बासिंग्टन डिसी, ९ भदौं ।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ऐतिहासिक ंमग शट’ प्रिन्ट गरिएको समानको माग अचाक्ली देखिएको छ।

जर्जियाको एक जेल जीवन बिताएका ट्रम्पको त्यहाँको अदालतले ‘मगसट’ सार्बजनिक गरे पछि टी–शर्ट, शट चश्मा, मग, पोस्टर र बबलहेड पुतलीजस्ता समानमा प्रिन्ट गरेर बजारमा ल्याईएको थियो, जुन अत्याधिक मात्रामा बिक्रि भएको छ ।
रातो टाई, चम्किलो कपाल, र घाँटी राती टाई लगाईएको ट्रम्पको ‘मग शट’ प्रिन्ट गरेर समानहरु बजार लगिएको थियो, केही समयमा नै त्यो उच्च मागको रुपमा बिक्रि भएको अमेरिकन स्टोरका साहुहरुले बताएका छन् ।
रिपब्लिकन राष्ट्रपति ट्रम्प माथी परेका एक दर्जन भन्दा बढी अपराधको आरोपमा उनलाई गत शुक्रवार पक्राउ गरिएको थियो, जो जुन २०२० को चुनावलाई उल्टाउने प्रयासबाट उत्पन्न भएको आपराधिक मुद्दाको अंश हो।
उनका समर्थकहरू र अभियान प्रबन्धकहरूले उनको गिरफ्तारीलाई पुर्वाग्रह भन्दै आएका छन, उनीहरुको तर्क छ कि ट्रम्प माथीको मुद्दा राजनीतिक प्रेरित रहेका छन् ।
ट्रम्पको सेभ अमेरिका कोष सङ्कलन समितिले ‘कहिल्यै आत्मसमर्पण नगर्नुहोस्’ भन्दै लेखिएको ‘मग शट’ टी– शर्टहरू ३४ डलर, पेय पदार्थहरू १५ डलर, कफी मगहरू २५ डलरमा बिक्रीमा राखिएको थियो ।
उनका छोरा डन जूनियरले ‘फ्री ट्रम्प मग शट’ को टी–शर्टहरू २९ र पोस्टरहरू १९ डलरमा बजारमा लगेका छन् ।
लस एन्जलसमामा कुनै पनि अभियानसँग असंबद्ध स्टोरहरूले शुक्रबार देखी ट्रम्पको तस्विर छापिएको टि सर्ट बेच्न सुरु गरिसकेको छ।

जर्जिया, ९ भदौं ।
सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्ने षड्यन्त्र गरेको आरोपमा डोनाल्ड ट्रम्पले जर्जियामा आत्मसमर्पण गरेका छन् ।
यस्तो गम्भीर आरोपमा पहिलो पटक अमेरिकी पूर्व राष्ट्रपति पक्राउसमेत परेका हुन । देशको सुरक्षालाई खतरामा पार्ने जस्ता आरोपको सामना गर्दै आएका ट्रम्प केही समयका लागि धरौटीमा छुटे पनि जेलमा सामान्य बन्दीजस्तै उनलाई के भयो ? त्यो अहिले सार्वजनिक भएको छ ।
यो पाँच महिनामा एक आपराधिक मुद्दामा उनको चौथोपटक गिरफ्तारी थियो । तर उनको पहिलो पुलिस बुकिङ फोटो बाहिर आएको छ, जसमा उनको नयाँ परिचय दर्ता भएको छ ।
‘बीबीसीको रिपोर्टका अनुसार सामान्य बन्दीले कानुनको चपेटामा परे पछि जसरी तस्बिर खिच्ने कार्य गरिन्छ, त्यसरी ट्रम्पकाे पनि तस्विर खिचिएकाे थियो। ट्रम्प त्यहाँ अर्थात जेलमा करिब २० मिनेट बसे । उनका दर्जनौं समर्थक बाहिर जम्मा भएका थिए ।
जेलको वेबसाइटमा पोष्ट गरिएका रेकर्डहरूले ट्रम्पलाई गोरा वा स्ट्रबेरी कपाल र नीलो आँखा भएका, ६ फिट ३ इन्च अग्लो र २१५ पाउण्ड (९७ किलोग्राम) तौल भएको गोरो पुरुषको रूपमा वर्णन गरेको छ। उनको कैदी नम्बर पि ०११३५८०९ थियो।
यससँगै ट्रम्प अब अमेरिकाका ती ठूला सेलिब्रेटीहरूको सूचीमा परेका छन्, जसको गिरफ्तारी बुकिङका तस्विरहरू सार्वजनिक भएका छन् । यसअघि एल्विस, फ्रान्क सिनात्रा, अल क्यापोन र डा. मार्टिन लुथर किंग जूनियरसँग यस्तो भएको थियो।
एट्लान्टा जेलबाट रिहा हुन ट्रम्पले २ लाख अमेरिकी डलरको जमानत तिर्नुपरेको थियो । यसपटक ट्रम्पलाई पहिलेभन्दा ठूलो सुरक्षा काफिलेको उपस्थितिमा फुल्टन काउन्टी जेलमा लगिएको थियो। तर, अदालतमा ट्रम्पले आफूमाथि लगाइएको आरोपलाई निराधार भनेका छन् ।
पुलिसले कुनै मामलामा आरोपीको रूपमा डोनाल्ड ट्रम्पको फोटो खिचेको थियो। अमेरिकी कानुन अनुसार प्रहरीले अभियुक्तको अनुहारको फोटो खिच्नुलाई ‘मग शट’ भनिन्छ।
काठमाडौं, ९ भदौं ।
अफ्रिकी देश माडागास्करमा एउटा ठूलो दुर्घटना भएको छ ।
मेडागास्करमा आयोजित इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोहमा भागदौड मच्चिएको थियो, जसमा १२ जनाको मृत्यु हुन पुगेको छ ।
सो दुर्घटनामा परेका ८० जना घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको स्थानीय प्रहरीले जनाएको छ । राष्ट्रपतिले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै जनतालाई मौन बस्न आह्वान गरेका छन् ।
विदेशी सञ्चारमाध्यमका अनुसार इन्डियन ओशन आइल्याण्ड गेम्सको उद्घाटन समारोह शुक्रबार मेडागास्करको बरिया स्टेडियममा भएको थियो । कार्यक्रममा करिब ५० हजार दर्शकको उपस्थिति रहेको थियो । सो क्रममा रंगशालाको प्रवेशद्वारमा भागदौड मच्चिएको थियो । भागदौडमा १२ जनाको मृत्यु भएको थियो ।
मेडागास्करका प्रधानमन्त्री क्रिस्चियन न्त्से अस्पताल पुगेका छन् । यस क्रममा उनले पत्रकारहरुलाई भने कि भागदौडमा करिब ८० जना घाइते भएका छन, जसमध्ये ११ जनाको अवस्था गम्भीर रहेको छ ।
विराटनगर ।
धरान नगरपालिका भित्र निषेधाज्ञा जारी राखिएको छ ।
सुनसरी जिल्ला प्रशासन कार्यालयले धरान उपमहानगरपालिकाभित्र शनिबारका लागि निषेधाज्ञा जारी गरे पछि आज निषेधाज्ञा सुरु भएको हो ।
हिजो शुक्रवार जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजका लागि निषेधाज्ञा जारी गर्न भन्दै सुचना जारी गरे पछि गए राती देखी धरानमा निषेधाज्ञा सुरु भएको हो ।
‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक र साम्प्रदायिक साथै जनस्वास्थ्य सङ्कट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी सङ्क्रामक रोग ऐन २०२० को दफा ९२० तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनैतिक सभा, भेला, जम्मा र प्रदर्शनलगायतका कुनै पनि कार्यक्रमहरू नगर्न–नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण बडालगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’, शुक्रबार जारी सूचनामा उल्लेख गरिएको छ ।
जसअनुसार धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराहक्षेत्र नपा १ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नपा ६ नं बाट बराहक्षेत्र नपा वडा नं ३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नं २० तरहरा पानी पियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका वडा नं ५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गापा वडा नं। ६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी छ ।
आज हिन्दु समुदाय र हिन्दु इत्तर समुदाय दुबैले सो क्षेत्रमा प्रदर्शन गर्ने भए पछि सुनसरी जिल्ला प्रशासनले निषेधाज्ञा लगाएको हो । केही दिन अघि एक समुहले गोरु काटेर खाए पछि सो क्षेत्र तनावग्रस्त बन्दै आएको छ ।
तर, जिल्ला प्रशासन कार्यालयले सुनसरी जिल्लाका १२ स्थानीय तहहरूमा डेंगु रोगको सङ्क्रमण व्यापकरुपमा फैलिई १६ हजार जना भन्दा बढी व्यक्तिहरू सङ्क्रमित भएका १२ जनाको मृत्युसमेत भइसकेको स्मरण गराएको छ ।
रुपन्देही, ९ भदौं ।
नेपाली भूमिमा विदेशी गान राष्ट्रिय गान बजाएर कार्यक्रमको सुरुवात गरेको भन्दै लुम्बिनीका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका छन् ।
रुपन्देहीमा भएको किवानिस नेपालको पाँचौ डिष्ट्रिक महाधिवेशको उद्घाटन समारोह मुख्यमन्त्री चौधरीले बहिस्कार गरेका हुन ।
प्रमुख अतिथिको रुपमा मुख्यमन्त्री चौधरी सहभागि हुनु भएको कार्यक्रममा आयोजकले नेपाली राष्ट्रिय गानको अपमान गरी विदेशी राष्ट्रिय गान बजाएको र विदेशी गीतबाट कार्यक्रमको सुरुवात गरेको भन्दै मुख्यमन्त्री चौधरीले किवानिसको कार्यक्रम बहिस्कार गरेका हुन ।
नेपाल डिष्ट्रिक महाधिवेशनको उद्घाटन कार्यक्रममा राष्ट्र र राष्ट्रियता प्रति प्रहार भएको भन्दै कार्यक्रम बहिस्कार गरेर निस्कीएको मुख्यमन्त्री चौधरीले बताए ।
काठमाडौं, ९ भदौं ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेशको उत्तरपूर्वी भू भागमा रहेको न्यून चापीय क्षेत्र र बंगलादेशको उत्तरी भुभागमा रहेको न्यून चापीय क्षेत्र समेत प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका केहि स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा सामान्य देखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भुभागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
राती भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहि बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
संजय सहनी,गाैर,भदौ ०८ गते ।
रौतहटको गौर नगरपालिकाको मेयर शम्भु साहले गौर नगरपालिका वडा न. ४ स्थित लालबकैया खोलाको बाढीबाट भईरहेको कटान प्रभावित स्थानहरुको शुक्रबार प्रत्यक्षरुपमा निरिक्षण गर्नु भएको छ । केहि दिन अगाडि सोबर्नामाई मन्दिर अगाडि लालबकैया नदिले आफ्नो धार परिवर्तन गरि टिकुलिया गाउँ तर्फ अत्याधिक कटान गर्न थालेपछि मानब बस्ति र स्थानीयको खेत बाली नाली रक्षाका लागि मेयर साहले उक्त स्थानमा बास पाईलिङ्ग सहित स्पर बनाउने कामको थालनी गर्न निर्देशन दिनु भएको थियो ।
उक्त स्थानमा काम जारी रहदा पुनः बाढी आएर बनाएको संरचना भत्काउन थालेको तथा र पुनः कटान कार्य गरिरहेको र मानव बस्ति उच्च जोखिममा रहेको खबर पाउन साथ मेयर साहले सो कटान प्रभावित क्षेत्रको निरीक्षण गर्नु भएको हो। अवलोकनकै क्रममा मेयर साहले लालबकैयाले जारी राखेको कटान कार्यलाई रोक्न आफ्नो पालिकाको स्रोत साधन र बजेटले भ्याए अनुसारको काम गरेको बताउनु भएका छन् ।
स्थानीय संग कुरा गर्दै मेयर साहले”-बाढि र कटानले बस्ति उच्च जोखिममा छ ,काम धेरै छ हामी सङ्ग स्रोत ,साधनको अभाव र कमी छ तर आतिनु पर्दैन समस्या सामाधानको लागि प्रदेश र संघ सरकार गम्भीर हुने आफ्नो बिश्वास रहेको बताउनु भयो। मेयर साहले खासमा भन्नु पर्दा यो नदि नियन्त्रणको मुख्य जिम्मेवारी नदि नियन्त्रण कार्यालय परवानीपुर बारा र सिचाई डिभिजन कार्यालय रौतहट गौरको भएको भन्दै यस बिपद प्रति गम्भिर भई आफुलाई सघाउन आग्रह गरे।
मेयर साहले अब आउने दिन बाढि प्रभावित टिकुलिया बाँधलाई थप मर्मत गर्ने ,बाँध वरिपरि बृक्षारोपन गर्ने ,बैकल्पिक उपाय अपनाई नदिको धार परिवर्तन गर्ने र बाढिले कृषकहरुको धानबाली तथा कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन गर्न पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०८ गते ।
रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकामा रहेको एक बिधालयमा अभिभावक भेला सम्पन्न भएको छ । सो नगरपालिकाको वडा नम्बर २ शितलपुरमा रहेको श्री माध्यमिक बिधालयमा आज अभिभावक भेला बोलाइएको थियो । सो वडाका वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव उर्फ संजयको अध्यक्षतामा अभिभावक भेला बसेको थियो । भेला बाट नयाँ बिधालय व्यवस्थापन समिति चयनका लागि चार जना सदस्यहरु चयन गर्ने निर्णय गरेको छ ।

जसको अन्तिम निर्णय अगामी सोमबार हुने प्रधानाध्यापक बुनिलाल यादवले जानकारी गराउनु भयो । बैठक शान्तिपूर्वक सम्पन्न भएको र विधालय व्यवस्थापन समितिको लागि एसएलसी पास भएका व्यक्तीहरु छनौट भएको वडा अध्यक्ष यादवले जानकारी गराउनु भयो ।

सदस्यमा छनौट हुनेहरुमा प्रमानन्द यादव,रामअयोध्या यादव, सो अवसरमा फतुवा बिजयपुर नगरपालिकाका शिक्षा संयोजक तेजनारायण यादव,इलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी निरिक्षक विजय कार्की,शिक्षक संघका नगर अध्यक्ष राधेश्याम यादव,पूर्व वार्ड अध्यक्ष भविक्षण राय यादव,श्री आबि मेवाका प्रधानाध्यापक प्रमोद साह,श्री मावि बैरगनियाका प्रअ रामनाथ प्रसाद यादव लगायत स्थानिय भद्रभलादमी,अभिभावकहरुको उपस्थिती रहेको थियो ।

ओम प्रकाश यादव, रौतहट,भदौ ८ गते ।
रौतहटको माधवनारायण नगरपालिका–९ गढोको वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन् । वडा सचिव प्रमोद यादव विगत केहिदिन देखी वडा कार्यालयमा नआएको भन्दै स्थानीयहरुले आन्दोलित भएका छन् । वडा सचिव यादव दुईसाता देखी वडा कार्यालयमा आउँनै छाडेकोले आफुहरुको विभिन्न कामकाज प्रभावित भएको भन्दै आक्रोशित स्थानीयहरुले वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलनमा उत्रेका छन् ।
वडा सचिव यादवले आफनो ठाउँमा कसैलाई पनि कार्यवाहक वडा सचिवको जिम्मेवारी नै नदिई गैरजिम्मेवारीपूर्ण तरिकाले वडा कार्यालयबाट एकाएक गायव हुँदा आफुहरु विभिन्न कामकाज प्रभावित भएकोले वडा सचिव यादवविरुद्ध आन्दोलनमा उत्रेको स्थानीय सुनिल सहनीले बताएका छन् ।
स्थानीयहरु विहीवार देखी आन्दोलन थालेका हुन् । वडा अध्यक्ष यादव कार्यालयमा नआएसम्म आफुहरुको आन्दोलन जारी नै रहने सहनीले बताए । स्थानीयहरुले वडा कार्यालयमा ताला लगाएपछि वडा कार्यालयबाट प्रदान हुने सम्पूर्ण सेवाहरु पूर्णरुपमा बन्द भएको छ जसका कारण दैनिक कामकाज प्रभावित बनेको छ ।
मञ्जय राम,रौतहट,भदौ ०८ गते ।
रौतहटको गढिमाइ स्थित रहेको बागमती खोलामा पहिचान नखुलेको एक जना महिलाको शव फेला परेको छ । गढिमाइ नगरपालिका वडा नम्बर १ स्थित समनपुर पुल नजिक बागमती खोला किनारमा करिब ५०÷५५ वर्षको महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ओमप्रकाश खनालले जानकारी गराउनु भयो ।

शवको पहिचान नभएकोले आफन्तलाई सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । आज शुक्रवार साँझ बाढीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ । घटना स्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको खनाले बताए । घटनाको सम्बन्धमा थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
