२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ६ भदौं ।

सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

 

माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।

 

नयाँदिल्ली, ६ भदौं ।

भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ।

 

यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ ।

 

यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले राष्ट्रपति बाइडेन सेप्टेम्बर ७ देखि १० सम्म भारत भ्रमण गर्ने जानकारी दिए ।

 

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले पनि जो बाइडेनको भारत भ्रमणको सन्दर्भमा एक विज्ञप्ति जारी गरेका छन । विज्ञप्तिमा भनिएको छ कि जी २० शिखर सम्मेलनमा उनले अन्य नेताहरूसँग युक्रेन द्वन्द्व लगायतका धेरै विश्वव्यापी चुनौतीहरूबारे छलफल गर्नेछन्। यसका साथै बाइडेनले जी २० मा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको पनि प्रशंसा गर्नेछन्।

 

विज्ञप्ति अनुसार राष्ट्रपति बिडेन र जी २० साझेदारहरूले स्वच्छ ऊर्जा संक्रमण र जलवायु परिवर्तन विरुद्ध लड्न र युक्रेन द्वन्द्वको आर्थिक र सामाजिक प्रभावहरूलाई कम गर्ने जस्ता विश्वव्यापी मुद्दाहरूलाई सम्बोधन गर्न धेरै संयुक्त प्रयासहरू छलफल गर्नेछन्।

 

चितवन, ६ भदौ ।

भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ।

 

भरतपुर-माडी-ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकाशचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा भोलि दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो। विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले जानकारी दिए।

 

११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षित तर्फ विद्युत सेवा अनियमिता हुने पौडेलले बताए । हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोल सार्न लागिएको हो। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको उनले बताए।

 

काठमाडौं, ६ भदौं ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।

 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।

 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।

 

उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।

बैंग्लौर, ६ भदौं । भारतले आज चन्द्रयान–३ चन्द्रमाको सतहमा अबतरण गराउँदैछ ।

 

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने तयारी गरिएको छ।

यदि यसो भयो भने भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेर इतिहास रच्नेछ। ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले बुधबार साँझ ६ः४५ मा चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्र नजिक सफ्ट ल्यान्डिङ गर्ने अपेक्षा गरिएको छ ।

चन्द्रयान–३ मिसन चन्द्रमामा अवतरण गर्न र चार वर्षमा इसरोको दोस्रो प्रयासमा रोबोट लुनार रोभर अवतरण गर्न सफल भयो भने भारत अमेरिका, चीन र पूर्व सोभियत पछि चन्द्रमाको सतहमा सफ्ट ल्याण्ड गर्ने विश्वको पहिलो बन्ने छ भने देशहरुको हकमा भारत चौथो देश बन्नेछ।

अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भने भएको छैन। जो आज भारतले गर्दैछ ।

काठमाडौ, ६  भदौ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४० पैसा र बिक्री दर १३३ रूपैयाँ ०० पैसा  तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ १४ पैसा र बिक्री दर १४४ रूपैयाँ ८० पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६९ रूपैयाँ ०१ पैसा र बिक्री दर १६९ रूपैयाँ ७७ पैसा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.७० रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा काराेबार हुदाँ बुधवार दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९४ पैसामा काराेबार हुनेछ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३२ पैसा र बिक्री दर ३६ रूपैयाँ ४९ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.४९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६१ रुपैयाँमा खरिदबिक्री गर्न सकिनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.७२ पैसा  विक्रीदर ४३१.६६ पैसा कायम भएकाे छ ।

 

काठमाडौ, ६ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेडा १३०, टनेल गोलभेडा सानो ६३, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ६०, काउली स्थानिय प्रतिकेजी ८० , आलु रातो  ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ । तीन दिन अघि १३० रूपैयाँ भाउ रकाे नेपाली गाेलभेडाकाे हिजाे १२० रूपैयाँमा काराेबार भएकाे थियाे ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिण्डी ५५, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०,शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ ।

काठमाडौं, ६ भदौं । मन्त्री परिषद बैठक सुरू भएको छ ।

 

सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा मन्त्री परिषद बैठक सुरू भएको हो ।

 

नागरिक उडययन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीको पिताको निधनमा अन्तिम श्रदाञ्जली दिन ललितपुर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसलगत्तै मन्त्रीपरिषद बैठकका लागि आइपुगेका हुन । बैठक नियमित हो ।

धनगढी, ५ भदौ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको सुदूरपश्चिम इन्चार्जमा गोविन्द चौधरीलाई तोकिएका छन्।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चौधरीलाई इन्चार्ज तोकेको हो।

चौधरी सो पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हुन्।
 

महोत्तरी, ५ भदौ ।

महोत्तरीको बर्दिवासमा भएको सवारी दुर्घटनामा परेर बुवा र छोरीको मृत्यु भएको छ।

 

बर्दिबास नगरपालिका-२ मा पर्ने बर्दिवास औरही सडक खण्डमा सोमबार साँझ स्कुल बस र मोटरसाइकल आपसमा ठोक्किँदा बाबु छोरीको मृत्यु भएको हो।

 

मृत्यु हुनेमा बर्दिवास-८ हात्तीलेटका ५५ वर्षीय उपेन्द्र महतो र उनकी २२ वर्षीया छोरी रविना रहेकी छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दिलिप गिरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएपछि छोरीलाई उपचारका लागि बर्दिबासस्थित ट्रमा सेन्टरमा पुर्‍याइएको थियो। उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

बुवा उपेन्द्रको जनकपुरस्थित प्रादेशिक अस्पतालमा आज (मंगलबार) बिहान मृत्यु भएको डीएसपी गिरीले जानकारी दिए। दुर्घटनापछि प्रहरीले ना १ क ९७८९ नम्बरको बस र त्यसका चालक बर्दिबास-४ का निरपराज नेपाललाई नियन्त्रणमा राखेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।