध गराइएको छ ।

२९ औँ महानगर दिवस २०८० को मूल समारोहमा झाँकी प्रदर्शनमा प्रथम स्थान हासिल गर्ने वडा नं. ५, दोस्रो स्थान हासिल गर्ने नेपाल खड्गी सेवा समिति र तेस्रो स्थान हासिल गर्ने २ वटा वडालाई नगदसहित सम्मान गरियो । सम्मानित हुनेहरुलाई क्रमशः १ लाख रुपैयाँ, ७५ हजार रुपैयाँ र २५-२५ रुपैयाँ नगद प्रदान गरिएको छ ।

महानगर दिवस समारोह सञ्चालन गर्न सहयोग गर्ने कलाकार निशा देशार, रोजमान महर्जन, निभा डंगोल, कुटुम्ब व्याण्डसहितका कलाकारहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख डंगोलले, समुदायलाई आर्थिक अनुदान प्रदान गरेको नभइ अमूर्त सम्पदाको संरक्षणका लागि सहकार्य गरिएको बताइन् । ‘स्थानीयको आवश्यकतालाई स्थानीय सरकारले नजिकबाट हेर्न सक्छ । यस्ता विषयमध्ये पनि संस्कृति र सम्पदा संरक्षण प्रवर्धन गर्ने विषय हामीले नजिकबाट हेर्ने क्षेत्र हुन् । नीति, योजना तथा कार्यक्रमका प्राथमिक विषय हुन् ।’ उनले भनिन्, ‘अमूर्त सम्पदाभित्र बादन, गायन, श्रृङ्गार, नृत्य जस्ता पक्ष मेरुदण्ड हुन् । यस्ता क्षेत्र जोगाउने हाम्रो दायित्वमा समुदायसँग सहकार्य गर्न चाहन्छौँ ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, नेवार समुदायले धानेर पुस्तान्तरण गर्दै ल्याएको परम्पराको प्रशंसा गर्दै चलेका संस्कारमा हराएका पक्ष खोज्दै जान सहकार्य गर्नुपर्ने बताए ।

संस्कृति राज्य सञ्चालनको अभिन्न अङ्ग हो । कार्यक्रममा प्रवक्ता नविन मानन्धरले भने, ‘अहिलेसम्म बचेको संस्कारलाई घट्न नदिन महानगरपालिका सचेत छ । समुदायसँगको सहकार्यबाट सम्पदा संरक्षणमा दिगो नतिजा ल्याउन सकिन्छ ।’

सम्पदाको संरक्षणमा महानगरपालिकाको लगानी बढ्दै जानेछ । आगामी योजना सुनाउँदै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, स्थानीयको ज्ञान र सिपमा महानगरपालिकाबाट स्रोत मिसाएर सहकार्य अगाडि बढाउनु पर्छ । त्यस क्रममा बोल्दै समितिका सदस्य एव. वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, संस्कृति मेटिए, पहिचान पनि मेटिने बताउँदै यसलार्य जोगाउन सरकार र समुदायको संयुक्त सहभागिताको खाँचो देखाए ।

कार्यक्रममा समुदायकातर्फबाट धारणा राख्दै, ज्यापू महागुथिका अध्यक्ष पञ्चनारायण महर्जन, गुंला बाजं व्यवस्थापन व संरक्षण समितिका अध्यक्ष अमिरमान शाक्य र नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अञ्जिता खड्गीले महानगरपालिकाले उपलब्ध गराएको सहयोग अमूर्त सम्पदा जोगाउन, परम्परागत बादन, गायन, श्रृङ्गार र जात्रा पर्वको प्रवर्धनमा खर्च हुने धारणा राखे ।     न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।