रौतहट, ९ भदौं ।
बाग्मतीको बाढीले बगाएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शुक्रबार साँझ फेला परेको सो लासको अहिलेसम्पम हिचान खुलेको छैन ।
गढीमाइ नगरपालिका–१ स्थित वाग्मती नदीमा अन्दाजी ५५ वर्षीया महिलाको शव पानीमा डुबिरहेको अवस्थामा फेला परे पछि पोष्टमार्टमका लागि गौर अस्पतालाइ लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगोलियन अनुहार भएकी महिलाको शव वाग्मती पुल नजिकैको झाडीमा फेला परेको हो । प्रहरीका अनुसार मृतकको पहिचानको लागि सूचना जारी गरिएको छ ।
पेरिस, ९ भदौं ।
नाइजरको जन्टा सरकारले फ्रान्सेली राजदूतलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ ।
नाइजेरियन विदेश मन्त्रालयले यो कुरा जनाएको हो ।
राज्य संचालित प्रसारक ओआरटीएनद्वारा प्रकाशित एक विज्ञप्ति अनुसार नाइजेरियन विदेश मन्त्रालयलले आयोजना गरेको बैठकमा भाग लिनका लागि फ्रान्सेली राजदूत सिल्भेन इट्टेले अस्विकार गरेका थिए ।
शुक्रबार विदेश मन्त्रीसँगको बैठकमा भाग लिन अस्वीकार गरे पछि सो फरमान जारी गरिएको हो ।
मन्त्रालयले भन्यो, ‘फ्रान्सेली सरकारका अन्य कार्यहरू जुन नाइजरको हित विरुद्ध छन् र फ्रान्सले पुटचिस्टहरूको अनुरोधलाई ध्यान दिएको छ।’
न्युयोर्क, ९ भदौं ।
सौर्यमण्डलमा रहेको शुक्र ग्रहलाई पृथ्वीको जुम्ल्याहा बहिनी भनिन्छ । यसको कारण यो हो कि यो ग्रह पृथ्वीको आकार हो र यो ग्रह सौर्यमण्डलको बसोबास योग्य क्षेत्रमा अवस्थित छ।
अब शुक्र ग्रहको बारेमा एउटा यस्तो दाबी गरिएको छ, जसले तपाईलाई चकित पार्नेछ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका एक वैज्ञानिकले शुक्र ग्रहमा एलियन्स हुन सक्ने दाबी गरेका छन् । यसको कारण पनि उनले दिएका छन् ।
शुक्रको तापक्रम ४७५ डिग्री सेल्सियससम्म पुग्छ। ग्रहको वायुमण्डल बिल्कुल विषाक्त छ। जसका कारण यहाँ जीवन हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैन। तर, नासाका वैज्ञानिक डा. मिशेल थालरले त्यसको ठीक उल्टो सोच्दछन । अमेरिकाको गोडार्ड स्पेस फ्लाइट सेन्टरमा कार्यरत डा. मिचेलले एउटा नयाँ सिद्धान्त दिएका छन्, जसअन्तर्गत शुक्र ग्रहमा जीवन रहेको बताइएको छ ।
सौर्यमण्डलको दोस्रो ग्रह शुक्रको वातावरण यस्तो छ कि त्यहाँ मानिस बाँच्न सक्दैन। तर डा मिशेल भन्छन् कि हामीले कार्बन डाइअक्साइड वायुमण्डलमा जीवनको सम्भावित निशान देखेका छौं।
द सनलाई दिएको अन्तर्वार्तामा उनले भने, ‘हामी शुक्रको वायुमण्डलमा जीवनको सम्भावित संकेत देखिरहेका छौं। मैले शुक्रको बारेमा यस्तो कुराको अपेक्षा गरेको थिइनँ। ग्रहको वायुमण्डल कुनै ब्याक्टेरियाबाट तयार भएको जस्तो देखिन्छ।’
उनले अगाडी भने, ‘मलाई लाग्छ त्यो समय धेरै टाढा छैन, जब हामीले सौर्यमण्डलमा जीवनको प्रमाण फेला पार्नेछौं। सौर्यमण्डलमा रहेको जीवन धेरै सानो हुनेछ, यो ब्याक्टेरियाको रूपमा हुन सक्छ। वास्तवमा भनिन्छ कि हामीले पृथ्वी बाहेक अन्य ग्रहमा जीवनको प्रमाण फेला पारे पनि यो ब्याक्टेरिया जस्तै हुन सक्छ। त्यहाँको जीवन भर्खरै सुरु भएको छ। शुक्रको बारेमा पनि यस्तै कुराहरू भनिन्छ।’
शुक्रको वायुमण्डल धेरै खतरनाक छ। यदि कुनै व्यक्तिलाई त्यहाँ पठाइयो भने त्यो क्षणमै मर्छ। यद्यपि धेरै अध्ययनहरूमा यो भनिएको छ कि ग्रहमा ब्याक्टेरियाको रूपमा जीवन हुन सक्छ। सूर्यबाट शुक्रको दूरी ६.७ करोड मिलियन माइल छ। यो सौर्य मण्डलको सबैभन्दा तातो ग्रह हो। यसको वायुमण्डलमा सल्फ्यूरिक एसिड र कार्बन डाइअक्साइड मिसिएको । एक हिसाबले यहाँको अवस्था नरक भन्दा कम छैन् ।
बैंग्लोर, ९ भदौं ।
प्रधानमन्त्री नरेन्द्र मोदीले इसरोका वैज्ञानिकहरूलाई भेटेर चन्द्रयान–३ मिशनको सफलताको लागि बधाई दिएका छन् ।
सो क्रममा वैज्ञानिकहरूलाई सम्बोधन गर्दै मोदीले धेरै ठूला घोषणाहरू गरेका छन्, जसमध्ये एउटा अनुसार चन्द्रयान–३ मिशनको ल्यान्डर विक्रमले छोएको ठाउँलाई अबदेखि ‘शिव शक्ति पोइन्ट’ भनेर चिनिनेछ। यसका साथै पीएम मोदीले ‘तिरंगा प्वाइन्ट’ र ‘राष्ट्रिय अन्तरिक्ष दिवस’ मनाउने घोषणा पनि गरेका छन् ।
यस नामकरणको कारण स्पष्ट गर्दै प्रधानमन्त्रीले अन्तरिक्ष अभियानको ‘टच डाउन पोइन्ट’लाई नाम दिने चलन रहेको बताए । भारतले चन्द्रमाको जुन भागमा हाम्रो चन्द्रयान अवतरण गरेको छ, त्यसको नाम पनि राख्ने निर्णय गरेको छ । चन्द्रयान–३ को ल्यान्डर जुन ठाउँमा अवतरण भयो, अब त्यो बिन्दुलाई ‘शिव–शक्ति’ भनिनेछ । शिवमा मानवताको कल्याणको संकल्प छ र शक्तिले हामीलाई ती संकल्पहरू पूरा गर्ने क्षमता दिन्छ। चन्द्रमाको शिव शक्ति बिन्दुले कन्या कुमारीसँग हिमालय जोडिएको आभास दिन्छ।
चन्द्रयान–३ को सफलतामा प्रधानमन्त्री मोदीले चन्द्रयान–२ को प्रयासलाई पनि स्मरण गरेका छन, उनले चन्द्रयान–२ ले चन्द्रमामा पाइलाको छाप छोडेको बिन्दुलाई अब ‘तिरंगा’ भनिने घोषणा गरे । ‘यो ‘तिरंगा’ बिन्दु भारतको हरेक प्रयासको प्रेरणा बन्नेछ। यो तिरंगा बिन्दुले हामीलाई सिकाउनेछ कि कुनै पनि असफलता अन्तिम हुँदैन,’ उनले भने ।
प्रधानमन्त्रीले अगस्ट २३ मा भारतले चन्द्रमामा तिरंगा फहराए पछि त्यस दिनलाई अब राष्ट्रिय अन्तरिक्ष दिवसका रूपमा मनाइनेसमेत बताए । प्रधानमन्त्री मोदीले भारत पक्कै पनि अन्तरिक्ष र प्रविधिको क्षेत्रमा विश्व नेताको रूपमा उभिने बताएका छन्। अनुसन्धानको यो शक्तिले भारतलाई नयाँ उचाइमा पुर्याउने छ र २०४७ मा भारतलाई विकसित देश बनाउने छ।
भारतका धर्म ग्रन्थहरूमा पाइने खगोलीय सूत्रहरूलाई वैज्ञानिक रूपमा प्रमाणित गर्न नयाँ पुस्ताहरू तिनीहरूलाई नयाँ अध्ययन गर्न अगाडि आएमा यो हाम्रो सम्पदा र विज्ञानको लागि महत्त्वपूर्ण छ, उनले भने ।
नयाँदिल्ली, ९ भदौं ।
तमिलनाडुको मदुरै रेलवे स्टेशनमा लखनउ–रामेश्वरम पर्यटकीय रेलको एक निजी डब्बामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ ।
रेलवे अधिकारीका अनुसार कोचमा केही व्यक्तिले अवैध रूपमा ग्याँस सिलिण्डर बोकेर हिँडिरहेका थिए । यसअघि ग्यास सिलिन्डर विस्फोट हुँदा कोचभित्र केही व्यक्ति चिया बनाउँदै गरेको थाहा भएको थियो । घटनास्थलमा दमकल पुगेर आगो निभाउने काम सुरु गरिएको छ ।
अनुसन्धानपछि मात्रै ठोस कुरा भन्नु उचित हुने अधिकारीको भनाइ छ ।
घटना हुँदा ट्रेन मदुरै जंक्शनमा रोकिएको थियो। अधिकारीहरुका अनुसार केही यात्रुहरु अवैध रुपमा ग्याँस सिलिन्डर लिएर कोचमा प्रवेश गरेका थिए ।
यस दुर्घटनाको भिडियो पनि सार्वजनिक भएको छ, जसमा कोचमा आगो बलिरहेको र त्यसबाट आवाज पनि आइरहेको देख्न सकिन्छ । शनिबार बिहान ५ः१५ बजे निजी बसमा आगलागी भएको जानकारी प्राप्त भएको अधिकारीहरुले बताएका छन् ।
घटनास्थलमा आगो नियन्त्रणको प्रयास भए पनि ७ः१५ बजे आगो निभाउन सफल भएको थियो ।
आगलागीबाट अन्य कुनै पनि कोचमा क्षति पुगेको छैन । आगलागी भएको कोच नागरकोइल जंक्शनमा जोडिएको थियो । आगो निभाएपछि कोचलाई मदुरैकै स्टेबलिङ लाइनमा राखिएको छ ।
बेइजिङ, ९ भदौं ।
चीन आफैंलाई महाशक्ति बनाउन लागिपरेको छ ।
हरेक क्षेत्रमा आफूलाई अगाडि राख्ने उनको लक्ष्य छ, जसका कारण यतिबेला उसले संसारलाई चकित पार्ने काम गरिरहेका छन् । वास्तवमा चीनले अमेरिका लगायत विश्वभरका उत्कृष्ट प्रतिभालाई यहाँ ल्याइ रहेको छ । यसका लागि बिभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । जागिरका साथै ठुलो पारिश्रमिक, घर किन्नको लागि अनुदान र रोजगारीका लागि सम्झौता गर्दा बोनस पाउने गरेका छन् ।
वास्तवमा यसअघि चीनमा ‘हजार प्रतिभा कार्यक्रम’ चलिरहेको थियो। यसमार्फत चीन सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा काम गर्न सक्ने गरी विश्वभरका शिक्षित व्यक्तिलाई भर्ना गरिरहेको थियो । यस कार्यक्रमको नाम अब ‘क्विमिङ’मा परिवर्तन गरिएको छ। वास्तवमा चीन प्राविधिक क्षेत्रमा आफ्नो साम्राज्य स्थापित गर्न चाहन्छ । अर्धचालक एक क्षेत्र हो, जहाँ यो हाल पछि छ। यस क्षेत्रमा अगाडि बढ्न क्विमिङ कार्यक्रम तीव्र रुपमा अघि बढिरहेको छ ।
साउथ चाइना मर्निङ पोष्टको समाचार अनुसार यस नयाँ रोजगार कार्यक्रम मार्फत नियुक्ति हुनेहरुले चीनमा घर खरिदमा अनुदान प्राप्त गरिरहेका छन् । यति मात्र होइन, रोजगारीमा हस्ताक्षर गरे लगत्तै तीनदेखि पाँच करोड रुपैयाँसम्म बोनस पनि दिइने गरेको छ । यसबाहेक उनीहरूलाइ लाखौं रुपैयाँ तलब दिइँदै आएको छ । सामान्यतया क्विमिंग को रूपमा नियुक्त व्यक्तिहरू शीर्ष वैज्ञानिकहरू, पीएचडी धारकहरू, अनुसन्धानकर्ताहरू हुन्।
वास्तवमा राष्ट्रपति सी जिनपिङ चीनलाई अर्धचालकको क्षेत्रमा आत्मनिर्भर बनाउन चाहन्छन्। चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले क्विमिङ कार्यक्रमको निरीक्षण गरिरहेको छ। कर्मचारी नियुक्तिका लागि अनलाइन विज्ञापन चलिरहेको छ ।
चीनले यस कार्यक्रमको बारेमा आधिकारिक रूपमा मुख खोलेको छैन। यसबाहेक सरकारको वेवसाइटमा समेत यसको बारेमा कुनै जानकारी छैन । क्विमिङ मार्फत वैज्ञानिक र प्रविधि क्षेत्रबाट व्यक्ति नियुक्त भइरहेका छन् । यस्तो अवस्थामा चीनले ठूलो काम गर्ने योजना बनाएको छ कि छैन भन्ने चिन्ता अमेरिकालगायत देशलाइ बढिरहेको छ ।
रियाद, ९ भदौं ।
साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।
त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।
साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।
यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ।
त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।
समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।
मुम्बई, ९ भदौं ।
धेरै सुपरहिट हिन्दी फिल्म सम्पादन गर्ने वरिष्ठ फिल्म सम्पादक सञ्जय वर्माको निधन भएको छ ।
कयामत से कयामत तक, करण अर्जुन और कहो ना प्यार है जस्ता धेरै सुपरहिट फिल्मको सम्पादन गरेका सञ्जय वर्माको मृत्युको कारण भने अहिलेसम्म परिवारद्धारा खुलाइएको छैन ।
सञ्जय वर्माले कहो ना प्यार हैमा उनको उत्कृष्ट कामको लागि फिल्मफेयर अवार्ड पनि पाएका थिए। यति मात्र होइन, उनले सम्पादन गरेको फिल्म द लास्ट शोले हालै ६९ औं राष्ट्रिय अवार्डमा अवार्ड पाएका थियो ।
मनोरञ्जन समाचारका अनुसार सञ्जय वर्माले राकेश रोशनका लागि धेरै फिल्म सम्पादन गरेका छन् । उनलाई ऋतिक रोशनका बुबाको मनपर्ने सम्पादको रुपमा मानिन्छन। राकेश र सञ्जय वर्माले सँगै खून भारी मांग, ऋतिक रोशन–प्रीति जिंदा अभिनित कोई मिल गया, कहो ना प्यार हैजस्ता धेरै फिल्महरू सम्पादन गरेका छन्।
दिग्गज फिल्म सम्पादकले शाहरुख खान–सलमान खानको फिल्म करण अर्जुनलाई पनि सम्पादन गरेका थिए। फिल्म दिल वाले दुल्हनिया ले जायेंगेलाई फाइनल लुक दिनु भन्दा अगाडी सञ्जय वर्माको हात थियो ।
सञ्जय वर्मा मुभिजले आफ्नो करियरमा ५२ भन्दा बढी फिल्म सम्पादन गरेका थिए । जसमध्ये अघिल्लो दिन उनको एउटा चलचित्रले राष्ट्रिय अवार्ड जितेको थियो । पान नलिन द्वारा निर्देशित गुजराती फिल्म ‘द लास्ट शो’ सन् २०२१ मा रिलिज भएको संजय वर्माले सम्पादन गरेका थिए।
६९औँ राष्ट्रिय चलचित्र अवार्डमा ‘द लास्ट शो’ लाई सम्मान गरिएको थियो । सञ्जय वर्माको एक्कासी यस संसारबाट बिदा हुदाँ उद्योगलाई नराम्रो चोट लागेको बताईएको छ र सबैले दिग्गज सम्पादकको परिवारलाई समवेदान दिइरहेका छन ।
काभ्रे, ८ भदौ ।
पाँचखाल नगरपालिका-४ स्थित पाँचखाल बजारमा जुवातास खेलिरहेको अवस्थामा वडाध्यक्षसहित आठ जनालाई प्रहरील पक्राउ गरेको छ।
शुक्रबार दिउँसो ४ बजेतिर प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको हो। उनीहरूको साथबाट १ लाख ९० हजार रुपैयाँसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भागेन्द्रपुरुष ढकालले जानकारी दिए। पक्राउ पर्नेको पहिचान खुलाइएको छैन।
उनीहरुको विवरण संकलन कार्य भइरहेकाले पहिचान नखुलेको प्रहरी प्रमुख ढकालले बताए। पक्राउ पर्नेमा एमाले र कांग्रेसका नेताहरूसमेत रहेका छन्।
मस्को, ९ भदौं ।
वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनको मृत्युपछि नयाँ प्रमुखका बारेमा छलफल सुरु भएको छ ।
अहिले मेजर जनरल एन्ड्री एभेरियानोभको नाम सबैभन्दा अगाडि आईरहेको छ ।
एभेरियानोभले बेलायतमा बस्ने केजीबीका पूर्व जासुस सर्गेई स्क्रिपलको हत्या गर्ने षड्यन्त्र रचेकाे भनिदै अाइएकाे छ, साे घटनालाई ‘सलिसबरी पोइजनिङ’ भनिन्छ। उनले यो सबै राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनमा गरेको भनिदै आईएको छ ।
प्रिगोजिनको हालै विमान दुर्घटनामा दुःखद निधन भएको थियो। विमान दुर्घटनामा प्रिगोजिनसहित कुल १० जनाको ज्यान गएको छ । त्यसबेला देखि नै वाग्नर समूहको प्रमुखको रूपमा कसले लिने ? भन्ने बारे अड्कलबाजी चलिरहेको छ।
रुसको खुफिया एजेन्सी जनरल स्टाफ अफ आर्म्ड फोर्सेस अफ रसियाली फेडरेशनको खुफिया अपरेशन युनिटका प्रमुख मेजर जनरल एन्ड्रे एभेरियानोभको नाम अगाडि छ। यो अफ्रिकामा बैगनरको नयाँ मालिक हुन सक्छ भनिएको छ।
डेली मेलको रिपोर्ट अनुसार गत महिना मात्रै मेजर जनरल एभेरियानोभले रुस अफ्रिका सम्मेलनमा अफ्रिकी नेताहरूसँग भेट गरेका थिए । कमन्स फरेन अफेयर्स कमिटीकी कन्जर्भेटिभ अध्यक्ष एलिसिया केर्न्सले मेजर जनरल एभेरियानोभलाई वाग्नरको प्रमुख बनाउन सकिन्छ भन्ने सोचेको बताइन्।
पुटिनले अफ्रिकाका प्राकृतिक स्रोतहरूमा पहुँच गुमाउन नचाहेको उनीहरूको भनाइ छ। किनभने, पश्चिमी प्रतिबन्धहरू बीच पैसा अफ्रिकामार्फत मात्र आउँदैछ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटकी एमिली फेरीस भन्छिन्, पुटिनले प्रिगोजिनको कारण पाठ सिकेका छन्। प्रिगोजिन जस्तो विद्रोह फेरि हुनसक्छ भन्ने उनीहरूलाई लाग्छ।
यही कारण हो कि अब नयाँ वाग्नर मालिक क्रेमलिन आफैले छानेको व्यक्ति हुनेछ। यही कारणले मेजर जनरल एभेरियानोभको नाम सबैभन्दा अगाडि चलिरहेको छ । उनी पुटिनको नजिक मानिन्छन् र उनको आदेशमा धेरै खुफिया मिसनहरू गरिसकेका छन्।