बज्जिकाञ्चल संवाददाता, रौतहट १८ गते चैत २०८१ ।
पर्सामा इस्लाम धर्मावलम्बीहरुले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् ।
वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।
वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खाैँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताउनुभयो । “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एकअर्काको चाडपर्वमा सामेल हँुदै आएका छौँ”, उहाँले भन्नुभयो, “यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पु¥याउँदै आएको छ ।”
वीरगञ्ज–२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उहाँले भन्नुभयो ।
वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भन्नुभयो, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।”
ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अङ्कमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।
सभार वर्णन मिडिया
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लुटकारी दलाल दलतन्त्रका कारण मुलुक बर्बाद भईरहेको टिप्पणी गरेका छन् । नेताहरुको लुटतन्त्रकै कारण तेस्रो जनआन्दोलन जन्मिएको बताउदै उनले आम जनताको शासन व्यवस्थाका लागि आन्दोलन सफल बनाउनुपर्ने बताए ।
लुटकारी दलतन्त्र बिरुद्ध २४ चैतमा काठमाडौंमा हुने तेस्रो जनआन्दोलनको तयारीका लागि आज काठमाडौंको बुढानिलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी, लुटेरा, दलालहरुका कारण मुलुक समृद्ध हुन नसकेको बताए ।
‘सरकार भगौडा बर्गको पक्षपोषणमा लागेको छ । नेपालमा लुटेर अकुत पैसा जम्मा गरी विदेश लैजाने, उच्च ओहदामा बसेर लुट मचाउने र नेपालको पुँजी बिदेश लैजानेको सेवा गर्नमा सरकार लागेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘लुटेराहरु जो मुलुकको आर्थिक अवस्था धरासायी बनाए सरकार त्यस्तालाई दोहोरो नागरिक्ता दिने र कानून पनि उनीहरुकै लागि बनाएर मुलुकलाई झन धरासायी बनाउदैछ ।’
भगौडा वर्गको पक्षपोषणमा लागेको सरकारले मुलुकलाई जोगाउन नसक्ने बताउदै उनले मुलुक जोगाउन, देशलाई आर्थिक संकटबाट बचाउन, देशबाट दलाल दलतन्त्रको अन्त्य गर्नका लागि तेस्रो जनआन्दोलनलाई सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
सरकार र संविधान दुबै असफल भईसकेको बताउदै उनले वर्तमान व्यवस्थाको अन्त्य नै मुलुकमा देखिएको संकटको समाधान भएको बताए । जनताको सर्वोच्चता सहितको शासन व्यवस्था नभएसम्म मुलुक समृद्ध हुन नसकेको उनले बताए ।
देशको वर्तमाान राजनीतिक अवस्था अन्यौलग्रस्त, अस्तव्यस्त एंव संकटउन्मुख रहेकोले आम जनतामा राजनीतिप्रति विकर्षण, दल र नेताप्रति घृणा, राजनीतिक शक्तिहरूबीच टकराव, जनआक्रोश मार्फतको तिब्र धुर्वीकरण सहित अग्रगामी विचार, नेतृत्व एंव निकासको खोजीमा देश रहेको उनले बताए ।
वर्तमान सरकारको कारण आर्थिक सूचकांकहरु नकारात्मक बनेको, वैदेशिक कुटनीतिक सम्बन्धहरु अवरुद्ध भएको, कार्यसम्पादन मुल्यांकनमा प्रधानमन्त्री तथा बहुमत मन्त्रीहरू फेल भएको, ओली नेतृत्वको सरकार आफै जनस्तरबाट अस्वीकृत भएको बताउदै उनले सोही कारण जनतामा आक्रोश उत्पन्न भएको बताए ।
‘दलतन्त्र विरुद्धको तेस्रो जनआन्दोलन सफल पारौं !, जनताको शासन सहित समृद्धिको पथमा अघि बढौं !!’ भन्ने मुल नारा सहित भएको कार्यक्रम पार्टीका नेताकार्यकर्ता, सर्वसधारण लगायतको सहभागिता रहेको थियो ।
आरके श्रीवास्त,राैतहट,,१७ गते चैत ।
रौतहट । स्तरवृद्धिको माग गर्दै रौतहट सहित मधेसका स्वास्थ्यकर्मीहरू आन्दोलीत भएका छन् । यसै क्रमममा आज जिल्लाभरीमा कार्यरत्त सिअहेव र सिअनमी चौथो÷पाँचौ तहकका स्वास्थ्यकर्मीहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

जिल्ला स्तरीय संघर्ष समितका संयोजक काशी साहको नेतृत्वमा गएका स्वास्थ्यकर्मीहरुको टोली रौतहटका सहायक प्रमुख जिल्ला अधिकारी रामनरेश प्रसाद यादवलाइ ज्ञापनपत्र दिएका हुन् ।
मधेस प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले स्तरवृद्धिको माग गर्दै आन्दोलित छन् । मधेश प्रदेशका आठ जिल्लामा करिब १ हजार ८ सय स्वास्थ्य क्षेत्रका कर्मचारीको स्तरवृद्धिमा मधेस सरकारले रोका गरेकाले नियमित स्तरवृद्धिको माग गर्दै प्रदर्शन गरिरहेको रौहतट जिल्लाको संघर्ष समितिका कोषाध्यक्ष संजिव साहले जानकारी गराएका हुन् ।
पटक पटक नियमित स्तरवृद्धिको माग गरे पनि प्रदेश सरकारले सुनुवाइ नगरेपछि आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनु परेको उनले बताएका हुन् ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी यादवले सम्बन्धित निकायमा याे पत्रलाई पठाईदिने जवाफ दिनु भएको थियोे ।
नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ बमोजिम विगतदेखि पाउँदै आएको दुई तह स्तर वृद्धि गर्नुपर्ने, स्वास्थ्य सेवामा प्रथम प्रवेश बिन्दु चौथो तह भएकाले खुलाबाट पदपूर्ति शतप्रतिशत हुनुपर्नेलगायत माग राख्दै स्वास्थ्यकर्मीहरु आन्दोलित छन् ।
उनीहरुले आउँदो चैत २५ गते वृहत् विरोध प्रर्दशन सहित मधेश प्रदेशका मुख्यमन्त्री कार्यालय अगाडी धर्ना दिने कार्यक्रम तय गरेका प्रदेश स्तरीय संघर्ष समितिका सदस्य कस्तुभमनी साहले जानकारी गराएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,१७ गते चैत ।
रौतहटको चार वटा पािलकामा एकैदिन जनता समाजवादी पार्टी नेपालको नगर अधिवेशन सम्पन्न भएको छ । जिल्लाको गौर नगरपालिका,गढिमाइ नगरपालिका,देवाहीगोनाही नगरपालिका र माधवनारायण नगरपालिकामा नगर अधिवेश सम्पन्न भएको जसपा नेपालका जिल्ला अध्यक्ष श्याम बिहारी प्रसाद यादवले जानकारी गराएका हुन् ।

उनले दिएको जानकारी अनुसार माधवनारायण नगरपालिकामा विरेन्द्र राय यादवको अध्यक्षतामा २७ सदसीय नगर कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा निर्मला देवी रमन,ललिता देवी,सचिवमा तपसीलाल यादव,सह सचिवमा खुशीलाल यादव,नरेश हजरा,कोषाध्यक्षमा उपेन्द्र महतो रहेका छन् ।
त्यस्तै सदस्यहरुमा प्रिन्स साह,शैल कुमारी साह,जयराम पासवान लगायतका व्यक्तीहरु रहेका छन् । त्यस्तै जिल्लाको गौर नगरपालिकामा अमरुल हकको अध्यक्षतामा ११ सदसीय नगर कमिटि गठन गरिएको छ भने गढिमाइ नगरपालिकामा हरिकिशोर साहको अध्यक्षतामा ३१ सदसीय नगर कमिटि गठन गरिएको जसपा नेपालका जिल्ला अध्यक्ष यादवले जानकारी गराएका हुन् ।

त्यसैगरी देवाहीगोनाही नगरपालिकामा विरबहादुर यादवको अध्यक्षतामा २१ सदसीय नगर कमिटि गठन गरिएको उनले बताएका हुन् । जसपा नेपाल रौतहटको २०८१ चैत २६ र २७ गते हुने जिल्ला अधिवेशन गर्नका लागि अहिले धमाधम नगर अधिवेशन भइहरेको यादवले जनाएका हुन् ।
यही चैत २० गते सम्म जिल्ला भरिको सम्पूर्ण पालिकाको नगर अधिवेशन सक्नुपर्ने भएकाले एकै दिन चार पलिकाको नगर अधिवेशन गर्नु परेको उनले बताएका छन् । आज पनि जिल्लाको चार पालिकामा जसपा नेपालको नगर अधिवेशन हुँदैछ ।
बज्जिकाञ्चल संवाददाता,गाैर,१६ गते चैत ।
राैतहट । राैतहटमा पत्रकार सुरेश रजककाे मृत्यु प्रति श्रद्धाञ्जली व्यक्त गर्न मैनबती प्रज्जवलन गरिएको छ ।
शुक्रबार राजधानी काठमाडौको तिनकुनेमा राजाबादीको प्रदर्शनमा रिपोर्टिङको लागि गएका पत्रकार रजकको प्रहरी उपस्थितीमै निर्मम हत्या गरिएको आरोप लगाउदै घटनाको घोर निन्दा र भ्रत्समा गर्दै नेपाल पत्रकार महासंघ रौतहट शाखाले शनिवार सदरमुकाम गौरमा बिरोधको कार्यक्रम गरेको छ।

रौतहट शाखाका सचिव गौतम श्रेष्ठले ,सहसचिव दिनेश संगम ,कोषाध्यक्ष संजय सहनी ,पूर्व अध्यक्ष रबिन्द्र साह ,प्रदेश सदस्य शैलेन्द्र झा सहित दर्जनौं पत्रकारहरुले मैनबती प्रज्जवलन गरि मृतक पत्रकार रजक प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकार रजकको मृत्यु के कसरी भएको हो ?
राज्यले गम्भीरताका साथ सत्य तथ्य पता लगाई दोसि उपर कडा कारबाहीको माग गरेका छन् । रिपोर्टिङको लागि एक घर भित्र रहेका पत्रकार रजकको शव जलेको अवस्थामा फेला परेको थियो ।
प्रहरी प्रशासनको बेवास्ताका कारण एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार रजकको ज्यान गएको टेलिभिजनका अध्यक्ष भास्करराज कर्नीकारको आरोप छ।
हनुमत यादव,गाैर, १६ गते चैत ।
राैतहट । जिल्ला सदरमुकाम गौरस्थित घण्टाघर मधेशी क्रान्ति चौकमा श्रमजीवी पत्रकार संघ रौतहटले पत्रकार सुरेश रजकको हत्यारालाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन सहित श्रद्धान्जली अर्पण गरेका छन् । पत्रकार संघले हत्यारालाई द्रुत कारबाहीकाे माग गर्दै न्याय दिलाउने अपील गर्दै सरकारसँग कडा कदम चाल्नको लागि दबाब दिएका छन् । प्रदर्शनमा सहभागी पत्रकार र समर्थकहरूले विभिन्न नारा लगाउँदै हत्यारालाई कारबाहीको माग गरेका थिए ।
यो घटना प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षा सम्बन्धी ठूलो चिन्ताको विषय बनेको छ । र यस्ता घटनाको विरोध गर्न र अपराधीलाई दण्डित गर्न माग गरिएको छ । राजावादी समर्थकहरु द्वारा गरिरहेको आन्दोलनको समाचार संकलन गरिरहेको समयमा केही अराजक समुहले हिजो शुक्रवार गरेको आगजनीको दृश्य खिच्ने क्रममा एभिन्युज टिभीका पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको छ ।
त्यस्तै विभिन्न संचार गृहको भवनमा आगो लगाउने, तोडफोड गर्ने, सवारी साधनमा आगो लगाउने अमानवीय कार्य भएकोमा श्रमजीवी पत्रकार संघ नेपाल रौतहट शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।
आगलागी भएको भवनको रिर्पोटिङ गरिरहेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएकोमा यस्तो जघन्य अपराधको निन्दा एवं भर्त्सना गर्दै दोषीलाई हदैसम्मको कारवाही गर्न सरकारसँग श्रमजीवी पत्रकार संघ, नेपाल रौतहट शाखाले जोडदार माग गरेको शाखा सचिव अभिमन्यु पटेलले जानकारी गराएका हुन् ।
जनतालाई सुसूचित गराउने र बिचार निर्माणमा सघाउने प्रेसजस्तो भरपर्दो सञ्चारसंस्थाहरू र संचारकर्मीको ज्यानै जाने गरी यस प्रकारको हमला गरेर समग्र सञ्चारजगत आतंकित भएको छ । त्यसको सुरक्षाको प्रत्याभूति दिन नसक्ने सरकारको रवैया पनि उत्तिकै निन्दनीय रहेको छ ।
आन्दोलनको नाममा संचारकर्मीको ज्यानै जाने, प्रेसलाई आतंकित र त्रसित बनाउने कार्य सञ्चारजगतलाई कुनै हालतमा स्वीकार्य हुन सक्दैन। यस्तो गैरकाननी र अमानवीय कार्यमा संलग्न जो कोही भए पनि तत्काल कानुनी कठ्घरामा उभ्याउन र क्षति पुरयाइएका सञ्चारमाध्यमलाई क्षतिपूर्ति दिन, संचार गृह र सञ्चारकर्मीको सुरक्षामा गम्भीर हुन सरकारसमक्ष माग सहित बिरोद्ध प्रदर्शन गरिएको शाखा अध्यक्ष सन्तोष पौडेलले बताएका छन् ।
आरके श्रीवास्तव,गरुडा,१६ गते चैत ।
रौतहट । जसको कोही छैन् उसको लागि जिवन विकास भन्ने मूल नाराका साथ गठन भएको जिवन विकास लघुवित्त जयनगर शाखाले आज उत्कृष्ट बचतकर्ता,ऋणी र केन्द्रलाइ सम्मान गरेको छ । जिल्लाको माधवनारायण नगरपालिकाको वडा नम्बर ३ स्थित रहेको गजेन्द्र स्मृति अस्पतालमा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रममा उनीहरुलाइ सम्मान गरिएको जयनगर शाखाका प्रमुख बालकृष्ण साहले जानकारी गराएका हुन् ।

शनिवार आयोजित कार्यक्रममा उत्कृट उधमी,उत्कृष्ट बचतकर्ता,उत्कृट ऋणी र उत्कृष्ट केन्द्रलाइ पनि उपहार सहित सम्मानपत्र पनि अतिथीहरुको हाथबाट प्रदान गरिएको हो । उत्कृष्ट उधमीमा केन्द्र नम्बर ८ कि बबिता कुमारी पण्डीत,४३ की शर्मिला कुमारी,११ की मिना बैठा र४३ की चन्द्रिका कुमारी सम्मान गरिएको हो ।

त्यस्तै उत्कृष्ट ऋणीहरु सकुन्तला देवी,ललिता देवी र रिना रुबिना खातुन लाइ उपहार सहित सम्मानपत्र पनि प्रदान गरिएको हो । उत्कृष्ट बचतकर्ता रिना कुमारी राम,ज्याती कुमारी साह,रेख कुमारी तथा उत्कृष्ट केन्दलाई पनि सम्मान गरिएको छ ।

यसवर्ष जगनगर शाखाको उत्कृष्ट केन्द्रको रुपमा २५ नम्बर केन्द्र फुलझरी जिवन विकास लघुवितलाइ घोषणा गरिएको जिल्ला प्रमुख पंकज मण्डलले जानकारी गराएका हुन् । यसैगरी केन्द्र ४७ द्धितिय,केन्द्र ३५ तृतिय घोषणगरी सम्मान गरिएको छ भने केन्द्र ३४ र केन्द्र ११ लाइ सान्तवना पुरस्कार दिइएको हो ।

साथै संस्थामा आबद्ध गरिब,विपन्न र खासगरी एकल महिलाका बालबालिकाहरुलाइ छात्रवृत्ति प्रदान गर्ने जिवन विकास लघुवित्तको योजना अनुसार ५ परिवारको १० बालबालिकालाइ एक वर्षका लागि छात्रवृत्ति प्रमुख अतिथी गरुडाका नगरप्रमुख कन्थमनी जयसवालको हाथबाट प्रदान गरिएको हो ।

छात्रवृक्ति स्वरुप उनीहरुलाइ ब्याग,कपी कलम,पानी बोतल,औजार बक्स प्रदान गरिएको छ भने पछि आवश्यकता अनुसार एक वर्षका लागि पढाइमा सम्पुर्ण खर्च व्यहोर्ने जिवन विकास लघुवित्तका जिल्ला प्रमुख मण्डलले बताएका हुन् ।

केन्द्रिय कार्यालयको निर्देशन अनुसार केन्द्रका प्रमुख,उपप्रमुख र सदस्यहरु सँग छलफल गर्ने,वित्तिय साक्षरता प्रदान गर्ने,संस्थाको कार्यको बारेमा विस्तृत रुपमा जानकारी गराउने उदेश्यले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आयोजन गरिएको संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डलले जानकारी गराएका थिए ।

जयनगर शाखाका प्रमुख साहले शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी नगरप्रमुख जयसवालले यस्ता कार्यक्रमले नागरिकलाई वित्तीय ज्ञान प्रदान गरी आत्मनिर्भर बन्न मद्दत गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ऋण,बचत,डिजिटल सेवाको बारेमा सहभागीहरुलाइ विस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि ऋणको सही सदुपयोग गरि संस्थालाइ राम्रो तवर चलाउन आग्रह गरेका थिए । उदघाटनसत्रलाइ समापन गर्दै संस्थाका आन्तिरिक लेखा परिक्षण विभागका प्रमुख बिनोद प्रसाद साहले लघुविक्तकै कारणले महिलाहरु सक्षम हुँदै गएको दाबी समेत गरेका थिए ।

सो अवसरमा गरुडा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष शेख वहाब,नेपाल विश्कर्मा लोहार संघका अध्यक्ष विवेक शर्मा लगायत विभिन्न केन्द्र प्रमुख,उपप्रमुख, सदस्यहरु, अभिभावक, सुरक्षाकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।
आरके श्रीवास्तव,गरुडा,१५ गते चैत ।
रौतहटको मध्य भाग गरुडामा रहेको तरकारी बजार आज बिहान आगलागीको घटना घटेको छ । सो नगरपालिका वडा नम्बर ४ गरुडा बाजारमा आगलागी भएको हो । जसबाट लाखौंको क्षती भएको छ ।
घटनालाइ पुष्टी गर्दै ईलाका प्रहरी कार्यालय गरुडाका डिएपी राजन कार्कीले त्यहाँ स्थित रहेको ७ वटा फुसको घरमा संचालनमा पसलहरुमा आगजनी भएको बताए । घरमा लता कपडा गरि करिब १३ भन्दा बढीको सामान जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
शुक्रवार बिहान करिब ९ बजेको समयमा अचानक भिषण आगलागी भएको थियो । आगलागीबाट घरमा राखिएको दुईवटा ग्याँस सिलिण्डर समेत विष्फोट भएको थियो । ग्याँस सिलिण्डर विष्फोट भएपनि मानवीय क्षती भने नभएको डिएसपी कार्कीले जानाकरी दिएका छन् ।
प्रहरीका अनुसार आगलागी बाट गरुडा नगरपालिका वडा नम्बर ८ जिंगडिया बस्ने शेख कमाउदिन फुसको घर मासु पसलमा १ लाख,गरुडा ४ बस्ने नेवालाल चौरसिया फुसको घर किराना पसल ३ लाख,वडा नं.८ जिंगडिया बस्ने जयमंगल चौधरी फुसको घर खाजा पसल २ लाख,वडा नं.८ जिंगडिया बस्ने राजेन्द्र साह फुसको घरमा २० हजार बराबरको सामान जलेर नष्ट भएको छ ।
त्यस्तै गरुडा वडा नम्बर ८ जिंगडिया बस्ने सुजित कुमार चौधरी फुसको घर खाजा पसल ३ लाख पचास हजार,कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरिया बस्ने सतेन्द्र ठाकुर फुसको घर फलामको समान बनाउने पसलमा ३ लाख,गरुडा न.पा. ४ बस्ने कृष्ण दासको पकी घर कपडा पसलमा पचास हजार गरी अन्दाजी जम्मा लाख बिस हजार बराबरको क्षेती भएको डिएसपी कार्कीले जानकारी गराएका हुन् ।
आगलागी भएको खबर प्राप्त भएपछि आगोलाई नियन्त्रणमा लिनका लागी इप्रका गरुडाका प्रहरी निरिक्षक ओमप्रकाश यादवको कमाण्डमा १५ जनाको टोली पुगेको थियो । गरुडा नगरपालिकाबाट दमकल पुगेको थियो । तर उक्त दमकलले आगोलाई पूर्ण रूपमा नियन्त्रणमा लिन नसकेपछि गौर नगरपालिकाको बारुण यन्त्र समेत पुगी प्रहरीको सहयोगमा आगोलाइ नियन्त्रणमा लिएका थिए ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
आरके श्रीवास्तव,गरुडा,१५ गते चैत ।
रौतहट । गरिबी रहित नेपाल निर्माणको परिकल्पना सहित २०७५ साल फागुन १६ गते देखि वित्तिय सेवा प्रदान गरिरहेको जीवन विकास लघुवित वित्तिय संस्था लिमिटेडले मधेश प्रदेशका करिब १ हजार भन्दा बढी बालबालिकाको शिक्षाको जिम्मा लिएको छ ।

बारा जिल्लाको पचरौता नगरपालिकाको वडा नम्बर ८ अमरपट्टी लंगडाचौकमा रहेको शाखाले आज आयोजना गरेको केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रममा सो जानकारी गराइएको हो । संस्थाका जिल्ला प्रमुख पंकज मण्डलले दिएको जानकारी अनुसार मधेश प्रदेशमा ४८ वटा शाखा रहेको जिवन विकास लघुवितले हालसम्म १ हजार १ सय ४७ बालबालिकाहरुको शिक्षाको जिम्मा लिइसकेको बताए ।

गत आर्थिक वर्ष २०८०।०८१ मा ७ सय ७४ र चाल आर्थिक वर्ष २०८१।०८२ मा ३ सय ७३ बालबालिकाको शिक्षामा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने जिम्मा लिएको हो । संस्थामा आबद्ध गरिब,विपन्न र खासगरी एकल महिलाका बालबालिकाहरुलाइ छात्रवृत्ति प्रदान गर्ने हाम्रो लघुवित्तको योजना रहेको मण्डलले बताएका छन् ।

शुक्रवार लंगडाचौक स्थित रहेको तराइ पब्लिक बोर्डिंग स्कूलमा भएको कार्यक्रममा अमरपट्टी शाखा अन्तर्गत संस्थामा सदस्य रहेका ५ जना परिवारको १० जना छात्रछात्राहरुलाइ छात्रवृक्ति पनि जीवन विकास लघुवितले प्रदान गरेको छ । आज उनीहरुलाइ ब्याग,कपी कलम,पानी बोतल,औजार बक्स प्रदान गरिएको छ भने पछि आवश्यकता अनुसार पढाइमा सम्पुर्ण खर्च व्यहोर्ने जिवन विकास लघुवित्तका जिल्ला प्रमुख मण्डलले बताएका हुन् ।

केन्द्रिय कार्यालयको निर्देशन अनुसार केन्द्रका प्रमुख,उपप्रमुख र सदस्यहरु सँग छलफल गर्ने,वित्तिय साक्षरता प्रदान गर्ने,संस्थाको कार्यको बारेमा विस्तृत रुपमा जानकारी गराउने उदेश्यले केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम आयोजन गरिएको संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख कुमोद कुमार मण्डलले जानकारी गराएका थिए ।

अमरपट्टी शाखा प्रमुख परसुराम मण्डलले शाखाको वर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए । उनले कुल १ हजार ५५ सदस्य संख्या रहेको अमरपट्टी शाखा अन्तर्गत ७० वडा केन्द्र संख्या रहेको उनले जानकारी गराएका थिए । जसमा ५ सय ५६ जना ऋणीमा ६ करोड ३ लाख १९ हजार १ सय ११ रुपैयाँ ऋण लगानी रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

साथै जम्मा ४ जना कर्मचारी रहेको सो शाखामा १ करोड १९ लाख ४० हजार ४ सय १२ रुपैयाँ बचत रहेको मण्डलले बताए । उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनले समयमा ऋण तिर्न सुझाव दिएकी थिइन् ।

कार्यक्रममा संस्थाका व्यवस्थापन सूचना विभागका विभागीय प्रमुख मण्डलले वित्तिय साक्षरता कार्यक्रम अन्तर्गत ऋण,बचत,डिजिटल सेवाको बारेमा सहभागीहरुलाइ विस्तृत रुपमा जानकारी गराएका थिए ।

कार्यक्रममा अन्य वक्ताहरुले पनि ऋणको सही सदुपयोग गरि संस्थालाइ राम्रो तवर चलाउन आग्रह गरेका थिए । त्यस्तै उनीहरुले अहिले बजारमा लघुवत्त बैंकको बारेमा भैलाइएको हल्लाको पछाडी नलग्न आग्रह समेत गरेका थिए ।
उदघाटनसत्रलाइ समापन गर्दै संस्थाका आन्तिरिक लेखा परिक्षण विभागका प्रमुख बिनोद प्रसाद साहले महिलाहरु इमान्दार बढी हुने भएकोले नै लघुवित्त बैंकले महिलालाइ नै समावेश गराइ कार्यक्रम सञ्चालन गरिरहेको बताए । लघुवित्त बैंले महिलाहरुलाइ साक्षरण बनाउने काम पनि गरेको उनले दाबी गरेका थिए ।
यता कार्यक्रममा उत्कृट उधमी,उत्कृष्ट बचतकर्ता,उत्कृट ऋणी र उत्कृष्ट केन्द्रलाइ पनि उपहार सहित सम्मानपत्र पनि अतिथीहरुको हाथबाट प्रदान गरिएको थियो । उत्कृष्ट उधमीमा केन्द्र नम्बर ३८ कि प्रभा कुमारी देवी,२ की रन्जु साह कानु,२० की कान्ती कुमारी परेकी छिन् ।
त्यस्तै उत्कृष्ट ऋणीहरु लालती देवी,राजमती देवी र रिना कुमारी लाइ उपहार सहित सम्मानपत्र पनि प्रदान गरिएको थियो । उत्कृष्ट बचतकर्ता कान्ति देवी बरै,खुशबुन खातुन र राधिका देवी तथा उत्कृष्ट केन्दलाई पनि सम्मान गरिएको छ । यसवर्ष अमरपट्टी शाखाको
उत्कृष्ट केन्द्रको रुपमा ८ नम्बर केन्द्र हनुमान जिवन विकास लघुवितलाइ घोषणा गरिएको शाखा प्रमुख मण्डलले जानकारी गराएका हुन् । यसैगरी केन्द्र ३२ द्धितिय,केन्द्र ५७ तृतिय घोषणगरी सम्मान गरिएको छ भने केन्द्र ६७ र केन्द्र ६ लाइ सान्तवना पुरस्कार दिइएको थियो ।
सो अवसरमा पचरौता वडा नम्बर ८ का वडा अध्यक्ष प्रेमनारायण चौधरी,वडा नम्बर ९ का वडा अध्यक्ष गगनदेव यादव,बारागढी ४ का वडा अध्यक्ष पनालाल साह,प्रहरी चौकी लंगडा चौकका इन्चार्ज शिवशंकर साह,ट्राफिक इन्चार्ज रामबालक यादव , बोर्डिंग स्कूलका सञ्चालक चन्दन यादव लगायत विभिन्न केन्द्र प्रमुख,उपप्रमुख, सदस्यहरु, अभिभावक, सुरक्षाकर्मी र पत्रकारको सहभागिता रहेको थियो ।
काठमाडौं,१५ गते चैत ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पुर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
आजपा अध्यक्ष साहले आज एक बिज्ञप्ती जारी गर्दै पछिल्लो घटनाक्रमको नैतिक जिम्मेवारी लिदै नयाँ निकासका लागि प्रधानमन्त्री ओलीले राजिनामा गरि निकास दिनुपर्ने जनाएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकार शान्ति सुव्यवस्था कायम गर्न असफल रहेको साहले जनाएका छन् ।
`वर्तमान सरकारले शान्ति सुव्यवस्था कायम गर्न नसकेर आज देशको राजधानी काठमाण्डौंमा ठुलो धनजनको क्षति भएको छ । पत्रकार सुरेश रजक र संजिव महर्जनको दुःखद निधन एवं कयौ व्यक्ति घाइते भएकाछन । सरकारको अलोकतान्त्रिक रवैया, उदासिनता एवं निकम्मापनकै कारण जनतामा चरम असन्तुष्टि एंव आक्रोश बढ्दो छ´ आजपा अध्यक्ष साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै उनले विपक्षी दलहरूको अवरुद्धले सिंगै संसद ठप्प रहेको र सत्तागठबन्धन भित्रको बिवादले आफैले ल्याएको अध्यादेश होल्ड गर्नु परेको, देशको आर्थिक सूचिकांक सम्पूर्ण नकरात्मक रहेको, संविधान कार्यान्वयन तथा शान्तिप्रक्रिया समेत अवरुद्ध भएको, अन्तराष्ट्रिय कुटनीति सम्बन्ध पनि मृत भएको, सुशासन, स्थिरता एंव बिकासमा समेतमा सरकार असफल देखिएको तथा आफ्नै कार्य सम्पादन मूल्यांकनमा पनि फेल भएकाले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने साहको माग रहेको छ ।
पछिल्लो समय बसेको आजपा पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै मुलुकको संकट समाधानका लागि अन्तरिम सरकार गठनको माग गरेको थियो ।