२०८३ श्रावण १२
२०८३ श्रावण १२

 

सत्येन्द्र प्रताप सिंह, असार २४

रौतहट जिल्लाको यमुनामाई गाँउपालिकामा एक युवतीको शव खोलामा फेला परेको छ । यमुनामाई गाँउपालिकाको वडा नं. ४ मा रहेको झाँझ खोलमा अन्दाजी १५ वर्षिया युवतीको शव फेला परेको बडहर्वा प्रहरी चौकीले जनाएको हो ।Open photoसोमबार बिहान स्थानियले खोलामा युवतीको शव देखे पछि सुरक्षाकर्मीलाई खबर गरेका थिए ।Open photo पानीमा शव रहेको भन्ने सूचना आए पछि संचारकर्मीको फेसबुक स्टेटसबाट समाजिक संजालमा फोटो राखे पछी मृतकको सनाखत खुलेको हो मृतक युवती रौतहटको माधवनारायण नगरपालिका वडा नं ५ का होरिल बैठाको १५ वर्षिय छोरी फूलमन्ती कुमारी बैठा रहेको मृतकका आफन्त बुवाले जनाए।Open photo मृतक युवतीले आफ्ना घरबाट तिन दिन देखि हराई रहेको हुँदा तिन दिन पछि मृत्यु भई गाउँ नजिक रहेको झाझनदीमा शव फेला परेको छ। उक्त शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।Open photo यता सोमबार बिहानै रौतहटको गरुडा नगरपालिका ५ मह्मदपुरका २२ वर्षिय अनिल यादव घर नजिकैको पोखरीमा डुबेको भन्ने खबर प्राप्त भए पछि सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गणबाट खटिएको टोलीले उनको खोजी कार्य गरि रहेको छ ।Open photo छारे रोगका बिरामी रहेका यादव बिहान शौचालय गर्न नजिकैको तलाउ तर्फ गएको र सो तलाउको किनारमा निजले लगाएको गमछा भेटिएकोले उनी तलाउमा डुबेको हुन सक्ने आशंकामा प्रहरीले खोजी गरिरहेको हो ।Open photo यसैगरी हिजो माधवनारायण नगरपालिकाको वडा नं. ९ गढौ स्थित बाग्मती नदीको किनारमा नाम वतन नखुलेको अन्दाजी ५३ वर्षिय एक पुरुषको शव फेला परेको थियो ।

सिरहा । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदिमा फसेका चार जनाको सशस्त्र प्रहरीले मंगलबार सकुशल उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षिय मनिया कापर, ५० वर्षिय सेवक साह, ३७ वर्षिय मोहम्द हाकिम राई र ३५ वर्षिय अलादिन राई रहेका छन् । दाउरा लिन गएको अवस्थामा एक्कासी पानिको बहाव बढेपछि उनीहरु सो नदिको बीच भागमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले उनीहरुलाई ट्यूव बोटको सहायताले सकुशल उद्धार गरेको हो । त्यसैगरी सोही नगरपालिका–२ स्थित कमला नदिको बीच भागमा फसेका दुई जनाको सशस्त्र प्रहरीले दिउँसो करीव २ बजे सकुशल उद्धार गरेको हो ।

धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षिय विष्णुदेव गोईत र २९ वर्षिय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढिको कारण सो नदिमा बीच भागमा फसेका थिए ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार गरिएका दुवै जना उक्त जेसीबीका चालक तथा सह–चालक रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा  सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै  स्थानहरूमा हल्का देखि मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  साथै कोशी र मधेश प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश,बागमती,लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।न्युज कारखाना

काठमाडौँ । सनथ जयसूर्या श्रीलंका राष्ट्रिय क्रिकेट टिमको अन्तरिम प्रशिक्षक बनेका छन् ।

श्रीलंका क्रिकेट बोर्डले सोमबार जयसूर्यालाई राष्ट्रिय टिमको अन्तरिम प्रशिक्षक बनाएको जानकारी दिएको हो ।

श्रीलंका क्रिकेट टिमको टी-२० विश्वकपमा खराब प्रदर्शनपछि तत्कालिन प्रशिक्षक क्रिस सिल्भरवूडले राजीनामा दिएपछि प्रशिक्षक पद खालि थियो ।

अब जयसूर्याले भारतविरुद्धको घरेलु सिरिज र सेप्टेम्बरमा हुने ईङल्याण्ड टूरसम्मका लागि प्रशिक्षकको भूमिका निभाउने बोर्डले जानकारी दिएको छ ।

जयसूर्या श्रीलंकाका सफल क्रिकेटर मध्ये एक हुन् । उनले एकदिवसीय क्रिकेटमा १३ हजारभन्दा बढी रन बनाएका छन् भने ३२३ विकेट समेत लिएका छन् ।न्युज कारखाना

भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका–६ नगरकोटमा असार २४ गते पहिरो गई अवरुद्ध भएको सडक सशस्त्र प्रहरीले सुचारु गरेको छ ।

नगरकोटबाट कात्तिके भन्ज्याङ्ग हुँदै साँखु जाने सडकमा पहिरो जाँदा सोही स्थानमा रहेको सेरेनी रिसोर्टको भवनमा समेत क्षति पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट गएको टोलीले डोजरको सहायतामा अवरुद्ध सडक सुचारु गरेको हो ।न्युज कारखाना

काठमाडौँ । जसपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति  रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्का स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादव, वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुडी र स्वास्थ्य तथा जनसङ्‌ख्या राज्यमन्त्री हसिना खानले प्रधानमन्त्रीसमक्ष दिएको राजीनामा स्वीकृत गरेका हुन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आ-आफ्नो पदबाट राजिनामा दिएकाले प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सिफारिसमा उनीहरूले सम्हाली आएका उक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री स्वयमले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।न्युज कारखाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीलाई नियमनकारी निकाय बनाउन सुझाव दिएका छन् ।

सोमबार सिंहदरबारमा बसेको सहकारी रकम हिनामिना प्रकरणको छानबिन गर्न गठित संसदीय समितिको बैठकमा आज गभर्नर अधिकारीले सहकारीका लागि नियमनकारी निकाय आवश्यक भएको बताएका हुन् ।

सभापति सूर्यबहादुर थापा क्षेत्रीको अध्यक्षतामा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असीमित बचत संकलन गर्न दिँदा सहकारी क्षेत्रमा अहिलेको समस्या आएको बताएका थिए ।

समितिका सभापति थापाका अनुसार गभर्नर अधिकारीले भूगोलको सीमा नराखिएको, असीमित बचत संकलन गर्न दिइएको र नियमनकारी निकायको प्रभावकारी उपस्थिति नभएको कारणले सहकारीमा अहिलेको जस्तो विकराल अवस्था आएको बताए ।

समितिको आजको बैठकमा बैंकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसी, कर्जा सूचना केन्द्रका अध्यक्ष गुणाकर भट्टसहित पछिल्लो सहकारी सुझाव समितिका संयोजक डा. जयकान्त राउतलाई बोलाएर सुझाव लिएको बताए ।न्युज कारखाना

रौतहट । रौतहट जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ५ लाख रुपैयाँ भन्दा बढीको अबैध भारतीय सामानहरू बरामद गरेको छ।

तस्करहरुले भारतीय बजारबाट खरीद गरी चोटिलुकी भन्सार छलेर बिभिन्न नाका हुँदै भित्र्याएको उक्त सामानहरू बरामद गरेको हो। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीका अनुसार १ लाख ९६ हजार बराबरको चाँदीको गहनाहरू,१ लाख ५५ हजार ८ सय बराबरको लत्ताकपडा सवारीसाधन ,१ लाख २४ हजारको पशु चौपाया र ९७ हजार ७०० को किराना तथा खादान गरी कुल ५ लाख ५५ हजार ५ सय बराबरको अबैध सामान बरामद गरेको हो।

बरामद सामान तथा सवारीसाधन आवशयक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय तस्करी नियन्त्रण गर्न प्रहरीले पूर्ण सक्रियता देखाएको स्थानीयहरूले बताएका छन ।न्युज कारखाना

काठमाडौं । नेप्से परिसूचक सोमबार ४.६२ प्रतिशतले घटेको छ । नेप्से ४.६२ अंकले घटेर २१३६.३५ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

आज ३२४ कम्पनिको ५९ हजार ९७४ कारोबारमा ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

आज समाज लागुवित्तको सबैभन्दा बढी ९.६८ प्रतिशत शेयर मुल्य बढेको छ भने मैलुङखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ८.३९  प्रतिशतले घटेको छ ।

आज कारोबारको हिसाबले सबैभन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैनको २८ करोड ७० लाख कारोबार भएको छ ।न्युज कारखाना

काठमाडौँ । बलिवुड फिल्म ‘कल्कि २८९८ एडी’ अहिले पनि सिनेमा हलमा प्रदर्शनमा छ । जुन २७, २०२४ मा रिलिज भएको प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासन अभिनित यो फिल्मले दर्शकको निकै माया पाइरहेको छ ।

फिल्मले घरेलु बक्स अफिसमा ५ सय करोडको आँकडा पार गरिसकेको छ । योसँगै यो फिल्मको विश्वव्यापी कमाईको आँकडा पनि तिब्र गतिमा बढिरहेको छ । आज निर्माताले ११ दिनको कमाईको अपडेट सेयर गरेका छन् ।

नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भारत स्तरमा रिलिज भएको छ । केवल ११ दिनमा फिल्मले भारतमा सबै भाषासहित ५०७ करोड भारुको व्यापार गरेको थियो । योसँगै फिल्म ग्लोबल बक्स अफिसमा १००० करोडको क्लबमा सामेल हुने दिशामा द्रुत गतिमा अघि बढिरहेको छ । वैजयन्ती मुभिजले साझा गरेको जानकारी अनुसार यो फिल्मले विश्वभर ९०० करोड कमाएको छ ।

निर्माण पक्षले फिल्मको नयाँ पोस्ट सार्वजनिक गरेको छ । यो फिल्मलाई ९०० करोडको आँकडाको साथ एक एपिक ब्लकबस्टरको रूपमा वर्णन गरिएको छ । पोस्टरको साथमा क्याप्सनमा लेखिएको छ, ‘जादुई माइलस्टोनतर्फ अघि बढ्दै…’। चलचित्रको यो उपलब्धिलाई दर्शकले निर्मातालाई बधाई दिइरहेका छन् । उनीहरुले पनि १००० करोडको पोस्टर हेर्न आतुर रहेको बताएका छन् । चलचित्र ‘कल्की २८९८ एडी’ को सिक्वेलको काम पनि सुरु भएको बताइएको छ ।

फिल्म कल्की करिब ६ सय करोडको बजेटमा बनेको हो ।

यो फिल्मले हिन्दी क्षेत्रमा पनि दर्शकलाई आकर्षित गर्न सफल भए पनि तुलनात्मक रूपमा दक्षिण भाषी क्षेत्रको तुलनामा हिन्दी क्षेत्रमा यसको चर्चा छैन । तर, कमाईको हिसाबले अहिलेसम्मको प्रदर्शन राम्रो भइरहेको छ र यो अवस्था कायम रहेमा चलचित्र छिट्टै हिट र सुपरहिटको श्रेणीमा पर्नेछ ।

फिल्म ‘कल्कि २८९८ एडी’ प्राचीन भारतीय हिन्दू पौराणिक कथाको पृष्ठभूमिमा आधारित छ । फिल्ममा मृणाल ठाकुर, एसएस राजामौली र दुल्कर सलमानको क्यामियो पनि छ। यो फिल्मको सिक्वेलको पनि घोषणा भइसकेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।