२०८३ भाद्र ५
२०८३ भाद्र ५

उत्तराखण्ड, २१ साउन ।

रुद्रप्रयागको गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका १७ जनाको खोजीका लागि बिहान ५ः३० बजेदेखि उद्धार सुरु भएको छ ।

 

एनडीआरएफ, एसडीआरएफ र अन्य संगठनका जवानहरू खोजीमा लागेका छन्। जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले बिहानैदेखि उक्त क्षेत्रमा हल्का वर्षा भइरहेको बताए । जसकाकारण उद्दार र खोजी कार्यमा समस्या भइरहेको छ ।

रुद्रप्रयागमा खराब मौसमका कारण मुख्यमन्त्री पुष्कर सिंह धामीको गौरीकुण्ड भ्रमण रद्द भएको छ । दुर्भाग्यवश रुद्रप्रयाग देशका १० सबैभन्दा पहिरो जाने जिल्लाहरूमध्ये पहिलो स्थानमा छ। विगत तीन–चार दशकमा जिल्लामा भएका पहिरोमा परी हजारौंको ज्यान गएका वा बेपत्ता भएका प्रमुख घटनाहरू यसको प्रमाण हुन् ।

 

सन् २०१३ मा केदारनाथमा पहिरो र बाढीमा ४५०० मानिसले ज्यान गुमाएका थिए। गौरीकुण्ड पहिरो दुर्घटनाले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोको राष्ट्रिय रिमोट सेन्सिङ सेन्टरको नक्साले पहिरो रिपोर्टको पुष्टि गरेको छ।

धनकुटा, २१ साउन ।

धनकुटाका समाजसेवी द्रोर्णप्रसाद गुरागाईले बुवा आमाको नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन ।

नेपाल पत्रकार महासंघ धनकुटामार्फत प्रदान गर्ने गरि  ‘टिकाहरि–धनञ्जय क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका हुन । उनले सो पुरस्कारका लागि अक्षय कोषकोसमेत स्थापना गरेका छन ।

 

धनकुटा नगरपालिका–५ निवासी गुराँगाईले दिवंगत माता टिकादेवी र पिता हरि गुराँगाईको स्मृतिमा उक्त पुरस्कार स्थापना गरेको जानकारी महासंघले दिएको छ ।

 

सो पत्रकारिता पुरस्कारको लागि उनले १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षय कोष खडा गरेको महासंघका अध्यक्ष नगेन्द्र राईले जानकारी दिए । उनका अनुसार त्यसका लागि समाजसेवी गुराँगाईले अध्यक्ष राईलाई चेकसमेत हस्तान्तर गरिसकेका छन ।

सर्लाही, २१ साउन ।

सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ ।

 

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार मलंगवा नगरपालिका–९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।

 

शनिवार बिद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानियले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सो घटना पछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए ।

 

उनका अनुसार मृतकको शवमा कुनै प्रकारको घाउचोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुन सक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भईरहेको छ ।

काठमाडौं, २१ साउन ।

काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ।

प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

 

उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन । उनको प्राथमिक उपचार गरिएको छ ।

विशाल बस्नेत,२० साउन, महोत्तरी ।

महोत्तरीमा आँखा पाक्ने रोग फैलिएको छ । जिल्लाभर २० हजार भन्दा बढी यो रोगवाट प्रभावित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने यो रोग विशेषगरी विद्यालयमा अध्ययनरत विध्यार्थीहरुको बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन । उनका अनुसार आँखा रातो हुने, कचेरा लाग्ने, टासिने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अफ्ठ्यारो हुने  यो रोगको लक्षण भएको चिकित्सकहरुको भनाइ छ ।

यो रोगको प्रकोप तिव्ररुपमा फैलिए पछी निको नहुन्जेल रोग लागेका विद्यार्थीहरुलाइ घरमा राख्न अभिभावकहरुलाइ अनुरोध गरेको एभरेस्ट बोर्डिङ्ग बर्दिबासका संचालक अरुण कार्कीले जानकारी दिए । साे रोग फैलने क्रम तिव्र भएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा अझ यो रोग फैलने क्रममा रहेको चिकित्सकहरुले वताएका छन ।

अहिले जिल्लाका किल्निक र अस्पतालहरु आँखा उपचार गराउन आउनेले भरिने गरेको छ । बर्दिबास सरकारी अस्पतालमा मात्र यो रोग उपचार गराउनेको संख्या दोब्बरले बृदी भएको अस्पतालले जनाएको छ ।

यस रोगवाट बच्न के गर्न सकिन्छ ?

 

यो रोग प्रकोपको रुपमा भयावह भएर फैलिएता पनी सामान्य भएको चिकित्सकहरुले सल्लाह दिएका छन ।

उनीहरुको अनुसार सामान्य बिषयहरुमा ध्यान दिएता पनी रोग निको हुन सक्दछ । जथाभावी रुपमा आँखा नछुने, आँखा छुनु भन्दा पहिले राम्ररी साबुन पानीले हात सफा गर्ने,  सफा पानीले आँखा सफा गर्ने संक्रमितहरुले प्रयोग गरेका तौलिया, रुमाल प्रयोग नगर्ने,  व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता उनिहरुको सुझाव रहेको छ ।

रोग लागि हालेमा पनि नडराउन चिकित्सकहरुले सचेत गराएका छन । राेग लागि हालेमा पटक पटक सफा चिसो पानीले आँखा सफा गर्ने, आँखा छोइ सकेपछी हरेक पटक साबुन पानीले हात सफा गर्ने, आफूले प्रयोग गर्ने रुमाल, तौलिया, कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने,  कालो चस्माको प्रयोग गर्ने, आफुले प्रयोग गरेको सिरानीको खोल, तन्ना हरेक दिन सफा गर्ने,  जथाभावी रुपमा आँखामा औषधिको प्रयोग नगर्ने कुराहरुमा उनिहरुले सचेत गराएका छन । न्युज कारखाना

काठमाडौ, २१  साउन । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ६९ पैसा र बिक्री दर १४५ रूपैयाँ ३५ पैसा रहेको छ। हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा कायम हुदाँ  युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसामा किनबेच गरिएकाे थियो ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ ९६ पैसा र बिक्री दर १६७ रूपैयाँ ७२ पैसा पुग्दा अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३७ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २७ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा तथा दक्षिण काेरीया १०० को खरिदमा १० रूपैयाँ ९ पैसा र बिक्रीदर  १० रूपैयाँ १४ पैसा कायम हुदाँ खाडी मुलुकका राष्ट्रकाे मुल्य भने बढेकाे छ ।

 

जसअनुसार कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३१ पैसा र बिक्री दर ३६ रूपैयाँ ४७ पैसा कायम भएकाे जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४१  रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २९.३ रुपैयाँ रहेको छ भने बिक्री दर २९.१७  रुपैयाँमा तथा कुवेती दिनार १ को खरिदमूल्य ४२८९.८७  पैसा  विक्रीदर ४३१.८२ पैसामा काराेबार गर्ने अनुमति दिएकाे छ ।

 

काठमाडौं, २१ साउन ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै २ सय जना केन्द्रिय सदस्यले आ आफनो धारणा राखिसकेका छन् । हिजोको बैठकमा बर्षमान पुन, जर्नादन शर्मालगायतका नेताले आ आफनो धारणा राखेका थिए ।

मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

रौतहट, २१ साउन ।

राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् ।

महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुइ प्रहरी जवानलाइ तत्कालै निलम्बन गरिएको हो ।

 

उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भए पछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ ।

 

यसरी प्रहरी प्रधान कार्यालयवाट निलम्बन परेको सुचना पाउनेमा रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार रहेका छन ।

 

उनीहरूलाइ निलम्बन गरेर थप छानबिन गरिराखिएको जनाइएको छ।

काठमाडौं, २० साउन । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सरकारसँग विभिन्न माग राख्दै प्रदर्शन गरेको छ।


शनिबार काठमाडौंमा युवा संघले गाईभैँसीमा देखिएको लम्पीस्किन रोग नियन्त्रण, सहरकारी पीडितको माग सम्बोधन तथा सुन तस्करी प्रकरणलगायतका विषयको समाधान हुनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरेको हो।

युवाहरूले विभिन्न प्ले–कार्डसहितका समाग्रीहरू प्रदर्शन गरेका थिए।

काठमाडौं, २० साउन ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकबाट पार्टी एक ढिक्का भयो भन्ने सबैलाई महसुस बताएका छन्।

 

जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिने क्रममा शनिबार सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रचण्डले वाद विवाद र संवादमा बैठक टुंगिने र अहिलेसम्मको छलफलले पार्टी एक ढिक्का भएको महसुस भएको बताएका हुन्।

 

‘यो बैठकपछि पार्टी एक ढिक्का भयो भन्ने महसुस सबैलाई भएको छ। वाद, विवाद र संवादमा यो बैठक टुंगिँदै छ,’ उनले भने।

 

केन्द्रीय कमिटीमा पार्टी नेतृत्व र प्रचण्डले अत्यधिक परिवारमोह देखाएको भन्दै आलोचनासमेत भएको थियो।

 

यद्यपि, शनिबारसम्म आइपुग्दा नेताहरूले आफूहरू प्रचण्डको नेतृत्व स्वीकारेर उनलाई सहयोग गर्न तयार रहेको बताएका थिए।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।