२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ४ भदौं ।

संसद गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्बदलीय बैठक बोलाईएको छ ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा हिजो बसेको बैठकमा सहमति जुटन नसके पछि आज पनि बैठक बोलाईएको हो । बैठक  दिउँसो ४ बजे बस्नेछ ।

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद अबरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ । सरकार र प्रतिपक्षी दुबै दल आ आफना अडानमा कायमै राखे पछि साउन १२ गते देखी संसद चल्न सकेको छैन् ।

 

यसबिचमा सभामुख देवराज घिमिरेले संसद चलाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखी प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग पनि छलफल गरे पनि अझै निष्कर्ष निस्कन सकेको छैन ।

 

यद्धपी, सहमतिका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले समय माग गरे पछि हिजोको बैठक स्थगित गरी साउन ६ गते प्रतिनिधिसभा बैठक बोलाईएको छ ।

 

काठमाडौं, ४ भदौं ।

नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो कमिटीको बैठक बस्दैछ ।

 

हिजो देखी सुरू भएको पोलिटब्युरो बैठकले आज पनि निरन्तरा पाउन लागेको हो । बैठक बिहान ११ः०० बजे बोलाईएको छ ।

हिजोको बैठकमा एजेन्डा माथि आफ्ना धारणा राख्ने पोलिट्ब्युरो सदस्यहरुमा उमेश डागी,  कृष्ण पन्त, कृष्ण खनाल, कृष्ण सापकोटा, गङ्गा नेपाल, गणेश बिके, गणेश काङ्वाङ्, गोपाल बराल, चन्द्र ब शाही, चिरन्जिवी आचार्य, टहलबहादुर खडका, दिनेश राइ, दिलु पन्त, देउमान साम्बाहम्फे, देव शन्कर, धर्म निरौला, निरा जैरु, निर्मल सुबेदी, परमानन्द भट्ट, पिएल श्रेष्ठ, प्रभा बज्राचार्य, प्रमोद उपाध्याय, प्रेम नारायण पौडेल, प्रेमल खनाल, बलदेव चौधरी, बसन्त मानन्धर लगायतले आ आफनो धारणा राखेका थिए ।

 

हिजोको बैठकमा अध्यक्ष नेपालले सबै चुनौतिहरुको सामना गर्दै पार्टी अगाडि बढ्न कम्मर कसेर लागेको जनाएका थिए । ‘नेकपा एकीकृत समाजवादी समयको माग हो , यसको महत्व दिन दिनै बढिरहेको छ्। यो नै कम्युनिस्ट बिचारधारा भित्रको उत्तम बिकल्प हो, पार्टी  सदैब  राष्टियताको रक्षा र सम्बर्धन गर्न जनजिविकाको लागि सङ्हर्ष गर्न समाजवाद्को धेय पुरा गर्न र जनतालाइ सुशास्न  प्रदान गर्न लागि नै रहने छ,’ नेपालले भने, ‘पार्टी सधै भरि भ्रष्टाचारका बिरुद्दमा छ र नेपाल सरकारलाइ पनि आजको भ्रष्टाचार बिरोधी कार्यलाइ निरन्तर अगाडि बढाउन आह्वान गर्दछ ।’

 

काठमाडौं, ४ भदौं ।

समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

 

आइतबारका लागि बोलाइएको बैठक अन्तिम समयमा रोकिए पछि सो बैठक सोमबार बोलाईएको हो ।

सो बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा बिहान ७ः ३० बस्नेछ ।

सो बैठकमा ललिता निवास प्रकरणमा मुछिएका नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल र गौर हत्याकाण्डको छानबिनको दायरामा परेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थित हुनेछ । सो बैठकमा सोही बिषय पनि छलफल हुने बताईएको छ ।

साथै, सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

 

नेकपा एकीकृत माअाेवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे पहलकदमीकाे गठन भएकाे साे माेर्चामा नेकपा एस र जसपा नेपालसहित नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वकाे नेकपा सम्मिलित छन् ।

 

काठमाडौं, ३ भदौ ।

मुस्ताङको कालिगण्डकी नदीमा पानीको बहाव बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानीको बहाव बढेसँगै वारागुङ मुक्तिक्षेत्रका वासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मुस्ताङले उच्च सर्तकता अपनाउन आग्रह गरेको छ।

 

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को ठाँडो नरसिंह खोला र वारागुङ मुक्तिक्षेत्र-४ को ग्रीन ताङ्वे र ताङ्वे गाउँको ठाँडो खोलाको बाहव अत्यधिक उच्च हुँदा कालिगण्डकी नदीको बहाव बढेको बताइएको छ। नरसिंह खोला र ताङ्वे खोलामा पहिरोसहितको भिषण बाढी आएको बताइएको छ।

 

धनगढी, ४ भदौं ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. आरजू राणा देउवाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न सरकारले विशेष रणनीति अपनाउनु पर्नेमा जोड दिएकी छन् ।

 

उनले निजी शिक्षण संस्थाको नतिजा उत्कृष्ट भइरहेका बेला सामुदायिक विद्यालयको गुणस्तर खस्कनु चिन्ताको विषय भएको बताइन् ।

आईतबार कैलालीको धनगढीमा आयोजित समावेशी तथा गुणस्तरीय शिक्षा र बालबालिका लागि बजेट सम्बन्धी सूदुरपश्चिम प्रदेशस्तरीय गोष्ठीलाई सम्बोधन गर्दै उनले भनिन्,  ‘सामुदायिक विद्यालयले जस्तो किसिमको गुणस्तरीय शिक्षा दिनुपर्ने हो, हामी त्यसमा चुकिरहेका छौं । सरकारको प्रतिवद्धता छैन भने त्यो पनि होइन । बजेट छैन भनौं, बजेट पनि छ । तालिम पनि छ । तर जस्तो अपेक्षाकृत नतिजा आइरहेको छैन ।’

 

प्रतिनिधिसभा सदस्यसमेत रहेकी कांग्रेस नेतृ देउवाले शैक्षिक गुणस्तर सुधारका लागि सामुदायिक विद्यालय मर्जर गर्नुपर्ने बेला आइसकेको बताइन् । ‘निजी विद्यालयको नतिजा राम्रो छ तर सामुदायिक र सरकारी विद्यालयहरु खुम्चिरहेका छन् । यसले गर्दा सामुदायिक विद्यालयहरु मर्जर गर्नुपर्ने बेला आइसकेको छ,’ उनले भनिन्, ‘सरकारी स्रोत साधनबाट कसरी उत्कृष्ट शिक्षा दिन सकिन्छ भन्नेमा हामी लाग्नुपर्नेछ ।’

उनले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । रानाथारु समुदायमा नेपालमै उच्च शिक्षा हासिल गर्नेको संख्या न्यून रहेको उल्लेख गर्दै उनले भनिन्,  ‘युवा विदेश पलायन डरलाग्दो अवस्था छ । यो चुनौतिलाई कसरी निकास दिन सकिन्छ भन्नेमा सरकारले काम गर्नुपर्छ । एडुकेसन कन्सलटेन्सी साँच्चिकै कन्सलटेन्सी हुन् कि म्यानपावर कम्पनी ? यसबारेमा अध्ययन गर्न जरुरी छ ।’

 

उनले नेपालमै पढ्दा पढ्दै विद्यार्थीले कमाउने व्यवस्था गर्न सके युवाहरु स्वदेशमै बस्न सहयोग पुग्ने विश्वास गरिन् । ‘विद्यार्थीको चाहना पनि यहि हुन्छ अनि अभिभावक पनि यहि चाहन्छन्,’ उनले भनिन् ।

प्रेमचन्द्र झा,भदौ ०३ गते
रौतहट । महान्यायाधिवक्ताको कार्यालय काठमाण्डौका महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले मुदाको अनुसन्धान अभियोजन र न्याय निरुपण गर्दा कर्मकाण्डको रुपमा नलिन अनुरोघ गरेका छन। सरकारी वकिलको कार्यालय रौतहटको नवनिर्मित कार्यालय भवनको उदघाटन गर्न आयोजित समारोहलाई सम्बोधन गर्दै महान्यायाधिवक्ता पोखरेलले सहि ठाउमा न्याय परेको छ कि छैन पटक पटक हेर्न सरकारी वकिलहरुलाई सुझाव दिएका छन । प्रक्रिया पूरा भयो भने उदेश्यले कहिल्य पनि मुद्दालाई नहेर्न महान्यायाधिवक्ता पोखरेलले सचेत समेत गराए । विभिन्न मुद्दामा दसिको रुपमा पक्राउ परेका वा जपथ गर्ने अभियानको रुपमा रहेका गाडी ,माल समानहरुलाई सम्बन्धित व्यक्तिको अनुहार मात्र हेरेर होईन , राष्ट्रिय अर्थतन्त्रलाई ध्यानमा राखेर न्याय निरुपण गर्न सुझाव दिएका हुन ।
महान्यायाधिवक्ता पोखरेलले भने करोडौको गाडी जफत गर्ने प्रकृयामा सडाई रहेको हुन्छौं , दुई वर्ष पछाडी उसको कुनै पार्ट पुर्जा काम लाग्दैन । तस्कर , अपराधीको सम्पत्ति नष्ट भयो भनी हामी मख्ख हुन्छौं तर त्यहीँ गाडी उसैले किन्न जादा नेपाली रुपैयाँ कतिको बाहिरिएको हुन्छ त्यसमा हामीले कहिल्यै विचार गरेका छौ उनको प्रश्न थियो ।
नवनिर्मित भवनको उदघाटनसंगै अवसर र चुनौती थपिएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साधन स्रोतको उपलब्धता र कार्य सम्पादनको गुणस्तरीयता मापन गर्ने प्रकृया यसले संग सगै ल्याएको बताए।क्षमतावान र निश्पक्ष भई न्याय निरुपनको काम गर्नु नै ठुलो चुनौतिको विषय भएको बताउदै महान्यायाधिवक्ता डा।पोखरेलले साईबर अपराध र चेक अनादरको मुद्वा जिल्ला अदालतले हेर्ने सरकारले निर्णय गरि सकेपछि पनि चुनौति थपिएको बताए ।

महान्यायाधिवक्ताको कार्यालय काठमाडौका सह महान्यायाधिवक्ता सुर्य राज दाहालको अध्यक्षतामा भएको सो उदघाटन समारोहमा उच्च सरकारी वकिलको कार्यालय बिरगंजकासह न्यायधिवक्ता राम कुमार थापा ,रौतहट जिल्ला अदालतका न्यायाधीश मातृका प्रसाद मरासिनी ,प्रमुख जिल्ला अधिकारीधर्मेन्द्र कुमार मिश्र ,नेपाल वार एसोसिएसन अध्यक्ष नन्दकिशोर साह र जिल्ला सरकारी वकिलकार्यालयका प्रमुख बद्री बहादुर कार्किले शुभकामना मन्तव्य राखेका थिए ।

रु ३ करोड ३३ लाखको लागतमा सिएम चन्डी मुन्ना जेवि काठमाडौले ठेक्का सकार गरि एक सय १४ दिन पहिले नै तीन तल्ले भवनको निर्माणकार्य पूरा गरेका छन । समय अगावै कार्य सम्पन्न गरे वापत निर्माण कम्पनीका प्रतिनिधि प्रमोद यादवलाई प्रमुख अतिथि महान्यायाधिवक्ता पोखरेलले दोसल्ला ओढाई सम्मान गरका छन् ।

रामप्रवेश बैठा,मौलापुर,भदौ ०३ गते ।
रौतहटको मौलापुर नगरपालिकामा “हाम्रो मौलापुर” पुस्तक बिधार्थीको हाथ हाथमा पुगेको छ । मौलापुर नगरपालिकाको स्थानीय पाठयपुस्तक “हाम्रो मौलापुर” प्रत्येक बिधालयमा वितरण कार्य शुरू गरिएको छ ।
मौलापुरको हरेक पक्ष समेटीएको उक्त पुस्तकले बिधार्थीहरु वृद्धि बिकासमा ठुलो सहयोग पुगने बिश्वास लिएको नगर प्रमुख रिना कुमारी साहले बताउनु भयो । उक्त पुस्तक कक्षा १ देखि कक्षा ८ सम्म पढ़ाई हुने उनले जानकारी गराइन् । सो पुस्तकको लेखनको काम हेम प्रसाद साहले गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०३ गते ।
रौतहटको मध्य भाग गरुडामा रहेको श्रीराम सुगर मिल्स लिमिटेड लाइ पुनः सञ्चालन गराउन संघर्ष समिति गठन गरिएको छ । शनिवारको बृहत् किसान आमसभापछि आज गरुडा नगर उधोग वाणिज्य संघको सभाकक्षमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक बाट उँखु उत्पादन संघ रौतहटका अध्यक्ष अशोक प्रसाद यादवको अध्यक्षतामा १०१ सदसीय संघर्ष समिति गठन गरिएको छ । गठित समितिको सदस्यहरुमा संतोष कुमार साह,ब्रिजकिशोर यादव,मो.कलिमुलाह,रामभरोस यादव,दिपक यादव,राजकुमार दास लगायतका व्यत्तीहरु रहेका छन् ।
बैठक बाट मिल सञ्चालनका लागि उधोग मन्त्रालय,अर्थ मन्त्रालय र प्रधामन्त्रीको कार्यालयमा डेलिगेशन लिएर जाने र पछि संघर्षको थप कार्यक्रम घोषणा गर्ने निर्णय भएको उँखु उत्पादन संघ रौतहटका अध्यक्ष यादवले बताए ।
शनिवार गरुडा चिनी मिल बचाउनका लागि उँखु उत्पादक संघ रौतहटले बृहत् किसान आम भेला गरेको थियो ।
उखु उत्पादक संघ रौतहटले आयोजना गरेको बृहद आम सभामा सहभागी भएका सतारुढ दल तथा प्रतिपक्षी दलका नेताहरुले बन्द रहेको चिनी उद्योग संचालनका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थियो । गरुडा बाट चिनी मिल हटाउन खोजे प्रतिकार गर्ने चेतावनी समेत दिएका थिए ।

काठमाडौं, ४ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापिय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी देखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

काठमाडौं, ३ भदौ ।

इंग्ल्याण्डलाई १-० ले पराजित गर्दै स्पेनले पहिलो पल्ट महिला विश्वकप फुटबलको उपाधि उचालेको छ।

 

पहिलो हाफदेखि नै इंल्यान्डमाथि दबाब कायम गरेको स्पेनले खेलको २९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। स्पेनको लागि कप्तान ओल्गा कारमोना गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।

 

खेलको १६औं मिनेटमा इंग्ल्यान्डले प्रहार गरेको बल पोष्ट बार माथि लागेर फर्किएको हो। १७औं मिनेटमा स्पेनको प्रहार इङ्लन्डकी गोलकिपर म्यारी इराप्सले बचाएकी थिइन्।

 

स्पेनले खेलको ६९औं मिनेटमा पाएको पेनाल्टी इंग्ल्यान्डकी गोलकिपर इराप्सले बचाइन्।

 

यो हारसँगै गत वर्ष इंग्ल्याण्ड लगातार युरो कप र विश्वकप जित्ने टिमको कीर्तिमान बनाउनबाट चुकेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।