सर्लाही,०१ गते असार ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेशको अध्यक्षमा लोकप्रिय गायक रुद्रसेन विश्वकर्मा चयन भएका छन् । प्रतिष्ठानको केन्द्रीय नेतृत्वको उपस्थितिमा बर्दिवासमा आयोजना भएको कलाकर्मीको भेलाबाट अध्यक्षमा विश्वकर्मा सहित १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । भेलाले उपाध्यक्षमा सुनिता बराल, सचिवमा विनोद ढुङ्गेल, कोषाध्यक्षमा राधा गौतम र सदस्यहरुमा रुवि झा, सरोज कुमार सन्त, शर्मिला रमौली, दीपक शर्मा, तेज नारायण शर्मा, सारथि लामा, नीर कुमारी विश्वकर्मा(सविना), अरुणा चौधरी, राधा शर्मा र सरोज सन्तलाई चयन गरेको छ l कार्यसमितिको चयनपछि माइनट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रीय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गरिन् । सो समारोमा मधेसमा लोक तथा दोहोरी गीत प्रतिष्ठानको शाखा गठन गर्नुलाई ऐतिहासिक उपलब्धी भन्दै प्रतिष्ठानकी केन्द्रीय अध्यक्ष थापाले कलाकर्मीको हित र भलाईका लागि केन्द्र संधै साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिएकी थिईन् । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा एवं विश्वास रहेको अध्यक्ष थापाले बताइन् । भेलामा सङ्गठन विभाग प्रमुख सुवास केसीले प्रतिष्ठानको साङ्गठनिक इतिहास र अवस्थाबारे जानकारी गराएका थिए भने उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको मात्र नभएर सबै कलाकर्मीको संस्था भएको बताए । महोत्तरी जिल्लाबाट केन्द्रिय समितिमा नेतृत्व गरिरहेका कृष्ण प्रसाद गौतमको पहलमा आयोजना भएको सो भेलामा कृष्ण प्रसाद गौतमले कार्यक्रम सहजीकरण गरेका थिए । सो भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यावसायी महासङ्घ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले मधेसमा कलाकर्मीको कमी नभएको तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमी रहेको भेलाले महसुस गराएको बताए ।
काठमाडौँ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
हाल कोशी प्रदेशमा साधारणतया बदली, मधेश, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी,गण्डकी र बाग्मती प्रदेशका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा मधेश प्रदेश लगायत बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै आज राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक देखी मौसम मुख्यतया सफा रहने छ। कोशी र मधेश प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना
आजमिति २०८१ साल असार २ गते आईतबार तदअनुसार जुन १६ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल पक्षको दशमी तिथी, हस्ता नक्षत्र, । वरियान योग । चन्द्र राशि कन्या । यो शुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:३२ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:०९
• सुर्यास्त: बेलुका ०७: ०२ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः १
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ८
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ९
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः रातो
शुभ अंक ः ८
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ६
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः रातो
शुभ अंक ः १
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः २
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ९
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ९
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।न्युज कारखाना
रोशन पोखरेल
काठमाडौं । इमान्दारीपूर्वक भन्नुपर्दा नेपालले वास्तवमा सानदार क्रिकेट खेल्यौँ । नेपालका खेलाडीले यस्तो खेल देखाए कि जसको तपाईँले आशा नै गर्नुभएको थिएन होला । खेलको अन्तिम बलसम्म पनि हाम्रो मस्तिष्कमा परिणाम के हुन्छ भन्ने ढुकढुकी कायम थियो । अन्तमा हामी पराजित हुन पुग्यौं जुन हारमा पनि जित लुक्यो, खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गरेर धेरैको मन जितिरहेका छन् ।
१ रनको हारको पिडाले मन दु:खिरहेको छ तर दक्षिण अफ्रिका जस्तो अनुभवी, बलियो टेस्ट टीमलाई पराजयको ढोकासम्मै धकेल्ने नेपाली क्रिकेट खेलाडीको प्रयासको प्रशंसा गर्नुको साटो गाली गर्नु उचित हुन्छ भन्ने लाग्दैन । उनीहरु प्रशंसाका भागेदारी छन् । आजको हारसँगै अघिल्ला चरणमा पुग्ने सम्भावना समाप्त भएपनि उत्कृष्ट खेल पस्किएर सबैको मन जितिरहेका छन् ।
भन्नेहरूले भन्छन्, खुसी हुनलाई कारण होइन, बहाना चाहिन्छ । दु:ख र निराशा बढिरहेका बेला यस्ता केही खुसी हुने बहाना हामीलाई अहिले क्रिकेटले दिइरहेको छ ।
नेपोलियनले भनेका थिए, युद्ध जित्नलाई राम्रा हतियार होइन, भएका हतियारको राम्रो प्रयोग गर्न जान्नुपर्छ । यो भनाइ अहिले आएर हाम्रो देशका दु:खी जनताका लागि ठ्याक्कै सुहाउँदो भइदिएको छ, खुसी हुनलाई सुविधा होइन, बहाना चाहिएको छ ।
यस्तै एउटा भनाइ छ, गरिवसँग कुनै दिन धनी हुन्छु भन्ने आश हुन्छ, धनीसँग त त्यही पनि हुँदैन । बरु, मेरो धन सिद्धिन्छ कि भन्ने चिन्ता हुन्छ । अन्तिममा, यी सब केवल बहाना हुन्, मुख्य कुरा त मान्छेले खुसी प्राप्त गर्नु हो । तपाई मान्नुस् या नमानुस्, अहिले नेपाली क्रिकेटले त्यहि दिइरहेको छ ।
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिपछि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टीतेलको प्रतिलिटर १ रुपैयाँले घटाइएको छ ।
नयाँ मूल्यानुसार अब काठमाडौँमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पर्नेछ । भने डिजल र मट्टीतेल १५२ रुपियाँ प्रतिलिटर पर्ने छ ।

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन् ।
थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको “थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन् ।
संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उनले त्यसपछि राज्य र समाजको हुने बताइन् । थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताइन् । ठाउँ अनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताइन् ।
‘भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भनिन्, ‘भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।’
उनले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताइन् ।
सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उनले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताइन् । ‘हामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनै पर्छ ।
किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?’, उनले भनिन्, ‘अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।’ मन्त्री चौधरीले जन्मदेखि मृत्यु पछिसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताइन् ।
त्यस्तै उनले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताइन् । ‘हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्यौँ । तर उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ’, मन्त्री चौधरीले भनिन्, ‘यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।’न्युज कारखाना
हेटौँडा |
हेटौँडा उपमहानगरपालिकादेखी मकवानपुर बहुमुखी क्याम्पससम्म अहिले ठूलो संख्यामा ट्रकहरूको लस्कर देखिएको छ ।
बकैयाबाट माटो ओसारेर ल्याइरहेका ट्रकहरूलाई हेटौँडा उपमहानगरपालिकाको नगर प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ।
नगर प्रहरीका अनुसार, ती ट्रकहरूले आवश्यक कर तिरेको प्रमाण पेश गर्न नसकेकाले नियन्त्रणमा लिइएको हो। साथै, ओसारिएको माटोमा रेडियोधर्मी तत्व युरेनियम मिसिएको हुनसक्ने आशङ्का पनि व्यक्त गरिएको छ ।
काठमाडौँ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको सेल्फी सामाजिक सञ्जालमा भाइरल भएको छ ।
इटालीमा जी ७ शिखर सम्मेलनको अन्तिम दिन शुक्रबार सारा विश्वको नजर इटालीको फासानो सहरमा केन्द्रित भएको थियो । यहाँ भेला भएका विश्व नेताहरूले विश्वमा भएका दुई युद्धदेखि एआई र जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषयमा छलफल गरेका थिए । यो शिखर सम्मेलन सहभागी हुन पुगेका भारतीय प्रधानमन्त्री मोदी र इटालीकी प्रधानमन्त्री मेलोनीले लिएको सेल्फी भाइरल भएको छ । मोदी र मेलोनीलाई सामाजिक सञ्जालमा ‘मेलोडी’ उपनाम दिइएको छ र यस सेल्फीलाई मेलोडी सेल्फी २.० भनिएको छ ।
यस अघि कोप २८ समिटमा लिइएको मोदी र मेलोनीको सेल्फी पनि सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो र लाखौं मेम्स बनाइएको थियो ।
काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता सुरु गर्न दुई शर्त राखेका छन् । राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्नुपर्ने र दोस्रो युक्रेन नेटोमा सामेल नहुने भएमा वार्ता शुरु गर्न तयार रहेको सन्देश दिएका हुन् ।
युक्रेनसँग सम्भावित युद्धविरामका लागि पुटिनको सर्तहरू ९० देशका प्रतिनिधिहरू स्विट्जरल्याण्डमा भेट्न जाँदै गर्दा यस्तो अवस्थामा बाहिर आएको हो । यस सम्मेलनमा युक्रेनका लागि शान्तिको बाटोबारे छलफल हुने बताइएको छ । यसका लागि रुसलाई निम्तो दिइएको छैन । तर, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की त्यसमा सहभागी हुन जाँदैछन् ।
रुसी विदेश मन्त्रालयका नेताहरुसँगको भेटमा पुटिनले भने, ‘युक्रेनले डोनेस्क, लुहान्स्क, खेर्सन र जापोरोज्यबाट आफ्ना सेना फिर्ता गर्ने र नाटोमा सामेल नहुनेबित्तिकै रुसी सेना त्यहाँबाट पछि हट्न थाल्छ । ‘ पुटिनले युक्रेनले यी क्षेत्रबाट आफ्ना सेना पूर्ण रूपमा फिर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।
यससँगै पुटिनले युक्रेनले नेटोमा सामेल हुने आफ्नो योजना त्याग्नुपर्ने बताएका छन् । उनले युक्रेनले आफ्नो सिमाना (भूमि) सम्बन्धी नयाँ यथार्थलाई स्वीकार गर्नुपर्ने बताए । यी सर्तहरूको उल्लेख गर्दै पुटिनले रुस–युक्रेन युद्धको शान्तिपूर्ण समाधानका लागि भएको सम्झौतालाई अन्तर्राष्ट्रिय सन्धिमा अभिलेख गर्नुपर्ने बताए । साथै, रुसमाथि लगाइएका सबै प्रतिबन्धहरू पनि हटाउनुपर्नेछ । रुसी राष्ट्रपतिले युक्रेनी सेनालाई फिर्ता गर्न सुरक्षित बाटो उपलब्ध गराउने वाचा गरेका छन् ।
युक्रेनले आयोजना गर्न लागेको शान्ति सम्मेलनको एक दिनअघि पुटिनले युद्ध अन्त्य गर्ने शर्त राखेका छन् । यो शान्ति सम्मेलन शनिबार स्वीट्जरल्याण्डको बर्गेनस्टकमा हुने भएको छ । शान्ति सम्मेलनमा ९२ देश र आठ संस्थाका एक सय प्रतिनिधि सहभागी हुने स्वीस सरकारले जनाएको छ ।
तर, रुसी प्रतिनिधिलाई निमन्त्रणा गरिएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् ।
सम्मेलनमा दुई दिनसम्म वार्ता हुनेछ । यी तीन मुद्दाहरू खाद्य सुरक्षा, आणविक विकिरण र सुरक्षाका साथै मानवीय मुद्दाहरूसँग सम्बन्धित हुनेछन् । यसमा युक्रेनी बालबालिका सहित सबै युक्रेनी बन्दीहरू र कैद गरिएका युक्रेनीहरूको रिहाई समावेश छ।
सम्मेलनमा भएका निर्णयहरू मध्यस्थकर्तामार्फत रुसलाई जानकारी गराइनेछ । सम्मेलनको योजना अनुसार यी मध्यस्थकर्ताहरूले रुस र युक्रेनबीच मध्यस्थता गर्नेछन्। यसअघि पनि यस्ता वार्तामा सहमति भइसकेको छ । तर, युद्ध रोक्ने पुटिनको भनाइले शान्ति सम्मेलनको एजेण्डामा कुनै परिवर्तन ल्याउने वा नदिने भन्ने अझै निश्चित छैन ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले पुटिनको युद्धविराम प्रस्तावलाई अल्टिमेटम भनेका छन्, जसलाई विश्वास गर्न सकिँदैन । जेलेन्स्कीले आफूले बुझेसम्म युद्धविरामसँग सम्बन्धित शर्तहरू स्वीकार गरे पनि पुटिनले सैन्य आक्रमण रोक्न नसक्ने बताए ।
उनले पुटिनका यी सन्देशहरू हिटलरले प्रयोग गरेको सन्देशसँग मिल्दोजुल्दो रहेको बताए ।
जेलेन्स्कीले भने, ‘हिटलरले मलाई चेकोस्लोभाकियाको एक भाग दिनुहोस् र म युद्ध अन्त्य गर्छु भन्थे । यो पूर्ण झुट थियो । यसपछि हिटलरले पोल्याण्डको एक हिस्सा मागे । तर यसपछि पनि हिटलरले सम्पूर्ण युरोपमा आफ्नो नियन्त्रण कायम राखे।’
युक्रेनी विदेश मन्त्रालयले पुटिनको पछिल्लो भनाइमा कुनै नयाँ कुरा नभएको बताए ।
मन्त्रालयले भने, ‘स्विट्जरल्याण्डमा शान्ति शिखर सम्मेलनको पूर्वसन्ध्यामा पुटिनको एउटै लक्ष्य छ, यस शिखर सम्मेलनमा विश्वभरका नेता र देशहरूलाई सहभागी हुनबाट रोक्नु ।’
त्यस्तै अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई युद्ध अन्त्य गर्न आग्रह गर्ने स्थितिमा नभएको बताएका छन् । उनले भने- ‘पुटिनले युक्रेनलाई शान्ति प्राप्त गर्न के गर्नुपर्छ भन्न सक्ने स्थितिमा छैनन् ।’ उनले पुटिनले चाहेमा आज नै युद्ध अन्त्य गर्न सक्ने बताए ।न्युज कारखाना
काठमाडौँ । आजदेखि पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलिएका छन् ।
पशुपतिनाथ मन्दिरमा दशनार्थीको सङ्ख्या बढ्दै गएको र सबैले बिहानको समयमा पशुपतिनाथका चारवटै ढोकाबाट दर्शन गर्न पाउन भन्ने उद्देश्यका साथ आजदेखि बिहान ४ बजेदेखि नै पशुपतिनाथको चारवटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
यसअघि पशुपतिनाथ मन्दिरमा भट्टहरु प्रवेश गरेपछि बिहान ८: ३० बजेपछि मात्रै बाँकी तीन वटा ढोका खोलिने गरिएकामा आजदेखि चारवटै ढोका बिहान ४ बजे नै खोलिएको हो ।
चारवटै ढोका खोलिएपछि अहिले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनहरुको कोर क्षेत्रमा लाइन बढेको र दर्शन गर्न पनि सहज भएको कोषले जनाएको छ ।
अहिलेसम्म पशुपतिनाथको पश्चिमतर्फको ढोका बिहान ४ बजेदेखि खुला हुने र उत्तर, पूर्व र दक्षिणका ढोका बिहान ९: ३० बजेदेखि ११: ३० सम्म खुला गरिँदै आएको थियो।
यसअघि महाशिवरात्रि, हरितालिका तीज र बालाचतुर्दशीका दिन मात्रै पशुपतिनाथ मन्दिरको चार वटा ढोका बिहान ४ बजेदेखि खोल्ने गरिएको थियो ।न्युज कारखाना