२०८३ श्रावण १
२०८३ श्रावण १

इस्लामबाद, २९ साउन । पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल फैज हमीद पक्राउ परेका छन ।

 

पाकिस्तानी सेनाले आवास घोटाला प्रकरणमा उनलाई अगस्ट १२ मा पक्राउ गरेको जानकारी दिएको छ । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि फैजविरुद्ध यो कारबाही गरिएको सेनाले जनाएको छ ।

 

पाकिस्तानी समाचार संस्थाका अनुसार सेनाले उनी माथी कोर्ट मार्सल सुरु गरेको छ । फैजलाई पूर्व प्रधानमन्त्री इमरान खानको नजिकका मानिदैँ आएको छ । पाकिस्तानको इतिहासमा आईएसआईका पूर्व प्रमुखलाई कुनै मुद्दामा पक्राउ गरिएको यो पहिलो पटक हो।

 

गत वर्ष नोभेम्बर १४ मा पाकिस्तानी सर्वोच्च अदालतले आफ्नो आदेशमा फैज हमीद विरुद्धको आरोपलाई नजरअन्दाज गर्न नसकिने बताएको थियो। यो आरोप निकै गम्भीर छ । अदालतले यदि फैज दोषी प्रमाणित भएमा यसले देशका संस्थाहरूको प्रतिष्ठालाई हानि पुग्ने बताएको थियो।

फैज हमीद पाकिस्तानी सेनाका सेवानिवृत्त लेफ्टिनेन्ट जनरल हुन्। उनले सन् २०१९ देखि २०२१ सम्म पाकिस्तानी गुप्तचर एजेन्सी आईएसआईको महानिर्देशकको रूपमा पनि काम गरेका थिए ।

फैजको जन्म पाकिस्तानको चकवालको लतीफल गाउँमा भएको थियो। हमिद सन् १९८७ मा पाकिस्तान मिलिटरी एकेडेमीमा भर्ना भएका थिए । उनले क्योटोको कमाण्ड र स्टाफ कलेजबाट स्नातक गरे। त्यसपछि उनी पाकिस्तानी सेनाको बलोच रेजिमेन्टमा कमीशन भएका थिए ।न्युज कारखाना

किभ, २९ साउन । युक्रेनले रुसको १००० बर्ग किलोमिटरमा कब्जा गरेको जनाएको छ ।

 

युक्रेन शीर्ष कमाण्डरका अनुसार कीभको सेनाले साढे दुई वर्षको पूर्ण स्तरको युद्धमा सबैभन्दा ठूलो सीमापार घुसपैठलाई दबाएर रुसी क्षेत्रको १,००० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको बताएका हुन ।

कमाण्डर ओलेक्सान्डर सिर्स्कीले भने, ‘युक्रेनले युद्ध सुरु भएको सात दिनसम्म पनि कुर्स्क क्षेत्रमा आक्रामक अभियान जारी राखेको छ।’

 

उता, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसले अरुका लागि युद्ध ल्याएको र अब रुस फर्किँदै गरेको प्रारम्भिक प्रतिक्रिया दिएका छन । तर, तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आक्रमणलाई ठूलो उत्तेजनाको रूपमा वर्णन गरेका छन । उनले रूसी सेनालाई ‘आफनो क्षेत्रबाट दुश्मनलाई तत्काल निकाल्न’ आदेश दिएका छन्।

 

पश्चिमी रूसी क्षेत्रबाट उनीहरूको सुरक्षाको लागि बढ्दो संख्यामा मानिसहरूलाई बाहिर निकालिएको छ । किभका अनुसार ५९ हजारलाई सो क्षेत्रवाट बाहिर निस्कन भनिएको छ ।
न्युज कारखाना

ढाका, २९ साउन । बंगलादेशमा बिदेशी फिल्ममाथी प्रतिबन्ध लगाएको ५१ बर्ष पछि बल्ल बलिउड फिल्म रिलिज गर्न दिइएको थियो ।

 

सन १९७१ मा बिदेशी फिल्म माथी लगाइएको प्रतिबन्ध हटाउँदै गत बर्ष शाहरूख खानको ‘पठान’ रिलिज गर्न दिएर तत्कालिन हसिना सरकारले सिनेमामा उद्दार नीति लिएको थियो । बंगलादेशका ४१ थियटरमा प्रदर्शन भएको पठानले झन्डै पाँच करोढ कमाएको थियो ।

 

यसरी बिदेशी सिनेमा माथी प्रतिबन्ध हटाउनुको मुख्य कारण बंगलादेशका सिनेमा उधोग ध्वस्त हुदैँ जानु थियो । ‘अश्लिलता र नक्कल’ कारण बदनाम हुदैँ ‘ढलिउड’ सिनेमाका कारण दुइ दशकमा झन्डै १ हजार सिनेमा हल बन्द हुन पुगेका थिए भने तीनीहरूलाइ सपिङ मल र अपार्टमेन्टमा रूपान्तरण गरिएको थियो ।

 

खासमा बंगलादेशी चलचित्र उद्योगले सुरुमा सरकारबाट कुनै सहयोग पाएको थिएनन् । ब‌गलादेशको चलचित्र उद्योगलाई अनाथ भनिन्थ्यो । जसका कारण पनि ढलिउड सिनेमाले अश्लिलता र नक्कलको सहारा लिनु परेको चलचित्र विश्लेषकहरु बताउँछन् । तर, सन् १९९६ मा शेख हसिना पहिलो पटक प्रधानमन्त्री भएपछि स्थितिमा उल्लेख्य सुधार गरियो ।

 

चलचित्र क्षेत्रलाई पहिलो पटक सन् २००१ मा उद्योगको दर्जा दिइएको थियो । यससँगै बंगलादेश चलचित्र विकास निगमको पनि स्थापना भएको थियो। लामो समयदेखि सरकारले हरेक वर्ष केही चलचित्रलाई अनुदान पनि दिने गरेको छ ।

 

गत वर्ष नै शेख हसिनाले फिल्म निर्माताहरुलाई राम्रो सिनेमा बनाउनमा ध्यान दिन आग्रह गरेकी थिइन् । वास्तवमा सिनेमाको दयनीय अवस्थालाई ध्यानमा राख्दै निर्माताहरू फिल्ममा पैसा लगानी गर्न चाहँदैनन्, जसका कारण बंगलादेशमा चलचित्रको भविष्यमाथि संकट गहिरिँदै गएको अवस्था थियो ।

 

शेख हसिनाले पनि २०२२ मा देशमा सिनेमा हलको अवस्था सुधार्न र नयाँ मल्टिप्लेक्स निर्माण गर्न ७०० करोडको कोष घोषणा गरेकी थिइन्।

अश्लील चलचित्रका कारण १००0 सिनेमा हल बन्द

बंगलादेशी फिल्मलाई हलमा पोर्न फिल्मले विस्थापित गरेको छ । यसले बंगलादेशी सिनेमालाई ठूलो नोक्सान पुर्यायो, जसलाई हटाउन सन् २००३ मा अश्लील फिल्महरू विरुद्ध आन्दोलन सुरु भयो।

 

चलचित्र विकास संस्थान अगाडि कलाकारहरुले प्रदर्शन गर्न थाले । फलस्वरूप, सरकारको हस्तक्षेपले बंगलादेशी सिनेमा अन्ततः २००७ मा अश्लील चलचित्रहरूको चंगुलबाट मुक्त हुन पुगेको थियो ।न्युज कारखाना

ढाका, २९ साउन । शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बंगलादेश अहिले चर्चामा रहेको छ ।

शेख हसिना उनै थिइन, जो बंगलादेशमा १९७१ को प्रतिबन्ध पछि हिन्दी फिल्म रिलिजको बाटो खोलिदिने व्यक्ति हुन्। वास्तवमा बंगलादेशले सन् १९७१ मा नै भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो ।

 

शेख हसिनाले २०२३ मा यो प्रतिबन्ध हटाउने काम गरेकी थिइन् किनभने त्यहाँको फिल्म उद्योग निकै कमजोर अवस्थामा थियो । शाहरुख खानको फिल्म ‘पठान’ ५१ वर्ष लामो प्रतिबन्ध पछि बंगलादेशमा रिलिज भएको पहिलो हिन्दी फिल्म हो ।

 

बंगलादेशी फिल्म उद्योगको कुरा गर्दा यसलाई ढलिउड भनिन्छ। यस उद्योगको चलचित्र राजधानी ढाका हो। भारतमा हरेक वर्ष औसत २ हजार फिल्म बन्छन् भने बंगलादेशमा मात्रै वर्षमा ७०–१०० फिल्म बन्छन् ।

 

९० को दशकमा हरेक बंगलादेशी फिल्महिन्दी फिल्मको नक्कल हुन्थ्यो । दर्शकलाई हलमा आकर्षित गर्न सन् २००० पछि चलचित्रकर्मीले पनि अश्लील चलचित्रको सहारा लिएका थिए, जसका कारण चलचित्र क्षेत्र सिमान्तमा परेको थियो र त्यसबाट हालसम्म पनि उम्कन सकेको छैन् ।

 

बंगलादेशमा एक हजारभन्दा बढी थिएटर बन्द

 

स्वतन्त्रता पछि  बंगलादेश सरकारले १९७१ मा निर्णय गर्यो– कुनै पनि विदेशी फिल्मलाई आफ्नो देशमा देखाउन अनुमति नदिने। स्थानीय चलचित्रलाई त्यहाँ प्रवर्द्धन गर्ने सरकारको निर्णयको तर्क थियो तर यो निर्णय उल्टो भयो ।

 

सन ८०–९० को अवधिमा बंगलादेशमा दर्शकलाई मनोरञ्जन दिने खालका चलचित्र बन्न सकेनन् । त्यतिबेला ढलिउडमा नक्कल गर्ने चलन चलेको थियो । लगभग हरेक फिल्म हिन्दी फिल्मबाट नक्कल गरेर बनाइएको थियो। निर्माताहरू केवल बंगाली फिल्महरू थिएटरहरूमा चलाई रहन चाहन्थे।

मनी कन्ट्रोल रिपोर्टका अनुसार बंगलादेशमा विगत २० वर्षमा एक हजारभन्दा बढी थिएटर बन्द भएका छन् । अधिकांश सिनेमा हल मालिकहरूले आफ्ना थिएटरहरूलाई सपिङ सेन्टर वा अपार्टमेन्टमा परिणत गरेका छन्। यस्तो अवस्थामा २० साल देखी फिल्मतर्फ जनताको ध्यान कसरी खिच्ने भन्ने समस्या निर्मातालाई परेको थियो ।

९० को दशकमा बंगलादेशमा करिब १५०० सिनेमा हल थिए तर बासी बङ्गाली फिल्मका कारण दर्शक थिएटर जान छाडेका थिए ।

वासिंगटन डिसी, २९ साउन । यतिखेर एक्सका मालिक एलन मस्क र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प बिच एक्स स्पेशमा अन्तर्वाता चलिरहेको छ ।

 

तर, करिब आधा घण्टाको स्पेश बार्ताले के देखाएको छ भने उनीहरूको अन्तरबार्ता जम्मा १.३ मिलियन मानिसहरूले मात्र लाइभ सुनिरहेका छन्।

 

यसको विपरित जब मस्कले गत वर्ष ट्विटर स्पेसमा रोन डेसेन्टिसको राष्ट्रपति अभियान सुरु गर्न मद्दत गरेका थिए, त्यो बेला लगभग ३ लाख भन्दा मानिसहरू  प्रत्यक्ष संबाद सुनेका थिए ।

यस अभियानको क्रममा धेरै अन्य महत्त्वपूर्ण घटना तथा टेलिभिजन प्रसारणको तुलनामा आजको मस्क र ट्रम्पको कुराकानी सुन्ने स्रोतको संख्या भने निकै सानो रहेको छ ।

 

यसअघि ५१ मिलियन भन्दा बढी मानिसहरूले ट्रम्प र राष्ट्रपति जो बाइडेन बीचको बहस हेरेको निल्सन रेटिङ एजेन्सीले जानकारी दिएका थिए भने गत महिना रिपब्लिकन नेशनल कन्भेन्सनमा ट्रम्पको भाषण २८ मिलियनले हेरेका थिए।

 

तर, विश्वको सबैभन्दा ठुलो सामाजिक प्लेटफर्ममा स्रोता कम पाइएको वीवीसीले उल्लेख गरेको छ । न्युज कारखाना

न्युर्योक, २९ साउन । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प टविटरमा फर्किएका छन ।

 

उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलोन मस्कलाई अन्तर्वार्ता दिईरहेका छन ।

 

यतिखेर एलन मस्क र ट्रम्प बिचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखी अन्तवार्ता हुने भनिए पनि प्रावधिक कारणले केही ढिलाई भएको थियो ।

 

अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी टविट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।

जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथी तत्कालिनन टविटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्वीटरबाट निष्क्रिय भएका थिए भने उनले आफनै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए ।  तर जब मस्कले २०२२ मा ट्विटर किने तव उनले ट्रम्पको खाता माथीको प्रतिबन्ध हटाए।

 

उनले यसबिचमा एक पटक ‘मग सट’को तस्विर सार्बजनिक गरे पनि त्यसपछि उनले कुनै टविट गरेका थिएनन् । तर, मस्कसँगको जारी अन्तर्वाता सँगै ट्रम्प टविटरमा सक्रिय भएका छन् ।न्युज कारखाना

राैतहट,२८ गते साउन । 

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राैतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं ५ कटहरिया बजारमा जनसेवा यूवा कलवको आयोजनामा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ ।

जन सेवा यूवा कलवका अध्यक्ष रामअधार यादवको समन्वयमा मेयर प्रत्यासी समाजसेवी युवा नेता नसरूदिन अंसारीले कटहरिया बजार लाई सफा सुन्दर होस् र बातावरण प्रदुषण नहोस् भन्ने उद्देश्यले फोहर व्यवस्थापनका लागि चौक चौकमा डसविन सहयोग गरेका छन् ।

साथै कटहरिया नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चन्दन कुमार कुशवाहाले कटहरिया बजार रहेको विवाह भवनको अगाडि र प्रांगणमा हराभरा स्वच्छ वातावरण रहने उद्देश्यले रुखको बिरूवा सहयोग गरि वृक्षारोपण गरेका छन्। साथै सो अवसरमा युवा कलवका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको छ ।

नयाँदिल्ली, कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन् ।

 

उनले लोकसभा चुनावअघि यसबारेमा पूर्ण जानकारी दिएका थिए । उनी प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक हुन सक्छन् तर तेस्रो पटक प्रधानमन्त्री बनेपछि राहुल गान्धीको खल्ती भरिएको छ । उनले मासिक ९ लाख (नेपाली १४ लाख ४० हजार) भन्दा बढी आम्दानी गरिरहेका छन् । पछिल्लो ५ महिनामा राहुल गान्धीले आफ्नो पोर्टफोलियोबाट ४६.४९ लाख (नेपाली रुपैयाँ ७३ लाख६ हजार) रुपैयाँ कमाइसकेका छन् ।

 

मिडिया रिपोर्टका अनुसार १५ मार्च २०२४ सम्म राहुल गान्धीको पोर्टफोलियो ४.३३ करोड (६ करोड ९२ लाख) भारतीय रुपैयाथियो। यो संख्या १२ अगस्टमा ४.८० करोड (७ करोड ६८ लाख) रुपैयाँ पुगेको छ। राहुल गान्धीसँग एशियन पेन्ट्स, बजाज पेन्ट्स, बजाज फाइनान्स, दीपक नाइट्रेट, डिभिज ल्याब्स, जीएमएम फोडलर, हिन्दुस्तान युनिलिभर, इन्फोसिस, आईटीसी, टीसीएस, टाइटन, ट्युब इन्भेस्टमेन्ट अफ इन्डिया र एलटीआई माइन्डट्री सहित २४ वटा शेयर छन्।

 

राहुल गान्धीको पोर्टफोलियोमा धेरै साना कम्पनीहरूको सेयर पनि छ। यसमा वेर्टोज एडवरटाइजिंग र विनायल केमिकल्स जस्ता कम्पनीहरू सामेल छन्। यी मध्ये, भेर्टोस विज्ञापनको बारेमा धेरै चर्चा गरिएको छ। उनीसँग कम्पनीको २६० सेयर थियो । तर, शेयर बाँडफाँड र बोनसका कारण उनीसँग अहिले ५ हजार २ सय कित्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।न्युज कारखाना

राैतहट,२८ गते साउन ।
रौतहटमा नेपाली काँग्रेस पार्टीको कार्यालयको लागि जग्गा खरिद र कार्यालय भवन निर्माणको लागि कटहरियाका एक जनाले ८५ हजार रुपैया सहयोग गरेका छन् । कटहरिया नगरपालिका वडा नम्बर ४ का पार्टी कमिटिका सभापति तथा वडाध्यक्ष प्रत्याशी हरिन्द्र प्रसाद यादवले नगद ८५ हजार रुपैया सहयोग गरेका छन् ।
यादवले पार्टीको नाममा रहेको खातामा सोमवार ८५ हजार रुपैया जम्मा गराएका हुन् । जिल्ला सदरमुकाम गौरमा नेपाली काँग्रेसको पार्टी कार्यालय संचालनको लागि जमिन र भवनको आवश्यकता रहेकोले पार्टीले गरेको आह्वान बमोजिम यादवले आफूखुसी रकम जम्मा गरेका हुन् ।
रौतहटको गरुडामा नेकाको पार्टी कार्यालय भवन रहेको भए पनि सदरमुकाम गौरमा भने अहिलेसम्म निजी घरमा रहँदै आएको थियो । पार्टीको मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवको घरमा लामो समयदेखि पार्टी कार्यालय संचालनमा रहेको छ ।
समय समयमा पार्टी कार्यालयको स्थान परिवर्तन भइरहँदा कार्यकर्तालाई सजिलो भइरहेको हुँदैन । विभिन्न पार्टीहरुले कार्यालय भवन निर्माण गरिसकेको सन्दर्भमा नेकाको पार्टी कार्यालय सदरमुकाम गौरमा निर्माण हुने भएपछि कार्यकर्ताहरु उत्साहित बनेका छन् । सोही क्रममा कार्यकर्ताहरुले स्वतःस्फूर्त रुपमा सहयोग गरिरहेका छन् । कटहरिया नगरपालिकाबाट राम्रो सहयोग पुग्ने विश्वास रहेको वडाध्यक्ष सर्फलाल गुप्ताले व्यक्त गरेका छन् । गुप्ताले भने – हरेक निष्ठावान कार्यकर्ताको सहयोगले सदरमुकाम गौरमा नेपाली काँग्रेसले जमिन किनेर घर बनाउने छ ।
पार्टी कार्यालयको लागि जमिन र भवन निर्माणमा सहयोग गर्न पाउँदा आफूलाई निकै खुसी लागेको यादवको भनाइ छ ।

जनकपुरधाम,साउन २८ । संघीयता विरोधी गतिविधिमा लागेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको जनता समाजवादी पार्टी नेपाल निकट युवा विद्यार्थीहरुले आज जनकपुरधाममा सिटि जुलुस प्रदर्शन गरेको छ ।
जम्बो मन्त्रीमण्डल गठन गरि संघियतालाई बदनाम गर्ने प्रयास गरेको, बिगतका सरकारले स्थापना गरेको मधेशको गौरबको योजनाहरुलाई ध्वस्त पार्ने प्रयास गरि रहेको भन्दै युवा विद्यार्थीहरुले बिरोध प्रदर्शन गरेको हुन ।
जनमत नेतृत्वको सरकारले संघियता बिरोधीहरुको ईसारामा संघियतालाई नै समाप्त पार्ने प्रयास गरि रहेको भन्दै आन्दोलनकारीहरुले मुख्यमन्त्रीहरुको राजिनामा मांग समेत गरेको छ ।
जनक चौकबाट शुरु भएको प्लेकार्ड सहितको सिटि जुलुस भानु चौक हुँदै मुख्यमन्त्री कार्यालयको मुलद्वार पुगेर सम्पन्न भएको थियो ।
जुलुस मुख्यमन्त्री कार्यालयको मुलद्वार पुग्दा प्रहरी हरु संग केही बेर घम्साघम्सी समेत भएको थियो । मिल्स एरियामा प्रहरी ले लगाएको सुरक्षा घेरा तोड्दै आन्दोलनकारीहरु रेल्बे ट्र्याक सम्म पुगेको थियो ।
कार्यक्रम समापन गर्दै समाजवादी युवा संघका धनुषाका अध्यक्ष दिपु कापरले जनता बिरोधि गतिविधिमा संलग्न मुख्यमन्त्री लाई तत्काल राजीनामा दिन मांग गरेका हुन ।
चरणबद्ध आन्दोलन अन्तर्गत भोलि मंगलबार मुख्यमन्त्री लाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।