२०८३ श्रावण १९
२०८३ श्रावण १९

काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

शनिबार सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा वेस्टह्याम युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै सिटीले यस सिजनको प्रिमियर लिगको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीले आठौ पटक प्रिमियर लिगको उपाधि जितेको छ । साथै म्यानचेस्टर सिटीले लगातार चौथो पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

यस सिजनको अन्तिम खेल पछि सिटीको ३८ खेलमा ९१ अंक भएको छ र उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको आर्सनलको ३८ खेलमा ८९ अंक रहेको छ ।न्युज कारखाना

काठमाडौँ । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी बागमती र गण्डकी  प्रदेशको पहाडी भूभागको थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेश, गण्डकी र कर्णालि प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी प्रदेशकका पुर्वी भू-भागका  थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षको पनि सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।न्युज कारखाना

आजमिति २०८१ साल जेठ ७ गते सोमबार तदअनुसार मे २० तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको द्वादशी तिथी, चित्रा नक्षत्र, । सिद्दी योग  ।  चन्द्र राशि कन्या । यो  शुभ योग हो ।

अभिजित् मुहूर्त: बिहान ११:३४ देखि १२:२८ सम्म,

•  काठमाण्डौंमा सुर्योदय: बिहान ०५:१३

• सुर्यास्त: बेलुका ०६:४८बजे

वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रगं ः सेतो

शुभ अंक ः ७

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।

शुभ रगं ः निलो

शुभ अंक ः ७

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रगं ः रातो

शुभ अंक ः ६

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ५

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः २

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रगं ः हरियो

शुभ अंक ः १

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रगं ः रातो

शुभ अंक ः ८

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।

शुभ रगं ः हरियो

शुभ अंक ः ४

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।

शुभ रगं ः वैजनी

शुभ अंक ः ६

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।

शुभ रगं ः निलो

शुभ अंक ः ८

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।

शुभ रगं ः पहेलो

शुभ अंक ः ४

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।

न्युज कारखाना

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।न्युज कारखाना

काठमाडौँ । अन्तरिक्ष यात्रा गर्ने सबैको सपना हुन्छ । तर त्यस्ता भाग्यमानी मान्छे कमै हुन्छन् जसको सपना पूरा हुन्छ । तर, अब केहीको यो सपना पूरा हुन लागेको छ । ब्लू ओरिजिनले लगभग दुई वर्षपछि अमेरिकी समू अनुसार आइतबार बिहान साढे ८ बजे ६ जनालाई अन्तरिक्षमा पठाउने भएको छ । सन् २०२२ मा यसको एउटा रकेट दुर्घटना भयो, त्यसपछि कम्पनीले उडानमा प्रतिबन्ध लगाएको थियो ।

अब फेरि एकपटक अमेजनका संस्थापक जेफ बेजोसको कम्पनी सबर्बिटल रकेट प्रक्षेपण गर्ने तयारीमा छ । यसले अन्तरिक्ष पर्यटन बजारमा प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ । अन्तरिक्षमा पठाइने ६ जनामध्ये पूर्व वायुसेना पाइलट एड ड्वाइट पनि सामेल छन् । उनलाई अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सन् १९६१ मा देशको पहिलो अश्वेत अन्तरिक्ष यात्री उम्मेदवारको रूपमा चयन गरेका थिए तर उनलाई अन्तरिक्षमा उड्ने अवसर दिइएन ।

जानकारीका अनुसार सबै छ जना अमेरिकाको वेस्ट टेक्सासस्थित कम्पनीको लन्च साइट वन बेसबाट उड्नेछन् । यो उडानसँगै वायुसेनाका पूर्व पाइलटले नयाँ इतिहास रच्न लागेका छन् । ९० वर्ष, आठ महिना र १० दिनको उमेरमा, ड्वाइट अन्तरिक्षमा सबैभन्दा वृद्ध व्यक्ति बन्नेछन्। उनले स्टार ट्रेक अभिनेता विलियम शाटनरको कीर्तिमान तोड्नेछन् ।

शाटनरको जन्म क्यानडामा मार्च २२, १९३१ मा भएको थियो । उनी क्यानेडियन अभिनेताका रूपमा चिनिन्छन् । अभिनेता हुनुको अलावा उनी लेखक, निर्देशक, निर्माता, पटकथा लेखक र गायक पनि हुन्। उनी सन् २०२१ मा अन्तरिक्ष यात्री पनि बनेका थिए । ९० वर्षको उमेरमा, शाटनरले अन्तरिक्षमा यात्रा गर्ने सबैभन्दा वृद्ध अन्तरिक्ष यात्री बन्ने कीर्तिमान राखेका थिए।

यो ब्लू ओरिजिनको पहिलो उडान होइन। न्यू शेफार्ड-२५ मिसनको लागि सातौं उडान हो। छ जना मध्येका फ्रान्सेली उद्यमी सिल्भेन चिरोन यो उडानलाई लिएर निकै उत्साहित छन् । एक अन्तर्वार्तामा उनले आकाशबाट मानव संसारलाई सीमाविहीन र सुन्दरताले हेर्न पाउँदा निकै उत्साहित भएको बताएका थिए ।

ब्लू ओरिजिनले अहिलेसम्म ३१ जनालाई अन्तरिक्षमा पुर्याइसकेका छन् । यी यात्राहरू न्यू शेपर्ड मार्फत सम्पन्न भएका छन् । न्यू शेपर्ड एउटा सानो, पूर्ण रूपमा पुन: प्रयोज्य रकेट प्रणाली हो, जसको नाम अन्तरिक्षमा पहिलो व्यक्ति अमेरिकी एलन शेपर्डको नामबाट राखिएको छ ।न्युज कारखाना

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफुले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टिकरण दिएका छन् ।

प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिदै आफु गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफु सहभागी नभएको बताए ।

लामिछानेले आफुले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनि छोडीसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफु सो दायित्व बेहोर्न तयार रहेको बताए ।

उनले जीबी राईले गरेका सबै फोहोर आफुले सफा गर्नुपर्छ भन्ने नरहेको संसदमा बताएका छन् ।

पोखराको सुर्यदर्शन सहकारीबाट आफुले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।

उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफु यो विष पिउन तयार रहेको बताए ।न्युज कारखाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारले मालपोत र नापीप्रमुखसहित ८ जनाले २४ करोड ६ लाख ६९ हजार अनियमितता गरेको आरोप लागाउदै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरु मोहन स्नेही रसाईली र अग्नी बहादुर शाही, नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डल तथा जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र बिमल बहादुर रावललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरु मतियारको कसुर पुष्टि भएको हुँदा चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुनुपर्ने अख्तियारको दाबी छ ।न्युज कारखाना

काठमाडौँ । जसपा नेपालले नयाँ दल जसपा बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी सभामुखलाई दिएको छ ।

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन् ।

हाल सर्वोच्च अदालतले नयाँ दल जसपालाई यथास्थितिमा दिन अन्तरिम आदेश दिएको उल्लेख गर्दै यादवले कानुनमा नभएको व्यवस्था पर्योग गरेर निर्वाचन आयोगले दल दर्ता गरिदिएको उल्लेख गरेका छन् ।

साथै पत्रमा सात सांसदको सदस्यता रिक्त भएको र सर्वोच्च आदेश अनुसार पनि उनीहरुलाई प्रधानमन्त्रीले लिने विश्वासको मतसहित प्रतिनिधिसभाको कुनै पनि गतिबिधिमा सामेल नगराउन ध्यानाकर्षण समेत गराएका छन् । न्युज कारखाना

काठमाडौँ । इजरायलका युद्ध क्याबिनेट मन्त्री बेन्नी गान्ट्जले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्धपछि गाजाका लागि नयाँ योजना नबनाए आफूले क्याबिनेटबाट राजीनामा दिने धम्की दिएका छन् ।

गान्ट्जले प्रधानमन्त्रीसँग यसका लागि जुन ८ सम्मको समयसीमा रहेको चेतावनी दिदै कट्टरपन्थीको बाटो रोजेमा मन्त्रिपरिषदले विद्रोह गर्ने बताएका हुन् ।

गान्ट्जले भने, ‘अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको युद्धले आफ्नो उद्देश्य गुमाउँदैछ। इजरायली सेनाले रणभूमिमा आफ्नो शक्ति देखाउँदै छ, तर उनीहरूलाई पठाउने केही मानिसहरू कायर बनेका छन् र आफ्नो जिम्मेवारीबाट पन्छिएका छन् ।’

इजरायली बन्धकहरू हमासको सुरुङमा नरकजस्तो वातावरणमा बाँचिरहेका छन् तर केही राजनीतिज्ञहरू आफ्नो बारेमा मात्रै सोचिरहेको उनले बताए ।

टाइम्स अफ इजरायलका अनुसार गान्ट्जले युद्धको सन्दर्भमा ६ बुँदे योजना पनि बनाएको छ । यसले बन्धकहरूलाई घर फर्काउने, हमासको शक्ति समाप्त गर्ने र गाजा पट्टीबाट सेना हटाउने बारे कुरा गर्छ। यसबाहेक अमेरिका, युरोप, अरब र प्यालेस्टिनी प्राधिकरणको सहयोगमा गाजामा नयाँ प्रशासन सुरु गर्ने पनि उल्लेख छ ।न्युज कारखाना

धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।

सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।

नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र माईती नेपालको टोलीले उद्धार गरेको हो ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।