२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

कराँची, १० भदौं ।

पाकिस्तान भ्यान दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।

 

पाकिस्तानकाको मनसेरामा यात्रुबाहक भ्यान अनियन्त्रित भई खाडलमा खस्दा दुई महिलासहित छ जनाको मृत्यु भएको हो ।

 

प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य पाँच जना घाइते भएका छन् भने उनीहरुको उपचार भईरहेको छ ।

 

मिडिया रिपोर्टका अनुसार मानसेराका जिल्ला आपतकालीन अधिकारीले भ्यान बट्टग्रामबाट मानसेरातर्फ गइरहेको अवस्थामा दुर्घटना भएको बताए । सो क्रममा चालकले गाडीको नियन्त्रण गुमाए पछि भ्यान खाडलमा खसेको थियो ।

 

सो भ्यानमा १३ जना सवार रहेको उनले बताए । दुर्घटना लगत्तै उद्धार टोलीले घटनास्थलमा पुगेर शव र घाइतेलाई खाल्डोबाट बाहिर निकालेको थियो ।

 

फ्लोरिडा, १० भदौं ।

अमेरिकाको फ्लोरिडास्थित एक जनरल स्टोरमा शनिबार गोली प्रहारमा तीन जनाको मृत्यु भएको छ ।

 

जसलाई जातीय आक्रमण भनिएको छ । गोली चलाउने व्यक्तिको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आक्रमणकारीले अश्वेत मानिसहरूलाई घृणा गर्ने भएकाले हत्या जातीय आक्रमण भएको आशंका गरिएको जनाईएको छ ।

 

मिडियासँग कुरा गर्दै प्रहरी अधिकारीले आक्रमणपछि गोरा आक्रमणकारीले आफूलाई गोली हानेको बताए। प्रारम्भिक अनुसन्धानमा फेला परेका प्रमाणहरूले आक्रमणकारी घृणाको विचारधाराबाट प्रभावित भएको देखाएको छ, जुन यस आक्रमणको मुख्य कारण हो।

 

यद्यपि ज्याक्सनभिलमा भएको आक्रमणमा कति जना घाइते भएका छन् ? भन्ने जानकारी भने सार्वजनिक गरिएको छैन । जातीय तथा नश्लिय हिंसा भए पछि उनीहरुको नाम सार्बजनिक गरिएको छैन ।

 

काठमाडौ, १० भदौ ।

माण्डु हाइड्रोपावरले आइतबार भदौ १० गतेदेखि आज बाट सर्वसाधारणलाई आइपीओ बिक्री खुल्ला गरेको छ ।

 

कम्पनीले फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ बिक्रीमा ल्याएको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ  ।

 

त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०% अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ ।

 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने भदौ २४ गतेसम्म पनि आवेदन खुला रहनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

 

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

काठमाडौ, १०  भदौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.५४ रुपैयाँ रहेको छ भने युरोपियन युरो एकको खरिद दर १४२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.०२ रुपैयाँमा काराेबार हुनेछ ।

 

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.०६ रुपैयाँ रहेको छ भने बिक्री दर १६६.८१ रुपैयाँ कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.७१ रुपैयाँ र बिक्री दर ८५.०९ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ १२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५६ पैसामा खरिदबिक्री हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३ पैसा र बिक्रीदर ९ रुपैयाँ ७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९७ पैसा र बिक्रीदर  १० रूपैयाँ २ पैसा मुल्य ताेकेकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३६ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.१७ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.३३ रुपैयाँ रहेको छ तथा  मलेसियन रिंगिट एकको खरिद दर २८.४४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५६ रुपैयाँ कायम भएकाे छ ।

 

 

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२७.५३ पैसा  विक्रीदर ४२९.४७ पैसा मुल्य ताेकिएकाे छ ।

 

 

रौतहट ०९,भाद्र
गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद कलवार विरुद्ध झुटो प्रचारवाजी भएको बताएका छन । गरुडा नगरपालिका केहि वडाका अध्यक्षहरुले बिभिन्न मिडियामा गएर गलत प्रचारवाजी गरेको मेयर कलवारले बताएका हुन् । मेयर कलवारले आफै उपभोक्ता समिती बनेर पैसा निकालेको लगायतका बिषयमा वडा अध्यक्षहरुले झुटो मिडियावाजी गरेको उनको भनाई छ ।
उनले वडा अध्यक्षहरुले निकालिएको भनिएको रकम आ.व २०७७÷०७८ को भएको बताएका छ्न । तत्कालीन मेयर इनु राय यादवको पालामा दुर्गा मंदिर निर्माण गर्न २२ लाख रकम छुट्याईएको थियो । त्यस समय अहिलेका मेयर जयसवाल दुर्गा मन्दिर समितीका अध्यक्ष थिए । तत्कालीन मेयर यादवकै पालामा हालका मेयर कन्थमुनि प्रसाद कलवारको अध्यक्षतामा दुर्गा मंदिर उपभोक्ता समिति बनी निर्माणधीन कार्य भएको थियो । जसको भुक्तानी २०७९ मा भएको थियो । यस्तै मेयर कलवारलाई मोबाइल खरिदमा लगाईएको आरोपको समेत खण्डन गरेका छन । उनले नगरपालिकाबाट वडा अध्यक्षहरुले मोवाईल खरिदमा मेयरले एकलौटी निर्णय गरेको भनिएको कुरामा समेत कुनै सत्यता नरहेको बताएका छन । उनले नगरकार्यपालिकाको बैठक बसी गरिएको निर्णयलाई मेरो एकलौटी भनी गरिएको प्रचारले आफु अचम्मित भएको सुनाए । उनले वडाअध्यक्षहरुले कुनै जनताको लागी नभई आफ्नो स्वार्थको निमित्त बिरोध गरिरहेको समेत आरोप लगाए । अहिलेको बिरोधको जड बजेट रहेको समेत उनले बताए । मेयर कलवारका अनुसार वडाअध्यक्षहरुले आफ्नो खुसी बजेट मागेको र आफुले जनताको अति आवश्यकको कुराको लागी बजेट निर्धारण गर्ने बताएपछी बिरोध गरेका हुन । जनता भन्दा पनि वडाअध्यक्षको बिरोध आफ्नो स्वार्थको निमित्त रहेको बताएका छन । चर्चामा आउन र आफ्नो स्वार्थ पुरा गर्न बदनाम गर्ने षड्यन्त्र धेरै दिन र धेरै बेर नटिक्ने समेत मेयर कलवारको भनाई छ । उनले आफु सधै जनताको मुल समस्याको जड पता लगाई समाधान गर्नेमा कृयाशिल रहेकोले भ्रामक कुराको पछाडि नलाग्न समेत अनुरोध गरेका छन ।

ओम प्रकाश यादव, रौतहट,भदौ ९ गते ।
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेश प्रदेश सदस्य नवीन प्रसाद चौरसियाले तराई मधेशका समस्या रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र समाधान गर्न सक्ने बताएका छन् ।
ठुल्ल ठूल्ला पुरान राजनितीक दलहरुले पटक पटक सरकारको नेतृत्व गर्दै आएपनि तराई मधेशको समस्या समाधान गर्न नसकेको आरोप लगाउँदै नेता चौरसयिाले अब रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र यहाँका सबैखाले समस्या समाधान गर्ने बताएका हुन ।
रौतहट घर भएका नेता चौरसियाले शनिवार पत्रकारहरुसंग कुरा गर्दै यस्तो बताएका हुन् । पुराना दलहरुकै कारण मधेशमा विकास हुन नसकेको र यहाँका जनता गरिवि तथा बेरोजगारीको चपेटामा परेको उनले आरोप लगाए ।
रास्वपाको तर्फबाट रौतहट क्षेत्र नं ३ को सांसद पदमा समेत चुनाव लडेका सांसद प्रत्याक्षी नवीन प्रसाद चौरसियाले कांग्रेस, एमाले, माओवादी लगाएतका दलले मधेश र मधेशी जनताको मतबाट पटक पटक सत्तामा गएपनि उनिहरुले मधेश र मधेशी जनताको जिवनस्तरमा कुनै परिवर्तन नल्याएको बताए ।
पुराना दलहरुले मधेशमा विकास गर्छु, यहाँको बेरोजगारी, गरिवि अन्त्य गर्छु भन्दै पटक पटक मधेशी जनतासंग मत लिएर सत्तामा गएपनि मधेशको समस्या जस्ताको त्यस्तै रहेको उनले बताए ।
पुराना दलहरुले मधेशी जनतालाई ठग्ने काम मात्र गरेको आरोप लगाउँदै नेता चौरसियाले पुराना दलको विकल्पमा उदाएको रास्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेशमा विकास गर्नुका साथै मधेशको बेरोजगारी, गरिवि अन्त्य गर्ने दावी गरे ।
पुराना दलहरु सरकारमा गएर आफना नेता कार्यकर्ता पाल्ने काम मात्र गर्ने गरेका कारण मधेश विकासमा पछि परेको बताउँदै उनले रास्ट्रिय स्वतन्त्र पार्टी सरकारको नेतृत्व गर्न पाए काम गरेर देखाउँने र मधेशको विकासमा कायापल्ट गर्ने दावी गरे ।
आउँदो २०८४ सालमा हुने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी देशकै सबभन्दा ठुलो दल बन्ने र सबभन्दा पहिले मधेशकै समस्या समाधान गर्ने उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र मधेश र मधेशी जनताको मुक्ति दिलाउन सक्ने र यहाँका सबैखाले समस्याको समाधान गर्न सक्ने भएको हुँदा कसैको प्रलोभनमा नपरी अहिले देखी नै राष्ट्रिय स्वतन्त्र पार्टीमा लाग्न उनले सबैलाई आग्रह गरे ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०९ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको भदौ १८ गते हुन लागेको चुनावमा शान्तिपूर्वक चुनावमा सहभागी हुन सम्पूर्ण व्यापारीहरुलाइ निर्वतमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले अपिल गरेका छन् । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो अनुरोध गर्नु भएको हो ।
आज मनोनयन दर्ता गराएकाहरु मध्ये उम्मेदवारले फिर्ता लिने समय रहेको थियो । मनोनयन फिर्ता पश्चात् अध्यक्ष पदमा दुइ जना संतोष कुमार चौधरी र सतिश साह बिच प्रतिस्पर्धा हुने जानकारी गराउनु भयो । संघको १४ पदाधिकारीका लागि ३३ जना प्रतिस्पर्धामा रहेको उनले बताए ।
गरुडा नगर उधोग वाणिज्य संघमा ९ सय ५२ जना मतदाता रहेको उनले बताएका छन् । संघको कार्य क्षेत्र अन्तर्गत गरुडा नगरपालिका,कटहरिया नगरपालिका,बृन्दावन नगरपालिका,गढिमाइ नगरपालिका,देवाहीगोनाही नगरपालिका र फतुवा बिजयपुर नगरपालिका पर्दछ । संघको निर्वाचनमा यस भेगका व्यापारीहरु सहभागि हुन पाउने छन् ।
उनले भने चुनावको लागि निर्वाचन समिति संयोजकमा उधोग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित प्रसाद जैसवाललाइ तोकिएको छ । निर्वाचन मण्डलमा निर्वाचन आयोगको प्रतिनिधि,एकजना अधिवक्ता शान्ति सुवेदी र प्रशासन कार्यालयको प्रतिनिधी रहेको जानकारी गराउनु भयो । चुनावको लागि सम्पूर्ण तयारी पूरा भएको बताए ।
व्यापारीहरुको संस्था गरुडा नगर उधोग वाणिज्य संघ भएकोले सर्वसहमती बाट पदाधिकारीहरु चुनिनुपर्ने हो । तर यस्तो हुन सकेन यो दुःखद हो । निर्विरोध हुनुपर्ने मेरो धारणा रहेको थियो । म आफै प्रयास पनि गरे । सर्वदलिय बैठक पनि डाँकेको थिए । त्यसमा जग्गादाताको नाम अध्क्षमा सर्वसहमती बाट चयन गर्ने कुरो आयो । विभिन्न प्रयासका वाबजुद्ध सर्वसहमती हुन नसकेन् यसमा म खेद प्रकट गर्न चाहन्छु । अन्त्यमा संघको पदाधिकारी चयन गर्नका लागि चुनावी हुने भएपछि यसलाइ सफल पार्न सम्पूर्ण व्यापारी वर्गमा आग्रह गर्नु भयो ।

आरके श्रीवास्तव,रौतहट,भदौ ०९ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको अध्यक्ष पदमा दुइ जनाबिच कडा प्रतिस्पर्धा हुने भएको छ । संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता गरिएको थियो । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो ।
निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार शुक्रवार ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्याको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराएकाहरु मध्ये संतोष कुमार चौधरी, ,सतिश साहले उम्मेदवारी कायम राखेका छन् । भने चुनचुन प्रसाद साह,राधेश्याम साह कलवार,राजेश कुमार साहले उम्मेदवारी फिर्ता लिएका छन् ।
त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली,महाशक्ति साह निराला,हरिकिशोर प्रसाद साह,अनिता कर्ण,शिवम् कुमार सोनी,हेमलाल साह सोनार लगायतका व्यक्तीहरु सदस्य पदका लागि प्रतिस्पर्धामा छन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो । जसमा ३३ जना प्रतिस्पर्धीहरु छन् ।
निर्वाचनको कार्यक्रम अनुसार आज भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउने समय रहेको थियो । यस्तै आजै दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ ।
मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ । अध्यक्ष चयन भएपछि बहुमतको आधारमा अन्य पदाधिकारी चयन गर्ने गरेको छ । जसमा प्रथम उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारीहरु चुनिन्छन् । यस अघिका गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल सकेपछि चुनाव हुन लागेको हो । दुवै जना बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

 

काठमाडौं, १० भदौं ।

आज राष्ट्रियसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।

 

बिद्यायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।

 

साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

काठमाडौं, १० भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै हाल बंगलादेशको उत्तरी भू(भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र बागमती प्रदेशको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र बाँकी भू-भागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरीको समेत सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

कोशी प्रदेशको केही स्थानहरुमा तथा मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

 

साथै कोशी, मधेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको तथा यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।