२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ७ भदौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रिय समितिको बैठक बस्दैछ ।

 

 

गत मंगलबारवाट सुरू भएको केन्द्रिय समिति बैठकमा आज पनि बाँकी केन्द्रिय सदस्यहरुले आ आफनो धारणा राख्नेछन । बैठक बिहान ८ बजे बस्नेछ ।

हिजोको बैठकमा ८१ जनाले आ आफनो धारणा राखेको प्रचार बिभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथी केन्द्रिय सदस्यहरुले धारणा राख्ने क्रम नसकिए पछि बैठक आज पनि नियमित हुन लागेको हो ।

 

केन्द्रिय सदस्यहरुले राखेको धारणामा आजै अध्यक्ष नेपालले जवाफ दिएर बैठक समापन गरिदैँछ ।

 

काठमाडौं, ७ भदौं ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा सो बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोग नेपालको पन्ध्रौ बार्षिक प्रतिबेदन २०७७ ७८ तथा सोरहौं प्रतिवेदन २०७८ ७९ पेश गर्नेछन् ।

 

 

काठमाडौं, ७ भदाैं ।

राप्रपा नेपाल केन्द्रिय कार्यसमितिको बैठक आज देखि काठमाडौंमा शुरु हुदैछ।

 

बैठकले राजसंस्था सम्बन्धि पार्टीको आधिकारिक धारणा पनि तय गर्नेछ ।

 

पार्टी अध्यक्ष कमल थापाको राजनैतिक कार्यपत्रका साथ बैठकमा महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धि प्रतिबेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्किको आर्थिक प्रतिबेदन प्रस्तुत हुनेछ ।

 

अध्यक्ष कमल थापाले बैठक ऐतिहासिक महत्वको हुने भन्दै यस बैठकले राजसंस्था सम्बन्धि पार्टीको विद्यमान नीतिलाई पुनरावलोकन र पुनर्विचार गर्ने भन्दै सामाजिक संजालमा लेखेका छन् । बैठकले पार्टीलाई नयाँ ढङ्गबाट संचालन गर्ने रणनीति र कार्यनीति समेत तयार गर्ने थापाले स्पष्ट पारेका छन् ।

 

राप्रपा नेपालको यो बैठकबाट जनआन्दोलनको मार्गचित्र पारित गर्दै सडक केन्द्रित हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । राजसंस्था सम्बन्धि धारणा तय गर्न पार्टीका उपाध्यक्ष प्राडा बिष्णु भण्डारीको संयोजकत्वमा बनेको कार्यदलको प्रतिबेदन कार्यसम्पादन समितिले अनुमोदन गर्दै केन्द्रीय समिती समक्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

काठमाडौं, ७ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती,  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

सुदूरपश्चिम प्रदेश लगायत कोशी, मधेश, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूवाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौं, ६ भदौ ।

इटाली पठाइदिन्छु भन्‍दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका-३ घर भइ हाल काठमाडौको कीर्तिपुर-५ बस्‍ने ५२ वर्षीय विष्णु रिषी पाण्डे रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उलाई कीर्तिपुरबाट पक्राउ गरेको हो। पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको छ।

उनले पीडितलाई वैदेशिक रोजगाका लागि इटाली पठाइदिन्छु भन्‍दै पटक-पटक गरी ४ लाख २५ हजार रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ।

 

काठमाडौं, ६ भदौ ।

भारतले पठाएको यान चन्द्रामा पुगेको छ। बुधबार साँझ भारतले पठाएको चन्द्रयान-३ को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण भएको हो।

नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयानबाट ल्यान्डर चन्द्रमाको सतहमा पुगेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) ले जनाएको छ।

इसरोले ल्यान्डर अवतरणको भिडिओ लाइभ गरेको थियो। जुलाई १४ मा चन्द्रयान-३ प्रक्षेपण भएको थियो।

चन्द्रयान-३ मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ।

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।

विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ।  प्रज्ञानको तौल २६ किलो छ।

 

बाजुरा, ६ भदौ ।

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

बुढीनन्दा नगरपालिका–४ घोडाकोट ताडी खोलामा काठेपुल भत्किँदा बुधबार दिउँसो एक जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठारुखका लली ल्वारका २६ वर्षीय छोरा गंग ल्वार रहेका छन्।

 

ल्वारसँगै खोलामा बगेको भैँसीको भने सकुसल उद्धार गरिएको छ। ल्वार र भैँसीको पाडो भने अहिसम्म नभेटिएको बुढीनन्दा नगरपालिका–३ का वडाअध्यक्ष जंगवीर रोकायाले बताए। ताडीबाट घोडाकोट आउने क्रममा घोडाकोटताडी खोलामा रहेको काठेपुल भत्किदा बेपत्ता भएका ल्वारको इलाका प्रहरी कार्यालय कोल्टीको टोली र स्थानीले खोजी गरिरहेका छन्।

 

 

काठमाडौं, ६ भदौ ।

काठमाडौँ महानगरपालिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्पष्टीकरण दिनुपर्ने भएको छ।

महानगरपालिकाले जेठ ३२ गते प्राधिकरणसँगको समन्वय बिना नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फेन्सिङ तारबार हटाएकोमा उक्त कार्यपछि प्राधिकरणका महानिर्देशकले महानगरका प्रहरी प्रमुखलाई पत्र लेख्दै ७ दिने स्पष्टीकरण सोधेका थिए। महानगरले स्पष्टीकरण नदिने भन्दै उच्च अदालतमा मुद्दा दायर गरेकोमा उच्च अदालतले रिट खारेज गरिदिएको हो।

बालेनले दायर गरेको मुद्दाको अदालतले रिट खारेज गरेसँगै अब असार १ गते प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ महानगरले दिनुपर्ने भएको छ।

स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ (१) बमोजिम ५० हजार रुपैयाँसम्मको जरिवाना हुन सक्ने प्रावधान रहेको छ।

 

काठमाडौं, ६ भदौ ।

नेपाली कांग्रेसले धादिङको गजुरी गाउँपालिका–२ चालिसेमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।

 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस त्रिशूलीमा खस्दा आठ यात्रुको मृत्यु भएकोमा पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेको जानकारी दिएका छन्।

 

कांग्रेसले मृतकप्रति श्रद्वाञ्जली अर्पण गर्दै बेपत्ताको खोजी एवम् घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ। दुर्घटनामा आठ जनाले ज्यान गुमाएका छन्।

 

काठमाडौं, ६ भदौ ।

नेकपा माओवादीका सांसद देवेन्द्र पौडेलले सुन तस्करी प्रकरणमा सीआईबीले गरिरहेको अनुसन्धानलाई विश्वास गर्नुपर्ने धारणा राखेका छन्।

 

संसद बैठकमा बोल्दै उनले सुनबारे भइरहेको छानबिनलाई रोकेमा दुर्घटना हुन सक्ने बताए। गाडी सिप भएको मान्छेले मात्रै चलाउन सक्ने बताउँदै उनले बीचमै प्रक्रिया रोकेर कसैले गाडी हाइज्याक गर्‍यो भने दुर्घटना हुने उनको भनाइ थियो। त्यसैले सीआईबीको अनुसन्धानलाई विश्वास गर्नुको विकल्प नरहेको उनी बताउँछन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।