काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ लागि संघीय सरकारले प्रदेश तथा स्थानीय तहमा राजस्व बाँडफाँटबाट एक खर्ब ५९ अर्ब बढी रकम पठाउने अनुमान गरेको बताएका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु वर्षको लागि गरिएको अनुमानको तुलनामा न्यून राजस्व बाँडफाँट हुने उल्लेख गरेका छन् ।
त्यस्तै उनले संघीय सरकारले दिने अनुदान स्थानीय तहमा बढाएका छन् भने स्थानीय तहको तुलनामा निकै न्यून अनुदान मात्रै प्रदशेमा हस्तान्तरण हुने उल्लेख गरेका छन् ।
अनुदान:
१. वित्तीय समानीकरण अनुदान प्रदेशको लागि ६० अर्ब
२. वित्तीय समानीकरण अनुदान स्थानीय तहको लागि ८७ अर्ब
३. सर्सत अनुदान प्रदेशको लागि २५ अर्ब
४. सर्सत अनुदान स्थानीय तहको लागि दुई खर्ब ८ अर्ब ८८ करोड
५. समपूरक अनुदान प्रदेशको लागि ६ अर्ब
६. समपूरक अनुदान स्थानीय तहको लागि सात अर्ब
७. विशेष अनुदान प्रदशेको लागि चार अर्ब ४० करोड
८. विशेष अनुदान स्थानीय तहको लागि आठ अर्ब ५० करोड विनियोजन
९. राजस्व बाँडफाँटबाट प्रदेश र स्थानीय तहमा एक खर्ब ५९ अर्ब हस्तान्तरण
न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आवमा १६ लाख पर्यटन भित्र्याउने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी आवमा १६ लाखभन्दा बढी पर्यटक भित्र्याउने योजनाको घोषणा गर्दै छिमेकी देश चीन र भारतमा पर्यटन प्रवर्धनक कार्यक्रम संचालन गर्ने बताएका छन् ।
उनले पर्यटन प्रवर्धनका लागि ५ अर्ब ४६ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।न्युज कारखाना
आगामी मंसिर १ गतेदेखि पञ्चवर्षीय मेला लाग्दै
सञ्जय मिश्रा
रौतहट- जहाँ बत्ती बलेपछि मात्र विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा पूजा गरिन्छ। त्यही स्थान हो रौतहटको गुजरा नगरपालिका वडा-३ सिमरी गाउँमा रहेको नवनिर्मित गढीमाई मन्दिर।
यो मन्दिरको मंगलबार उद्घाटन गरिएको छ। वडा ३ को विनियोजित रकमबाट सिमरीमा ऐतिहासिक गढिमाई मन्दिर निर्माण भई मंगलबार विधिवत् रूपमा मेयर सन्तलाल चौधरीले उदघाटन गरेका हुन्। वडाको कोषबाट कुल १० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण कार्य सम्पन्न भएको वडाध्यक्ष अशोक चौधरीले बताएका छन्। यसअघि सानो तथा जीर्ण मन्दिरमा पूजा हुँदै आएको थियो।
सिमरी गाउँस्थित नवनिर्मित गढीमाई मन्दिरमा बत्ती बालेर पूजा गरेपछि मात्र विश्वप्रसिद्ध बाराको ठूलो गढीमाई मन्दिरमा बत्ती बालेर पूजा सुरू हुने परम्परा रहेको छ।
यस पटक सिमरीस्थित गढीमाई मन्दिरका पुजारी तान्त्रिक उमाशंकर धामी कछडिया उक्त मन्दिरमा विधिवत पूजा गरेर बारा बरियारपुरस्थित गढीमाई मन्दिर पुगेपछि मात्र त्यहाँ पूजा सुरू हुने बताइएको छ। यसअघि उनका बुवा दुखन धामी कछडिया तान्त्रिक पुजारी रहेका थिए।
चार वर्षअघि उनको मृत्यु भएपछि परम्परा अनुसार उनका जेठा छोरा उमाशंकर धामी कछडियाले तान्त्रिक पुजारीको रूपमा जिम्मेवारी पाएका छन्।
प्रत्येक पाँच वर्षमा विश्वप्रसिद्ध बारास्थित गढीमाई मन्दिर लाग्ने मेलामा नेपाल-भारतलगायत संसारको धेरै देशबाट लाखौं मानिस मेला भर्न आउने गर्दछन्।
पाँच वर्षे मेलाको अवसरमा गढीमाई मन्दिरमा सेतो मुसा, बोका, परेवा, सुँगुर, राँगा गरी पञ्चबली दिने परम्परा रहेको छ।
सबैभन्दा बढी बली चढाउने भएकाले बाराको वरियारपु स्थित गढीमाई मेलाले अन्तर्राष्ट्रिय चर्चा छ।
मन्दिर व्यवस्थापन पक्षबाट पञ्चबली चढाएपछि सर्वसाधारणले भाकलअनुसार बली चढाउने गर्छन्।
गढीमाई मन्दिरमा तान्त्रिक धामीले आफ्नो शरीरको पाँच स्थानबाट रगत निकालेर चढाएरपछि बली सुरू हुन्छ।
अघिल्लो मेलामा ३५ हजार भन्दा बढी राँगा र हजारौंको संख्यामा बोकाको बली भएको गढीमाई पूजा व्यवस्थापन समितिले जनाएको छ। भाकल पूरा भएर मेला भर्न पूजा गर्न आउने भक्तजनहरूले हजारौं परेवा उडाउने गर्छन्।
बारा गढीमाई मन्दिरमा पूजा हुनुअघि रौतहट गुजारा नगरपालिका-३ सिमरी गाँउमा रहेको गढीमाई मन्दिरमा तान्त्रिक पुजारी उमाशंकर धामी (कछडिया)ले विशेष पूजा, आराधाना गरेसँगै आफ्नो शरीरको पाँच ठाउँबाट रगत निकाली नर बलीस्वरुप रगत चढाउने परम्परा रहेको छ। त्यसपछि रांगा, बोका, परेवा र पाठीको बली दिएर मन्दिरमा बत्ती बालेर तान्त्रिक पुजारी धामी बारा गढीमाई मन्दिरमा जाने गर्दछन्।
तान्त्रिक पूजारी कछडिया, बारा गढीमाईका मूल पुजारी मंगल चौधरी, अन्य पुजारीहरूका साथमा रही रातभर पूजा हुन्छ। पूजा-आराधनाको प्रभावले ब्रह्मस्थानमा अचानक आफैं बत्ती बल्छ र पञ्चबली हुने गरेको पुजारी उमाशंकरले बताएका छन्।
परापूर्वकलदेखि हिन्दु धर्म संस्कृतिमा पशु बलीलाई शक्तिसँग जोडेर हेर्ने प्रचलन रहिआएको छ। शक्तिस्वरुपा देवीलाई खुसी बनाउन बली अनिवार्य भएको प्रचलन रहिआएको छ।
विश्वप्रसिद्ध पञ्च वर्षीय गढीमाई मेला यस वर्ष आगामी मन्दिरमा लाग्दैछ। गढीमाई मेला २०८१ मंसिर १ गते तदनुसार सन् २०२४ नम्बर १६ तारिखदेखि मंसिर ३० डिसेम्बर १५ तारिख एक महिनासम्म मेला लाग्ने छ।
गढीमाई मन्दिरमा विशेष पूजा तथा राँगा बली मंसिर २३ गते तदनुसार डिसेम्बर ८ तारिक र बोका बली त्यसको भोलिपल्ट मंसिर २४ गते डिसेम्बर ९ तारिख हुने मेला व्यवस्थापन समितिले सार्वजनिक गरेको छ।
बारा गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा लाग्ने एक महिने मेलाको लागि स्थानीयहरू एक वर्ष अगाडिदेखि तयारी सुरू गर्ने गर्दछन्। सो क्षेत्रको प्रत्येक घरमा आफन्तहरू मेला हेर्न महिनाभरि बस्ने कारण आ-आफ्नो क्षमता अनुसार खाने/बस्ने व्यवस्था गर्ने गरेको स्थानीयहरूले बताएका छन्।न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् ।
अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यस बारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन । न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष हुने घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्षको रूपमा घोषणा गरेका हुन् ।
सरकारको निरन्तरको प्रयासबाट आर्थिक क्षेत्र चलयमान बन्दै गएको बताउदै उनले समाजवादउन्मुख समृद्ध राष्ट्रिय निर्माणको लागि नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको बताएका छन् ।
साथै उनले सरकारले आर्थिक सुधारको लागि केन्द्रित गरेर आगामी वर्षको बजेट निर्माण गरेको बताएका छन्। न्युज कारखाना
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष’ घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।
उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।
कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् । न्युज कारखाना
काठमाडौँ । संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु भएको छ ।
केहि बेर अघि शुरु भएको संसदको संयुक्त बैठकमा अर्थमन्त्री बर्षमान पुनले बजेट भाषण शुरु गरेका हुन् ।
यस अघि आजै बसेको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट स्वीकृत गरेको थियो ।
हरेक वर्ष जेठ १५ गते बजेट ल्याउनुपर्ने वाध्यकारी संवैधानिक व्यवस्था छ।न्युज कारखाना
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ ।
मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ ।
३००० भन्दा बढी आवेदन अनलाइन मार्फत दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
भारतीय टोलीको मुख्य प्रशिक्षक पदका लागि गुगल फारम मार्फत ३ हजारभन्दा बढी आवेदन प्राप्त भएका छन् जसमा धेरै नक्कली आवेदन पनि परेका छन् ।
केही व्यक्तिहरूले मोदी, केन्द्रीय गृहमन्त्री अमित शाह, सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीजस्ता चर्चित व्यक्तित्वहरूको नाम दिएर नक्कली आवेदन दिएका छन्। यस्तो केस प्रकाशमा आएपछि, बीसीसीआईको काम बढेको छ किनकि उनीहरूले अब ती आवेदनहरू पहिचान गर्नुपर्नेछ जुन वास्तविक छन् ।
यस रिपोर्टका अनुसार बीसीसीआईका एक अधिकारीले भने, ‘गत वर्ष पनि बीसीसीआईले यस्तै कुराको सामना गर्नुपरेको थियो र यसपटक पनि त्यस्तै घटना भएको छ । मिडिया रिपोर्टका अनुसार भारतीय टोलीका पूर्व ब्याट्सम्यान गौतम गम्भीर प्रशिक्षक पदको दौडमा अगाडि छन् । गम्भीर आईपीएल २०२४ को सिजनको विजेता टोली कोलकाता नाइट राइडर्स (केकेआर) को मेन्टर थिए । तर, उनले पनि यस विषयमा मौन बसेका छन् । बोर्ड स्रोतलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले भनेको छ, समय सीमा ठीक छ तर बोर्डले निर्णय लिन अघि केही समय लिन सक्छ ।न्युज कारखाना
काठमाडौँ । पोप फ्रान्सिसमाथि समलिङ्गी पुरुषबारे अभद्र टिप्पणी गरेको आरोप लागेको छ । सीएनएनको रिपोर्टका अनुसार पोप फ्रान्सिसले बन्द कोठा बैठकमा समलिङ्गी व्यक्तिहरूका लागि इटालियन भाषामा निकै आपत्तिजनक शब्द प्रयोग गरेको दाबि गरिएको हो ।
पोप फ्रान्सिसले समलिङ्गी पुरुषहरूलाई वर्णन गर्न ‘फ्यागोट’ शब्द प्रयोग गरेको रिपोर्टले दाबी गरेको छ । पोप फ्रान्सिसले इटालीका विशपहरूलाई समलिङ्गी पुरुषहरूलाई पुरोहितको लागि प्रशिक्षण नदिन आग्रह गरेका छन् ।
बीबीसी रिपोर्टका अनुसार अन्य इटालियन समाचार एजेन्सीहरूले स्रोतलाई उद्धृत गर्दै पोपको यो भनाइको पुष्टि गरेका छन् ।
भ्याटिकनले पोप फ्रान्सिसको आपत्तिजनक भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । स्पेनिस भाषी देश अर्जेन्टिनामा जन्मिएका पोप फ्रान्सिसलाई यो इटालियन शब्दको स्पष्ट अर्थ थाहा नहुन सक्छ भन्ने पोपका समर्थकहरूको विश्वास रहेको पनि केही सञ्चारमाध्यममा बताइएको छ । फ्यागोट शब्द सामान्यतया समलिङ्गी पुरुषहरूको अव्यवस्थित व्यवहारको वर्णन गर्न प्रयोग गरिन्छ । यो एलजीबिटिक्यू समुदायद्वारा आलोचना गरिएको छ ।न्युज कारखाना
काठमाडौँ । संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ ।
उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री मा. पदम गिरीले सम्माननीय प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गरे ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे ।
कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।न्युज कारखाना