२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौ, १० भदौ ।

भिजन लुम्बिनी ऊर्जा कम्पनीले भदौ १९ गतेदेखि आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गर्ने लागेको हो । यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको १० प्रतिशत अर्थात १९ करोड १२ लाख २५ हजार रुपैयाँ बराबरको सेयर बिक्री गर्नेछ । यसआधारमा १ सयअंकित मूल्यमा १९ लाख १२ हजार ५ सय कित्ता सेयर स्थानीयलाई जारी हुनेछ ।

 

कम्पनीले यो सेयर आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको हो । यता, कम्पनको सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ९१ हजार २५० कित्ता सेयरमा भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

 

यसमा स्थानीय  समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ३ लाख ८० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ता देखि अधिकतम १९  हजार १२० कित्तासम्म आवेदन दिन सक्नेछन् । यस कम्पनीको आइपीओमा असोज गतेसम्म आवेदन दिन सकिनेछ । यद्दपि, स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा असोज १७ गतेसम्म आवेदन दिन पाउनेछन् ।

 

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स क्रेडिट रेटिङले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘आइएरएन डबल बी माइनस’ प्रदान गरेको छ । स्थानीयले सेती नदी जलविद्युत आयोजना स्थल, माछापुच्छ्रे  गाउँपालिका, मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालय र नेपाल फाइनान्स माछापुच्छ्रे  गाउँपालिका भुजुङ्गखोला शाखाबाट आवेदन दिन सक्नेछन् ।

 

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

 

काठमाडौ, १० भदौ ।

मल्टीपर्पस फाइनान्स कम्पनीले आज भदौ १० गते आइतबारदेखि ३५% हकप्रद सेयर बिक्री खुला गरेको छ ।

 

कम्पनीले १ः०.३५ अनुपातमा १५ करोड ८२ लाख रुपैयाँ बराबरको हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।

 

हकप्रद सेयरको लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यसमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

 

यस हकप्रद सेयरलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले आइआरएन सिङ्गल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । यस हकप्रदमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

 

आवेदकले यस हकप्रदमा मुक्तिनाथ क्यापिटल, मल्टीपर्पस फाइनान्स र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

 

हाल यस कम्पनीको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ पुग्नेछ ।

 

काठमाडौं, १० भदौं ।

संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुदैँछ ।

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

 

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँड अनुसार कांग्रेसको भागमा परेका चारवटा समितिको सभापत दिने भएको थियो ।

 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो ।

 

मुम्बइ, १० भदौं ।

बलिउड अभिनेता सनी देओल र अभिनेत्री अमिषा पटेल अभिनित फिल्म ‘गदर २’ ले शनिबार २६ अगस्टमा बक्स अफिसमा इतिहास रचेको छ ।

 

हो, शुक्रबार रिलिज भएको फिल्म ‘ड्रिम गर्ल २’को ‘गदर २’ को कमाईमा केही फरक पर्न सक्ने विश्वास गरिएको थियो तर यो पटक्कै भएको छैन । आयुष्मान खुरानाको फिल्म ‘ड्रिम गर्ल २’ ले पनि यो फिल्मको गतिलाई रोक्न सकेन ।

 

तारा सिंहलाई संसारभर मन पराइएको छ, जसका कारण उनको चर्चा सर्वत्र छ । तारा सिंह र सकिनाको कथाले विश्वभर करोडौंको व्यापार गरेको छ । हालै यसको १६ औं दिनको कमाई सार्वजनिक भएको छ । एक रिपोर्टका अनुसार फिल्मले शनिबार मात्रै १३ करोड कमाएको छ । विगत ५ दिनदेखि गदर २ को कमाईमा कमी आएको भए पनि शनिबार चलचित्रले अघिल्लो दिनको तुलनामा दोब्बर कलेक्शन गरेको छ ।

 

अहिले फिल्मको कुल कमाई ४४० करोड पुगेको छ । आइतबार फिल्मले घरेलु बक्स अफिसमा ४५० को आंकडा छुने अपेक्षा गरिएको छ । योसँगै विश्वब्यापी बक्स अफिसमा यो फिल्मको कलेक्सनले ५७५ करोडको आँकडा पार गरेको देखिन्छ ।

 

गदर २ को कुरा गर्दा यो २००१ मा आएको फिल्मको सिक्वेल हो । यसको सिक्वेलमा गदरको स्टारकास्ट मात्रै देखा परेका छन् । सनी देओल, अमिषा पटेल र उत्कर्ष शर्मा मुख्य भूमिकामा देखिएका छ ।

 

फिल्मलाई अनिल शर्माले निर्देशन गरेका हुन् । गदर २ सबैभन्दा धेरै कमाउने तेस्रो हिन्दी फिल्म बनेको छ । फिल्मले विश्वभर ५ सय करोडभन्दा बढी कमाइ गरिसकेको छ ।

 

काठमाडौ, १० भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

 

जसअनुसार नेपाली गोलभेडा प्रतिकेजी मूल मूल्य ७० रूपैयाँ, भारतीय ठूलो गोलभेडा ९०, टनेल गोलभेडा सानो ५०, लोकल गोलभेडा सानो ४०, घिउ सिमी लोकल ७०, काउली स्थानिय प्रतिकेजी ६०, आलु रातो ५२, मुडे आलु रातो ४६, भारतीय आलु रातो ३५, लौका ६०, हरियो फर्सी ८०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३८० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर १००, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ८०, भन्टा लाम्चो ६०, मकै बोडी ७०, टाटे सिमी ८०, तितो करेला ७०, ब्रोकाउली १५०, कागती १३०, भिण्डी ४०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काक्रो ६०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

 

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४५०, किवि ७००, हरियो खुर्सानी अकबरे २५० रूपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

 

यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २६०, चाइनिज लसुन २४०, भारतीय प्याँज सुकेको ७३, लसुन हरियो १८०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याँउ ३५०, अम्बा १२०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा ९०,कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ८० मा कारोबार भइरहेको छ ।

 

पेरिस, १० भदौं ।

युरोपेली देश फ्रान्सले मदिरा नष्ट गर्न करोडौं युरो खर्च गर्ने भएको छ ।

 

युरोपेली देश फ्रान्स राम्रो वाइनको लागि संसारभर प्रसिद्ध छ। यद्यपि युरोपेली देश अहिले अत्यधिक उत्पादनको समस्यासँग जुधिरहेका छन् ।

 

युरोपियन युनियनले यसअघि फ्रान्सलाई आफ्नो वाइन नष्ट गर्न १६ करोड युरो (लगभग २३ अर्ब रुपैयाँ) रकम विनियोजन गरेको थियो ।

फ्रान्सेली सरकारले अतिरिक्त मदिरा नष्ट गर्न र उत्पादकहरूलाई सहयोग गर्न कुल २ सय मिलियन डलर (२६ अर्ब रुपैयाँ) खर्च गर्ने निर्णय गरेको छ ।

 

समाचार अनुसार वर्तमानमा फ्रान्सका प्रमुख वाइन उत्पादन गर्ने क्षेत्रका बोर्डहरूले धेरै मुद्दाहरू सामना गरिरहेका छन्, जसमा उपभोक्ताको बानीमा परिवर्तन र नयाँ जीवनको दिनचर्यामा आएको परिवर्तनले संकट सिर्जना गरेको छ।

 

कोभिड–१९ महामारीको प्रभावले वाइन उद्योगको समस्या पनि बढिरहेको छ । विश्वभरका रेस्टुरेन्ट र बार बन्द भएपछि मदिराको बिक्रीमा ठूलो गिरावट आएको छ ।

 

बीबीसीको रिपोर्टका अनुसार युरोपेली आयोगको तथ्यांकले यो वर्ष युरोपमा मदिराको खपतमा ठूलो कमी आएको देखाएको छ । त्यसमध्ये इटाली ७ प्रतिशत, स्पेन १० प्रतिशत, फ्रान्स १५ प्रतिशत, जर्मनी २२ प्रतिशत र पोर्चुगल ३४ प्रतिशतले घटेको छ ।

 

यद्यपि, यस अवधिमा युरोपेली संघ ब्लकमा वाइन उत्पादन ४ प्रतिशतले बढेको छ ।

 

स्टाटिस्टाका अनुसार फ्रान्सले सन् २००५ र २०२१ को बीचमा वाइन खपतमा २५ प्रतिशतले गिरावट आएको देखाएको छ जबकि फ्रान्समा वाइनको माग घटेको छ।

 

यसको पछाडिको मुख्य कारण भनेको ग्राहकहरूले अन्य प्रकारका तरल पेय पदार्थहरू जस्तै गैर अल्कोहल पेय र क्राफ्ट बियरमा पैसा खर्च गर्नु हो। गार्डियनले गत वर्ष रिपोर्ट गरेको थियो कि फ्रान्स विश्वव्यापी स्तरमा गैर अल्कोहल पेयहरूको लागि सबैभन्दा छिटो बढिरहेको बजार हो।

 

मुम्बई, १० भदौं ।

बलिउडका भाइजान अर्थात् सलमान खानले अगस्ट २६ मा फिल्म उद्योगमा ३५ वर्ष पूरा गरेका छन् ।

 

अभिनेताले सन् १९८८ मा बीवी हो तो ऐसीबाट बलिउडमा डेब्यू गरेका थिए । त्यसपछि उनले मैने प्यार किया, बागी, ​​सनम बेवफा, पत्थर के फूल, साजन जस्ता धेरै हिन्दी फिल्महरूमा काम गरे र बलिउडलाई एकपछि अर्को धेरै हिट फिल्म दिए।

 

अभिनेता सलमान खानले अभिनय संसारमा ३५ वर्षको यात्रा पूरा गरेकोमा आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । सलमान खानले आफ्ना फिल्मका केही दृश्यहरूको कोलाज भिडियो सेयर गरेका छन्, जसमा उनका फिल्मका केही चर्चित संवाद र गीतका स्टेपहरू छन्। भिडियो सेयर गर्दै सलमानले लेखेका छन, ‘३५ वर्ष ३५ दिन जस्तै भयो, मायाको लागि धन्यवाद।’

 

सलमान खानको यो भिडियोलाई फ्यानहरुले धेरै माया गरिरहेका छन् । एकजनाले कमेन्ट गरे, ‘यहाँ कहिल्यै अर्को सलमान खान हुन सक्दैन।’

 

अर्का फ्यानले लेखेका छन, ‘म बुढो भए पनि सलमान खान सधैं मेरो मनपर्ने हुनेछन्।’

यसबाहेक एक प्रयोगकर्ताले लेखेका छन, ‘बलिउड उद्योगमा ३५ वर्ष पूरा गरेकोमा बधाई र हामीलाई मनोरञ्जन दिनुभएकोमा धेरै धेरै धन्यवाद।’

 

लन्डन, १० भदौं ।

जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो पटक आमनिर्वाचनमा विजयी भएका छन् ।

मिडिया रिपोर्टका अनुसार राष्ट्रपति नानगाग्वा शनिबार दोस्रो र अन्तिम कार्यकालका लागि पुनः निर्वाचित भएका हुन । तर, उनको सत्तारुढ दल जेनयू पीएफले चुनावमा व्यापक धाँधली गरेको आरोप लागेको छ ।

जिम्बाब्वे निर्वाचन आयोगले २०२३ को राष्ट्रपति चुनावको नतिजा घोषणा गरेको छ। ‘महामहिम राष्ट्रपति इमर्सन मननगाग्वाले २३,५०, ७११ भोट ल्याएर विजयी घोषित भए, जसमा ५२.६ प्रतिशत भोट प्राप्त रहेको  छ भने सिटिजन्स कोलिसन फर चेन्ज पार्टीका नेल्सन चामिसाले १९,०६,७३४ मत प्राप्त गरेका छन, जुन ४४ प्रतिशत भोट हुन आउँछ,’ जिम्बाबेको सूचना मन्त्रालयले जनाएको छ।

 

राष्ट्रपतिको रूपमा आफ्नो पहिलो कार्यकाल पछि इमर्सन मनानगाग्वाले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेल्सन चमिसलाई पराजित गरेर देशको सत्तामा आफ्नो पकड बलियो बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रतिपक्षले भने धाँदली गरेर चुनाव जितेकाे अाराेप लगाएका छन् ।

 

जिम्बावेले विगत दुई दशकदेखि विनाशकारी आर्थिक नीतिहरूको सामना गरिरहेको छ। मुलुकमा मुद्रास्फीति, बेरोजगारी, औषधि र चिकित्सा उपकरणको अभाव बढ्दै गएको छ ।

 

वासिंग्टन डिसी, १० भदौं ।

अमेरिकामा आक्रमणको योजना बनाउने एक पाकिस्तानी डाक्टरलाई जेल सजाय तोकिएको छ ।

 

एच–१ भिसामा काम गर्ने एक पाकिस्तानी डाक्टरलाई आतंकवादी संगठन आइएसलाई भौतिक सहयोग उपलब्ध गराएको आरोपमा पक्राउ परेका थिए । हालै ती डाक्टरलाई जेल सजायँ तोकिएको हो ।

 

अमेरिकन सञ्चार संस्थाका अनुसार अमेरिकामा ‘लोन वुल्फ’ आतङ्ककारी हमला गर्ने प्रयास गरेको आरोपमा उनलाई १८ वर्षको जेल सजाय सुनाइएको हाे। ब्यक्तिगत रिस र बदलाको लालसाबाट सम्पूर्ण घटना गराउने व्यक्तिलाई ‘लोन वुल्फ’ आक्रमणकारी भनिन्छ ।

 

३१ वर्षीय मुहम्मद मसूदलाई आइएसलाई भौतिक सहयोग गर्ने प्रयास गरेको आरोपमा १८ वर्षको जेल सजाय सुनाइएको न्याय मन्त्रालयले पुष्टी गरेकाे छ । मसुदले गत वर्ष आफ्नो अपराध स्वीकार गरेका थिए।

 

उनी पाकिस्तानमा लाइसेन्स प्राप्त मेडिकल डाक्टर थिए र पहिले एच एन–१ बी भिसा अन्तर्गत मेडिकल क्लिनिकमा काम गरिरहेका थिए। सोही क्रममा उनले आईएससँग सबन्ध बिस्तार गरेर अमेरिकामा हमला गर्ने योजना बनाएका थिए ।

 

ताइपेइ, १० भदौं ।

ताइवान सिमा नजिकको टापुमा चीनले दर्जनौं लडाकु विमान र युद्धपोत पठाएको जनाएको छ।

अमेरिकाले ताइवानलाई ५० करोड डलरको हतियार बिक्री गर्न स्वीकृत गरेको केही दिनमा नै चीनले लडाकु बिमान र युद्दतोप पठाएको हो ।

 

ताइवानको रक्षा मन्त्रालयले शनिबार उक्त टापुमा पछिल्लो २४ घण्टाको अवधिमा ३२ वटा पीएलए विमान र नौ नौसेनाका जहाजहरु देखिएका बताएको छ ।

ताइवानको सेनाका अनुसार जस मध्ये २० विमानहरू ताइवान स्ट्रेटको केन्द्र रेखा पार गरेर ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेका थिए ।

 

र ताइवानले पनि जवाफमा आफ्ना विमानहरू, जहाजहरू र मिसाइलहरू तैनाथ गरेको उसले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।