ओम प्रकाश यादव,राैतहट,असाेज १९ गते ।
सधै जनताको बीचमा रहने पूर्व राज्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले आज दिनभरी बाढीको चपेटामा परेका जनताको उद्धार कार्यदेखी लिएर अन्य सहयोग गरेका छन् ।
अविरल वर्षापछि बागमति नदीमा आएको बाढीको पानी गाउँबस्तीमा पसेर क्षति पुरयाउन थालेपछि नेता यादव तत्काल आफना दर्जनौ कार्यकर्ता लिएर रौतहटको बाढी प्रभावित विभिन्न गाउँबस्तीहरुमा पुगेका थिए ।
वर्षापछि आएको बाढीमा स्थानीयहरु फसेको, बाढीले स्थानीहरुलाई बिजोग बनाएको र बागमति बाँध कटानको उच्च जोखिखमा परेको खबर पाउनासाथ नेता योगेन्द्र यादवले रौतहटका सुरक्षा निकायका प्रमुखहरुको टोली लिएर आज विहानै बाढी प्रभावित क्षेत्रमा पुगेका थिए ।
पूर्व मन्त्री योगेन्द्र यादव सहित रौतहटका प्रमुख जिल्ला अधिकारी सिडिओ विनोद कुमार खड्का, नेपाल प्रहरी उपरीक्षक एसपी नेत्रमणी गिरी, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी सहितका सुरक्षा निकायका टोली बाढी प्रभावित जिल्लाको दुर्गाभगवती गाउँपालिकाको बडहर्वा, राजदेवी नगरपालिकाको चण्डिया, बसतपुर लगाएतका गाउँमा स्थलगत निरीक्षण गरेका थिए ।

नेता यादव र सुरक्षा निकायका टोलीहरु पुग्दा तत्काल भत्किने अवस्थामा पुगेको बागमति नदीको बाँध मर्मत सम्भारदेखी लिएर बाढीमा फसेर उद्धारको पर्खाइमा रहेका नागरिकको उद्धार कार्य भएको थियो ।
बाँध नियन्त्रणको काम भएपछि तत्काल बाँध कटानको समस्या टरेको बुझिएको छ । समयमै बाँध मर्मत कार्य नहुँदा बाँध भत्केर बागमतिको बाढी गाउँबस्तीमा पसेर ठुलो जनधनको क्षति पुरयाउन सक्थ्यो तर जसपा नेपालका नेता योगेन्द्र यादवको पहलमा समयमै सुरक्षा निकायका प्रमुखहरु घटनास्थल पुगेर निरीक्षण गर्दा ठुलो मानवीय र भौतिक क्षति हुनबाट जोगिएको छ ।
पूर्व मन्त्री समेत रहेका नेता यादवले बागमति नदीको छेउमा रहेको बडहर्वा, चण्डिया, बसतपुर लगाएतका गाउँमा बाढीको चपेटामा फसेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा सार्ने काम गरेका थिए । त्यस्तै उक्त ठाउँहरुमा हुँदै गरेको बाँध कटानलाई रोक्ने प्रयास समेत उनले गरे जसका कारण जनधनको क्षति हुन पाएन ।
विपद्का बेला समस्यामा परेका नागरिकलाई सहयोग गर्नु नै ठुलो मानवता र धर्म रहेको भन्दै उनले आफुले जहिले पनि जनतालाई कुनै किसिमको आपद विपद् परेका बेला तृरुन्त पुग्ने गरेको तथा सहयोग गर्ने गरेको बताए ।
योगेन्द्र राय यादव जनताको बीचमा सबभन्दा बढी रहने र जनतालाई हरेक प्रकारको सहयोग गर्नेदेखी लिएर जनताको काम लगनशील भएर गर्ने नेताको रुपमा चिनिन्छ । त्यस कारण जनतामा उनी निकै लोकप्रिय र चर्चित छन ।
अरु नेताहरु बाढीको रमिता हेर्न आज दिनभरी व्यस्त रहेका थिए तर योगेन्द्र राय यादव बाढीको चपेटामा परेका नागरिकको उद्धारमा आफै खटेको देखिएको थियो ।
आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते ।
रौतहटको कटहरिया र सन्तपुरलाई जोड्ने मुख्य सडक खण्ड पुनः एकपटक अवरुद्ध बनेको छ । लाल बकैया पुलभन्दा अगाडि बाँधको छेउमा निर्माण गरिएको कजवे भएर बाढीको पानी बग्न थालेपछि सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको हो ।
सडक डिभिजन चन्द्रनिगाहपुरले पुलको सट्टा कजवे निर्माण गर्दै आएको छ । स्थानीयवासीका अनुसार हरेक वर्ष बर्खायाममा बाढी आउँदा यो कजवे भएर पानी बग्ने समस्या दोहोरिरहन्छ । गत वर्ष पनि सोही स्थानमा निर्माण कजवे निर्माण गरिएको थियो । यद्यपि सम्बन्धित निकायले स्थायी समाधानका लागि कुनै पहल नगरेको स्थानीयको गुनासो छ ।
“हामीले वर्षौंदेखि पुल निर्माणको माग गर्दै आएका छौं,” कटहरियाका एक स्थानीय बासिन्दाले भने, “तर सधैं कजवे बनाएर समय कटाइन्छ । हरेक बर्खामा बाटो अबरुद्ध हुँदा विद्यालय, अस्पताल र बजार जानै समस्या हुन्छ।”
बाढीका कारण सवारीसाधन आवतजावत ठप्प भएको छ भने सर्वसाधारणलाई हिडेर यात्रा गर्नसमेत मुस्किल परेको छ । विद्यालय जाने विद्यार्थी, बिरामी बोकेका एम्बुलेन्स तथा दैनिक उपभोग्य सामान बोकेका सवारी साधन बाटैमा रोकिएका छन् । लामाेदूरीकाे अर्काे बाटाे प्रयाेग गर्न बाध्य छन् ।
यस सडक खण्डको महत्वपूर्णताका बावजुद हरेक वर्ष यस्ताे संरचनामा मात्र भर पर्ने सरकारी नीति प्रति स्थानीय आक्रोशित छन् । उनीहरूले स्थायी पुल निर्माणको माग गर्दै चाँडै समाधान नभए विरोध कार्यक्रम गर्ने चेतावनीसमेत दिएका छन् ।
काठमाण्डाै, १८ असोज — देशभर विभिन्न स्थानहरूमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले जनजीवन प्रभावित बनिरहेका बेला लोकतान्त्रिक पत्रकार संघका केन्द्रीय अध्यक्ष कामरेन्द्र वर्माले संगठनका सबै सदस्यहरूलाई जहाँ भए पनि सक्दो सहयोग गर्न अपिल गर्नुभएको छ ।
अध्यक्ष वर्माले यो घडीलाई “आफतको समय” भन्दै सबै पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई मानवीय भावनाका साथ पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले भन्नुभयो, “यस्तो संकटमा सबैले जहाँबाट जसरी सकिन्छ, त्यहीँबाट सहयोग गर्नुपर्छ।”
देशका विभिन्न भागहरूमा पहिरो जाँदा घर, बाटो क्षतिग्रस्त भएका छन् भने केही स्थानमा बाढी पस्दा मानिसहरू विस्थापित भएका छन् । कतिपय क्षेत्र डुबानमा परेका छन् जसका कारण जनजीवन अस्तव्यस्त भएको छ । नेपाल सरकारले आईतवार र साेमवार सार्वजनिक विदा समेत दिएको छ ।
संघले आपतकालीन सूचना संकलन, सत्य तथ्यमा आधारित समाचार प्रकाशन, र पीडित क्षेत्रमा आवश्यक जानकारी प्रवाहमा पत्रकारहरूलाई सक्रिय रहन आग्रह गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते ।
निरन्तर परेको अविरल वर्षाले रौतहट जिल्लाभित्रका प्रमुख राजमार्ग र भित्री सडकहरुमा आवागमन प्रभावित भएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जानकारी दिएको छ ।
प्रहरीद्वारा जारी विज्ञप्तिअनुसार, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर नगरपालिका–१ र २ स्थित पहिला र दोस्रो लच्कामा बाटो पूर्णरूपमा खुलेको भए पनि अन्य स्थानहरूमा बाढीका कारण सडक पूर्णरूपमा बन्द छन् ।

राजपुर नगरपालिका–१ मा फतुवा गाउँतर्फ जाने हुलाकी राजमार्ग, यमुनामाई गाउँपालिका–४ मा बडहर्वा चौक जाने हुलाकी मार्ग, गौर नगरपालिका–६ मा गौर–चन्द्रपुर सडक अन्तर्गतको सबगाढा लच्कामा सवारी आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ । गौर क्षेत्रमा ट्रयाक्टर प्रयोग गरी केवल पैदल यात्रुहरूको आवतजावत भईरहेको जानकारी पनि दिइएको छ ।
त्यस्तै, गुजरा नगरपालिका–८ मा बालचनपुरबाट जङ्गलसहिया जाने भित्री सडक खण्डमा पर्ने लमहाखोलामा पनि बाटो बन्द भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रौतहटले जनताको सुरक्षा र जानकारीको लागि समयमै सूचना प्रवाह गर्न प्रतिबद्ध रहेको जनाएको छ । साथै, नागरिकहरूलाई सुरक्षित रहन र अनावश्यक यात्राबाट बच्न आग्रह गरिएको छ ।
“सजग रहौं, सुरक्षित रहौं” भन्ने नाराका साथ जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी प्रभावित क्षेत्रका अवस्थाबारे नियमित अपडेट दिने जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,असाेज १९ गते ।
शनिबार परेको लगातारको वर्षाले रौतहट जिल्लाका विभिन्न स्थानमा जनधन तथा संरचनामा क्षति पुर्याएको छ । जिल्ला प्रहरी कार्यालय राैतहटबाट प्राप्त जानकारी अनुसार वर्षा, बाढी र चट्याङ्गका कारण विभिन्न स्थानमा विद्युत उपकरण नष्ट हुनुका साथै सवारी आवागमन अवरुद्ध भएको छ भने तीन जनाको ज्यान गएको छ ।
चट्याङ्गले तीनको ज्यान गयो
कटहरिया नगरपालिका–२, हथियाही टोलमा बाढी हेर्न गएका बाटाेमा हिँडिरहेका १७ वर्षीय सरोज लहेरी र १६ वर्षीय नबिन यादवको चट्याङ्ग लागी घटनास्थलमै मृत्यु भएको हो । यस्तै, ईशनाथ नगरपालिका–८ मनसरी टोलका ४५ वर्षीय शेख जमरुण पनि आफ्नै घरको वरन्डामा बस्दाबस्दै चट्याङ्ग लागी ज्यान गुमाएका छन् ।
सवारी आवागमनमा अवरोध
चन्द्रपुर नगरपालिका–१ र २ को पूर्व–पश्चिम लोकमार्गमा आएको बाढीका कारण साना सवारी साधनको आवागमन अस्थायी रूपमा रोकिएको थियो । बाढीले रुख ढालेर सडक अवरुद्ध गराएपछि प्रहरी टोलीले तत्काल हस्तक्षेप गरी एकतर्फी सडक सुचारु गरिएको हो । यस्तै, गुजरा नगरपालिका–८ मा रहेको लमहा खोलाको बाढीले भित्री सडक दुईतर्फी अवरुद्ध गरेको छ ।
प्रहरीको गाडीमा क्षति
बाढीका कारण चन्द्रपुर नगरपालिका–२ को लच्कामा अनियन्त्रित भई पिकअप गाडीले प्रहरीको भ्यानमा ठक्कर दिँदा भ्यानको अगाडिको बम्पर र हेडलाइटमा क्षति पुगेको छ । चालक रोशन लामा जिम्बा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आकाशीय विद्युतले उपकरणमा क्षति
गरुडा नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय शिवनगरमा चट्याङ्गले इनभर्टर र ब्याट्रीमा क्षति पुगेको छ भने मानविय क्षति नभएको बताइएको छ ।
ज्यादै जोखिममा मौलापुर क्षेत्र
मौलापुर नगरपालिका–१ स्थित लालबकैया खोलाको बाँध झन्डै फुट्न लागेको हुँदा त्यहाँका वडाहरू (१, २, ३ र ५) उच्च जोखिममा छन् । बाँध फुटेमा ठुलो क्षतिको सम्भावना रहेको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीयहरू सुरक्षित स्थानमा सरे
बृन्दावन नगरपालिका–१ स्थित खोलाको बगरमा बस्दै आएका १२८ घरधुरी बाढीको जोखिमका कारण सुरक्षित स्थानमा सरेका छन् । स्थानीयहरू बृन्दावन नगरपालिका–१ बलरी खोर माट्रोटोल, वडा नं.२ खैरा टोल र वडा नं. ३ बिश्रामपुरमा अस्थायी रूपमा बसोबास गरेका छन् ।
प्रशासन सतर्क, प्रहरी परिचालन
प्रहरीका अनुसार सबै स्थानहरूमा टोली परिचालन गरिएको छ । चन्द्रनिगाहपुर, सिमराभवानिपुर, रामपुरखापलगायत स्थानमा प्रहरीको सक्रियतामा उद्धार र सडक व्यवस्थापन कार्य भइरहेको छ ।
आरके श्रीवास्तव,राैतहट,असाेज १८ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका–२ हथियाहीमा चट्याङ लागेर दुई किशोरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधवार साँझ करिब ६:३० बजे चट्याङ लाग्दा दुई जना किशोरले ज्यान गुमाएका हुन् ।
मृत्यु हुनेमा स्थानीय १७ वर्षीय सेहराज लहेरी र १६ वर्षीय नविन यादव रहेका छन् । दुवै जना एकै स्थानमा रहेका बेला चट्याङ परेको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार चट्याङ लागेर मृत्यु भएको पुष्टि गरेका छन् ।
यस सम्बन्धमा कटहरिया वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साहका अनुसार बाढी हेर्न गएकाे बेला अचानक चट्याङ खसेकाे थियो । जसमा लहेरीकाे घटना स्थलमै मृत्यु भएको हाे भने यादवकाे उपचारका लागि कटहरिया लैजाने क्रममा बाटाेमै मृत्यु भएको बताएका छन् ।
वर्षा र चट्याङको समयमा सावधानी अपनाउन प्रहरी प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ । कटहरिया आसपासमा आज बेलुका चट्याङले गर्दा धेरै बेरसम्म मानिसहरू त्रसित बनेका थिए ।
काठमाडौं, १८ असोज ।
आम जनता पार्टी (आजपा) ले अहिले बाढी, पहिरो, बर्षाले मुलुक संकटको सामना गरिरहेको बेला आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि पार्टी नेताकार्यकर्तालाई निर्देशन दिएको छ ।
आजपा प्रवक्ता चन्द्रभुषण साहले आज एक विज्ञप्ती जारी गर्दै अहिलेको संकटमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणमा जुटन पार्टीका नेताकार्यकर्तालाई अनुरोध गरेका छन ।
साथै पार्टी अध्यक्ष प्रभु साहको अध्यक्षतामा आयोजना हुने दशैं, दिपावली, छ्ठ पर्वका पुर्व निर्धारित सम्पुर्ण कार्यक्रम स्थगित गरिएको उनले जनाएका छन ।
`यस संकटको घडीमा आपसी सद्भाव, एकता, सहयोग र मानवीय संवेदनाका साथ यस विपद्को सामना गर्न प्रभावित क्षेत्रहरूमा युद्ध स्तरमा आवश्यक उद्धार, राहत, सहयोग एवं सहजीकरणका लागि हाम्रो सिङ्गो पार्टी पंक्ति सहित सम्पूर्ण सरोकारवाला निकायहरुलाई परिचालित रहन विशेष आह्वान समेत गर्दछौं,´ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
देशभर जारी भिषण वर्षा, बाढी, डुबान र पहिरोका कारण विभिन्न स्थानहरूमा संचार तथा यातायात सेवा अवरोध र आम जनजीवन समेत अस्तव्यस्त भई ठुलो मात्रामा जनधनको क्षति हुनसक्ने सम्भावनप्रति आजपा गम्भीर चिन्तित रहेको बताईएको छ ।
`हाम्रो आम जनता पार्टी (आजपा) का विभिन्न कमिटीहरूद्वारा महान पर्व दशैं, दिपावली तथा छठको पावन अवसरमा राष्ट्रिय अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्यतामा आयोजना गर्न लागिएका प्रशिक्षण, भेटघाट तथा शुभकामना आदानप्रदान लगायतका सबै कार्यक्रमहरू आकष्मिक रूपमा नागरिकको सुरक्षा, राहत र सहयोग कार्यलाई प्राथमिकतामा राखेर तत्कालका लागि स्थगन गरिएको विषय जानकारी गराइन्छ,´ विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आजपाले सर्वसाधारण नागरिकहरूलाई जलजन्य रोगहरू फैलिन नदिनका लागि सफा खानेपानी, सरसफाइ र स्वास्थ्य सर्तकतामा विशेष ध्यान दिई उच्च सतर्कता अपनाउन, जोखिमयुक्त क्षेत्रमा नजान, आवश्यक परे नजिकको सुरक्षाकर्मी वा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क एवं समन्वय गर्न समेत अनुरोध गरेको छ ।
काठमाडौं, १८ असोज – अविरल वर्षाको कारण काठमाडौं उपत्यकासहित देशभर जनजीवन प्रभावित भएको छ । प्रमुख राजमार्गहरू अवरुद्ध हुनुका साथै पहिरो र डुबानका घटनाले जोखिम बढेसँगै जनता त्रसित बनेका छन् ।
यस्तै विपद्को समयमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता शरतसिंह भण्डारीले सबै नागरिकलाई सुरक्षाका लागि घरमै बस्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै भण्डारीले भनेका छन्, “सम्भव भए दुई दिन घरमै बसौं।”
उनले देशका विभिन्न भागमा लगातार भइरहेको वर्षाले जनजीवन अस्तव्यस्त बनाएको भन्दै नागरिकहरूलाई सतर्क रहन र एकअर्कालाई सक्दो सहयोग गर्न अनुरोध गरेका छन् ।
“देशका प्रमुख राजमार्गहरू जोखिमपूर्ण छन् । जो जहाँ हुनुहुन्छ, कृपया सुरक्षीत रहनुहोस्,” भण्डारीले भनेका छन् ।
सरकार तथा सम्बन्धित निकायहरूले समेत विपद्को अवस्थामा आवश्यक सतर्कता अपनाउन र जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न अनुरोध गरिएको छ । हाल देशका विभिन्न स्थानमा पहिरो, डुबान र सडक अवरोधका समाचार आइरहेका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,असाेज १८ गते ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले असोज १८ देखि २० गतेसम्म देशभरि भारी वर्षा हुने चेतावनी दिएसँगै गएराति देखि अविरल वर्षा भइरहेको छ । सो सन्दर्भमा जिल्ला प्रहरी कार्यालय, रौतहटले बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै आम नागरिकलाई सतर्क रहन अनुरोध गरेको छ ।
प्रहरीले अनावश्यक यात्रा नगर्न, जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। साथै, नदी किनार, होचो स्थान तथा डुबान क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सर्न सुझाव दिइएको छ ।
आपतकालीन अवस्थामा १००, ९८५५०४०९९९ वा ९८५५०९०३७४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
सजग रहौं, सुरक्षित रहौं ।
काठमाडौं,असाेज १८ गते ।
सरकारले विपदजन्य क्षति रोक्न आइतबार र सोमबार सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले शनिबार सार्वजनिक सूचना जारी गर्दै दुई दिन बिदा दिइएको जानकारी दिएको छ। विपद व्यवस्थापन तथा अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक अरू सबै बन्द रहने गृह मन्त्रालयले जनाएको छ।
‘वर्षाका कारण उत्पन्न हुनसक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमका साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुनसक्ने सम्भावनालाई मध्यनजरमा राखेर असोज १९ र २० गतेका दिन विपद व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरू बाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि सो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ।
यस अवधिमा काम नपरी बाहिर ननिस्किन अनुरोध गरेको छ। शनिबार रातिदेखि भारी वर्षा हुने पूर्वानुमान छ। सभार सेताेपाटी