२०८३ असार २८
२०८३ असार २८

बज्जिकाञ्चल संवाददाता, वृन्दावन, ७ बैशाख ।

वृन्दावन नगरपालिका वडा नं. १ अन्तर्गत बैराठपुर टोलमा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ। कुल २३९ मिटर लम्बाइको नाला निर्माणको शिलान्यास नगरप्रमुख विनोदप्रसाद कुर्मीले एक विशेष कार्यक्रमका बीच आज सम्पन्न गरेका हुन्।

शिलान्यास कार्यक्रममा स्थानीय भद्रभलाद्मी, समाजसेवी, युवाहरु तथा टोलवासीको उत्साहजनक उपस्थिति देखिएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख कुर्मीले नगरपालिकाको स्वच्छता, वातावरण संरक्षण र जनस्वास्थ्य सुधारको लागि नाला निर्माण अत्यन्त जरुरी रहेको बताउँदै विकास निर्माणका काममा जनताको सहभागिता र साथ आवश्यक रहेको धारणा राखेका थिए।

स्थानीय बासिन्दाले बर्षौंदेखि पानी जम्ने समस्या, दुर्गन्ध र रोगको जोखिम खेप्दै आएको बताउँदै यो नाला निर्माणले समस्या समाधानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । नगरप्रमुख कुर्मीले समयमै गुणस्तरीय निर्माण कार्य सम्पन्न गर्न निर्माण समित र सम्बन्धित निकायलाई निर्देशनसमेत दिएका छन् ।

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज हुन लागेको आन्दोलन सरकारले तोकेको सीमाभित्र होइन कि आफूहरुले गरेको निर्णय बमोजिम हुने संकेत गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् सरकारले निषेधित क्षेत्र नतोड्न दिएको आदेशप्रति संकेत गर्दै भनेका छन्, “ आज राप्रपाले गर्ने प्रदर्शन भनेको :भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो । जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ।
वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ ।

 

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

न्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ।

जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ गरेको लखनउले १८० रन बनाएको थियो।

लखनउले दिएको १८१ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन मात्र बनाउन सक्यो।

राजस्थानका लागि ओपनर ब्याटर यसस्वी जैसवालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी  खेलेका थिए। उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर वैभव सूर्यवंशीले ३४ रन बनाए । कप्तान रियान परागले ३९ रन बनाउँदा सिम्रोन हेटमायरले १२ रन बनाएछ । ध्रुव जुरेल र शुभम दुबेले क्रमश:६ र ३ रनमा अविजित रहे।

लखनउका लागि बलिङतर्फ आवेश खानले सर्वाधिक ३ विकेट लिए । सार्दुल ठाकुर र एडन मक्रमले १-१ विकेट लिए ‌।

त्यसअघि ब्याटिङ गरेको लखनौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

लखनउको लागि ओपनर ब्याटर एडन मक्रम र मध्यक्रमका ब्याटर आयुष बढोनीले अर्धशतकीय पारी खेलेका थिए। एडनले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। आयुषले ५० रनको अर्धशतकीय पारी खेलेका थिए। डेविड मिलर ७ रनमा र अब्दुल सहमत ३० रनमा अविजित रहे।

बलिङतर्फ राजस्थानका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए जोफ्रारचर सन्दीप शर्मा र तुषार देशपाण्डेले १-१  विकेट लिए।

राजस्थानलाई हराउँदै लखनउ अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छ। आठ खेल खेलेको लखनउ ५ जित र ३ हारसहित १० अङ्क जोडेको छ। त्यस्तै राजस्थानले समान आठ खेलबाट जम्मा दुई जित दर्ता गर्दै ४ अंकसहित अंकतालिकाको आठौं स्थानमा रहेको छ।

शनिबारको पहिलो खेलमा गुजरात टाइटन्सले दिल्ली क्यापिटल्स माथि ७ विकेटको फराकिलो जित निकालेको थियो।

अन्नपुर्ण पोस्ट

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

बंगलादेशमा हिन्दू नेताको पिटेर हत्या गरिएको छ । हिन्दू नेता भावशचन्द्र रोयलाई कुटीकुटी मारिएको हो ।

उनलाई गत बिहीबार दिउँसो घरबाट अपहरण गरिएको थियो । त्यसपछि पिटीपिटी मारिएको थियो ।

उक्त कदमप्रति विश्वले गम्भीर आपत्ति जनाएको छ ।

नेपालका नेताहरुलेसमेत उक्त घटनाको निन्दा गरेका छन् । भारतीय विदेश मन्त्रालयले यसको निन्दा गर्दै हिन्दू अल्पसंख्यकमाथि निरन्तर आक्रमण हुनु गम्भीर विषय भएको बताएको छ ।

मन्त्रालयले अपराधी निडर भएर हिँडिरहेको भन्दै यो सिंगो हिन्दू अल्पसंख्यकको उत्पीडन भएको जनाएको छ ।

बंगलबादेशमा यो वर्षमात्रै अल्पसंख्यक हिन्दूमाथि ७२ हमला भएको छ ।

हाम्रा कुरा

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

बाजुराको बडीमालिका नगरपालिका–८ मा महिला स्वास्थ्य स्वयंसेविका आइतबार बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै ।

६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि शनिबार र आइतबार खुवाइएको हो ।

लोकान्तर

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

काठमाडौंको नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त भएको छ । शिक्षकहरूको आन्दोलनले नयाँ बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेकाे छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरीले बानेश्वर–बबरमहल–माइतीघर क्षेत्रमा ट्राफिक जाम रहेको जानकारी दिए । शिक्षक र कर्मचारीको आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौँमा केही समयपछि राप्रपाले पनि प्रदर्शन गर्ने तयारी गरेको छ ।

काठमाडौंको बानेश्वर-माइतीघर-त्रिपुरेश्वर,रत्नपार्क लगायत क्षेत्रमा सवारी साधनको चाप उच्च हुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको छ।

राप्रपाले बिजुलीबजारमा निषेधित क्षेत्र तोड्न घोषणा गरेको छ। अहिले निषेधित क्षेत्रमा सुरक्षाकर्मी बाक्लो संख्यामा परिचालन गरिएको छ।

एकातिर निरन्तर शिक्षकको आन्दोलनले अस्तव्यस्त बनेको काठमाडौं आजै फेरि राप्रपाले पनि प्रदर्शन गर्ने भएपछि ट्राफिक व्यवस्थापनमा झनै समस्या भएको हो।

मुख्य सडकहरूमा सवारी साधनहरूलाई डाइभर्सन गरेपछि भित्री र साँगुरा सडकमा जाम बढेको छ।

अन्नपुर्ण पोस्ट

बज्जिकाञ्चल संवाददाता, काठमाडौं ०७ गते बैशाख ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले १९औं दिनको आन्दोलन कार्यालय समयमा माइतीघर-नयाँ बानेश्वर सडकमा गरेको छ। गत चैत २० गतेदेखि सुरु आन्दोलन १२ देखि ३ बजेसम्म सोही ठाउँमा भएको थियो। कार्यालय समयमा शैक्षिक आन्दोलन हुँदा यातायात प्रभावित बनेको छ।

कार्यालय समयमा आन्दोलन गर्दा सरकारलाई थप दबाब पर्ने महासंघका एक केन्द्रीय समिति सदस्यले जानकारी दिए।

उनले भने,‘हामीले १८ दिनसम्म १२ देखि ३ बजेसम्म आन्दोलन गर्‍याैं। यो समयमा आन्दोलन गर्दा सर्वसाधरणलाई मात्रै दुःख भयो। विशेषगरी सरकारी कर्मचारीलाई कुनै अवरोध भएन। उहाँहरूले निर्धक्क काम गर्नुभयो। नेता, सांसद, मन्त्रीलाई पनि अवरोध भएन। कतिपय निजी विद्यालयले महासंघको अनुरोध स्वीकार गरेनन्। कार्यालय समयमा प्रदर्शन गर्दा यी सबैलाई प्रभाव पार्ने उद्देश्यले ९–१२ आन्दोलन गरेका हौं।’

त्यसैगरी, उनले आजै माइतीघर मण्डलामा राप्रपाको आन्दोलन हुने भएकाले पनि महासंघले आन्दोलनको समय तालिका परिवर्तन गरेको जानकारी दिए।

अविलम्ब शिक्षा ऐन जारी गर्नुपर्ने एकसूत्रीय माग महासंघको छ।

हिमाल प्रेस

काठमाडौं ।आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वैदेशिक रोजगारमा ठगिएका युवाले आफ्नो पैसा कहिले फिर्ता पाउने भन्दै सरकारसँग जवाफ मागेका छन् ।

आजपा केन्द्रीय कार्यालय काठमाडौं, कोटेश्वरमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले वैदेशिक रोजगारका ठग र लुटेराहरु सरकारकै मिलेमतोमा लुटआतंक मचाएको बताए ।

प्रधानमन्त्री केपी ओलीसंग प्रश्न गर्दै उनले भने, ‘तपाईहरुले सुशासन खोजेको हो भने कारवाही किन नगरेको ? म्यानपावरले प्रति व्यक्ति १० हजारभन्दा बढी सेवा शुल्क लिन नपाउँने कानूनी व्यवस्था छ । तर लाखौं असुली भईरहेको छ । के यो कुरा दुई तिहाई बहुमतको शक्तिशाली सरकारलाई थाहा छैन् ?’

अहिले नेपाली कांग्रेस र नेकपा (एमाले)को झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकार भएको बताउदै उनले भने, ‘अहिले दुई तिहाई बहुमतको शक्तिशाली सरकार छ । म प्रधानमन्त्री केपी शर्मा ओलीजीलाई सोध्न चाहन्छु । वैदेशिक रोजगारमा ठगिएका युवाहरुले कहिले पैसा फिर्ता पाउँछन् ?’

जनताको समस्या, चाहना, आवश्यक्ता पुरा गर्न असफल भएको सरकार कसरी हुन्छ लुटधन्दामा लागेको टिप्पणी उनले गरे । ‘वैदेशिक रोजगारमा भइरहेको कानून विपरितको लाखौं असुली दुई तिहाईको सरकारलाई थाहा छ की छैन् ? यो कुरा थाहा नहुने कुरै हुदैन् । सबै मिलेर लुटेका छन् । म्यानपावरदेखी दलालहरुले सरकारकै संरक्षणमा लुटने र बाँडेर खाने धन्दा चलेको छ,’ आजपा अध्यक्ष साहले भने ।

दुई तिहाई बहुमतको शक्तिशाली सरकारले देशमै युवालाई रोजगार दिन असफल भएको छ । स्वदेशमा रोजगार नपाएर युवाहरु ऋण निकालेर भए पनि रोजगारका लागि विदेश जान बाध्य भएको बताए । ‘स्वदेशमा रोजगार नपाएर ऋण लिएर रोजगारका लागि विदेश जाने युवाहरुसंग मनोमानी असुली भईरहेको छ । असुली भएको पैसा नेताजीहरुको घर–घरमा पुगिरहेको छ त्यहीभएर सरकार मौन छ । हाईन्, भने ति लुटेरालाई कारवाही गर्न किन रोकिएको छ ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

भगौडा दलाल बर्गको नेतृत्व गरेका प्रधानमन्त्री ओलीका कारण व्यापार व्यवसाय धरासायी हुदै गईरहेको बताउदै उनले वर्तमान सरकारलाई श्रमजीवि बर्गको बारेमा सोच्ने, बोल्ने, काम गर्ने समय नै नभएको टिप्पणी गरे ।

म्यानपावर व्यावसायीले गैरकानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर सरकार मुकदर्शक बनेको उनले बताएका छन् । वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको उनले बताए ।

वैदेशिक रोजगारका ठगहरुलाई सरकारले संरक्षण गरिरहेको उनले बताए ।

सरकार गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवा ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकारले न्याय दिलाउँछ कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो भयो ।’

बज्जिकाञ्चल संवाददाता,राैतहट,०७ गते वैशाख । 

राैतहटकाे कटहरिया नगरपालिकामा आउँदो वैशाख १५ गते हुने भएको छ । कटहरिया शनिबार भएको नेकपा एमाले नगर कमिटीकाे बैठकबाट यस्तो निर्णय गरिएकाे नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले जानकारी गराउनु भएको हाे ।

नेकपा एमाले कटहरिया नगरकमिटीका अध्यक्ष किशोरी महतोको अध्यक्षतामा भएको साे बैठकबाट यही वैशाख ११ गते काठमाडौंमा हुने कार्यक्रममा १ सय ५० जना युवाको सहभागिता हुने,सदस्ता नविकरण तथा नयाँ सदस्यता दिने बारेमा पनि छलफल गरिएको हाे ।

 

साे बैठकमा नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा कटहरिया नगर ईन्चार्ज रामजी साह,युवराज ज्ञवाली,जिल्ला कमिटी सदस्य नगर कमिटी,वडा कमिटी लगायत नेकपा एमालेका नेता कार्यकर्ताहरूकाे उपस्थिति रहेको थियोे ।

बज्जिकाञ्चल संवाददाता,सर्लाही,०७गते वैशाख । सर्लाही । बज्जिका साहित्य समाज सर्लाही र सह-आयोजक कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीको संयुक्त आयोजनामा नयाँ वर्ष २०८२ को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको सभाध्यक्ष बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष/भाव शिरोमणि/ पूर्व स्रोत व्यक्ति रामचन्द्र कुशवाहा रहनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाल कुशवाहा कल्याण समाजका राष्ट्रिय अध्यक्ष मेहताको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा नयाँ वर्षको शुभकामना सन्देश आदानप्रदान गर्दै सामाजिक एकता, भाषा-साहित्यको संरक्षण, र समुदायबीचको सहकार्यलाई थप सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएकाे हाे ।

विशिष्ट अतिथिको रूपमा केन्द्रीय सचिव भरत कुशवाहा, कुशवाहा बुद्धिजीवी सेवा समाजका केन्द्रीय महासचिव  पुण्यलाल कुशवाहा, केन्द्रीय कोषाध्यक्ष अरुण कुशवाहा, बज्जिका शिरोमणि तथा गोरखापत्र बहुभाषिक पृष्ठका संयोजक संजय मित्र, बज्जिका रौतहट संयोजक कसुनदयाल श्रीकृष्ण, कल्याण समाज सर्लाहीका अध्यक्ष लक्ष्मण कुशवाहा, जिल्ला सचिव वीरेन्द्र कुशवाहा , बुद्धिजीवी समाज सर्लाही जिल्लाको पूर्व अध्यक्ष कपिलेश्वर कुशवाहा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी, बुद्धिजीवी समाज सर्लाहीका अध्यक्ष राम विश्वास कुशवाहा, उपाध्यक्ष श्याम कुशवाहा, सचिव तथा प्रधानाध्यापक जवाहरलाल कुशवाहा, सह-सचिव जितेन्द्र कुशवाहा, कोषाध्यक्ष तथा लेखा अधिकृत सिकेन्द्र कुशवाहा, सदस्य चन्द्रभूषण कुशवाहा, नवनियुक्त सदस्य  ललिता देवी कुशवाहा, सरस्वती देवी कुशवाहा सामुदायिक आधारभूत विद्यालयका रामवनका प्रधानाध्यापक रामप्रकाश कुशवाहासहित समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख तथा विशिष्ट अतिथिहरूलाई आयोजक संस्थाद्वारा भव्य सम्मान गरियो भने अतिथिहरूले समेत आयोजकको प्रशंसा गर्दै नववर्षको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन कुशवाहा बुद्धिजीवी सेवा समाज सर्लाहीका अध्यक्ष राम विश्वास कुशवाहाले गर्नुभएको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।