२०८३ श्रावण १
२०८३ श्रावण १

नयाँदिल्ली, ३१ साउन । विनेश फोगाटले पेरिस ओलम्पिकमा रजत पदक नपाउने भएकी छिन ।

 

विश्व खेलकुदको मध्यस्थता अदालतले बुधबार अगस्टमा उनको अपील अस्वीकार गरेको जनाएको छ ।

 

फोगाट फाइनलअघि नै तौलका कारण अयोग्य घोषित भएको घोषणा गरिदिए पछि उनले खेलकुद अदालतमा याचिका दायर गरेकी थिइन । तर, उनको मुद्धाको सुनवाई १६ अगस्तमा फैसला हुने भनिए पनि उनको अपिल अगस्ट १४ गते नै खारेज गरिएको हो  ।

 

यो निर्णयपछि भारतीय ओलम्पिक कमिटीकी अध्यक्ष पीटी उषाले असन्तुष्टि जनाएकी छन् ।

 

विनेशले महिला ५० केजी तौल समूहमा लगातार ३ खेल जितेर फाइनलमा स्थान बनाएकी थिइन् । फाइनल अगस्ट ८ मा हुने तय भएपनि खेलअघि नै ओलम्पिक कमिटीले विनेशको तौल १०० ग्राम ५० केजीभन्दा बढी भएकाले उनलाई अयोग्य घोषित गरे पछि उनी अदालत पुगेकी थिइन ।न्युज कारखाना

 

न्युर्योक, ३१ साउन । कोलम्बिया युनिभर्सिटीका अध्यक्ष मिनोचे शफिकले बुधबार आफ्नो राजीनामाको घोषणा गरेकी छिन् ।

इजरायल–हमास द्वन्द्वको प्रतिक्रियामा उनले क्याम्पसमा विरोध प्रदर्शनलाई कसरी सम्हालिन् भनेर आलोचनाको सामना गर्नु परेको महिनौं पछि यो घोषणा आएको हो।

 

विद्यार्थी र संकाय सदस्यहरूलाई पठाएको इमेलमा शफिकले लेखेकी छिन, ‘म तपाईंलाई यो बताउनको लागि दुःखका साथ लेख्छु कि म अगस्ट १४, २०२४ देखि लागू हुने गरी कोलम्बिया विश्वविद्यालयको अध्यक्ष पदबाट राजीनामा दिँदैछु। यो अविश्वसनीय संस्थाको नेतृत्व गर्ने सम्मान र विशेषाधिकार मैले पाएको छु। मलाई विश्वास छ, यो बिचमा सँगै काम गरेर हामीले धेरै महत्त्वपूर्ण क्षेत्रहरूमा प्रगति गरेका छौं, यद्यपि यो उथलपुथलको अवधि पनि हो, जहाँ हाम्रो समुदायमा फरक विचारहरू हटाउन गाह्रो भएको छ ।’

 

इजरायलले गाजामाथी गरेको हमलाको बिरोध गर्न बिधार्थीलाई अनुमति दिएको आरोपमा उनलाई सोधपुछ गरिएको थियो । उनको विश्वबिद्यालयवाट १०० जना भन्दा बढी बिधार्थी पक्राउ परे पछि सो प्रदर्शन बिबादमा तानिएको थियो । सो प्रदर्शन पछि अमेरिका र क्यानडाका बिभिन्न विश्वबिद्यालयमा बिधार्थीले प्रदर्शन गरेका थिए । न्युज कारखाना

काठमाडौं, ३१ साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपॉक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ।

 

दुई वर्षमा यो दोस्रो पटक हो कि यो रोगलाई स्वास्थ्य आपतकाल घोषणा गरिएको हो। कंगोमा यो रोगको प्रकोप छ, जसका कारण छिमेकी देशहरु पनि प्रभावित भएका छन् ।

 

बाँदर बिफर जस्तै भाइरल रोग हो। यो भाइरसको संक्रमणले सामान्यतया धेरै साइड इफेक्ट गर्दैन, तर दुर्लभ अवस्थामा यो घातक हुन सक्छ। जसका कारण फ्लुजस्ता लक्षण देखिने र शरीरमा पिपले भरिएका घाउहरु देखा पर्छन् । यो भाइरस ओर्थोपक्स भाइरस जीनस परिवारको सदस्य हो, जुन बिफरको लागि पनि जिम्मेवार छ।

 

डब्लुएचओ पनि चिन्तित छ किनकि बाँदर पोक्सका विभिन्न प्रकोपहरूमा मृत्यु दर फरक छ। धेरै पटक यो १० प्रतिशत भन्दा बढी भएको छ। यो एक संक्रामक रोग भएकाले यो झन् खतरनाक साबित हुन सक्छ। त्यसैले डब्ल्यूएचओले यस सम्बन्धमा उच्च स्तरको अलर्ट जारी गरेको छ।

 

अफ्रिकामा हालसम्म एमपोक्सका १७ हजारभन्दा बढी केसहरू रिपोर्ट गरिएका छन्। अफ्रिका सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार यस वर्ष अफ्रिकी महादेशमा १७ हजार भन्दा बढी मंकिपक्सका संदिग्ध घटनाहरू फेला परेका थिए, जसमध्ये ५१७ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष केसमा १६० प्रतिशतले वृद्धि भएको छ । कुलमा मांकिपाक्सका को केसहरू १३ देशहरूमा रिपोर्ट गरिएको छ।न्युज कारखाना

ढाका, ३१ साउन । बंगलादेशका पुर्व उपसभामुख र पुर्व राज्य मन्त्री पक्राउ परेका छन् ।

 

पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई प्रहरीले पक्राउ गरेको हो ।

 

पल्टन प्रहरी चौकीमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको आरोपमा प्रहरीले  उनीहरूलाइ पक्राउ गरेको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन ।

 

समाचार अनुसार निकुञ्ज निवासी इलाकाबाट पूर्वउपसभामुख समसुल हक टुकु र पूर्व सूचना प्रविधि राज्यमन्त्री जुनैद अहमद पलकलाई पक्राउ गरेको हो, जसको पुष्टी ढाकाको महानगरीय प्रहरीले बुधबार राति सो कुराको पुष्टि गरेको हो ।

 

उता, प्रहरीले ढाका विश्वविद्यालयको छातालिग इकाईका महासचिव तनवीर हसन शैकतलाई पनि पक्राउ गरेको छ ।

 

उनीहरु खिल्केट प्रहरी चौकी अन्तर्गत निकुञ्ज आवासीय क्षेत्रमा लुकेर बसेको अवस्थामा उनलाइ पक्राउ गरिएको डीएमपीले जनाएको छ ।

 

यसअघि मंगलबार पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग मामिलाका सल्लाहकार सलमान एफ रहमान र पूर्व कानूनमन्त्री अनिसुल हकलाई नदीको बाटो भएर भाग्न खोज्दा ढाकाको सदरघाट क्षेत्रबाट तटरक्षक दलका सदस्यहरूले मंगलबार पक्राउ गरिएको थियो ।
न्युज कारखाना

रौतहट ३१ साउन।
रौतहटको सदरमुकाम गौर स्थित पेटमा चक्कु प्रहार गरी एकजना वृद्धको हत्या गरिएको छ।

 

गौर नगरपालिका -५ कोईरी टोलका ७४ बर्षीय अनुरुद महतोको पेटमा चक्कु प्रहार गरी हत्या गरिएको हो।

 

गएराति खाना खाएर आफ्नो घरमा सुतेका महतोको शव घर देखि २०० मीटर पर धानको खेतमा आज बिहान साढे ८ बजे देखिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्। स्थानीयले शव हेरेर प्रहरीलाई खबर गरेका थिए।

 

घटनाको खबर लगत्तै जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।
गौर स्थित झुलेंगेपुलको दक्षिण पट्टी धानको खेतमा भेटिएको मृतक अनुरूध महतोको पेटमा धारिलो हतियार प्रयोग भएको देखिएको एसपी घिमिरेले बताएका छन्।

 

मृतक महतो लागूऔषध गाँजा प्रयोग गर्ने मानिस भएकाले घटना गर्ने लागू औषध प्रयोगकर्ता हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको छ।

 

घटनामा संलग्न हालसम्म कोही पक्राउ पर्न
नसकेको तथा थप अनुसन्धान भइरहेको एसपी घिमिरेले जानकारी दिएका छन्। घटनामा संलग्न अपराधी चाँडै पक्राउ हुने प्रहरीले बताएको छ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन ३१ गते बिहीबार ई.सं.२०२४ अगस्त १५ नेपाल सम्बत ११४४ गुंलाथ्व दशमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण शुक्ल दशमी, चन्द्रमा वृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५ः३४ बजे, सूर्यास्त साँझ ०६ः४१ बजे हुनेछ । आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर ३४ मिनेट देखि ०७ बजेर १२ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

प्रशस्त सम्भावना र उपलब्धिहरू भएको राम्रो दिन छ, सानो प्रयासले राम्रो नतिजाका साथै सम्मान र जस पाउन सकिने छ । भाग्यले साथ दिने समय हो, आफ्नो प्रभावलाई अझ बलियो बनाउन आफ्ना प्रियजन र सहकर्मीहरूलाई प्रोत्साहन गर्नुपर्छ, किनकि विश्वास संसारको सबैभन्दा सुन्दर बिरुवा हो, जुन जमिनमा होइन मुटुमा उम्रन्छ । क्षमता प्रदर्शन गरी अरुमाथि छाप छोड्ने समय हो । कार्य सम्पादनका माध्यमबाट सिनियरलाई समेत आकर्षित तुल्याउन सकिने छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । लड्ने वा चिप्लने डर भएकाले सचेत हुनुपर्ने दिन हो, घरपरिवारमा सम्पर्क राखी खरखाँचोका बारेमा पनि जानकारी बटुल्नु ठीक हुन्छ । परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलोरकालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पारिवारिक भ्रमणमा निस्कनुपर्ने हुन्छ, अथवा भविष्यमा हुने कुनै यात्राको योजना बनाउन सकिन्छ । तपाईंको प्रस्तावमा छोराछोरीको पूर्ण समर्थन रहनेछ । आफ्नो खूबी, क्षमता र आन्तरिक प्रतिभालाई बाहिर निकालेर प्रतिष्ठा कमाउने समय हो, लुकेको कलात्मक प्रतिभाको प्रस्फुटन हुनाले भविष्य सुध्रने छ । राम रमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

हाकिम वा सेवाग्राहीको रिसको चक्रमा पर्न सकिन्छ, समस्या देखिएमा कलह वा विवादलाई होइन, बुद्धिकौशलको उपयोग गरी मिलनसार बनिदिनु राम्रो हुन्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । स्वास्थ्य अनुकूल रहनेछ, आकस्मिक यात्राबाट भाग्य बढ्ने दिन हो, प्रतिस्पद्र्धी र शत्रुले आँखा तरे पनि सामना गर्ने साहस गर्ने छैनन् । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसेरकालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाका मित्रहरू, आत्मीयजन वा छोराछोरीसित सम्पर्क वा भेटघाट हुने तथा रामरमाइलोमा सरिक हुने दिन हो, भावना र इच्छाहरूको कदर हुनेछ । सीपमूलक शिक्षा र प्राविधिक विषयमा आफ्नो क्षमता प्रदर्शन गर्ने दिन हो, परिश्रमी र लगनशील भएमा मात्र भाग्यले समेत साथ दिनेछ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

दाम्पत्यजीवन सुखद रहने एवं परिवारमा सुखशान्ति र सम्मृद्धि छाउने राम्रो समय छ, तर बुढाबुढी र बुजुर्ग सदस्यको भावनाको कदर गर्नुहोला । गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा अनुभवलाई तिखार्ने अवसर मिल्नेछ, सुखको चाहनाले लक्ष्यमा बिलम्ब हुनसक्छ, अनि आमाको आशीर्वादले हरेक काममा सफलता दिलाउनेछ । यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । हर्षित हुने समाचार आउने छ, सानो प्रयासले मात्र भाग्य बढ्ने समय छ, त्यसैले मिहिनेत गरेर आम्दानीका मार्ग सुधार्न सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परीक्षा, प्रतियोगिता वा प्रतिस्पद्र्धामा विजय प्राप्त गर्ने दिन हो, मिहिनेत गर्न सकेमा पठनपाठनका दृष्टिले पनि आज उत्कृष्ट दिन बन्नसक्छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । मुखका माध्यमले नै महत्त्वपूर्ण काम बन्नसक्ने राम्रो समय छ, सिनियर कर्मचारी वा वरिष्ठ कर्मचारीलाई खुसी पारेर आफ्नो स्वार्थ पूरा गर्न सकिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतोरउज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनमा उत्साह र शरीरमा स्फूर्तिको उदय हुनेछ । सबैले व्यक्तित्व र कार्यशैलीको प्रशंसा गर्नेछन्, खुट्टा तान्ने र कुरा काट्नेहरू अब आफैं तर्किएर हिंड्ने समय आएको छ । अध्ययनप्रतिको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ, प्रतिस्पद्र्धामा जीत हुनेछ, विगतका कमीकमजोरीमा सुधार गरी प्रयत्न गरेको काममा सफल भइने छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

खर्चको मात्रा बढ्नुका साथै वैचारिक अस्थिरता देखिने दिन छ, तथापि सँगीसाथीको मद्दत लिएर हिम्मतका साथमा प्रयास गरेमा पेसागत र व्यवसायिक परिस्थितिमा सुधार आउने छ । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । आर्थिक दृष्टिले कमजोर समय भएकाले हरेक काममा तौलेर खर्च गर्ने दिन हो, आज कुनै योजना कार्यान्वयन गर्न वा नयाँ कुरा किन्न अनुकूल समय देखिंदैन । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलोरकालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मोटो धनमाल हातपार्ने समय हो, इच्छा पूर्ति गर्न वा शारीरिक सुख प्राप्त गर्ने बहानामा केही धन खर्च पनि हुनेछ । कुनै प्रस्तावउपर विचाररविमर्श हुने दिन हो, आजको त्याग र साधनाबाट भविष्य सुदृढ बन्नेछ, खर्चमा कटौती गरेर भए पनि लगानी गर्नु ठीक हुन्छ । दाजुभाइ र दिदीबहिनीसँग सहायता आदानरप्रदान गर्ने समय हो । काम छैन भने पनि माइतीपक्षसँग सम्पर्क गरी खैखबर बटुल्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलोरकालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । समुचित योजनाका साथ आफ्ना जिम्मेबारी र दायित्वलाई कार्यान्वयन गर्नुपर्छ । रामरमाइलोमा आकर्षण देखिंदैन, बरु कार्यस्थलमा बोझ बढ्ने सम्भावना छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलोरकालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)

न्युज कारखाना

काठमाडौं । भुटानको पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई परजित गरेको छ ।

मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

वर्षाका कारण हिलाम्य भएको मैदानमा लाकेन लिम्बुले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । अर्को मिनेटमा नै पारोले बराबरी गोल फर्कायो । गोलकिपर दिप कार्कीले नियन्त्रणमा लिन नसकेपछि किंगाले गोल गर्दै खेल एक-एक को बराबरी गरेका थिए । तर चर्च ब्वाइजले बराबरी पनि जोगाउन सकेन । पारोले दोस्रो हाफमा गोल गर्यो । विलियमले गोल गरेसँगै बनाएको २-१ को अग्रता जोगाउँदै भुटानले जित दर्ता गरेको हो ।

यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । गत वर्ष भएको एएफसी कपको छनोट चरणमा पनि पारोले चर्च ब्वाइजसँग खेलेको थियो । त्यो खेलमा भने चर्च ब्वाइज विजयी भएको थियो ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल देशभर साधारणतया बदली रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका  एक-दुई स्थानमा  भारी वर्षाको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।