२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १३ भदाै ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चितवनका शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तिन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। सामाजिक संजालमार्फत् चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइवर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ।

उजुरी दिएपश्चात् शाहीले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नाम गरेको व्यक्तिले सामाजिक संजालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्धा दर्ता गरेको जानकारी गराएका छन्।

शाहीले विज्ञप्तिमा लेखका छन्,’मैले गर्दै नगरेका मलाई थाहै नभएका विषयहरू बनाइ मेरो चरित्र हत्या गरी जनताको नजरमा मलाई खराब देखाउने, मैले जनताको पक्षमा बोल्दा निरुत्साहित गर्ने मनसायले मलाई तथानाम गाली बेइजती गर्ने, कपोकल्पित कुराहरू प्रचारप्रसार गरी मेरो मानमर्दन गर्दै आएको कुरा अवगत गराउन चाहन्छु। निजले म उपर लगाएका लाञ्छना र गाली-बेइजतीका केही नमुनाको फोटोकपी सामाजिक संजाल फेसबुक तथा इन्टरनेटबाट डाउनलोड गरी सुरक्षित राखेको छु।’

शाहीले आफूले कल्पना नै गर्न नसक्ने कार्य अर्थात तीनवटा विहे गरेको, विभिन्न महिलासँग अवैध सम्बन्ध राखेको, जबर्जस्ती बैवाहिक सम्बन्ध गाँसेको, निर्वाचन आयोगमा आफ्ना झुट्टा विवरण बुझाएको,विभिन्न युवतीसँग लिभिङ टुगेदरमा बसेको, कीर्ते र ठगी गरेको भनी तिवारीले सामाजिक संजालमा प्रकाशन गर्दै आएपछि तिवारीविरुद्ध मुद्धा दर्ता गरेको प्रष्ट पारेका छन्।

उक्त कपोकल्पित कुरा गरेर आफ्नोबारे भ्रम नफैलाइदिन शाहीले तिवारीलाई पटक-पटक आग्रह गर्दा पनि तिवारीले भ्रम फैलाउन नछाडेपछि कानुनी प्रक्रियामा जान बाध्य भएको शाहीको भनाइ छ। ‘आफूविरुद्ध सामाजिक संजालमा नउत्रिन शाहीले सुझाव दिँदासमेत सचेत नभइ तिवारीले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न लाञ्छना लगाएर चरित्र हत्या गर्ने कार्यमा झन् उक्साहट र हौसिएर मैले सोच्न पनि नसक्ने लाञ्छना लगाइ विभिन्न संचारमाध्यम मार्फत मेरो मानमर्दन र गाली बेइजती गर्ने, चरित्र हत्या गर्ने कार्य गरिरहेकोले म बाध्य भइ निजलाई कानुनी कारबाहीका लागी अदालतमा मुद्दा दायर गरेको छु।’

उनले विज्ञप्तिमा लेखेका छन्,‘नेपालको कानुन बमोजिम यस किसिमका गलत हर्कत गर्नेलाई हदैसम्मको कानुनी कारवाही गरी भविष्यमा यसकिसिमका कपोकल्पित हर्कत गर्ने छुट कोही कसैलाई गर्न नसकोस र कसैले गर्न नपाओस् भनी सम्मानित अदालतमा कानुनी उपचारको लागि मुद्दा दायर गरेको छु।’ शाही गत निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत हुन्।

 

काठमाडौ, १३ भदौ ।

सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।

नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयरलाई प्राथमिकता दिएको छ ।

अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।

यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ ।  यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।

 

बर्दिया, १३ भदाै । 

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती किशोरीलाई भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यसैगरी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ गुरुवागाउँ बस्ने २३ वर्षीय ईश्वर थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई गत वैशाख १५ गते राति जबरजस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, १३ भदौ ।

पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।

मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।

उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । छैटौँ ओभरको तेस्रो बलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बल सकिँदा एक विकेटको क्षतिमा २१ रन जोडेको छ ।

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् ।

यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।

 

टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो  बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।

 

महोत्तरी, १३ भदाै ।

मनरा शिसवा नगरपालिका-३ सुनौलस्थित सडकबाट श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपैयाँसहित भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले भोल्ही हुँदै सुनौलतर्फ जाँदै गरेको बीआर ३० एस ८५८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त रकम फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

कञ्चनपुर, १३ भदाै ।

पुनर्वास नगरपालिका-३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका-२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, १३ भदाै ।

नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्‍न्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गरे ।

 

राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले बताए ।

 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताए । सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए । महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गरे ।

 

 

काठमाडौं, १३ भदौ ।

एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।

पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।

छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए  भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।