काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ ।
वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जानकारी दिएको हो ।
समितिका सभापति प्रा डा माधव भट्टराई र सदस्यसचिव लक्ष्मण पन्थीले जारी गरेको विज्ञप्तिमा कतैकतै सन्देह उत्पन्न भएको भन्ने जानकारी प्राप्त भएकाले स्थानीय तिथ्यादिको मानका आधारमा धर्मशास्त्रले तोकेको कर्मकालअनुसार चाड पर्वादि मनाउन स्पष्ट गरिएको छ ।
अष्ट्रेलियामा मनाइने विजयादशमी पर्वको दशमी तिथि उदयकालीन २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) भएकाले अष्ट्रेलियामा यसै दिन विजयादशमी (टीका) ग्रहण गर्नुपर्नेछ । नेपालमा २०८१ असोज २६ गते (२०२४ अक्टोबर १२ तारिख) सूर्योदयकालीन दशमी तिथि भएको र २७ गते सूर्योदयकालमा दशमी तिथि नहुनाले नेपालमा असोज २६ गते नै विजयादशमी मनाउनुपर्ने समितिले जनाएको छ ।
यो पर्व तिथि प्रधान भएकाले श्रवण नक्षत्र पर्दा यसको प्रशस्त्य हुनेमात्र हो । यो नक्षत्र विजयादशमीको कारक नभएकाले विजयादशमीको टीका नेपालमा असोज २६ गते र अष्ट्रेलियामा असोज २७ गते मनाउन समितिले विज्ञप्तिमार्फत स्पष्ट पारेको छ ।
त्यसैगरी अष्ट्रेलियामा लक्ष्मी पूजा औँसी तिथि सन्ध्या काल २०८१ कात्तिक १६ गते (२०२४ नोभेम्वर १ तारिक) भएकाले अस्ट्रेलियामा (नोभेम्वर १ तारिक) यसै दिन लक्ष्मी पूजा गर्नुपर्ने र नेपालमा २०८१ कार्तिक १५ गते (२०२४ अक्टोवर ३१ तारिक) मा सन्ध्या कालमा औँसी तिथि भएकाले १५ गते नै लक्ष्मी पूजा गर्नुपर्ने पनि समितिले स्पष्ट गरेको छ ।
अष्ट्रेलियालगायत नेपाली र भारतीय वैदिक सनातन हिन्दू धर्मावलम्बी बढी भएका देशमा दसैँ, तिहारजस्ता पर्व भव्य रूपमा मनाइन्छ । यी देशमा सूर्योदयकाल फरक हुने भएकाले तिथि पनि फरक पर्न गएको हो । शास्त्रीय रूपमा जुन तिथिमा जे पर्व मनाउनु भनिएको छ । त्यसैअनुसार कर्म गराउने उद्देश्यले नै समितिको गठन भएको हो । विश्व ज्योतिष महासङ्घअन्तर्गत समितिले अन्तर्राष्ट्रियस्तरमा चाडपर्वसम्बन्धी विवाद भएमा निर्णय गर्ने गरेको छ । न्युज कारखाना
काठमाडौँ । एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट लगभग ७०० किलोमिटर माथि स्पेसवाक गरेका छन् । स्पेसवाकको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी अन्तरिक्ष यानबाट गरिएको यो पहिलो स्पेसवाक हो ।
पोलारिस डन मिसन १० सेप्टेम्बरमा सुरु भएको थियो । यस मिसनमा ४ जना अन्तरिक्ष यात्री अन्तरिक्षमा गएका छन् । यी मध्ये दुई अन्तरिक्ष यात्री, मिसन कमाण्डर जेरेड इसेकम्यान र मिसन विशेषज्ञ साराह गिलिस, करिब १० मिनेटको लागि अन्तरिक्ष वाकको लागि बाहिर गएका थिए । स्पेसवाक पछि, अन्तरिक्ष यानको ह्याच बन्द भयो । यो ५ दिने मिसनमा अन्तरिक्ष यात्रीहरू ५० वर्षभन्दा बढी समयदेखि कुनै पनि अन्तरिक्ष यात्री नपुगेको कक्षमा पुगेका छन् । मस्कको कम्पनीको फाल्कन–९ रकेटबाट मिसन प्रक्षेपण गरिएको थियो ।
स्पेसवाक अघि, चालक दलले ‘प्रि-ब्रेथ’ प्रक्रिया गरेका थिए । यस प्रक्रियामा, केबिन शुद्ध अक्सिजनले भरिएको थियो र नाइट्रोजनको सूक्ष्म कणहरू पनि हटाइएको थियो । यदि नाइट्रोजन अन्तरिक्ष यात्रीको रगतप्रवाहमा पुग्छ भने तिनीहरू अन्तरिक्षमा हुँदा यसले रक्त प्रवाहमा अवरोध ल्याउन सक्छ । यसले डिकम्प्रेसन रोग पनि निम्त्याउन सक्छ । यसमा चापमा तीव्र कमीका कारण रगत वा तन्तुमा हावाका बुलबुले बन्छन् ।
यस मिशनको उद्देश्य पहिलो निजी बाह्य गतिविधि (स्पेसवाक) थियो । साथै मानव स्वास्थ्य सम्बन्धी ३६ वटा अनुसन्धान र प्रयोग पनि गरिनेछ । यसबाहेक, स्टारलिंकको लेजरमा आधारित सञ्चार अन्तरिक्षमा परीक्षण गरिनेछ । यो पहिलो पटक हो कि दुई स्पेसएक्स कर्मचारीहरू पोलारिस डन मिशनको हिस्सा हुन् । फाल्कन ९ एक पुन: प्रयोज्य, दुई-चरण रकेट हो जुन स्पेसएक्सद्वारा अन्तरिक्ष यात्रीहरू र पेलोडहरू पृथ्वीको कक्षा र त्यसभन्दा बाहिर लैजानको लागि डिजाइन गरिएको हो ।
ड्र्यागन स्पेसक्राफ्टले ७ अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा लैजान सक्षम छ । यो एकमात्र निजी अन्तरिक्ष यान हो, जसले मानिसहरूलाई अन्तरिक्ष स्टेशनमा लैजान्छ र तिनीहरूलाई फिर्ता ल्याउँछ । ड्र्यागनको पहिलो परीक्षण उडान २०१० मा भएको थियो । पोलारिस कार्यक्रम: पोलारिस डन तीन योजनाबद्ध मिशन मध्ये पहिलो हो । यदि सबै योजना अनुसार हुदै गएमा तेस्रो पोलारिस उडान स्टारशिपको पहिलो चालक दल मिशन हुनेछ । स्टारशिप संसारको सबैभन्दा शक्तिशाली रकेट हो, जसको परीक्षण भइरहेको छ । न्युज कारखाना
आजको राशिफल बि.सं.२०८१ भदौ २८ गते शुक्रबार ई.सं.२०२४ सेप्टेम्बर १३ नेपाल सम्बत ११४४ ञंलाथ्व दशमी, कालयुक्त नाम संवत्सर सूर्य दक्षिणायनं बर्षा ऋतु, भदौ शुक्ल दशमी, चन्द्रमा धनु राशिमा, पूर्वाषाढा नक्षत्र, सौभाग्य योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: ४८ बजे, सूर्यास्त साँझ ०५: १० बजे हुनेछ ।
आज जन्म लिने बच्चा धनु राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०७ बजेर २१ मिनेट देखि ०८ बजेर ५३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ देवगुरुभ्यो नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा कुनै नवीन कार्य गर्ने भावना जागृत हुनेछ, तर आज त्यस्तो दिन हो, जसमा मनको कुरो मनैमा रहन सक्छ । ख्याति र प्रतिष्ठा बढाउन प्रयास गर्ने समय हो, पिता वा पितातुल्य व्यक्तिको सुझावलाई मनन गर्न सकेमा आम्दानीका मार्गलाई सकारात्मक गति प्रदान गर्न सकिने छ । सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ, तर पुरानो बाँकी बक्यौता उठाउने प्रयास गर्नुहोला, डुबेको वा गुमेको धन हातपार्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
रूपसौन्दर्य र गहनागुरियामा आकर्षण बढ्नेछ, सिर्जनात्मक काम गीतसङ्गीत, नृत्य÷अभिनय वा कला र साहित्यका विषयमा रुचि जाग्ने समय हो । तपाईंलाई गुरुवर्ग र अभिभावकले निकै भरोसा र विश्वास राखेको देखिन्छ, अतः लक्ष्यप्रति सचेत भई टुप्पी कसेर मिहिनेत गर्ने समय छ । आनन्द र रमणीयताका लागि समय छुट्याइने छ, घुमघाम, भ्रमण र पर्यटनको मनसाय पनि बन्नसक्छ र जीवनसाथी वा प्रेयसीको भावनाको कदर गर्दै केही धनरकम मौजमज्जामा खर्च गर्ने परिस्थिति छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कामाक्षीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफूले गरेको मिहिनेतको प्रतिफल अरुले हत्याउने चेष्टा गर्नेछन्, तर शुभचिन्तकहरूको साथ पाउनाले अप्ठ्यारो परिस्थितिमा समेत काम बनाउन सकिने दिन हो । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ ध्वाँसे÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ रां राहवे नमः यस मन्त्रलाई कम्तीमा १८ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
नयाँ कारोबारप्रतिको आकर्षण बढ्नेछ । परिस्थिति आफ्नो पक्षमा नरहे पनि बुद्धि र ट्रिकको प्रयोग गरी लक्ष्यमा पुग्न सकिने दिन हो । प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । बौद्धिकतामा निखार आउने दिन हो, अतः विषयवस्तुप्रति गम्भीर बन्न प्रयास गर्नुहोला, पढाइमा लगाव बढाउनुपर्छ, सोचेजस्तै रिजल्ट पाउन सकिने छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ज्ञानमुद्रायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
घरपरिवारमा राम्रो देखिन्छ, विभिन्न कुराको लाभ पाउने समय हो, तर कुरा काट्ने र खिसीट्युरी गर्नेहरूको क्रियाकलाप देखेर खिन्न बन्न सक्नुहुन्छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ । आपसी तालमेल र पारिवारिक सम्बन्धलाई हरसम्भव सुदृढ बनाउन प्रयास गर्ने दिन हो, आवश्यक भएमा बन्धुवान्धव वा साथीभाइको सहयोग लिन सकिन्छ, अथवा आफन्तका निमित्त पनि समय दिनुपर्ने हुन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चामुण्डाभगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । पारिवारिक जीवन सुखद रहनेछ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । सामाजिक क्षेत्रमा सुमधुर सम्बन्ध कायम हुनेछ । कारोबारमा मन्दी देखिएको छ भने थप मिहिनेत गर्नुहोस्, लगनशील बन्नसके विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिक आम्दानीमा परिवर्तन आउनसक्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ वायुपुत्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जस्तै चुनौती देखिए पनि सफलता तपाईंको मुट्ठीमा रहने समय छ, त्यसैले परीक्षा वा प्रतियोगितालाई ध्यानमा राखी पठनपाठनमा जुट्ने दिन हो । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । कार्यक्षेत्रमा परिवर्तन गर्ने वा नयाँ ठाउँमा सरुवा हुने धारणा पलाउनेछ, थप आयश्रोत बढाउने विषयका साथै आयका मार्ग सुचारु गर्न चिन्तन गर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सर्वकामप्रदायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
निणर्यात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ग्रां ग्रीं ग्रौं सः गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
धनको कारोबार वा किनमेलका क्षेत्रबाट विशेष लाभ हुनेछ, घरबाट पनि धार्मिक कृत्य वा शुभ कर्म गर्ने सन्देश आउन सक्छ । तरल पदार्थको कारोवार, खाद्य पदार्थ, सौन्दर्य प्रसाधनका वस्तुहरू र फलफूल÷तरकारीको व्यवसायमा विशेष लाभ हुने दिन हो । हिसाबकिताब बिग्रनाले तनाव बढ्ने समय छ, अझ आफन्त नै भए पनि साक्षीजमानी बस्नु वा लेनदेनको काम गर्नु ठीक हुँदैन । आजका लागि शुभअङ्क ३, शुभ रङ नीलो÷कालो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
ललितकला, सङ्गीत एवं साहित्यमा रुचि जाग्ने समय हो । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । सुखद यात्रा हुने सङ्केत पनि छ । आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन हो, कुनै नयाँ कारोवारप्रति कुनै आकर्षण छ भने लगानी बढाउँदा फाइदा नै हुनेछ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूणर् विषयमा लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ नीलो÷कालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ छायापुत्राय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सङ्घर्ष नै जीवनको अर्को नाम हो भन्ने ठानी अघि बढ्दा महत्त्वाकाङ्क्षा पूरा गर्नुका साथै करियरमा परिवर्तन ल्याउन सक्नुहुन्छ । प्रयास गर्दा सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । दिन नरमाइलो छैन, यद्यपि काममा सक्दो खट्नुपर्ने दिन हो । अन्त्यसम्म व्यस्त रहनु पर्नेछ, तर मिहिनेत गरेअनुसार राम्रै प्रतिफल हात लागी हुनेछ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । आजका लागि शुभअङ्क १, शुभ रङ नीलो÷कालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शं सूर्यात्मजाय नमः यस मन्त्रलाई कम्तीमा २३ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)
काठमाडौँ । गत वर्षको सुपरहिट फिल्म ‘दिमाग खराब’ बाट ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चल बस्नेतले अब फिल्म ‘डेनी डेन्जरस’ बनाउने भएका छन् ।
बुधबार एक थिम पोस्टर सार्वजनिक गर्दै उनले फिल्मको घोषणा गरेका हुन् । यो निश्चलको पाँचौं निर्देशकीय फिल्म हुनेछ ।
निश्चलकै कम्पनी ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई सन् २०२५ मा रिलिज गरिने पोस्टरमा उल्लेख छ । फिल्ममा अभिनय गर्ने कलाकारको बारेमा भने जानकारी गराइएको छैन । यो फिल्मको छायांकन तिहारपछि सुरु गरिने बताइएको छ । न्युज कारखाना
काठमाडौं । नेपाल वायुसेवा निगमको वाइड बडी ३३० जहाज सी चेक सम्पन्न गरेर २ महिनापछि फर्किएको छ ।
निगमको वाइड बडी जहाज नियमित सी चेक मर्मत सम्पन्न गरेर विहिबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो विमान फर्किएसँगै निगमले लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा तीन वटा जहाजले सेवा दिन निगमले जनाएको छ ।
सी चेक अर्थात् कम्प्रिहेन्सिभ इन्स्पेक्सन भनेको जहाजको नियमित मर्मत हो । यस्तो मर्मत हरेक १८ देखि २४ महिनामा गरिन्छ । यसअन्तर्गत जहाजको प्रणाली, संरचना र सामग्रीहरुको विस्तृत परीक्षण गरिन्छ । विमानको बाहिरी संरचनादेखि फ्लाइट कन्ट्रोल, इन्जिन, ल्यान्डिङ गियर, इलेक्टि्रक्ल सिस्टमसम्म परीक्षण गरिन्छ ।
विमानको यसरी गरिने परीक्षण ए चेक, बी चेक, सी चेक र डी चेक गरी चार प्रकारको हुन्छ । ए र बी चेक सामान्य खालको हुन्छ भने सी र डी चेकमा विमानको विस्तृत परीक्षण गरिन्छ ।
नेपाल वायुसेवा निगमले इटालीको एटीटेक एसपीए कम्पनी छनौट गरेर सी चेक गरेको थियो । न्युज कारखाना
काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ ।
युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’
लन्डनमा भएको वार्तापछि लामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र लामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।
त्यहाँ उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन्।
अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ । बुधवार, जेलेन्स्कीले भने, रुसविरुद्धको युद्धमा कीभको जित “धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।’
युक्रेनका विदेशमन्त्री एन्ड्रि सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए ।
लामीले भने, ‘इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। “त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।’न्युज कारखाना
काठमाडौँ । रुसले इरानी क्षेप्यास्त्र प्राप्त गरेको प्रतिवेदनमा बेलायतले युक्रेनलाई लामो दुरीका क्षेप्यास्त्र उपलब्ध गराउने बहसलाई नयाँ मोड दिएको जनाएको छ ।
युक्रेनको भ्रमणमा रहेका बेलायती विदेशमन्त्री डेभिड ल्यामीले भने, ‘रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र दिनेबारेको बहस अब परिवर्तन भएको छ।’
लन्डनमा भएको वार्तापछि लामी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ पुगेका थिए र लामीले किभलाई ६० करोड पाउण्ड सहयोग गर्ने घोषणा गरेका थिए ।
त्यहाँ उनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई भेटे । जेलेन्स्कीले आफ्ना सहयोगीहरूसँग लामो दूरीका क्षेप्यास्त्रहरूको आपूर्ति र प्रयोगको अनुमति दिन लगातार माग गर्दै आएका छन्।
अमेरिका र बेलायतले रुसको गहिराइसम्म प्रहार गर्न सक्ने लामो दुरीका क्षेप्यास्त्रहरू प्रयोग गर्न अनुमति दिएका छैनन् किनभने त्यहाँ थप युद्धको खतरा छ । बुधवार, जेलेन्स्कीले भने, रुसविरुद्धको युद्धमा कीभको जित “धेरै हदसम्म संयुक्त राज्य अमेरिकाको समर्थनमा निर्भर गर्दछ ।’
युक्रेनका विदेशमन्त्री एन्ड्रि सिबिहाले इरानले रुसलाई क्षेप्यास्त्र आपूर्ति गरिरहेको खबर आएका बेला लामो दुरीका क्षेप्यास्त्रमाथिको प्रतिबन्ध हटाउनु आवश्यक भएको बताए ।
लामीले भने, ‘इरानले रुसलाई ब्यालेस्टिक मिसाइल आपूर्ति गरिरहेको छ र अब उसको सेनाले युक्रेन भित्र प्रहार गर्न सक्छ । यो निकै खतरनाक छ । रुस आफ्ना सहयोगीहरूसँग मिलेर काम गरिरहेको छ। “त्यसैले हामीले युक्रेनलाई थप मद्दत गर्नुपर्छ ।’न्युज कारखाना
काठमाडौँ । अमेरिकाको युटाह राज्यका यातायात अधिकारीहरूले विगत केही वर्षहरू एक प्रणाली विकास गरेका छन्, जसमा कम्प्यूटरीकृत बसहरू भित्र रेडियो ट्रान्समिटरहरूले सीधा ट्राफिक संकेतहरूमा कुरा गर्छन् ।
अमेरिकाको युटाह राज्यको सबैभन्दा ठूलो सहरमा ट्राफिकको बेला रातो बत्तीबाट बच्ने रहस्य भनेको बसको पछाडि हिँड्नु हो किनभने अमेरिकाको युटाहमा प्रयोग गरिएको प्रविधिको माध्यमबाट कम्प्युटरकृत बसहरूमा जडान गरिएका रेडियो ट्रान्समिटरले ट्राफिक सिग्नलसँग सीधै कुरा गर्छ र जब बस पुग्छ, हरियो बत्ती केही अतिरिक्त सेकेन्डको लागि हरियो रहन भनिन्छ ।
यो प्रविधिको प्रभाव देखिन थालेको र सवारी आवागमन पहिलेको तुलनामा निकै सहज भएको अधिकारीहरुले बताएका छन् । तर यो हाई-टेक अपग्रेडको एउटा सानो झलक हो जुन चाँडै युटाह र अन्ततः सम्पूर्ण अमेरिकाको सडकहरूमा आउन सक्ने बताइएको छ ।
अमेरिकी सरकारको २० मिलियन डलर योजना र ‘पश्चिमलाई जोड्ने’ को महत्वाकांक्षी योजनाबाट प्रेरित भएर, उटाह र छिमेकी राज्यहरू कोलोराडो र वायोमिङका प्रत्येक सवारी साधनलाई एकअर्कासँग जोड्ने र सडक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखिएको छ । यसले ट्राफिक जाम, दुर्घटना, सडक समस्या र मौसम अवस्था बारे वास्तविक समय जानकारी प्रदान गर्नेछ । यस जानकारीको साथ, ड्राइभरहरूले उनीहरु कुन मार्गबाट जाने भन्ने तुरुन्तै थाहा पाउन सक्ने र यसकालागी कुनै अलर्ट पठाउनु नपर्ने बताइएको छ ।
सडकमा भइरहेका धेरै कुराहरूको बारेमा सवारी साधनले बताउन सक्ने यूटाह विश्वविद्यालयका यातायात प्रविधि इन्जिनियर ब्लेन लियोनार्डले बताएका छन् । उनले वाहनले प्रत्येक सेकेन्डमा १० पटक डाटा पठाउने बताए ।
वास्तविक समयमा सडक सेन्सरहरूले सवारी साधनहरूले एकअर्कासँग जानकारी साझा गर्छन् । गत महिना, अमेरिकी यातायात विभागले एक राष्ट्रिय योजना सुरु गर्यो जसले राज्यहरू, स्थानीय सरकारहरू र निजी कम्पनीहरूलाई सबै V2X परियोजनाहरू ट्र्याकमा छन् भनी सुनिश्चित गर्न आह्वान गर्दछ ।
हालका वर्षहरूमा ऐतिहासिक स्तरमा बढ्दै गएको सडक मृत्यु र गम्भीर चोटपटकलाई न्यूनीकरण गर्ने यस योजनाको मुख्य उद्देश्य स्पष्ट रहेको अधिकारीहरूले बताएका छन् ।
२०१६ को राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशन विश्लेषणले V2X टेक्नोलोजीको मात्र दुई पाइलट प्रयोगहरू लागू गर्नाले ४ लाख ३९ हजार देखि ६ लाख १५ हजार दुर्घटनाहरू रोक्न र ९८७ देखि एक हजार ३६६ जीवन बचाउन सक्ने बताइएको छ ।
यस वर्ष मिडियासँग कुरा गर्दै, ड्यान लान्जेनक्याम्पले अमेरिकी राज्यका सरकारहरूलाई V2X प्रविधि जतिसक्दो चाँडो लागू गर्न आग्रह गरेका छन् । सन् २०२२ मा मेरील्याण्डमा साइकल चलाउने क्रममा लान्जेनक्याम्पकी श्रीमती सारा लान्जेनक्याम्पलाई ट्रकले ठक्कर दिँदा मृत्यु भएको थियो ।
यस प्रविधिको बारेमा जनतामा केही प्रतिरोध भने छ, विशेष गरी गोपनीयताको प्रश्नमा । V2X योजनाले व्यक्तिगत जानकारी सुरक्षित गर्ने प्रतिज्ञा गरेको छ, तर केही मानिसहरूलाई अझै पनि यसको बारेमा शंका छ ।
जबकि प्रणालीले विशिष्ट सवारीहरू ट्र्याक गर्न सक्दैन, यसमा पर्याप्त पहिचान जानकारी सङ्कलन गर्ने क्षमता छ । उदाहरणको लागी, यदि कार एक विशेष तौल प्रकारको छ र एक विशेष समयमा एक विशेष सडकमा नियमित यात्रा गर्दछ, यो कसको कार हो अनुमान गर्न गाह्रो हुनेछैन ।
अमेरिकी यातायात मन्त्रालयले सन् २०२८ सम्ममा देशका ७५ प्रमुख मेट्रो क्षेत्रहरूको कम्तीमा एक चौथाइ सङ्केतित चौराहमा यो प्रविधि जडान गर्ने लक्ष्य राखेको छ । साल्ट लेक सिटी यस योजनामा द्रुत गतिमा अगाडि बढेको छ । यो प्रविधि २० प्रतिशतभन्दा बढी चौराहमा जडान गरिएको छ ।
उटाहमा अधिकारीहरूले पहिले नै ‘पश्चिमसँग जोड्नुहोस्’ योजनाको भागको रूपमा बसहरू र स्नोप्लोहरूबाट डेटा प्रयोग गरेर सडक यातायात सुधार गर्न काम सुरु गरिसकेका छन् । रेडवुड रोडमा बस रुट स्तरोन्नति भएपछि त्यहाँका जनताले ट्राफिकबाट राहत पाएका छन् ।
यूटाह ट्रान्जिट प्राधिकरणका लागि बस सञ्चार पर्यवेक्षक केसी ब्रोकले यी परिवर्तनहरूले ट्राफिक सुधार गरेको बताएका छन् । ‘यात्रुको दृष्टिकोणबाट, यसले एक राम्रो ट्राफिक दिन मात्र हुन सक्छ । उनीहरूलाई पर्दा पछाडि के भइरहेको छ थाहा नहुन सक्छ,’ उनले भने ।
यस परियोजनाले स्मार्ट सडकहरूले चाँडै नै अमेरिकाभर ट्राफिकलाई सुरक्षित र सहज बनाउन मार्ग प्रशस्त गरेको विश्लेषण गरिएको छ ।न्युज कारखाना
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन् ।
सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पछि विराटनगर–६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस खाएर कार्कीले राति अनसन तोडेका हुन् ।
कार्कीले उठाएका माग पूरा गर्ने विषयमा कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारी बिच सहमति भएको थियो । वार्ताका लागि मन्त्री अधिकारी अनसन स्थल पुगेका थिए ।
आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरु कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेश सभा नजिकै देवकोटा चोकमा आमरण अनसन शुरु गरेका थिए ।
कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनशन शुरु गरेका थिए । न्युज कारखाना
काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो ।
इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २-२ विकेट लिएका थिए ।
यस अघिपहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१, जोश इंगलिसले ३७ रन बनाएका थिए ।
त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २-२ विकेट लिएका थिए ।
यो जितपछि ३ खेलमा टी- २० सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।
न्युज कारखाना