किभ, २३ साउन ।
रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ । धेरै देशले दुई देशबीचको यो युद्धलाई शान्त पार्ने प्रयास गरिरहेका छन् । यसै क्रममा रुस युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न साउदी अरेबियाको जेद्दाहमा छलफल चलिरहेको छ । यति हुँदाहुँदै पनि दुवै देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन् ।
यसैबीचमा रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको छ । सो शहरको एक आवासीय भवनलाई लक्षित गरी भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको थियो भने ३० जनाभन्दा बढी घाइते भएका थिए ।
युक्रेनले आक्रमणको निन्दा गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मस्कोले एउटा साधारण आवासीय भवनमा आक्रमण गरेको बताएका छन् । उनीहरुले सोभियत युगको पाँच तले भवनको फुटेज पनि सार्वजनिक गरेका छन् । यस भवनको माथिल्लो तला ध्वस्त भएको छ । आक्रमणपछि उद्धार कार्य जारी छ । आफ्नो पोस्टमा जेलेन्स्कीले लेखेका छन कि भग्नावशेष अझै सफा भइरहेको छ र खोज र उद्धार कार्य जारी छ।
उनले रुसी आतंकलाई रोक्नु पर्ने बताएका छन । युक्रेनलाई सहयोग गर्ने विश्वका सबैले हामीसँगै आतंकवादीहरूलाई परास्त गर्नेछन्। रुसले यस भयानक युद्धमा जे गरेको छ त्यसको लागि उत्तरदायी हुनु पर्नेछ ।
युक्रेनका एक मन्त्री इगोर क्लिमेन्कोले पनि टेलिग्राममा यी आक्रमणहरूको जानकारी दिएका छन्। जसमा पाँच जनाको मृत्यु भएको उनले बताएका छन ।
यसैबीच, दोस्रो आक्रमणमा डोनेट्स्क क्षेत्रका एक उच्च श्रेणीका आपतकालीन अधिकारी मारिएका छन्। यी आक्रमणमा ३१ जना घाइते भएका छन् । जसमा १९ प्रहरी अधिकारी, पाँच उद्धारकर्मी र एक बालक रहेका छन् । पोक्रोभस्क रुसको कब्जामा रहेको डोनेट्स्क सहरबाट करिब ७० किलोमिटर (४३ माइल) उत्तरपश्चिममा रहेको छ।
काठमाडौ, २३ साउन ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य १६०, टनेल गोलभेडा सानो ९०, घिउ सिमी लोकल ३०, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५३, लौका ४०, हरियो फर्सी ७०, घिरौला २० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाँजर १००, बन्दा लोकल १५, मूला रातो ४०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ७०, तितो करेला ३०, ब्रोकाउली ८०, कागती १३० रुपैयाँ, भिण्डी ३५,पिंडालू ६०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६०, लोकल काक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ३५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ८०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै, मालदह आँप १८०, लप्सी ७०, हरियो धनिया १५०, लसुन हरियो ८०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रुख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ७० मा कारोबार भइरहेको छ ।
काठमाडौं, २३ साउन ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबानवाट सर्तकता अपनाउन अनुरोध गरेका छन् ।
देशैभरी भएका अबिरल बर्षाका कारण काठमाडौंलगायतका क्षेत्र डुबानमा परे पछि राजमार्गहरु अबरुद्ध भए पछि एमाले अध्यक्ष ओलीले सो आग्रह गरेका हुन् ।
‘आज देशका धेरैजसो ठाउँमा अविरल बर्षा भइरहेको खबर छ, सोसियल मिडिया हेर्यो कि बाढी, पहिरो र पानीको सतह बढेका विभिन्न ठाउँका तस्बिर रभिडिओहरु धेरै आइरहेका छन्,’ ओलीले भनेका छन, ‘वर्षाले ल्याउन सक्ने विपत्तिप्रति चनाखो रहौं, सबैको दिन शुभ रहोस् ।
वासिंग्टन डिसी, २३ साउन ।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को चुनावमा भएको धाँधलीको मुद्दामा निष्पक्ष सुनुवाइ हुनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।
त्यसैले उसले आफनो आपराधिक मुद्दाको निरीक्षण गर्न र मुद्दालाई वाशिंगटनबाट बाहिर सार्न पर्ने जनाउँदै अर्का न्यायाधीश फैसलामा राख्नका लागि लागि निवेदन गर्ने भएका छन् ।
सन् २०२० मा भएको निर्वाचनमा ट्रम्पले पराजयको सामना गर्नुपर्यो तर उनले चुनावी नतिजा स्वीकार गर्न अस्वीकार गरेका थिए । यसपछि जनवरी ६, २०२१ मा ट्रम्प समर्थकहरूले राजधानीमा आक्रमण गरेका थिए। डोनाल्ड ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणमा असफल मानिएको थियो । यसपछि ट्रम्पमाथि हारका बाबजुद पनि पदमा बसेको आरोप लागेको थियो ।
त्यसैले ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा उल्ट्याउन खोजेको आरोप लगाइएको छ। न्यायाधीश तान्या चुटकनलाई पूर्व राष्ट्रपति बाराक ओबामाले मुद्दाको जिम्मेवारी सुम्पएका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै वाशिङटनमा ‘निष्पक्ष सुनुवाइ हुने नसक्ने भन्दै अरु कुनै उपाय लगाउनु पर्ने बताएका हुन । जसकाकारण आफनो मुद्दालाई अन्य अदालतमा स्थानान्तरण गर्न माग गर्ने भएका छन् । तर, अदालतमा कुनै औपचारिक अनुरोध भने अझै दायर गरिएको छैन ।
भूतपूर्व राष्ट्रपति ट्रम्पले धेरै वर्षपछि अहिले चुनाव हुन लागेको बेला आरोप लगाइएको बताए । ‘यो एउटा षड्यन्त्र मात्र हो भन्ने प्रष्ट हुन्छ,’ उनले भनेका छन् । उनले यो पनि भने कि, ‘मलाई आशा छ कि अमेरिकाका जनताले यो देख्नेछन्। हाम्रो देश बर्बाद हुँदैछ । यसलाई फेरि उत्कृष्ट बनाउनु पर्छ। र, हामी तुरुन्तै मुद्दाको अर्को न्यायाधीशबाट सुनुवाई गर्न माग गर्नेछौं। यसका साथै मुद्दालाई अन्यत्र स्थानान्तरण गर्न पनि निवेदन दिनेछौं ।’
यसअघि उनले भनेका थिए कि, ‘मैले सुनेको छु कि विशेष काउन्सिल ज्याक स्मिथले २०२४ को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्न म माथि अर्को फर्जी आरोप लगाउने छन्। यो मुद्धा लगाउने काम साढे दुई वर्षअघि किन गरेनन् ? किन यति लामो समय पर्खनु परयो ? किनभने तिनीहरू यसलाई मेरो अभियानको बीचमा राख्न चाहन्थे। यसले अभियोजन पक्षको दुर्व्यवहार देखाउँछ।’
मिडिया रिपोर्टका अनुसार तान्या चुटकन जनवरी ६, २०२१ मा वाशिंगटनमा आक्रमण गर्ने ट्रम्प समर्थकहरूलाई कडा सजाय दिने न्यायाधीशको रूपमा चिनिन्छन्। उनी ट्रम्पद्वारा नियुक्त फ्लोरिडाको संघीय न्यायाधीश इलिन क्यानन भन्दा निकै ‘कडा’ मानिन्छिन् ।
सिंगापुर, २३ साउन ।
सिंगापुरमा अर्को महिना राष्ट्रपतिको निर्वाचन हुँदैछ । यी निर्वाचनका धेरै राजनीतिज्ञहरूले औपचारिक रूपमा प्रचारप्रसार सुरु गरेका छन् । यी चुनावमा भारतीय मूलका वरिष्ठ मन्त्री थर्मन शान्मुगरत्नम पनि चुनाव लड्न तयार छन् । सोमबार उनले चुनावमा सहभागी हुन योग्यताको प्रमाणपत्रका लागि निवेदन दिएका छन् ।
थर्मनले गत महिना औपचारिक रूपमा राष्ट्रपतिको लागि आफ्नो अभियान सुरु गरेका थिए। उनले सिङ्गापुरको संस्कृतिको विकास गरी यसलाई विश्वमा चम्किरहेको तारा बनाउने वाचा गरेका छन् । सेप्टेम्बर २०२३ मा सिंगापुरमा चुनाव हुँदैछ किनभने राष्ट्रपति हलिमाह याकूबको कार्यकाल यही सेप्टेम्बर १३ मा समाप्त हुदैँछ ।
द स्ट्रेट्स टाइम्सका अनुसार थर्मनले योग्यता प्रमाणपत्रका लागि आवेदन दिएका छन्। शान्मुगरत्नम बाहेक अन्य तीन नेताहरूले चुनावमा उम्मेदवारी घोषणा गरेका छन् र योग्यताको प्रमाण पत्रका लागि आवेदनसमेत दिएका छन्। अरु तीनै जना चिनियाँ मूलका हुन् । जीआईसीका पूर्व लगानी प्रमुख एनजी कोक सङ (७५) ले सार्वजनिक क्षेत्रसँगको परामर्शपछि आफुले अगस्ट २ मा आवेदन दिएका थिए ।
जहाँ उद्यमी जर्ज गोह (६३ वर्ष) ले अगस्ट ४ मा आफ्नो योग्यता आवेदन पेश गरेका थिए। पूर्व राष्ट्रपति पदका उम्मेदवार तान किन लियान (७५) ले आगामी राष्ट्रपति चुनावका लागि योग्यताको प्रमाणपत्रका लागि आफ्नो आवेदन पेश गरेको स्ट्रेट टाइम्सले जनाएको छ। तर, उनले चुनाव लड्ने कि नदिने भन्ने टुंगो लागेको छैन ।
२०११ मा राजनीतिमा सामेल हुनु अघि थर्मन एक अर्थशास्त्री र सिंगापुरको मौद्रिक प्राधिकरणमा एक सार्वजनिक सेवक थिए। उनले २०११ देखि २०१९ सम्म शिक्षा तथा अर्थमन्त्री र उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व आर्थिक मञ्च र संयुक्त राष्ट्र सङ्घलगायत विश्वका विभिन्न संस्थाहरूमा प्रमुख पदमा पनि काम गरिसकेका छन्।
तेहरान,। २३ साउन ।
इरान सरकारले कडा हिजाब कानून उल्लंघन गर्ने महिलालाई मनोचिकित्सकसँग उपचार गरिरहेको छ।
यससँगै कानुन उल्लंघन गर्ने महिलालाई शव सरसफाइमा काम लगाएर कारबाही गरिरहेको छ ।
न्युज वेबसाइट फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाहरुमाथि सरकारले पहिले भन्दा धेरै कडाई गरिरहेको छ ताकि हिजाब कानूनको उल्लङ्घन गर्ने महिलाहरूलाई नियन्त्रण गर्न सकियोस्।
हालै इरानी अभिनेत्री अफसाने बेगनलाई हिजाब नलगाएको भन्दै दुई वर्षको जेल सजाय सुनाइएको छ । यस्तो अवस्थामा उनलाई हरेक हप्ता मनोचिकित्सकसँग परामर्शका लागि जान निर्देशन दिइएको छ । रिपोर्टका अनुसार हालै तेहरानको एक अदालतले एक महिलालाई शव सफा गर्न एक महिनाको लागि सजाय सुनाएको छ।
समाचारमा दावी गरिएको छ कि महिलाले कडा हिजाब कानूनको उल्लङ्घन गरेका थिए, ती महिलाले टाउकोमा हिजाब नलगाई गाडी चलाएको आरोपमा पक्राउ गरिएको थियो ।
इरानका राजनीतिशास्त्रका प्राध्यापक अजादेह कियानले बायगनलाई दिइएको सजाय एउटा उदाहरण भएको बताए। सरकारले महिलामा कानुनको डर पैदा गर्न खोजेको छ । यस्तो अवस्थामा सरकारले महिलालाई कपाल छोप्न बाध्य पार्ने नयाँ उपाय खोजिरहेको छ ।
महिलासम्बन्धी मुद्दामा न्यायाधीशको निर्णय प्रति धेरै सामाजिक संघ संस्थाले आश्चर्य व्यक्त गरेका छन् । इरानका चार मानसिक स्वास्थ्य संस्थाका अध्यक्ष घोलाम होसेन मोहसेनी ईजेईले देशको न्यायपालिका प्रमुखलाई लेखेको पत्रमा आफ्नो चिन्ता व्यक्त गरेका छन्। उनले ‘मानसिक स्वास्थ्य विकारको निदान गर्ने जिम्मेवारी मनोचिकित्सकको हो, न्यायाधीशको होइन’ भनेका छन् ।
समाचारमा यो पनि दावी गरिएको छ कि अधिकारीहरूले कडा हिजाब कानूनको उल्लंघन गर्ने महिलाहरूलाई भारी जरिवाना तिराई रहेका छन्। महिला हिजाब नलगाई सवारी चलाएको देखिए उनीहरुको सवारीसाधन जफत गर्नेसमेत गरेको छ । महिलालाई जागिरबाट हटाउन दबाब सिर्जना भइरहेको छ ।
फ्रान्स २४ को रिपोर्ट अनुसार हिजाब नलगाउने महिलाले अस्पतालमा उपचार गराउन समेत नसक्ने गरेको छ ।
काठमाडौं २३ साउन ।
राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको छ ।
राप्रपा नेपाल पुनर्जागरण पश्चात् यो बैठक पार्टी जिबनको निमित्त अत्यन्तै महत्त्वपूर्ण रहेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
“यो बैठक पार्टीको भाबी कार्यदिशा र कार्ययोजना सहित सैधान्तिक बैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ” महामन्त्री बर्तौलाले भने । संघीय गणतन्त्रको नाममा कायम रहेको भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि संघर्षको बाटो बैठकले तय गर्ने उनले बताए । विभिन्न ब्यक्ती, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रबादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरि पार्टीलाई अघि बढाइने कार्ययोजना प्रस्तुत हुने जनाईएको छ ।
बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाका सहित महामन्त्री भाष्कर भद्राको सचिवालय सबन्धी प्रतिबेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धि प्रतिबेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिबेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर बिष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले प्रतिबेदन पेश गर्नेछ। राप्रपा नेपालसङ्ग एकताको लागि सडक संघर्ष न्युनतम बटमलाईन रहने स्रोतले बताएको छ ।
काठमाडौ, २३ साउन ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ १० पैसा र बिक्री दर १३२ रूपैयाँ ७० पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ९५ पैसा र बिक्री दर १४५ रूपैयाँ ६१ पैसा कायम गरिएकाे छ ।
हिजो अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ २५ पैसा र बिक्री दर १३२ रूपैयाँ ८५ पैसामा तथा युराेपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ६२ पैसा र बिक्री दर १४६ रूपैयाँ २८ पैसामा काराेबार भएकाे थियाे ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १६ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.२ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा कायम गरिएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३२ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ १ पैसा र बिक्रीदर १० रूपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ २९ पैसामा खरिदबिक्री गर्न सकिने जनाउँदै राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.९८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.११ रुपैयाँ तथा कुवेती दिनार १ को खरिद मूल्य ४२९.४८ पैसा विक्रीदर ४३१.४३ पैसा कायम गरिएकाे छ ।

काठमाडौं, २३ साउन ।
भारी बर्षाका कारण देशैभरी पहिरो र डुबान भएको छ ।
काठमाडौंमा रातभरी परेको पानीले बाग्मती, बिष्णुमती र अन्य साना खोला किनाराका बस्तीहरू डुबानमा परेका छन ।
सोमवार राती परेको अबिरल बर्षाका कारण काठमाडौंको सामाखुसीलगायतका क्षेत्र डुबानमा परेका छन् भने अन्य क्षेत्रमा पनि उतिकै प्रभाव परेको छ । मौसम बिज्ञान बिभागले दिउँसो १२ बजेसम्म अवस्था अझै भयाबह नै हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।
उता, पहिरोको कारण मुग्लिङ नारायणगढ खण्ड अबरूद्द हुन पुगेको छ भने सिदार्थ राजमार्ग, मदन भण्डारी राजमार्गका बिभिन्न सडक खण्डमा पहिरो झरेका कारण सडक यातायात सञ्चालन अबरूद्द हुन पुगेको छ ।
काठमाडौं, २२ साउन ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पूर्वमन्त्री चन्द्रदेव जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पूरा समर्थन रहेको बताएका छन् ।
ललिता निवास प्रकरणमा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ तथा पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरिएको छ । आइतबार मात्र सर्वोच्च अदालतले निर्णय र निर्णय प्रक्रियामा संलग्नहरूलाई अनुसन्धानको दायरामा ल्याउन आदेश दिएको थियो । जसअनुसार तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईसमेत अनुसन्धानमा तानिने भएका छन् ।
तर, आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि सोमबार दिउँसो सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री जोशीले सरकारको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो समर्थन रहेको र अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।
फेसबुकमा उनले लेखेका छन् :
वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा मेरो पुरै समर्थन छ । देशमा नासुरको रुपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने मेरो चाहना र अपेक्षा हो । लगतार त्यसैतर्फ मेरो राजनीतिसमेत लक्षित हुँदै आएको छ । अनुसन्धान निकायलाई मेरो पूरा सहयोग रहनेछ ।
तर समाचार माध्यमहरुमा आए अनुसार २०६९ असोज १८ गते ललिता निवासबारे मन्त्री परिषदमा निर्णय हुँदा म मन्त्री पदमा थिइँन । मन्त्रिपदबाट मैले त्यसअघि नै असोज ४ गतेको मितिमा राजीनामा गरिसकेको थिएँ । म २०६९ जेठ ३ देखि असोज ४ गते सम्ममात्र तत्कालिन बाबुराम भट्टराई मन्त्रिपरिषदमा रहेको हुँ । म पछि तत्कालिन मन्त्रिपरिषदका अर्का सदस्य टोपबहादुर रायमाझीले मैले सम्हाल्दै आएको मन्त्रालय सम्हालेको जानकारी त्यसबखत पाएको हुँ । त्यसपछि मन्त्रिपरिषदको समाजिक समितिमा प्रस्ताव जाँदा समेत म मन्त्री पदमा थिइन । मैले मन्त्री पद छाडेपश्चात भएको कुनै पनि निर्णयबारे मलाई जानकारी छैन । पछिल्लो समय समाचार माध्यम नै मेरो जानकारीका श्रोत भएका छन् ।
यसअघि पनि पटक पटक जानकारी दिए अनुसार नै आदालतको दोस्रो ताकेता पछि अदालतको आदेश नमान्दा मानहानी गरिएको हुने अवस्था आएपछि लियाजो एजेन्सीको मन्त्रीका रुपमा मेरो मार्फत निर्णकालागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान मैले सहमति मात्र दिएको हो । सो सम्बन्धी निर्णय प्रकृयामा मेरो कुनै सहभागिता छैन । जे जसो भए पनि अनुसन्धान निकायले गर्ने छानबिनलाई मेरो पूरा सहयोग रहनेछ ।
