२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, ७ भदौ ।

बागमती प्रदेशभित्र सवारी भाडा वृद्धि भएको छ। इन्धनमा मूल्यवृद्धि भएसँगै बागमती प्रदेशले सवारी भाडा समायोजन गरेको हो। भदौ ४ गते बसेको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले भाडा समायोजन गरेको छ।

 

काठमाडौं उपत्यकाभित्र गुड्न सार्वजनिक सवारीमा ५ किलोमिटरसम्म १८ रुपैयाँ भाडा कायम गरिएकामा एक रुपैयाँ बढाएर १९ पुर्‍याइएको छ।

 

उपत्यकामा १० किलोमिटरसम्म २६, १५ किलोमिटरसम्म ३१, २० किलोमिटरसम्म ३५ र २० किलोमिटरभन्दा माथिको दूरीमा ४० रुपैयाँ भाडा कायम गरिएको छ।

 

ट्याक्सी भाडा पनि बढेको छ। सुरू फ्याग डाउन ५२ रुपैयाँ कायम गरिएको छ। प्रति २०० मिटर १० रुपैयाँ ३४ पैसा कायम गरिएको बागमती प्रदेशको राजपत्रमा उल्लेख छ।

 

प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको पनि भाडा बढेको छ। काठमाडौं–नारायणगढको बस भाडा ४३३ रुपैयाँ कायम भएको छ। १४६ किलोमिटर दुरीको काठमाडौं–नारायणगढमा यसअघि ४२१ रुपैयाँ भाडा थियो।

 

काठमाडौं–नारायणगढ–हेटौंडासम्मको भाडा ६५५ रुपैयाँ कायम भएको छ। काठमाडौं–पनौतीसम्मको भाडा ९२ रुपैयाँ कायम गरिएको छ। काठमाडौं–बाह्रबिसेसम्मको भाडा ३०३ रुपैयाँ कायम  भएको छ।

 

काठमाडौं–बल्खु–हेटौंडासम्मको भाडा ६४२ रुपैयाँ कायम भएको छ। नारायणगढ–धादिङबेसीसम्मको भाडा ३०६ रुपैयाँ कायम भएको छ। काठमाडौं–जिरीसम्मको भाडा १ हजार ३८ रुपैयाँ कायम भएको छ।

 

 

काठमाडौं, ७ भदौ ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दिवंगत अभिनेता सारुक ताम्राकारले न्याय पाउनुपर्ने बताएका छन् । उनले गत २१ असारमा रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका अभिनेता सारुकले न्याय पाउनुपर्ने बताएका हुन् ।

बिहीबार काठमाडौँमा आयोजित सारुक अभिनित अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष निरौलाले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भइसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिँदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुंग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’ उनले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन आग्रह गरे ।

सोही कार्यक्रममा सारुककी आमा रुकमणिले पुत्र वियोगकै कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको जानकारी गराइन् । उनले भनिन्,’सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गर्दछौँ । छोरा गुमाएकी छु, के कति कारणले उसले संसार छाड्नु पर्यो भन्ने जान्न पाउने अधिकार छ ।’

 

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।

 

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।

 

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् ।
चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ’मेरी मामू’, ’इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्  ।

 

काठमाडौ, ७ भदौ ।

हिमालयन एभरेष्ट इन्स्याेरेन्सले ६७ हजार ४८१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयरको मूल्य प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ ।

 

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय थापागाँउ, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

 

तोकिएको समयमा संस्थापक सेयरधनीबाट सेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई सेयर बिक्री गर्ने कम्पनीले जनाएको छ ।

 

काठमाडौं, ७ भदौ ।

दिवंगत अभिनेता सारुक ताम्राकारले अभिनय गरेको अन्तिम चलचित्र ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममार्फत् दिवंगत अभिनेता सारुकले अभिनय गरेको ‘ह्यासट्याग माया’को केही दृश्यलाई समेटेर तयार परिएको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

निर्माण कम्पनी रे भेञ्चर्सका अध्यक्ष तथा चलचित्र निर्देशक राजिव गुरुङले सारुकको अन्तिम इच्छा चलचित्र नै सार्वजनिक गरे पनि सो सम्भव नभएका कारण म्युजिक भिडियोको रुपमा सार्वजनिक गरिएको जानकारी दिए ।

‘हामीले चलचित्र पूरा गर्न सकेनौँ । तर, सारुकको कामलाई समेटेर उसलाई मन परेको गीतमा ती दृश्यलाई राखेर म्युजिक भिडियो तयार गरेका छौँ । हाम्रो तर्फबाट सारुकलाई यो श्रद्धाञ्जली हो । उ नरहेता पनि उसको काम हामी माँझ रहिरहने छ’, निर्देशक गुरुङले भने । गीतमा अभिनेता ताम्राकारसँगै निकिता आचार्य, महेश मगर, सागर परियारले अभिनय गरेका छन् । बर्दियामा खिचिएको दृश्य समेटिएको निर्देशक गुरुङले बताए ।

कार्यक्रममा अभिनेता ताम्राकारको आमा रुकमणि ताम्राकार, नेपाल चलचित्र कलाकार संघको अध्यक्ष मोहन निरौला, अभिनेत्री सृष्टी श्रेष्ठ, अभिनेता मनिष श्रेष्ठ, निर्माता सरोज न्यौपाने र रोहित अधिकारी, निर्देशक सुदर्शन थापा लगायत उपस्थित थिए ।

 

सारुककी आमा रुकमणिले आफ्नो छोराले निकै मेहनतका साथ गरेको कामलाई म्युजिक भिडियोकै माध्यमले सार्वजनिक गरिदिएकोमा धन्यवाद व्यक्त गरिन् । उनले भनिन्, ‘सरुकले यो चलचित्रको लागि तीन वर्षदेखि समय दिएको थियो । यसलाई ठूलो पर्दाममा हेर्न न पाएता पनि यहाँ हेर्न पाउँदा खुशी लाग्यो ।’

 

उनले छोराकै मृत्यु वियोगका कारण पति सानु ताम्राकार अस्पताल भर्ना हुनुपरेको कारण कार्यक्रम उपस्थित नभएको जानकारी गराइन् । उनले सारुकलाई लिएर सामाजिक सञ्जाल र अन्यत्र विभिन्न अड्कलबाजी भइरहेकाले अनुसन्धानमा खटिएका प्रहरीलाई छिटै सत्यतथ्य सार्वजनिक गरिदिन समेत आग्रह गरिन् ।

कलाकार संघका अध्यक्ष मोहन निरौलाले पनि ‘सारुकले न्याय पाउनु पर्छ’ भन्दै आफ्नो मन्तव्यको सुरुआत गरे । उनले भने, ‘म यो परिवारसँग जोडिएको चार दशक भईसक्यो । उहाँहरू सरुकलाई गुमाउदा जुन पिडामा हुनुहुन्छ त्यसलाई शब्दमा व्यक्त गर्न सकिदैन । हामी पनि कलाकारसँग जोडिएको विषयलाई अनुसन्धान गरिरहनु भएका प्रहरीलाई छिटै टुङ्ग्याउन र सत्य तथ्य बाहिर ल्याइदिन आग्रह गर्दछौँ ।’

 

अभिनेता ताम्राकारसँगै अभिनय शिक्षा लिएकी अभिनेत्री सृष्टी श्रेष्ठले पुराना सम्झनालाई स्मरण गर्दै भावुक भइन् । ‘सारुकसँग जोडिएका सम्झना आइरहेका छन् । हाम्रो समुहमा कसैलाई गाह्रो पर्दा सम्झाउने मान्छे यसरी हामीसँग विदा भयो भन्ने स्वीकार्न सकिरहेका छैनौँ । हाम्रो साथीले के–कति कारणले संसार छाड्यो भन्ने जान्न पाउनुपर्छ भन्ने हाम्रो माँग छ । र, हामी अनुसन्धान गरिरहनुभएकासँग आशावादी छौँ’, अभिनेत्री श्रेष्ठले भनिन् ।

 

चलचित्र ‘रानी’ बाट अभिनेताका रूपमा उदाएका अभिनेता ताम्राकारले ‘मेरी मामू’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायतका चलचित्रमा अभिनय गरेका छन्  । अभिनेता ताम्राकारले गत असार २१ गते आफ्नै रातोपुलस्थित आफ्नै निवासमा आत्महत्या गरेका थिए ।

गीतकाे लिंक : https://youtu.be/c95Ioi4G930?t=19

 

काठमाडौं, ७  भदौ ।

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि गम्भीर आरोप लगाएका छन् ।

बिहीबार भक्तपुरको कौशलटारमा आयोजित नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री नेपालमाथि साम्प्रदायिक हिंसा भड्काउन खोजेको गम्भीर आरोप लगाएका हुन् ।

 

कोशी प्रदेशमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालले जनजातिहरु भिडाएर साम्प्रदायिक हिंसा भड्काउन खोजेको ओलीको आरोप छ ।

‘अहिले पूर्वाञ्चलमा उत्पात मच्चाउने कसका कार्यकर्ता छन् भन्दा माओवादी प्रचण्डजीका कार्यकर्ता छन्, माधवकुमार नेपालजीका कार्यकर्ता छन्,’ उनले भने, ‘उफ्रेका को छन् भन्दा राई, किराँत, लिम्बू भन्ने साथीहरु उफ्रिएका छन् । उफार्ने को छ भन्दा पुष्पकमल दाहाल, माधवकुमार नेपाल ।’

 

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपाल नेपाली जनतालाई नुवाकोटको गोरु जुधाएजस्तो जुधाएर ताली बजाउन खोजिरहेको उनको भनाइ छ ।

 

काठमाडौ, ७ भदौ ।

दिन सकारात्मक बनेको सेयर बजार तेस्रो दिन बिहीबार फेरि घटेको छ । यस दिन नेप्से सूचक ३१.५२ विन्दुले घटेर २०१३.९३ अंकमा आएर अडिएको छ । १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सूचीकृत सबै समूह घटेका छन् ।

 

१९९० लाई टेवा दिएर फर्किएको बजार गति लिने अपेक्षाविपरीत  पुनः घटेको हो । यसबाट पुनः अनिश्चितता उत्पन्न भएको छ । अब बजारले कुन विन्दुमा पुगेर बाउन्स ब्याक हुन्छ भन्ने चासो पनि बढेको छ । लाभांशको सिजन नजिकिंदै गर्दा बजारको प्रदर्शन कमजोर देखिएको छ । घटेको बजारमा एक–दुई दिन क्रेता देखिए पनि तुरुन्तै ट्रेडरहरु हावी हुने प्रवृत्ति देखिएको छ ।

 

यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः घोराही सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन् ।

 

काठमाडौं, ७ भदौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबारको पश्चिम तर्फको भवनको निरीक्षण गरेका छन् ।

बिहीबार दिउँसो उनले निर्माणमा सम्लग्न कम्पनीसँग छलफल गर्दै पुनर्निर्माण सम्पन्न पश्चात देखिने बाहिरी र भित्री कक्षहरुको थ्रिडि एनिमेशनको अवलोकन पनि गरेका हुन् । उनले इन्जिनियर, प्राविधिक र पुनर्निर्माण कार्यमा सम्लग्न सबैलाई धन्यवाद दिए ।

 

 

काठमाडौं, ७ भदौ ।

देशका विभिन्न स्थानबाट लागुऔषधसहित १० जना पक्राउ परेका छन् । झापाकाे मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१४ बस्ने २२ वर्षीय अजय राजवंशी र सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय समिर धिमाल रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

सुनसरीकाे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ९२ एम्पुल र डिकोलिक १ सय ९२ एम्पुलसहित धरान उपमहानगरपालिका-१० बस्ने १९ वर्षीया श्रदा क्षेत्री, २३ वर्षीय किसन राई, १५ वर्षीय किशोर र १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । यसैगरी अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीले धरान भोटेपुलमा होटल संचालन गरी बस्ने झापा, झापा गाउँपालिका-६ घर भएका ६४ वर्षीय दिल बहादुर कार्कीलाई नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिवन १ सय ट्याब्लेटसहित पक्राउ गरेको छ ।

 

कञ्चनपुरकाे बेलौरी नगरपालिका-६ हात्तीबोझाबाट अवैध लागूऔषध खैरो हेरोईनजस्तो देखिने पदार्थ ३ ग्राम ३० मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गौरीगंगा नगरपालिका-४ खुरखुरिया बस्ने २४ वर्षीय दिपक साउँद र धनगढी उपमहानगरपालिका-७ देवहरिया बस्ने २३ वर्षीय रेशम राना रहेका छन् । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००८ प ४०२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवर उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

यसैगरी कञ्चनपुर भिमदत्त नगरपालिका-१० पशुपति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८३ मिलिग्रामसहित डडेल्धुरा गन्यापधुरा गाउँपालिका-६ घर भएका २३ वर्षीय प्रकाश नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

काठमाडौं, ७ भदाै ।

कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका-९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेलिरहेका अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो ।

 

कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका-६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 

उता सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका-३ एरिचोकस्थित न्यू पञ्चकोशी दुल्लु खड्का होटलमा जुवातास खेलिरहेको अवस्थामा दैलेख दुल्लु नगरपालिका-७ घर भएका ४६ वर्षीय दिनेश हमाल समेत १३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १९ हजार ९ सय रूपैयाँ, ५ बुक तास र मोबाइल १५ थानसहित पक्राउ गरेको हो ।

 

 

काठमाडौं, ७ भदौ ।

प्रतिनिधिसभाअन्तर्गतका समितिका सभापति चयनका लागि निर्वाचन हुने भएको छ । यही ११ भदौ सोमबार निर्वाचनमार्फत् संसदीय सभापति चयन गर्ने निर्णय गरिएको छ ।

बिहीबार सिंहदरबारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको मुख्य चार राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकले ११ भदौमा १० वटै विषयगत समितिका सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो ।

यसका लागि १० भदौदेखि नै प्रक्रिया प्रारम्भ हुनेछ । यसबारे बिहीबार नै सूचना प्रकाशित गर्ने तयारी गरिएको छ ।

 

बैठकमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, एमालेका सचेतक महेश बर्तौला, रास्वपाका प्रमुख सचेतक सन्तोष परियार र प्रतिनिधिसभाका महासचिव भरतराज गौतमको उपस्थिति थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।