२०८३ भाद्र १०
२०८३ भाद्र १०

जनकपुर । आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि मधेश प्रदेश सरकारले ४६ अर्ब ५८ करोड २९ लाख ५१ हजारको बजेट ल्याएको छ । चालुमा १६ अर्ब ७२ करोड ५ लाख १७ हजार विनियोजन गरिएको छ भने पुँजीगततर्फ ३० अर्ब २६ करोडको बजेट विनियोजन गरिएको हो ।

सार्वजनिक गरेको बजेटमा शिक्षा, रोजगारी, कृषि र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ । आइतबार प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सुनिल कुमार यादवले समाजको आधारभूत आवश्यकता र दीर्घकालीन विकास लक्ष्यलाई मध्यनजर गर्दै विभिन्न मन्त्रालयका लागि उल्लेख्य बजेट विनियोजन गरिएको जानकारी दिए ।

शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालयतर्फ ३ अर्ब ५७ करोड ६६ लाख ५५ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारले गुणस्तरीय शिक्षा, सांस्कृतिक संरक्षण, र युवालाई खेल र नवप्रवर्तनमा अभिप्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

मधेशको इतिहास, संस्कृति र परम्परालाई जगेर्ना गर्ने उद्देश्यले महोत्तरीमा मधेश सांस्कृतिक ग्राम निर्माण गर्न बजेट विनियोजन गरिएको छ । यसले आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने सरकारको विश्वास छ । कृषि मन्त्रालयतर्फ २ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कृषिमा यान्त्रिकीकरण, व्यवसायीकरण र उत्पादन अभिवृद्धिमा बजेट केन्द्रित गरिएको छ । वन तथा वातावरण मन्त्रालयतर्फ २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको छ । वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा बजेट लाग्नेछ ।

उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालयतर्फ ३ अर्ब ८ करोड ७१ हजार रुपैयाँ छुट्याइएको छ । यसले पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनलाई बजार विस्तार र रोजगारी सिर्जनामा टेवा पुर्याउने अपेक्षा गरिएको छ । श्रम तथा यातायात मन्त्रालयतर्फ ५७ करोड १४ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ । सरकारले स्वरोजगारलाई प्रोत्साहित गर्न ‘हात–हातमा सवारी, घर–घरमा रोजगारी’ भन्ने कार्यक्रम सञ्चालनमा ल्याउनेछ । विशेषगरी शिक्षा, कृषि र स्वरोजगारमुखी कार्यक्रमले मधेशको स्थानीय अर्थतन्त्रलाई सबल बनाउने सरकारको विश्वास छ । आर्थिक न्यूज

बज्जिकाञ्चल संवाददाता,राैतहट,०१ गते असार ।रौतहट जिल्लाको गरुडा नगरपालिका–१ जयनगरमा आइतवार बिहान परेको चट्याङले एक जनाको ज्यान लिएको छ । बिहानको वर्षासँगै परेको चट्याङले बाख्रा खोल्न बाहिर गएका ५६ वर्षीय सियाराम साह बनियालाई चपेटामा पार्दा घाइते भएका थिए ।

घाइते अवस्थामा तत्कालै प्रादेशिक अस्पताल गौर पुर्‍याइएका साहको उपचारको क्रममा बिहान १० बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक कुमार रायले जानकारी दिए ।

पछिल्ला केही दिनदेखि जारी भीषण गर्मीले जनजीवन प्रभावित भइरहेका बेला आइतवार परेको वर्षाले सर्वसाधारणलाई राहत दिएको भए पनि चट्याङका कारण एक परिवारमा भने शोक छाएको छ ।

प्राकृतिक विपत्तिबाट हुने यस्ता घटनाले सावधानी अपनाउन आवश्यक रहेको प्रहरीको भनाइ छ । प्रहरी र स्थानीय निकायले नागरिकहरूलाई मौसमको जोखिमपूर्ण अवस्थामा सतर्क रहन आग्रह गरेका छन्।

कामरेन्द्र वर्मा,काठमाडौं,०१ गते असार । 

नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारले नेपाललाई ४० वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरेको छ । एकैदिन काठमाडौं, वीरगंज, पोखरा र धरानमा आयोजित कार्यक्रममार्फत भारतले यी एम्बुलेन्सहरु नेपाल सरकार तथा विभिन्न स्वास्थ्य संस्थाहरुलाई हस्तान्तरण गरेको हो ।

काठमाडौंस्थित भारतीय राजदूतावास, वीरगंजको महावाणिज्य दूतावास तथा पोखरा र धरानस्थित पेन्सन भुक्तानी कार्यालयहरुमा एकसाथ आयोजना गरिएका समारोहहरुमा नेपालका सातवटै प्रदेशका ३३ जिल्लालाई समेटिएको थियो ।

काठमाडौंमा मात्र २२ वटा एम्बुलेन्स हस्तान्तरण गरिएका थिए भने वीरगंजमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स प्रदान गरिएको हो ।

काठमाडौंमा आयोजित कार्यक्रममा भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले एम्बुलेन्सका चाबी सम्बन्धित प्रतिनिधिहरुलाई हस्तान्तरण गर्दै स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा भारत सरकारको दीर्घकालीन सहयोगबारे प्रकाश पार्नुभयो । वहाँले नेपाल–भारत विकास साझेदारी अन्तर्गत गरिएको यो सहयोग दुवै देशबीचको मित्रवत सम्बन्धको बलियो प्रमाण भएको बताउनुभयो ।

कार्यक्रममा सहभागी भएका नगरपालिका तथा गाउँपालिकाका प्रमुख, राजनीतिक प्रतिनिधि, समाजसेवी र लाभार्थी संस्थाका प्रतिनिधिहरुले भारत सरकारप्रति आभार व्यक्त गर्दै, प्राप्त एम्बुलेन्सहरुले ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच बढाउने विश्वास व्यक्त गरेका छन् ।

भारत सरकारले सन् १९९४ देखि नेपालमा १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ । यस्तै, नेपालका शैक्षिक संस्थाहरुलाई ३०० वटा स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० वटा सवारी साधन तथा हालसालै मे २०२५ मा सगरमाथा संवादका लागि १५ वटा विद्युतीय सवारी साधन पनि उपहार दिइएको थियो ।

भारत र नेपालबीचको बहुआयामिक विकास साझेदारी जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै गएको उल्लेख गर्दै भारत सरकारले यस्ता सहयोग आगामी दिनमा पनि निरन्तर जारी रहने प्रतिबद्धता जनाएको छ ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,०१ गते असार । 

रौतहटको गुजरा नगरपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत पाएको छ । उपसचिव डा. श्रवण कुमार साहले आइतबार एक औपचारिक समारोहबीच कार्यभार सम्हालेका हुन् । नगर प्रमुख सन्तलाल चौधरी र उपप्रमुख रत्न लामाले उनलाई खादा, माला र टीका अर्पण गर्दै शुभकामना सहित स्वागत गरेका थिए ।

समारोहमा बोल्दै नगर प्रमुख चौधरीले लामो समयदेखि प्रशासकीय अधिकृतको अभावका कारण पालिकाका विभिन्न कामहरू प्रभावित भएको जनाउँदै भने, “डा. साहको आगमनसँगै नगरपालिकाको प्रशासनिक गति फेरि सक्रिय हुनेछ भन्ने हाम्रो आशा छ।”

चौधरीले पालिकाका बाँकी विकास योजना सम्पन्न गर्न र जनसेवा प्रवाहलाई प्रभावकारी बनाउन डा. साहसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाए । उनका अनुसार पालिकामा प्रशासनिक स्थायित्व र सुशासन स्थापना गर्न अहिले उपयुक्त घडी हो ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकालको सरुवापछि गुजरा नगरपालिका केही समयदेखि नेतृत्वविहीन रहँदै आएको थियो । जसले आर्थिक र विकास गतिविधिमा असर पारेको थियो ।

पदभार ग्रहणपछि डा. साहले प्रतिक्रिया दिँदै भने, “मैले जिम्मेवारीको गम्भीरता बुझेको छु । सेवा प्रवाहमा ढिलाइ नहोस् भनेर म पूर्ण पारदर्शिता, समयपालना र उत्तरदायित्वमा काम गर्नेछु ।”

डा. साहको अनुभव र नेतृत्वले गुजरा नगरपालिकालाई सुशासन र समावेशी विकासतर्फ उन्मुख गराउने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०१ गते असार । 

रौतहटकाे राजपुर नगरपालिकाले बजेट ल्याएको छ । आईतवार राजपुर नगरपालिकाले यस वर्ष जनमुखी योजना ल्याएकाे छ । राजपुर स्थित कृषि तथा पशुपंछि सेवा केन्द्रमा  नगर प्रमुख डा.राजिक आलमकाे अध्यक्षतामा साे नगरसभा सम्पन्न भएको हाे ।

नगरसभाकाे ९ अाैं अधिवेशन बाट जनमुखी नीती र कार्यक्रम ल्याएकाे छ । नगरपालिका नगर कार्यपालिकाबाट पास गरेकाे निती तथा कार्यक्रम कार्यान्यवन गर्न ५७ करोड भन्दा बढी बजेट विनियोजन गरेकाे हाे ।

हरेक वर्ष असार १० गते बजेट ल्याउनु पर्ने प्रावधान रहेकाे छ । तर राजपुर नगरपालिकाले साे समयअवधी आगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न गरेर बजेट ल्याउनेमा पहिलो पालिका बनेकाे छ । धेरै उत्साहका साथ सम्पन्न भएकाे नगरसभा बाट राजपुर नगरपालिकाकाे जनताकाे मन जितने किसिमकाे निती तथा कार्यक्रम पारित गरेको हाे ।

राजपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५७ करोड ५३ लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । जिल्लामै पहिलोपटक ९ औं नगरसभाबाट बजेट प्रस्तुत गर्दै नगर प्रमुख डा. आलमका अनुसार बजेट निर्माण सीमित स्रोत साधनबीच गरिए पनि शिक्षालाई सर्वाधिक प्राथमिकता दिइएको छ ।

“प्रत्येक वडामा एउटा स्मार्ट विद्यालय स्थापना, बिद्यार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता, नगरका निरक्षर नागरिकको तथ्यांक संकलन गरी साक्षरता कक्षा सञ्चालन, माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनालगायतका योजना प्राथमिकतामा परेका छन्,” डा. आलमले भन्नुभयो ।

बजेट विवरण अनुसार संघीय सरकारबाट राजस्व बाँडफाँट ११ करोड ४७ लाख,वित्तीय समानीकरण अनुदान ११ करोड ३९ लाख,सशर्त अनुदान २६ करोड ४२ लाख,

,विशेष अनुदान १ करोड ६४ लाख,समपूरक अनुदान २ करोड ८९ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारबाट राजस्व बाँडफाँट ८० लाख समानीकरण अनुदान ७७ लाख ७८ हजार,सशर्त अनुदान ८० लाख,विशेष अनुदान ३० लाख,समपूरक अनुदान २० लाख रहेको छ ।

त्यसैगरी आन्तरिक आम्दानी ८५ लाख रुपैयाँ रहेको छ । प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरका अनुसार यो बजेटले नगरको समग्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रममा समावेश योजनाहरू सम्पादन गर्न कार्ययोजना निर्माण गरी समयमै कार्यान्वयन गरिनेछ ।”

राजपुर नगरपालिकाकाे प्राथमिकतामा परेका अन्य कार्यक्रमहरू प्रत्येक वडामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना,मुख्य सडक कालोपत्रे, सहायक सडक पक्की ढलान,घरघरमा एउटा बिरुवा अनिवार्य रूपमा लगाउने अभियान,बेरोजगारलाई सीपमूलक तालिम र न्यून ब्याजदरमा ऋण उपलब्ध गराई स्वरोजगारको व्यवस्था

रंगशाला निर्माण तथा प्रत्येक वडामा सामुदायिक मेलमिलाप केन्द्र सञ्चालन रहेको छ ।

त्यस्तै हालको बर्थिङ्ग सेन्टरलाई व्यवस्थित गर्दै थप वडामा विस्तार,नगर सेवा मोबाइल एप समयानुकूल अद्यावधिक फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण रहेको छ । नगर प्रमुख डा. राजिक आलमले राजपुर नगरपालिकालाई समावेशी, आत्मनिर्भर र जनमुखी बनाउने उद्देश्यले बजेट निर्माण गरिएको बताउनुभयो । उहाँले सबै योजनाहरू नागरिकसँग सहकार्यमा कार्यान्वयन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

साे अवसरमा वडा नम्बर १ देखि ९ नम्बर सम्मका वडा अध्यक्षहरू,जनप्रतिनिधिहरू,पत्रकार,सुरक्षाकर्मी,कर्मचारीहरू सहितका व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियाे ।

काठमाडौं, ३० गते जेठ । 
मित्र राष्ट्र भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले समवेदना व्यक्त गरेका छन् ।
अध्यक्ष ठाकुरको हस्ताक्षरसहित पार्टीले शुक्रबार जारी गरेको प्रेस–विज्ञप्तिमा अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाजमा सवार २४२ यात्रु सवार एयर इन्डियाको विमानमा दुर्घटनामापरी २४१ जनाले ज्यान गुमाएको खबरले स्तब्ध बनाएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, उक्त दुर्घटनाप्रति लोसपा नेपाल गहिरो दुःख व्यक्त गर्दछ साथै दुर्घटनामापरी घाइते भएकाको शिघ्र स्वास्थ्यलाभको कामनासहित शोकाकुल परिवारजनप्रति पार्टी र म आफ्नो तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।
विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ । अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२९ गते जेठ । 

रौतहटको कटहरिया नगरपालिकामा पत्रकारहरूमाथि दुर्व्यवहार र कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल, रौतहट शाखाले कडा आपत्ति जनाएको छ । नगरपालिकामा देखिएको खानेपानी समस्यासम्बन्धी सार्वजनिक टिप्पणी गरेका पत्रकार रविन्द्र प्रजापति र सागर ठाकुरमाथि कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जयसवालले अपमानजनक व्यवहार गरेको भन्दै प्रेस चौतारीले प्रेस विज्ञप्ति जारी गरी विरोध जनाएको हो ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार मेयर जयसवालले पत्रकार प्रजापतिलाई गाली-बेइज्जती गरेका थिए भने अर्का पत्रकार सागर ठाकुरमाथि शारीरिक आक्रमणसमेत गरेका थिए । प्रेस चौतारीले जनप्रतिनिधिबाट यस्तो किसिमको व्यवहार हुनु प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता माथिको हमला भएको स्पष्ट पारेको छ ।

“जनताको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानीजस्तो संवेदनशील विषयमा प्रश्न उठाउँदा त्यसको उत्तर कुटपिट र गालीमार्फत दिनु अस्वीकार्य छ,” प्रेस चौतारीका अध्यक्ष अशोक कुमार पहाडीले जारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रेस चौतारीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायहरूलाई आग्रह समेत गरेको छ ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२०८२ जेठ २९ गते । 

पत्रकारिता क्षेत्रलाई स्तब्ध पार्ने एक आपराधिक घटना रौतहट जिल्लाको कटहरिया नगरपालिकामा घटेको छ । कटहरिया म्यूजिकल एफ.एम.का समाचारवाचक तथा सागर संगम मिडिया प्रा.लि.का अध्यक्ष सागर संगम ठाकुर र सञ्चारकर्मी रविन्द्र प्रजापतीमाथि बिहीबार साँझ संघातिक हमला भएको हो ।

प्राप्त जानकारीअनुसार, खानेपानीको वास्तविकता सार्वजनिक गरेका कारण र सामाजिक सञ्जालमा व्यक्त विचारका लागि उनीहरूलाई  कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवालले  छलफलको बहानामा त्रिशक्ति बोर्डिङ स्कुलको प्राङ्गणमा बोलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको हो । यस घटनालाई पत्रकारिता तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको खुला आक्रमणका रूपमा लिइएको छ ।

घटनापछि गम्भीर घाइते भएका पत्रकार ठाकुरको प्रारम्भिक उपचार गरुडा स्थित बेटर मल्टिस्पेसलिस्ट अस्पतालमा गरिएको थियो । अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ । अर्का सञ्चारकर्मी प्रजापतीलाई पनि सामान्य चाेटपटक लागेको छ ।

घटनाको सर्वत्र निन्दा भइरहेको छ । सामाजिक सञ्जालमा शीघ्र स्वास्थ्य लाभको कामना र दोषीमाथि कारबाही होस, पत्रकारिताको अधिकार लगायतका ह्यासट्याग प्रयोग गरी नागरिक, पत्रकार र सामाजिक अभियन्ताहरूले दोषीमाथि तुरुन्त कानुनी कारबाहीको माग गरिरहेका छन् ।

यस आक्रमणलाई लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको गम्भीर संकटको रूपमा लिइँदैछ । पीडित पक्षले दोषीहरूलाई पहिचान गरी तत्काल कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।

पत्रकारिता कुनै अपराध होइन, यो समाजको ऐना हो ।
यस प्रकारको हिंसात्मक घटना दोहोरिन नदिन सम्पूर्ण पत्रकार जगत, नागरिक समाज र राज्य निकाय एकजुट हुन आवश्यक देखिएको छ ।

बिराटनगर (मोरङ), २८ जेठ : खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताउनु भएको छ ।

आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सो कुरा बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो । मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ ।”

सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि संघीय सरकार, उपभोक्ता समिति, स्थानीय तह र नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

सबैलाई “स्वच्छ पानी, समुन्नत जीवन” को यात्रामा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गर्नु हुँदै उहाँले भन्नुभयो, “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ । हाम्रो उदेश्य भनेको जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो ।”

कम्तीमा १८ वर्षदेखिको प्रतीक्षा सकिएको उल्लेख गर्नु हुँदै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

स्थानीय नेतृत्व, जनसहभागिता र दीर्घकालीन प्रतिबद्धताको सशक्त प्रतिफलस्वरूप, आज यो आयोजना औपचारिक रूपमा खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।”

यस आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले बताउनुभयो ।

उहाँका अनुसार अबदेखि बिराटनगर महानगरपालिका–१४ का बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा नेपाल खानेपानी संस्थान, बिराटनगरमार्फत संस्थागत ढङ्गले उपलब्ध गराइनेछ, भने यहाँको जनजीवनमा समेत गुणस्तरीय सुधार ल्याउनेछ भन्ने अपेक्षा छ ।

यो आयोजनाको निर्माण तथा सञ्चलनका निम्ती जग्गा उपलब्ध गराउन लक्ष्मीनारायण मन्दिर संरक्षण समिति, जतुवाले बिसं २०६५ साल जेठ ६ गते निर्णय गरेको थियो ।

यो आयोजना बिराटनगर–१४ का बासिन्दाहरूका लागि मात्र सीमित नरही, छेउका वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका नागरिकहरूका लागि पनि गुणस्तरीय खानेपानी सेवा विस्तारको सम्भावना बोकेको महत्वपूर्ण पूर्वाधार भएको संस्थानले जनाएको छ ।

बिराटनगर (मोरङ), २८ जेठ : खानेपानीमन्त्री प्रदीप यादवको सक्रिय पहल र दूरदृष्टिपूर्ण कदमले मोरङको बिराटनगर–१४ स्थित जतुवा क्षेत्रमा बसोबास गर्ने हजारौँ स्थानीयको खानेपानीको समस्या अब समाधानको दिशामा पुगेको छ ।

आज बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले १८ वर्ष देखिको जतुवावासीको खानेपानीको समस्या समाधान भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “जनताको जीवनस्तर उकास्न स्वच्छ र सुरक्षित पानीको पहुँच अनिवार्य शर्त हो । मन्त्रालय यस आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन कटिबद्ध छ ।”

सुरक्षित खानेपानी हरेक नागरिकसम्म पुर्‍याउनु सरकारको प्रमुख उद्देश्य र दायित्व रहेको उल्लेख गर्नु हुँदै उहाँले त्यसका लागि संघीय सरकार, उपभोक्ता समिति, स्थानीय तह र नागरिकबीचको सहकार्य अपरिहार्य भएको बताउनुभयो ।

सबैलाई “स्वच्छ पानी, समुन्नत जीवन” को यात्रामा ऐक्यबद्ध भएर अघि बढ्न आग्रह गर्नु हुँदै उहाँले भन्नुभयो, “हामी सबैको समन्वय र सहभागिताबाट मात्र जनताको स्वास्थ्य र समृद्धिमा योगदान पुर्‍याउन सकिन्छ । हाम्रो उदेश्य भनेको जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्नु हो ।”

कम्तीमा १८ वर्षदेखिको प्रतीक्षा सकिएको उल्लेख गर्नु हुँदै मन्त्री यादवले जतुवा आयोजना अब संस्थागत रूपमा नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

स्थानीय नेतृत्व, जनसहभागिता र दीर्घकालीन प्रतिबद्धताको सशक्त प्रतिफलस्वरूप, आज यो आयोजना औपचारिक रूपमा खानेपानी संस्थान, बिराटनगर शाखाको स्वामित्वमा हस्तान्तरण भई नियमित सेवा सञ्चालनको चरणमा प्रवेश गरेको भन्दै मन्त्री यादवले खुशी समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यो आयोजनाको सफल कार्यान्वयनमा आवश्यक नीति, स्रोत र सहकार्य उपलब्ध गराउन मन्त्रालय पूर्ण प्रतिबद्ध छ ।” यस आयोजनामार्फत दैनिक १७ लाख लिटर पानी उत्पादन गरी कम्तिमा पनि ६ हजार नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने, र पाँच सय घरमा नयाँ धारा जडान गर्ने लक्ष्य लिइएको नेपाल खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले बताउनुभयो ।

उहाँका अनुसार अबदेखि बिराटनगर महानगरपालिका–१४ का बासिन्दाहरूलाई शुद्ध, सुरक्षित र नियमित खानेपानी सेवा नेपाल खानेपानी संस्थान, बिराटनगरमार्फत संस्थागत ढङ्गले उपलब्ध गराइनेछ, भने यहाँको जनजीवनमा समेत गुणस्तरीय सुधार ल्याउनेछ भन्ने अपेक्षा छ ।

यो आयोजनाको निर्माण तथा सञ्चलनका निम्ती जग्गा उपलब्ध गराउन लक्ष्मीनारायण मन्दिर संरक्षण समिति, जतुवाले बिसं २०६५ साल जेठ ६ गते निर्णय गरेको थियो ।

यो आयोजना बिराटनगर–१४ का बासिन्दाहरूका लागि मात्र सीमित नरही, छेउका वडा नं. ८, १० र १३ तथा आसपासका क्षेत्रका नागरिकहरूका लागि पनि गुणस्तरीय खानेपानी सेवा विस्तारको सम्भावना बोकेको महत्वपूर्ण पूर्वाधार भएको संस्थानले जनाएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।